Date
बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026
Wednesday, May 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यूक्रेन–रसिया युद्धले विश्वव्यापी रूपमा समस्या पार्ने ५ क्षेत्र

युद्धरत यी दुई राष्ट्र कैयौँ महत्वपूर्ण आपूर्ति श्रृंखलाका लागि कच्चा माल र ऊर्जासम्बन्धी आवश्यक सामानहरूको आपूर्तिकर्ता समेत हुन्। अर्को कुरा, युद्धका कारण सिर्जित अहिलेको जारी मानवीय संकटका तुलनामा युद्धले सिर्जना गर्ने जिविका र अर्थतन्त्रको संकटको विषय गौण हो। तर यी पाँच मूख्य क्षेत्र यस द्वन्द्वले प्रभाव पार्ने देखिन्छ:

nepal_readers nepal_readers
फाल्गुन १६, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -सारा किफ्लििङ र निकोलस भालान्टासिस कानेलोस-

    रसिया र युक्रेनको युद्धपूर्व नै विश्व आपूर्ति श्रृंखला अनेक कारणहरूले प्रभावित थियो, यस्तोमा युक्रेन र अमेरिकाबीचको युद्धले आपूर्ति व्यवस्थालाई अझै चूनौतीपूर्ण बनाउने सम्भावना छ। जर्मनी र अमेरिकाजस्ता प्रमूख सामान उत्पादक देशको आयातको हकमा युक्रेन र रसिया युद्धको असर सानो हिस्सामात्र हुनसक्ला, तर युद्धरत यी दुई राष्ट्र कैयौँ महत्वपूर्ण आपूर्ति श्रृंखलाका लागि कच्चा माल र ऊर्जासम्बन्धी आवश्यक सामानहरूको आपूर्तिकर्ता समेत हुन्। अर्को कुरा, युद्धका कारण सिर्जित अहिलेको जारी मानवीय संकटका तुलनामा युद्धले सिर्जना गर्ने जिविका र अर्थतन्त्रको संकटको विषय गौण हो। तर यी पाँच मूख्य क्षेत्र यस द्वन्द्वले प्रभाव पार्ने देखिन्छ:

    १. उर्जा

    खासगरी कैयौँ महत्वपूर्ण ग्याँसलाईनमार्फत युरोपमा ल्याइएको ग्याँसका कारण कतिपय यूरोपीयन देशहरू रुसी उर्जामा ठूलो मात्रामा निर्भर छन्। र, सोही कारण पनि युद्धप्रति युरोपको रंग फरक देखिएको हुनसक्छ। ग्याँसप्रतिको निर्भरताकै कारण युरोपले रसियालाई भुक्तानीसम्बन्धी प्रणाली ‘स्विफ्ट’को वाध्यकारी नियम बाध्यकारी नबनाएको दृष्टान्त उल्लेखनीय छ। यति हुँदाहुँदै पनि जर्मनीले अनिश्चितकालका लागि न्यु बाल्टिक ग्याँसलाईन नर्ड स्ट्रििम २लाई भने अनिश्चितकालका लागि बन्द गरेको छ।

    यद्यपि, रूसी ग्याँस प्रवाहलाई पूर्ण रूपमा प्रतिबन्द गरिने सम्भावना तत्कालका लागि छैन। किनकि ग्याँस प्रवाहमा हुने सामान्य व्यवधानले पनि ठूलो असर पार्नेछ। महामारीका कारण विश्वव्यापी रूपमा ग्याँस संचिती पहिले नै कम छ, कोरोना महामारीका कारण ऊर्जाको मूल्य पनि पहिलेभन्दा तिब्र गतिले बढिरहेको छ। जसका कारण उपभोक्ता र उद्योग प्रभावित भइरहेका छन्। कतिपय आपूर्ति श्रृंखलाका लागि ग्याँस एक अत्यावश्यक वस्तु हो र, यस तरहको आपूर्तिको व्यवधानको व्यापक आर्थिक परिणाम हुनजान्छ।

    उदाहरणका लागि सन् २०२१ को शरद ऋतुको पहिलो प्रहरमा उर्जामा भएको व्यापक मूल्यवृद्धि र त्यसले सिर्जना गरेको अस्थिरताका कारण बेलायतमा मलखादसम्बन्धी उद्योगहरू बन्द भए। फेरि, त्यसको प्रभावस्वरूप कार्बन डाइअक्साइडको अभाव खड्कन थाल्यो। कार्बनडाइअक्साइडको प्रयोग व्यापक क्षेत्रमा हुनेगर्छ, जस्तो कि मेडिकल अभ्यासहरूदेखि लिएर खानालाई ताजा राख्ने काममा समेत कार्बन डाइअक्साइड आवश्यक हुन्छ। यस्ता व्यापक असरहरू अन्र्तराष्ट्रिीय क्षेत्रमा देखिन सक्छन्, बढेको तेल र ग्याँसको कारण।

