Saturday, February 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

विगत २०० वर्ष देखि नै अमेरिकी निर्वाचनमा धाँधली हुने गरेकोछ- लेखक

by पत्रपत्रिकाबाट
March 10, 2020
- समाचार, समाज राजनीति
विगत २०० वर्ष देखि नै अमेरिकी निर्वाचनमा धाँधली हुने गरेकोछ- लेखक
Share on FacebookShare on TwitterEmail

अमेरिकी राष्ट्रपतीय निर्वाचनहरुमा विगत २०० वर्ष देखि नै धाधली भइरहेको छ सिकागोका लेखक तथा राजनीतिक टिप्पणीकार स्टेफेन लेन्डम्यान अनुसार अमेरिकी राष्ट्रपतिका चुनाबहरुमा विगत २०० बर्ष देखि, “१८२० को दशक दखि” नै धाधली भइरहेको छ।

गत आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेद्वार तय गर्न भइरहेको प्रारम्भिक निर्वाचनमा जितिरहेका उम्मेद्वार बर्नी स्यान्डर्स विरुद्ध धाँधली भएको छ भनेकाछन्।

राज्यहरुमा भएको सुपर ट्युस्डेको निर्वाचनमा स्यान्डर्सले जित्ने अपेक्षा गरिएको थियो तर पूर्व मेयर पेट बुटिङ्गेइग र सेनेटर एमी क्लोबुचारले निर्वाचनबाट आफ्ना नाम फिर्ता लिई बाईडेनलाई समर्थन गर्नभन्दा घण्टौं अगाडि नै बाशइडेनले १० विरुद्ध १४ राज्यमा विजय प्राप्त गरे।

आइतबार डेमोक्र्याटिक नेसनल कमिटिले (डि एन सि) सेनेटर एलिजाबेथ वारेन (D-mass) लाई स्यान्डर्सका भोटरहरुलाई अन्यत्र मोड्न सुपर ट्युसडे पछि आफ्नो उम्मेद्वारी अन्त्य गर्न आदेश तर्फ पनि ट्रम्पले इसारा गरे।

” के डि एन सि र डेमोक्र्याटिक पार्टीले पर्खिनु भनेका थिए? यदि थिए भने उनीहरू घातक थिए, निर्वाचन दौड अन्त्य भइसकेको हुनेथियो र बर्नीले निर्वाचन जितिसकेका हुने थिए,” ट्रम्पले ट्वीटमा भनेका छन्।

उनी थप लेख्छन्, “फोहोरी दोहोरो खेल? निश्चयसाथ कसैले भन्न सक्दैन र एकदिन इतिहासले मुल्याङ्कन गर्नेछ। तर म भन्छु, हेर बर्नी फेरि त्यस्तै भयो”।

ट्रम्प: डेमोक्र्याटिक प्रारम्भिकहरुमा बर्नी स्यान्डर्स विरुद्ध धाँधली भएको छ अमेरिकी राष्ट्रपति ट्रम्प अनुसार डेमोक्र्याटिकहरुका राष्ट्रपतीय प्रारम्भिक निर्वाचनहरुमा उम्मेद्वार बर्नी विरुद्ध धाँधली भएको छ।

लेन्डम्यान भन्छन्, ” बर्नी स्यान्डर्स र अन्य धेरै विश्वास गर्छन् कि डेमोक्र्याहरुको राष्ट्रपतीय प्रारम्भिकका निर्वाचन र यसका प्रकृयामा उनी विरुद्ध धाँधली भएको छ । हो! म धेरै कुराहरुमा म स्यान्डर्ससँग विमति राख्दछु तर यस मामिलामा भने उनीसँग सतप्रतिशत सहमत छु।”

“अमेरिकी निर्वाचनहरुको कुनै वैधानिकता छैन, शून्य वैधानिकता। तिनमा धाँधली हुन्छ। सन् १८२० देखि लगभग २०० वर्ष देखि नै धाँधली भइरहेको छ। सन् १८२४ मा कुख्यात निर्वाचन भएको थियो। उक्त निर्वाचनहरुमा कोही स्पष्ट विजेता थिएनन्। नतिजालाई `भ्रष्ट लेनदेन´ भनियो जसमा एन्ड्र्यु ज्याक्सन (१७६७-१८४५) का विरुद्ध जोन क्विन्सी एडाम्स (१७६७-१८४८) विजयी घोषित भए। त्यसको चार वर्ष पछि ज्याक्सन राष्ट्रपति भए र त्यसपछि फेरि चार वर्षका लागि निर्वाचित भए र दुई कार्यकाल पूरा गरे।”, सोमबार प्रेस टिभिलाई दिएको अन्तरवार्तामा उनले भने।

