Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

युक्रेनमाथि रसियन हमला : अमेरिका/पश्चिमा उत्तिकै जिम्मेवार

एक सार्वभौमसत्ता सम्पन्न देशमाथिको आक्रमणलाई जायज ठहर्याउन पनि सकिन्न। तर यो अवस्था किन निम्तियो? मस्कोका नेताहरू भन्छन्, ‘खासमा हामीचाहिँ पीडित पक्ष हौँ, नेटो पूर्वतर्फ अघि बढेका कारण हामी पीडित भयौँ। नेटोकै कारण पीडित भएपछि हामीले केबल आत्मरक्षाका लागि यो कदम चालेका हौँ।

nepal_readers nepal_readers
फाल्गुन २८, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एउटा सिक्काका दुई पाटा भएजस्तै कुनै पनि मुद्धा या विषयका दुई कोणहरू हुन्छन्। अहिले चलिरहेको रसिया र युक्रेनबीचको युद्धको कुरा गर्ने हो भने युद्धको एउटा पक्षले ग्लोबल न्यारेटिभ (विश्वव्यापी भाष्य) कब्जा गरेको छ भने अर्को पक्षलाई खलनायकका रूपमा चित्रण गरिएको छ। सतहमा हेर्दा युद्ध गर्ने रसिया पूर्णतः गलत हो भन्न सकिन्छ। तर यस कथाको अर्को पनि पाटो छ। अहिले भ्लादिमिर पुटिनलाई विश्वभर चर्को आलोचना गरिएको छ। एक सार्वभौमसत्ता सम्पन्न देशमाथिको आक्रमणलाई जायज ठहर्याउन पनि सकिन्न। तर यो अवस्था किन निम्तियो? मस्कोका नेताहरू भन्छन्, ‘खासमा हामीचाहिँ पीडित पक्ष हौँ, नेटो पूर्वतर्फ अघि बढेका कारण हामी पीडित भयौँ। नेटोकै कारण पीडित भएपछि हामीले केबल आत्मरक्षाका लागि यो कदम चालेका हौँ।, किनभने विगत २५ वर्षदेखि अहिलेसम्म नेटोले रसियासँग सीमा क्षेत्र जोडिएका ठाउँहरूमा विस्तारै विस्तारै रसियालाई घेर्दै अघि बढ्यो।’

    खासमा रसियन नेताहरूको कुरा गलत होइन। विगतमा पूर्व सोभियत संघमा रहेका देशहरूले क्रमसः नेटोका सदस्यता लिँदैगए। नेटो सैन्य गठबन्धनले प्राविधिक रूपमा रुसको सुरक्षा क्षेत्रलाई नै आफ्नो नियन्त्रणमा राख्यो। नेटोको यो विस्तार र चाललाई रसियाले युद्धका लागि लल्कारिएको रूपमा बुझ्यो। उसले आफ्नो सुरक्षा चासोलाई गम्भीर रूपमा लियो र दुबै पक्ष बसेर यो विषयमा कुरा गर्न रसियाले चाह्यो। तर नेटोले रसियाको चासोलाई वेवास्ता गरेपछि रसियाले बेलाबेला चेतावनी पनि दिएको हो। तर रसियाको चासो र चिन्तालाई नेटोले महत्वपूर्ण ठानेन र आफ्नो संस्था र सैन्य विस्तारलाई जारी राख्यो। तर त्यतिखेरसम्म स्थिति गम्भीर भइसकेको थियो।

    नेटोले युक्रेनलाई युद्धमा धकेलेको हो?

    नेटोले चाहेर पनि युक्रेन समस्याबाट भाग्न मिल्दैन। युद्धमा अहिलेसम्म सक्रिय सहभागी नरहे पनि उ पनि यो युद्धको महत्वपूर्ण हिस्सेदार हो। नेटोको नेपालीमा पूरा अर्थ हुन्छ ‘उत्तर एटलान्टिक सन्धी संगठन।’ उत्तर अमेरिका र युरोपको सुरक्षासम्बन्धी साझा सैन्य गठबन्धन हो यो। यसको स्थापना दोस्रो विश्ययुद्धपछि भएको हो र यस संस्थाको लक्ष्य उनीहरूकै अनसार ‘प्रजातान्त्रिक स्वतन्त्रता’को रक्षा गर्नु हो। अप्रिल, १९४९ मा उत्तर एटलान्टिक सम्झौतामा हस्ताक्षर गरिएको हो। सिधा रूपमा यो सोभियत संघबिरोधी सम्झौता थियो। सोभियत युनियनबाट पछि हुनसक्ने जुनसुकै आक्रमण या अतिक्रमणलाई प्रतिकार गर्नका लागि भन्दै यसको स्थापना गरिएको थियो।

