Tuesday, March 2, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home विमर्शका लागि

‘तेस्रो जनआन्दोलन’ लड्नै पर्ने हो?

by प्रकाश अजात
January 26, 2021
- विमर्शका लागि, समाचार
नागरिक आन्दोलनमाथि निर्मम प्रहरी दमन (फोटो फिचर)
Share on FacebookShare on TwitterEmail

सोमबार कमलपोखरीबाट माटोको टिका लगाएर प्रदर्शनकारीहरू कृष्ण पाउरोटीचोक हुँदै बालुवाटारतर्फ अघि बढे। यो आन्दोलनको अगुवाई नारायण वाग्ले, खगेन्द्र संग्रौला,संजिव उप्रेती आदिले गरेका थिए। त्यसमा थुप्रै चिरपरिचित अनुहार थिएः सिवानीसिंह थारु, दयाहाङ राई, मोहना अन्सारी, श्रवण मुकारुङ, विमल अर्याल, श्याम श्रेष्ठ, रघुजी पन्त, प्रकृति भट्टराई आदी।

आन्दोलनको संयोजन युग पाठकले गरेका थिए। कमलपोखरीमा महानगरपालिकाले एक्साभेटर लगाएर त्यसको मौलिक स्वरुप नष्ट गर्न खोजेको विरुद्धमा पनि थियो सोमबारको आन्दोलन। त्यसकारण संरक्षणकर्मीहरूले आफ्नो आन्दोलनलाई प्रतिगमनविरोधी आन्दोलनमा जोड्न चाहेका थिए। सोही कारण लगाएका थिए आन्दोलनकारीहरूले माटोको टिका। कमलपोखरीबाट जय नेपाल चोकसम्म आइपुग्दा जुलुसमा ‘फ्ल्यास मोब’ समूहका विरोधी केटाकेटीहरू बढी हावी थिए। तर विस्तारै आन्दोलनमा प्रतिगमनविरोधी आन्दोलनमा सक्रिय सहभागी युवा विद्यार्थीहरू पनि थपिँदै गए।

तिनै युवाहरूले कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध चर्का नाराहरू लगाउन थाले । ‘फलानो चोर देश छोड’ का नाराहरू यिनै युवाहरूले घन्काउन थाले। भाटभटेनी सुपरमार्केट अघि, टंगालस्थित पिपलबोट पुगुन्जेलसम्म आन्दोलनमा प्रहरीको बाक्लो उपस्थितिबीच पनि चर्का नाराहरू लागे। जुलुस पिपलबोट पुगेपछि त्यहाँ फ्लयास मोबका टोलीले अलि बेग्लै ढंगले पहिल्यै कण्ठाग्र नारा लगाए, कवाज खेले।

गायक प्रदिप देवानले गोपाल प्रसाद रिमालद्वारा रचित ‘एक जुगमा एक दिन, एक चोटी आउँछ’ गाए। डा. गोविन्द केसीले ७ मिनेटजति बोले। माइकको प्राविधिक गड्बडीबीच खगेन्द्र संग्रौलाले छोटो मन्तव्य दिए। र, अन्त्यमा आफ्नो लामो हात हल्लाउँदै पत्रकार नारायण वाग्लेले छोटो मन्तव्य राखे ।

र, वाग्लेले जसै कार्यक्रम अन्त्य भएको घोषणा गरे, तत्कालै भीड बालुवाटारतर्फ अघि बढ्यो। बाटो रोकेर बसिरहेका प्रहरीहरू अन्यौलमा परे। प्रहरीले जुलुसले बालुवाटारतर्फ जाने कल्पनै गरेको नभएर होला, २ सय बढीको जुलुसलाई थेग्न पुलिसलाई गार्हो भयो। जुलुसले प्रहरीलाई लघार्दै पिपलबोटभन्दा केही माथि पु-यायो। प्रदर्शनकारीले लघारेपछि प्रहरी आक्रोशित देखिए। प्रहरीले त्यसपछि प्रदर्शनकारीलाई अघि बढ्न नदिने नीति अख्तियार ग-यो। र, अघि बढेर भटाभट लाठा हान्न थाल्यो ।

खासमा सामूहिक पक्राउ दिने उदेश्य थियो अधिकांश ‘नागरिक अभियन्ता’हरूको । तर प्रहरीले पक्राउ गर्नेभन्दा दमन गर्ने रणनीति अख्तियार ग-यो। एकैछिनमा प्रहरीको पानी ट्यांकरमार्फत परपर पुगेका प्रदर्शनकारीलाई समेत पानीको फोहरा हानेपछि प्रदर्शनकारी थप आक्रोशित भए। त्यतिखेरसम्म भागदौड र प्रहरीको लाठीका कारण एक दर्जनजति प्रदर्शनकारी घाइते बनिसकेका थिए । अझै पनि प्रहरीले पानीको फोहरा हान्न छाडेको थिएन। सम्भवतः त्यसैको आक्रोशमा एक युवा प्रदर्शनकारीले त सडकको कंक्रिट ब्रिक नै उखेलेर प्रहरीलाई ताकेर प्रहार गरे। धन्न प्रहरीले त्यसलाई छले ।

त्यसपछि नारायण वाग्ले लगायत नागरिक अभियन्ताहरूले थप हिंसा हुन दिएनन् । उनीहरूले ‘हामी हिंसा चाहँदैनौं’ भनेर प्रहरीलाई बुझाउन खोजे। एकछिनपछि सामान्य घाइते भएका र तितरबितर भएका आन्दोलनकारीहरू फेरि भाटभटेनी अगाडिको चोकमा भेला भए। त्यही सानो भेलालाई सम्बोधन गर्दै ‘नागरिक आन्दोलन’का तर्फबाट वाग्लेले घोषणा गरे, ‘शान्तिपूर्ण आन्दोलनमा भएको यो दमनसँगै तेस्रो जनआन्दोलन घोषणा भयो।’

के खड्ग ओलीको प्रतिगमन र हाम्रो संविधानमाथि लागेको ग्रहण हटाउन अब तेस्रो जनआन्दोलनमा जनताले होमिनै पर्ने हो? नारायण वाग्लेले घोषणा गरेको तेस्रो जनआन्दोलनमा पनि हामी फेरि लड्नै पर्ने हो ?

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
प्रकाश अजात

प्रकाश अजात

Discussion about this post

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.