Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

युक्रेन : एउटा खेल मैदान

युक्रेनको इतिहास यसको राष्ट्रवादी संघर्षका कथाहरूले भरिएको छ। प्रतिक्रियात्मक तथा राज्यको शाहीवादी सपनाका धेरै कथाहरू छन्, जहाँ साँच्चिकै युक्रेनीहरू मात्रै बस्छन्।

nepal_readers nepal_readers
माघ १७, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -रन ज्याकोब्स्-

    अमेरिका खाससा युक्रेनको स्वतन्त्रता र सार्वभौमसत्ताका विषयमा रुसले भन्दा कम चासो दिन्छ। यस क्षेत्रमा वासिङ्टनको खास चासो रुसको सीमा क्षेत्रलाई लिएर नै हो। साथै युक्रेनका स्रोतसाधन तथा बजारलाई अमेरिकाको मातहत ल्याउनु नै अमेरिकी चासो हो। रसिया किन नाटोलाई कुनै पनि हालतमा किभमा छिर्न दिन चाहँदैन भन्ने कुरा पनि घट्नाहरूबाट बुझिन्छ।

    यदि साँच्चिकै युक्रेनी जनताको स्वतन्त्रता नै अमेरिकाको रुची थियो भने यसले युक्रेनको पूर्वी डनवास क्षेत्रलाई स्वायत्तता प्रदान गर्ने संकल्प गथ्र्यो। यस क्षेत्रमा सन् २०१४ मा अमेरिका/नाटोद्वारा प्रायोजित ‘रंङ्ग विद्रोह’ले किभमा निर्वाचित सरकारलाई गिराए यता युद्ध जारी छ।

    दुई देशको चपेटामा युक्रेन

    अमेरिकाप्रति झुकाव राख्ने यस युक्रेनी सरकारको रक्षा गर्न वासिङ्टन चाहन्छ। पहिलोपटक अमेरिका र नाटोको खुफियाबाट स्थापित सरकारले युक्रेनको अपेक्षाको प्रतिनिधित्व गर्न सक्ला, तर निश्चित रूपमा युक्रेनी जनताको स्वतन्त्रताको प्रतिनिधित्व गर्न सक्दैन। युक्रेनमा कस्तो सरकार रहने भन्ने कुरा युक्रेनी जनताले मात्रै निर्धारण गर्न सक्छन्। तर उनीहरूको आवाजलाई दबाइएको छ र यो मिश्रित छ।

    लोकतान्त्रिक समाजवादीहरू, युरोपियन युनियनतर्फ हेरिरहेका निर्लज्ज पूँजीवादीहरू, सोभियत संघको विघटनपछि जनताबाट लुटिएका पुरानो धन प्राप्त गर्ने परिवारहरू तथा फासीवादीहरू, जससँग हजारौं यहुदीहरूको हत्या र नाजीहरूसँग सैन्य सहकार्यको विरासत छ, र लाखौँ कामदार तथा किसानहरू, यिनीहरू नै युक्रेनी जनता हुन्। मलाई लाग्छ, युक्रेनको भविष्य निर्धारण गर्न भूमिका खेल्ने अन्तिम ‘डमोग्राफिक’ यही नै हो। यदि बाँकी विश्वका कुरालाई सूचक मान्ने हो भने यो अब यिनीहरूको नै आवाज सुनिनुपर्छ।

    अमेरिका र रुसबीचको झगडा चर्किँदै गएसँगै विश्वको ध्यान यसतर्फ गएको छ। रुसले युक्रेनसँगको आफ्नो सीमा क्षेत्रवरिपरि आफ्ना सैनिक खटाएको छ। यता, युक्रेनसँगको सीमामा सैनिक खटाउने अधिकार मस्कोसँग नरहेको वासिङ्टनको दाबी छ। त्यसो भन्दै गर्दा अमेरिकाले रुसको सीमानजिक पोल्यान्ड, लाट्भिया, लिथुनियासहित अन्य क्षेत्रमा आफ्ना सैनिकहरू परिचालन गरेको छ।