    यसले युरोपमा नयाँ खालको सन्तुलन स्थापित गर्यो। यसले आफ्ना सबै सदस्यहरूलाई साझा सुरक्षा दिने वाचा गर्यो। युद्धको हकमा एकअर्काको रक्षा गर्ने विषय नेटोको सम्झौतापत्रमा उल्लेख गरिएको छ। त्यसमा भनिएको छ, ‘युरोप या उत्तर अमेरिकाविरुद्ध गरिने शसस्त्र हमलालाई यी सबै देशमाथि गरिएको आक्रमणका रूपमा बुझ्ने’ कुरा सम्झौतामा उल्लेख छ। त्यसको अर्थ हो, यदि एउटा देशमाथि अन्य देशले हमला गरेको अवस्थामा नेटोसम्बद्ध सबै देशले संयुक्त रूपमा प्रतिकार गर्नेछन्। यसमार्फत नेटो सदस्यहरूले आफूआफूहरूबीच सैन्य स्रोतहरू बाँडफाँड गर्न सक्ने भए। उनीहरूले कुशल रक्षा क्षमताको विकास गर्न सके। तर यो रक्षाको मामला मात्रै नभएर त्योभन्दा बढी थियो।

    यो उदार (प्रजातान्त्रिक) देशहरूको गठबन्धन पनि थियो, लोकतान्त्रिकीकरणको यन्त्रका रूपमा पनि यसले काम गर्न थाल्यो। यसले आफ्ना साझा मूल्य र चासोलाई प्रवद्र्धन गर्न थाल्यो। र, यसले विश्वमा सम्भावित साम्यवादको आगमन र जागरणलाई धकेल्ने विषयमा समेत काम गर्न थाल्यो। र, स्वभाविक रूपमा मस्कोले यो गठबन्धलाई आफ्नो सुरक्षा चिन्ताका रूपमा बुझ्न थाल्यो। त्यसको प्रतिकारमा रसियाले १९५५ मा वार्सा प्याक्ट (वार्सा सम्झौता)को स्थापना गरायो। नेटोविरुद्ध खडा गरिएको समाजवादी देशहरूको साझा मोर्चा थियो वार्सा प्याक्ट। उनीहरूको उदेश्य पनि उस्तै थियो, ‘वार्सा प्याक्ट सम्वद्ध देशमाथि आक्रमण हुँदा सबै मिलेर त्यस देशको रक्षा गर्ने।’ रसियाको ऐतिहासिक सम्झनामा त्यस्ता घट्नाहरू भएका छन्, जसले वार्सा प्याक्टको औचित्य सावित हुन्छ।

    रसियाका पाँच विभिन्न भूभागमा विगतमा गरिएका पाँच प्रमुख हमलाहरू उल्लेखयोग्य छ, जसमा पश्चिमले रसियाको सुरक्षा चासोमाथि खतरा पैदा गरेको थियोः पोल्याण्डले क्रेमलिन (रसिया) मा १६१० देखि १६१२ सम्म गरेको कब्जा, स्विडिसहरूले १७०८देखि १७०९ मा रसियामाथि गरेको कब्जा, १८१२ मा फ्रान्सका नेपोलियन बोनापार्टले रसियामाथि गरेको कब्जा र २० औँ शताब्दिमा रसियासँग जर्मनीले गरेको युद्ध। प्रत्येक घटनामा रसियन राज्य र यसको औचित्यमामाथि नै हमला गरिएको थियो। त्यसो हुँदा पश्चिमाहरूले जहिल्यै पनि रसियामाथि गहिरो शंका गर्न थाले। यता, रसियाले पनि अमेरिकन साम्राज्यवादको हतियारका रूपमा नेटोलाई बुझ्न थाल्यो।

    सन् १९९१ मा बर्लिनको पर्खाल भत्काइयो।। त्यही साल सोभियत संघ पूर्ण रूपमा बिघटित भयो। युरोपको क्षेत्रीय व्यवस्थामा एउटै गम्भीर प्रश्न उठ्यो, ‘जर्मनी नेटोको पक्षमा रहनुपर्छ कि रसियन नेतृत्वको वार्सा प्याक्टको पक्षमा? अमेरिकन राष्ट्रपति जर्ज डब्लु बुसको नेतृत्वमा १९९० को सेप्टेम्बरमा एउटा प्रस्ताव राखेका थिए, ‘यदि जर्मनी नेटोको सदस्य भएको अवस्थामा नेटो त्यहाँबाट १ इन्च पनि अघि बढ्ने छैन। त्यसो गर्दा नेटोमा नयाँ सदस्यहरू पनि राखिनेछैन’ भनेर वाचा गरे। तर आज अमेरिका भन्दैछ, ‘यस्तो कुनै वाचा गरिएको थिएन।’