    २. खाद्य

    खासगरी उर्जामा भएको मुल्यवृद्ध तथा जलवायू परिवर्तनको असर र त्यसका प्रवाभ स्वरूप विश्वव्यापी रूपमा खाद्यपदार्थको मूल्य सन् २०२१ यता बढेको छ। खाद्य उत्पादहकहरू प्रमुख उत्पादक सामग्रीहरूमा भएको मूल्यवृद्धिका कारण अब झनै दबाबमा पर्नेछन्। विश्वव्यापी गहुँ निर्यातको एक चौथाइ रसिया र युक्रेनबाटै हुन्छ। युक्रेन विश्वकै प्रमुख सुर्यमुखी तेलको निर्यात गर्ने देश हो। गहुँ र सूर्यमुखी धेरैजसो खाद्य पदार्थहरूमा प्रयोग गरिने सामग्री हुन्। युद्धग्रस्त युक्रेनमा खेती र प्रसोधनका कामहरूमा बाधा आएको अवस्थामा या निर्यात रोकिएमा, आयातकर्ताहरूले आपूर्ति गर्न कठिन हुन जानेछ।

    कतिपय देशहरू त अनाजका लागि रसिया र युक्रेनमै आश्रित छन्। उदाहरणका लागि टर्की र इजिप्ट आफ्नो ७० प्रतिसत गहुँ आयात यिनै देशबाट गर्ने गर्छन्। युक्रेन चीनमा मकै निर्यात गर्ने आपूर्तिकर्तामध्ये सबैभन्दा ठूलो हो। संसारका अन्य क्षेत्रमा उत्पादन बढाएर खाद्य आपूर्तिको रुकावटको प्रभावलाई कम पार्नमा सहयोग मिल्नसकछ। जबकि रूस मलखादका लागि अत्यावश्यक प्रमुख सामाग्रीको उत्पादक पनि हो। त्यसकारण, रसियामा लगाइने व्यापार प्रतिबन्धका कारण विश्वका अन्य स्थानमा गरिने उत्पादनसमेत प्रभावित हुनसक्छ। यसैबीच, व्यापारिक प्रवाह बदलिन पनि सक्छ। उदाहरणका लागि चीनले पहिल्यै पनि भनिसकेको छ कि उसले रुसबाट गहुँको आयात गर्न थाल्नेछ।

    ३. ढुवानी

    महामारीका कारण, विश्वव्यापी आयातनिर्यात पहिले नै गम्भीर रूपमा प्रभावित भएका कारण यस युद्धले झनै ठूला समस्याहरू निम्त्याउन सक्छन्। प्रभावित हुने परिवहन साधनहरूमा समुद्री साधनहरू तथा रेलको भाडा पर्छन्। स्मरणीय छ, सन् २०११ बाट चीन र यूरोपबीच नियमित रेलमाल लिंक स्थापित गरिएका छन्। केही पहिले मात्रै ५० हजार नम्बरको रेलले आफ्नो यात्रा सम्पन्न गर्यो। जबकि रेल एशिया र यूरोपको बीचको कुल माल ढुवानीको सानो हिस्सा हो, यसले हालको परिवहन व्यवधानका दौरान एक महत्वपूर्ण भूमिका निभाएको छ। त्यो क्रम लगातार बढिरहेको छ।

    रेलहरूलाई अहिले युक्रेनभन्दा अन्यत्रबाट चलाइएको छ। र, रेल ढुवानीसम्बन्धी विज्ञहरू भन्छन् कि अवरोधहरू अझै कम हुने कुरामा आशावादी हुन सकिन्छ्। यद्यपि, लिथुआनियाजस्ता देशका रेल परिवहन व्यवस्था गँभीर रूपबाट प्रभावित हुने सम्भावना देखिएको छ। आक्रमणभन्दा पहिले नै जहाजका मालिकहरूले ब्ल्याकसि सिपिङ मार्गलाई छल्न थालेका थिए। बीमा कम्पनीहरूले छलेर चलाइने मार्गहरूका बारेमा पहिल्यै सूचना उपलब्ध गराउन माग गरेका छन्। यद्यपि, ब्ल्याकसी कन्टेनर सिपिङ वैश्विक स्तरमा एक अपेक्षाकृत सानो बजार हो। युक्रेनको ओडेसाचाहिँ सबैभन्दा ठूलोे कन्टेनर टर्मिनलमध्ये एक हो। यदि रूसी सेनाले यसलाई काटिदिएको अवस्थामा, सम्भावित कठोर मानवीय परिणामसँगै, यूक्रेनी आयात र निर्यात व्यवस्था ठूलो रूपमा प्रभावित हुनसक्छ। युद्धका कारण तेलको बढ्दो मुल्य वृद्धि ढुवानीको चिन्ताको अर्को विषय हो ।