    युक्रेनीको स्वतन्त्रता

    जबकि, जुन देशले युक्रेनमा वर्तमान राजनीतिक अवस्थाको सिर्जना गर्‍यो, किब आज उसैको आदेशमा चलिरहेको छ। सोभियत संघको विघटनपछि वासिङ्टनले सन् २०१४ मा नाटोमार्फत किबको चुनावीय प्रक्रियामा खुल्ला रुपमा हस्तक्षेप गरेको थियो।

    यता, अमेरिका भने शितयुद्ध शैलीको यो प्रभाव विगतकै अवशेष भएको कुरा सहजै दाबी गर्छ। युक्रेनले आफ्नो गठबन्धन आफैं रोज्न सक्षम हुनुपर्ने अमेरिकाको तर्क छ। अर्को शब्दमा, अमेरिकाले जहाँ चाहन्छ, त्यहाँ आफ्नो साम्राज्य फैलाउन सक्नुपर्छ। स्वभाविक रुपमा, मस्को भने यसमा असहमत छ। युक्रेनमाथिको पछिल्लो झगडा र विवाद युक्रेनी जनताको स्वतन्त्रतताको विषयलाई लिएर भएको होइन, बरु रुसले वासिङ्टन (अमेरिका) को मूल्यमा युरोपमा आफ्नो प्रभाव फैलाइरहेको विषय पनि झगडाको कारण हो।

    यस संघर्षको एउटा प्रमुख उदाहरण ‘नर्डइस्ट–२ प्राकृतिक ग्याँस लाइन’ हो, जसबाट रुसी उर्जा फर्महरू जर्मनीलगायत अन्य युरोपियन देशहरूमा आफ्ना उर्जा स्रोतहरू सस्तो दरमा ओसारपसार गर्न र बेच्न सक्छन्। त्यसो हुँदा त्यही बजारमा अमेरिकी उर्जा फर्मले आफ्ना उत्पादन बेच्न सक्नेदर भन्दा सस्तो दरमा रुसी फर्महरूले बेच्न सक्छन्।

    त्यसपछिको अर्को उदाहरण हो, नाटो। नाटोको अस्तित्वसम्बन्धी निरन्तरको तथ्य के हो भन्ने कुरा यसको वास्तविक उद्देश्यबाटै प्रष्ट हुन्छ। नाटो अमेरिकी साम्राज्यको त्यस्तो हतियार हो, जसमार्फत अमेरिकी प्रभुत्व मातहत गठबन्धन राष्ट्रहरूलाई राख्नु। जसरी ल्याटिन अमेरिकाको अनाधिकृत सिद्धान्त मुनरो सिद्धान्त हो, युरोपको हकमा नाटो हो।

    एउटा परोपकारी रक्षक र राष्ट्रहरूको समान गठबन्धनको बहानामा अरु पूँजीवादी राष्ट्रहरूलाई वासिङ्टनको अधिपत्यमा जोड्नु नाटोको उद्देश्य हो। वासिङ्गटन नाटो स्वतन्त्रताको रक्षा गर्नका लागि खडा रहँदा, नाटो अमेरिकी साम्राज्यको सशक्त शाखाजस्तै बन्दै गएको छ। सन् १९८० मा तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले ठूलो विरोधका बावजूद युरोपमा न्युक्लियर मिसाइल स्थानान्तण गरेको घटनायता यो तथ्य झनै वास्तविक बन्दै गएको छ।