    तर सैयौँ स्मरणपत्र र बैठकहरूले भने त्यस विपरितको तथ्य देखाउँछन्। र, बुसको प्रस्तावलाई उतिखेर रसियाले मान्यो र नेटोले आफ्ना वाचा मान्नेछ भन्ने ठान्दै वार्सा प्याक्टलाई खारेज गर्न सहमत भयो। तर नेटोले आफू खारेज हुन मानेन। नेटोले आफ्ना कारवाहीहरूलाई जारी राख्यो। सदस्य बढाउने आफ्नो अभियानालई पनि जारी राख्यो। रसियाले यस विषयमा आफ्नो पीठ्युँमा छुरा हानिएको रूपमा बुझ्यो। तर नेटोलाई झनै गहिरो रूपमा विस्तार गर्दै अघि बढ्यो। १२ देशहरूको साझा सुरक्षा संस्थाका रूपमा प्रारम्भमा नेटोको स्थापना गरिएको थियो तर यसलाई व्यापक रूपमा विस्तार गर्दै अघि बढाइयो। सन् १९९९ मा पोल्याण्ड, हंगेरी र चेज रिपब्लिकले नेटोको सदस्यता लिए। सन् २००४ देखि २००९ सम्म बुल्गेरिया, एस्टोनिया, लाट्भिया, रोमानिया, लिथ्वानिया, क्रोएसिया, स्लोभाकिया, स्लोभेनिया, अल्बानियाले नेटोको सस्यता लिए। यीमध्ये केही पूर्व सोभियत संघकै राज्य थिए।

    सन् २००९ मा अल्बेनिया र क्रोएसिया नेटोमा जोडिए। नर्थ मेसोडोनिया र मोन्टेनेग्रोले पछिल्लो पटक नेटोको सदस्यता लिए। दुबै देशहरू रसियासँगै जोडिएका छन्। नेटो यतिमै रोकिएन, सन् २०२१ सम्म नेटोले आफ्नो सदस्यता लिन चाहने तीन देश (बोस्निया हर्जगोभिना, जर्जिया र युक्रेन) लाई आधिकारिक रूपमा मान्यता दियो। सदस्यता वितरणका लागि पछिल्लो पटक नेटोले स्विडेन, फिनल्याण्ड र सर्बियासँग कुराकानी चलाइरहेको थियो। सरल रूपमा भन्नुपर्दा धेरैजसो पूर्वी युरोप, जुन कुनै समय सोभियत संघको अंगका रूपमा थियो, रसियाका बिरोधका वावजुद नेटोको कब्जामा गइरहेको थियो।

    र, पछिल्लो पटकको नरम चेतावनी सन् २००७ मा रसियाबाट आएको थियो। भ्लादिमिर पुटिनले वार्षिक–म्युनिक सम्मेलनलाई सम्बोधन गर्दै भनेका थिए, ‘नेटोले आफ्नो अग्रदस्ता हाम्रा बोर्डरहरूमा राखेको छ। नेटोको विस्तारले उत्तेजना बढाउने काम गरेको छ, जसका कारण हामीहरूबीच दोहोरो विश्वासको संकट खडा भएको छ। त्यसकारण हामीलाई यसो भनेर सोध्ने अधिकार छः यो कसका विरुद्ध लक्षित छ? केका लागि नेटोको विस्तार भइरहेको छ? वार्सा प्याक्टको बिघटनपछि हाम्रा पश्चिमा प्रतिनिधिहरूले गरेको वाचाबारे अब के हुन्छ?’

    अमेरिकनहरुले नै गरेका थिए नेटोको बिरोध

    र, पुटिनको सोही भावनाको प्रतिनिधित्व केही अमेरिकन रणनीतिकारहरूले व्यक्त गर्ने गरेका थिए। केही उदाहरणहरू पेश गर्न चाहन्छुः १९९७ को जुनमा अमेरिकाका पूर्व सिनेटर, पूर्व सैन्य जनरलहरू, कुटनीतिज्ञ र शिक्षाविदहरूलगायतका वरिष्ठ वैदेशिक मामलाका विज्ञहरूले तत्कालिन् राष्ट्रपति बिल क्लिन्टनलाई एक खुला पत्र लेख्दै नेटो विस्तार अमेरिकी प्रशासनको ‘नीतिगत त्रुटी’ भन्दै त्यसलाई सच्याउन आग्रह गरेका थिए। शितयुद्धताक अत्यन्त विशेष कुटनीतिक रणनीतिकारका रूपमा अमेरिकाका लागि काम गरेका जर्ज केननले समेत नेटोको विस्तारलाई दुखद गल्ती भने। उनले भने, ‘नेटो विस्तार आवश्यक थिएन। यसो गर्नु आवश्यक थिएन। कोही कसैले पनि हामीलाई चुनौती दिइरहेको थिएन।’