“र, एन्ड्र्यु ज्याक्सनको एउटै राम्रो कुरा भनेको उनी लडाकु जस्तै भक्षक बैङ्किङ विरोधी (militantly anti predatory banking) थिए। अहिलेको फेडेरल रिजर्भ सरहको उसबेलाको संयुक्त राज्य बैङ्कलाई उनि चतुरमुखी राक्षसको ( hydra headed monster) संज्ञा दिन्थे। एन्ड्र्यु! तिमी आजका दिनमा पनि हाम्रालागि निश्चित रुपमा उपयोगी हुन्थ्यौ। उनले एकदम सहि बुझेका थिए।”, उनले थपे। ”

हो ! १८२४ यता त्यस्ता धेरै निर्वाचनहरुमा धाधली भएका छन्। १९ औं सदिमा, २० औं सदिमा र सन् २००० को कुख्यात निर्वाचनमा, जसमा सर्वोच्च अदालतले राष्ट्रपतिमा जर्ज डब्ल्यु बुसलाई विजयी घोषित गर्‍यो जबकि अल गोरले पपुलर भोट र इलेक्टोरल कलेज भोट दुबैमा बढी मत ल्याएका थिए। हो! त्यसको कुनै मतलब राखिएन। सर्वोच्च अदालतले अल गोरको साटो बुसलाई रोज्यो। र त्यस्तै भयो पनि। यो कुरा सन् २००४ मा पनि दोहोरियो, सर्बोच्च अदालतले होइन। जोन केरीले जर्ज बुसलाई हराए। जर्ज बुस दोस्रो पटक राष्ट्रपति बने। अमेरिकी प्रणाली यसरी नै चल्छ। निश्चय नै सन् २०२० मा धेरै कुरामा बर्नी स्यान्डर्स विरुद्ध धाँधली भएको छ”, उनले भने। ”

स्यान्डर्स आम मानिसका नायक हुँदै होइनन्। आधारभूत रुपमा उनी प्रणाली अनुरुप नै चल्छन, जस्तो सबैलाई थाहा छ, सबै होइन वासिङ्टनका प्राय सबैलाई थाहा छ”, उनी भन्छन्।

“अत: वासिङ्टनमा रहेका शक्तिहरु ‘वाइयात् मनोनित’ (damn nominee) भनेकोमा खुसी हुने नै भए। उनीहरु बाइडेनलाई बढी `सुरक्षित´ र स्यान्डर्सलाई कम `सुरक्षित´ ठान्दछन्। मेरो मतलब निर्वाचित भएमा स्यान्डर्स पनि फोहोरी प्रणाली अनुरुप नै चल्नेछन्। उनले केवल आफ्ना समर्थकहरु माझ केही गर्दैछु भन्ने देखाउन खासै महत्व नराख्ने झिनामसिना काम गर्न सक्छन् र उनीहरुलाई आफु सर्व साधारणका लागि काम गर्दैछु भनेर झुक्याउन सक्छन्,” उनले भने।”

कङ्ग्रेसमा उनको विगत ३० वर्ष देखिको कार्यकाललाई हेर्दा पनि आधारभूत रुपमा धेरैजसो मुद्दाहरुमा उनले पार्टी लाइन अनुरुप नै भोट हालेका छन्। मिल्दो भएर चल्न उनी त्यसो गर्छन् तर हे भगवान! बाइडेन, बाइडेन त धेरै खराब थिए।१९७३ देखिका सेनेटर, ओवामाको कार्यकालमा ८ वर्ष उपराष्ट्रपति, लगभग सबै ठाउँमा सबै सर्बसाधारण विरोधी कुराहरुको पक्षमा उभिन्छन् जसले उनलाई यसै वर्षको नभेम्बरमा ट्रम्प विरुद्ध उभ्याइने सबैभन्दा योग्य उम्मेद्वार बनाउँदैछ”, उनले थपे।

“दुबैजना न्यायपूर्ण समाज विरोधी हुन्। उनीहरु त्यसका विरुद्ध छन्। उनीहरु एकपछि अर्को युद्ध पक्षधर, व्यापार पक्षधर, सामाजिक न्याय विरोधी हुन्। अतः नभेम्बरमा ट्रम्प विरुद्ध बाईडेनको भिडन्त हुन्छ जस्तो छ। मेरो लागि भने त्यो झुन्डिएर मर्ने वा गोली थापेर मर्ने बिचको चयन जस्तो हुनेछ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago
संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.