    पागलपन र राष्ट्रवाद

    साम्राज्यवादी राजनीतिको यस दुनियाँमा रुससँग दुई वैधानिक तर्क छन्ः नाटोले आफ्नो फैलावटलाई अन्त्य गर्नुपर्छ र रुसलाई आफ्नो क्षेत्रवरिपरि सेना पठाउने तथा आफ्नो क्षेत्रको जुनसुकै स्थानमा युद्धको आयोजना गर्ने अधिकार छ। अमेरिकाले विश्वभरका सैयौँ देशहरूमा आफ्नो सेना पठाएको मात्रै छैन, यसले आफ्ना दुई मुख्य प्रतिद्धन्द्धी रुस र चीनका सीमानामा रहेका देशहरूमा युद्धअभ्यासहरू पनि गर्नेगर्छ। यतिमात्रै होइन, रुसलाई धम्क्याउनकै लागि युरोपमा धेरै अमेरिकी सेनाहरू परिचालित छन्। तर वासिङ्टनले नाटोको फैलावटलाई रोक्न वा रुसलाई लक्षित गरिएका मिसाइल तथा अन्य युद्धसामग्री फिर्ता गर्न अहिलेसम्म इन्कार गर्दै आएको छ।

    यसकारण मस्कोले क्युबा र भेनेजुएलामा आफ्ना केही मिसाइलहरू राख्ने धम्की दिइरहेको छ। यस विवादलाई उल्लेख गर्न सक्ने एउटा मात्रै शब्द छ : पागलपन। आखिर राष्ट्रवाद कुनै धर्मजस्तै हो, यसले व्यक्ति वा समुहलाई परिचय दिन्छ तथा यसले युद्धलाई भड्काउँछ पनि। यो एउटा व्यापक शब्द हो, जसमा दक्षिणपन्थी तथा वामपन्थी गुटहरूमात्रै नभएर तिनीहरूको काल्पनिकतालाई समेत समेट्छ।

    युक्रेनको इतिहास यसको राष्ट्रवादी संघर्षका कथाहरूले भरिएको छ। प्रतिक्रियात्मक तथा राज्यको शाहीवादी सपनाका धेरै कथाहरू छन्, जहाँ साँच्चिकै युक्रेनीहरू मात्रै बस्छन्। तर युक्रेनमा अरु पनि धेरै छन्, जसले विदेशी प्रभुत्वबाट मुक्त सबैका लागि शान्ति र समान अधिकारको अराजकतावादी र साम्यवादी स्वप्नलोकको कुरा गर्छन्। युक्रेनमा रंग विद्रोह सफल (उसकै भाषामा) भएपछि मैले सन् २०१५ मा एउटा छोटो लेख लेखेको थिएँ। यस लेखको अन्तिम अनुच्छेदले आज, सन् २०२२ को सत्य पनि बोकेको छ। लेखको अन्तिम अनुच्छेदः

    “युक्रेनका जनता अहिले युद्ध लडिरहेका छन्, जहाँ अन्तत : उनीहरू कठपुतली मात्रै बन्नेछन्। दुवै पक्षलाई हतियार दिनु निन्दनीय र हस्तक्षेपजनक हुन्छ, जसले युक्रेनको सीमा बाहिरसम्म युद्ध विस्तार हुने मार्ग प्रशस्त हुन्छ। जबकि युद्धरत पक्ष र त्यसको प्रायोजकले सशस्त्र संघर्षलाई समाप्त गर्ने कुरा गरिरहेका बेला एउटा युद्धविराममा सहमति हुन आवश्यक छ। अहिलेको युद्ध प्रत्यक्ष वा अन्य तरिकाले स्रोतसाधन र क्षेत्रमाथि नियन्त्रण गर्ने इच्छाबाट प्रेरित छ।

    रसियाबाट स्वतन्त्रता चाहने युक्रेनीहरूले आफ्नो ईच्छामाथि वासिङ्टन र स्थानीय राजनीतिज्ञहरूले आफूहरूमाथि हस्तक्षेप गरेको देखिरहेका छन्। नयाँ किब सरकारबाट स्वतन्त्र हुन चाहनेहरूले पनि त्यस्तै परिदृश्यको अनुभव गरिरहेका छन्। यो युद्ध जति लामो रहन्छ, त्यति नै वासिङ्गटन र मस्कोबाट प्रभावित हुन्छ। र, त्यति नै रगतको खोलो बग्छ।”(२/२३/२०१५)

    काउन्टरपञ्च डट ओआरजीबाट नेपाल रिडर्सका लागि मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.