    दशकौँसम्म यस्ता चेतावनीहरू दिइयो तर त्यसलाई वेवास्ता गरियो। सन् २००८ मा जो रसियाका लागि अमेरिकन राजदूत विलियम जे बर्न्सले अमेरिकाको स्टेट डिपार्टमेन्टलाई चिठी लेख्दै युक्रेनको नेटो प्रवेशले पुटिनका अन्धभक्त रसियन एलिटमात्रै नभएर देशभित्रै उनको चर्को आलोचना गर्नेहरूले समेत युक्रेन नेटोको सदस्य हुँदा रसियामाथि सिधा सुरक्षा खतरा रहेको ठान्ने गरेका छन् भन्दै अमेरिकालाई सचेत गराएका थिए।

    बुस र ओबामा प्रशासनमा रही अमेरिकी रक्षा सचिवका रूपमा काम गरेका रबर्ट एम गेट्सले पनि आफ्नो आत्मकथामा युक्रेन र जर्जियालाई नेटोमा सामेल गराउने कुरालाई अनावश्यक फुर्तीका रूपमा व्याख्या गरे। त्यसैगरी पूर्व राज्य सचिव स्ट्रब टल्बोटले पनि भने, ‘धेरैजसो रसियनहरूले नेटोलाई शितयुद्धको अवशेषका रूपमा हेर्ने गर्छन्। हामीले वार्सा प्याक्टलाई खारेज गर्यौँ भने किन पश्चिमाहरूले नेटोलाई खारेज गरेनन् भन्ने ठान्छन रसियनहरू।’ पश्चिमा विश्वमा पनि अनेक खालका आवाज उठे र तिनीहरूको तर्क थियो, ‘रसियाको चासो अर्थपूर्ण र जायज छ। नेटो विस्तारले गम्भीर समस्या निम्तन सक्छ।’ तर अमेरिकन सरकारले त्यस्ता प्रश्नहरूको सम्बोधन गर्न चाहेन। बरु नेटो सुरक्षा छातालाई झनै विस्तार गर्दै लग्यो।

    आफ्नो देशको सार्भभौमसत्ता जोगाउनका लागि लड्ने कुरा वास्तवमै तारिफयोग्य कदम हो। तर रसियनकै छिमेकी भएर रसियनविरोधी शक्तिलाई आफ्नो देशमा निम्त्याउने कुराचाहिँ रसियालाई उत्तेजित बनाउने काम नै हो। युक्रेन स्वतन्त्र मुलुक हो र उसँग नेटोको सदस्यता ग्रहण गर्ने अधिकार पनि छ। तर नेटोमा के छ? केका लागि उनीहरूले सदस्यताका लागि मरिहत्ते गरे? नेटो सदस्यता पाउनेबारेको युक्रेनको चालले रसिया र नेटोको ऐतिहासिक सन्दर्भलाई पूर्ण रूपमा वेवास्ता गर्यो। सोभियत युनियनको बिघटनताक धेरै रसियनहरू अत्यन्त दुखी भएका थिए।

    एकै क्षणमा उनीहरूले आफ्नो एक तिहाइ जमिन, आधा जनशंख्या र धेरैजसो बलियो सैन्य दस्तासमेत गुमाएका थिए। पश्चिमा एकताका अघि उनीहरूले आफूलाई एकदम कमजोर महसुस गरे। एकदमै अन्यायपूर्ण सम्झौता लादियो भन्ने उनीहरूलाई लाग्यो। र, यो घटना त्यतिखेर भयो, जतिखेर उनीहरू आफूलाई अत्यन्त निरिह र कमजोर महसुस गरिरहेका थिए। जुनसुकै देशले आफ्नो प्रभुत्व छाडेर हिँड्ने कुराहरूलाई उनीहरूले रणनीतिक हार र राष्ट्रिय अपमानका रूपमा बुझे।

    हामी जब युक्रेनमाथि आक्रमण भयो भन्ने कुराको विश्लेषण गर्छौँ, यी सबै माथिका सन्दर्भहरूलाई ख्याल गर्नुपर्ने हुन्छ। तर के माथिका कुराहरूले पनि युद्धलाई जायज ठहर गर्छ त? निश्चितै रूपमा गर्दैन। युक्रेनविरुद्धको युद्ध अपराधपूर्ण नै हो तर पश्चिमाहरू पनि यसमा निर्दोस छैनन्। युद्ध टार्नलाई जे गर्नुपर्थ्यो, अमेरिकालगायतका पश्चिमाहरूले त्यो गरेनन्।

    वियन टेलिभिजन च्यानलमा पाल्की शर्माको विश्लेषण। अंग्रेजीबाट अनुवादः नेपाल रिडर्स।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.