    साइबर हमला अर्को चिन्ता हो। साइबर हमलाले वैश्विक आपूर्ति श्रृंखलालाई निशाना बनाउनसक्छ। किनकि अहिलेको व्यापार अनलाइनमा अत्यधिक निर्भर छ। यदि प्रमुख शिपिङ प्रणालीहरूमाथि आक्रमण लक्षित गरिएको अवस्थामा त्यसका दूरगामी परिणामहरू निम्तन सक्छन्। आपूर्ति श्रृंखलामा साइबर हमला हुँदा त्यसका प्रभाव व्यापक हुनसक्छ।

    ४. धातु

    रूस र यूक्रेन निकेल, कपर र फलामजस्ता धातुको विश्वव्यापी उत्पादनमा अग्रणी छन्। यिनीहरू नियान, पेलेडियम तथा प्लेटिनमजस्ता अन्य आवश्यक कच्चा पदार्थको निर्यात तथा निर्माणमा ठूलो स्तरमा संलग्न छन्। रूसमाथिको प्रतिबन्धको आशंकाका कारण यी धातुहरूको मूल्य अहिले बढेर गएको छ। उदाहरणका लागि पेलेडियमको मूल्य गत मध्य डिसेम्बरबाट अहिलेसम्म ८० प्रतिसत बढेको छ। पेलेडियमको उपयोग अटोमोटिभ एक्जस्ट सिस्टम तथा मोबाइल फोनदेखि डेन्टल फिलिङलगायतका धेरै सामानमा प्रयोग गरिन्छ। निकल तथा तामाको मूल्य पनि उस्तै बढिरहेको छ, जसको प्रयोग उत्पादन निर्माण सामग्री तथा निर्माण सामग्रीमा गरिन्छ।

    अमेरिका, युरोप र बेलायतको हवाई उद्योगचाहिँ ठूलो मात्रामा रसियाबाट निर्यात हुने टिटानियमा भर पर्ने गरेका छन्। यस्तो अवस्थामा बोइङ र एयरबसजस्ता विमान निर्माता कम्पनीले वैकल्पिक सप्लायरहरूसँग सम्पर्क गरिसकेका छन्। तर रसियाको प्रमुख सप्लायर भिएसएमपिओ–अभिस्माको मार्केट सेयर र प्रडक्ट बेसका कारण पूर्ण रूपमा अरुसँग टिटानियममा भर पर्न सक्ने अवस्था छैन। त्यसमाथि कतिपय हवाई उद्योगहरूले २०२८ सम्मका लागि हुनेगरी लामो समयसम्मका लागि सप्लाइका लागि सम्झौता गरेका हुनाले तत्काल अन्यत्रबाट टिटानियम ल्याउन पनि सम्भव छैन।

    माथि उल्लेखित यी सबै सामग्रीका सन्दर्भमा व्यवधान तथा सम्भावित कमीको सम्भावना छ, जसका कारण कैयौँ उत्पादन तथा सेवाको मूल्य बढ्ने आशंका बढेको छ।

    ५. माइक्रोचिप्स

    सन् २०२१ भर माइक्रोचिप्सको कमी ठूलो समस्याका रूपमा रह्यो। कतिपय विश्लेषकहरूको अनुमान थियो कि सन् २०२२ मा त्यस समस्याको समाधान हुनेछ। तर हालका घटनाक्रमले त्यस्तो नहुनेतर्फ संकेत गरेका छन्।

    रूसमाथिको प्रतिबन्ध अन्र्तर्गत अमेरिकाले रूसको माइक्रोचिप्स आपूर्तिमा कटौती गर्ने धम्की दिइरहेको छ। जबकि यो धम्की आफैँमा बेकामे हुनेछ किनभने रूस र यूक्रेन नियन, पेलेडियम र प्लेटिनमको यस्तो प्रमुख निर्यातक हन्, जुन सबै माइक्रोचिप उत्पादनका लागि महत्वपूर्ण छ।

    लगभग ९० प्रतिसत नियन, जसको उपयोग चिप लिथोग्राफीको लागि गरिन्छ, त्यो रूसमै उत्पन्न हुन्छ। र, त्यसको ३० प्रतिसत युक्रेनको ओडेसा शहरको एक कम्पनीले प्रसोधन–शुद्धीकरण गर्नेगर्छ। उसो त वैकल्पिक स्रोतका कुरा पनि आएका छन् तर वैश्विक बजारमा आपूर्ति गर्न सक्षम हुनका लागि दीर्घकालिक लगानी गर्नु आवश्यक छ, जुन तत्कालै हुने कुरा होइन।

    चिप निर्माताहरू अबको दुईदेखि चार हप्तासम्म अतिरिक्त खपत राख्न सक्लान्, तर यूक्रेनमा भएको सैन्य कारवाहीका कारण लामो समयसम्म आपूर्तिमा हुने व्यवधानले सेमिकन्डक्टर तथा त्यसमा आश्रित कारलगायतका उत्पादन गम्भीर रूपमा प्रभावित हुनेछ।

    एसियाटाइम्सडटकमबाट नेपालरिडर्सको अनुवाद

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.