Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘तेस्रो जनआन्दोलन’ लड्नै पर्ने हो?

प्रकाश अजात प्रकाश अजात
माघ १३, २०७७
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सोमबार कमलपोखरीबाट माटोको टिका लगाएर प्रदर्शनकारीहरू कृष्ण पाउरोटीचोक हुँदै बालुवाटारतर्फ अघि बढे। यो आन्दोलनको अगुवाई नारायण वाग्ले, खगेन्द्र संग्रौला,संजिव उप्रेती आदिले गरेका थिए। त्यसमा थुप्रै चिरपरिचित अनुहार थिएः सिवानीसिंह थारु, दयाहाङ राई, मोहना अन्सारी, श्रवण मुकारुङ, विमल अर्याल, श्याम श्रेष्ठ, रघुजी पन्त, प्रकृति भट्टराई आदी।

    आन्दोलनको संयोजन युग पाठकले गरेका थिए। कमलपोखरीमा महानगरपालिकाले एक्साभेटर लगाएर त्यसको मौलिक स्वरुप नष्ट गर्न खोजेको विरुद्धमा पनि थियो सोमबारको आन्दोलन। त्यसकारण संरक्षणकर्मीहरूले आफ्नो आन्दोलनलाई प्रतिगमनविरोधी आन्दोलनमा जोड्न चाहेका थिए। सोही कारण लगाएका थिए आन्दोलनकारीहरूले माटोको टिका। कमलपोखरीबाट जय नेपाल चोकसम्म आइपुग्दा जुलुसमा ‘फ्ल्यास मोब’ समूहका विरोधी केटाकेटीहरू बढी हावी थिए। तर विस्तारै आन्दोलनमा प्रतिगमनविरोधी आन्दोलनमा सक्रिय सहभागी युवा विद्यार्थीहरू पनि थपिँदै गए।

    तिनै युवाहरूले कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध चर्का नाराहरू लगाउन थाले । ‘फलानो चोर देश छोड’ का नाराहरू यिनै युवाहरूले घन्काउन थाले। भाटभटेनी सुपरमार्केट अघि, टंगालस्थित पिपलबोट पुगुन्जेलसम्म आन्दोलनमा प्रहरीको बाक्लो उपस्थितिबीच पनि चर्का नाराहरू लागे। जुलुस पिपलबोट पुगेपछि त्यहाँ फ्लयास मोबका टोलीले अलि बेग्लै ढंगले पहिल्यै कण्ठाग्र नारा लगाए, कवाज खेले।

    गायक प्रदिप देवानले गोपाल प्रसाद रिमालद्वारा रचित ‘एक जुगमा एक दिन, एक चोटी आउँछ’ गाए। डा. गोविन्द केसीले ७ मिनेटजति बोले। माइकको प्राविधिक गड्बडीबीच खगेन्द्र संग्रौलाले छोटो मन्तव्य दिए। र, अन्त्यमा आफ्नो लामो हात हल्लाउँदै पत्रकार नारायण वाग्लेले छोटो मन्तव्य राखे ।

    र, वाग्लेले जसै कार्यक्रम अन्त्य भएको घोषणा गरे, तत्कालै भीड बालुवाटारतर्फ अघि बढ्यो। बाटो रोकेर बसिरहेका प्रहरीहरू अन्यौलमा परे। प्रहरीले जुलुसले बालुवाटारतर्फ जाने कल्पनै गरेको नभएर होला, २ सय बढीको जुलुसलाई थेग्न पुलिसलाई गार्हो भयो। जुलुसले प्रहरीलाई लघार्दै पिपलबोटभन्दा केही माथि पु-यायो। प्रदर्शनकारीले लघारेपछि प्रहरी आक्रोशित देखिए। प्रहरीले त्यसपछि प्रदर्शनकारीलाई अघि बढ्न नदिने नीति अख्तियार ग-यो। र, अघि बढेर भटाभट लाठा हान्न थाल्यो ।

    खासमा सामूहिक पक्राउ दिने उदेश्य थियो अधिकांश ‘नागरिक अभियन्ता’हरूको । तर प्रहरीले पक्राउ गर्नेभन्दा दमन गर्ने रणनीति अख्तियार ग-यो। एकैछिनमा प्रहरीको पानी ट्यांकरमार्फत परपर पुगेका प्रदर्शनकारीलाई समेत पानीको फोहरा हानेपछि प्रदर्शनकारी थप आक्रोशित भए। त्यतिखेरसम्म भागदौड र प्रहरीको लाठीका कारण एक दर्जनजति प्रदर्शनकारी घाइते बनिसकेका थिए । अझै पनि प्रहरीले पानीको फोहरा हान्न छाडेको थिएन। सम्भवतः त्यसैको आक्रोशमा एक युवा प्रदर्शनकारीले त सडकको कंक्रिट ब्रिक नै उखेलेर प्रहरीलाई ताकेर प्रहार गरे। धन्न प्रहरीले त्यसलाई छले ।

    त्यसपछि नारायण वाग्ले लगायत नागरिक अभियन्ताहरूले थप हिंसा हुन दिएनन् । उनीहरूले ‘हामी हिंसा चाहँदैनौं’ भनेर प्रहरीलाई बुझाउन खोजे। एकछिनपछि सामान्य घाइते भएका र तितरबितर भएका आन्दोलनकारीहरू फेरि भाटभटेनी अगाडिको चोकमा भेला भए। त्यही सानो भेलालाई सम्बोधन गर्दै ‘नागरिक आन्दोलन’का तर्फबाट वाग्लेले घोषणा गरे, ‘शान्तिपूर्ण आन्दोलनमा भएको यो दमनसँगै तेस्रो जनआन्दोलन घोषणा भयो।’

    के खड्ग ओलीको प्रतिगमन र हाम्रो संविधानमाथि लागेको ग्रहण हटाउन अब तेस्रो जनआन्दोलनमा जनताले होमिनै पर्ने हो? नारायण वाग्लेले घोषणा गरेको तेस्रो जनआन्दोलनमा पनि हामी फेरि लड्नै पर्ने हो ?

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.