Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विगत २०० वर्ष देखि नै अमेरिकी निर्वाचनमा धाँधली हुने गरेकोछ- लेखक

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन २७, २०७६
- राजनीति, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिकी राष्ट्रपतीय निर्वाचनहरुमा विगत २०० वर्ष देखि नै धाधली भइरहेको छ सिकागोका लेखक तथा राजनीतिक टिप्पणीकार स्टेफेन लेन्डम्यान अनुसार अमेरिकी राष्ट्रपतिका चुनाबहरुमा विगत २०० बर्ष देखि, “१८२० को दशक दखि” नै धाधली भइरहेको छ।

    गत आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेद्वार तय गर्न भइरहेको प्रारम्भिक निर्वाचनमा जितिरहेका उम्मेद्वार बर्नी स्यान्डर्स विरुद्ध धाँधली भएको छ भनेकाछन्।

    राज्यहरुमा भएको सुपर ट्युस्डेको निर्वाचनमा स्यान्डर्सले जित्ने अपेक्षा गरिएको थियो तर पूर्व मेयर पेट बुटिङ्गेइग र सेनेटर एमी क्लोबुचारले निर्वाचनबाट आफ्ना नाम फिर्ता लिई बाईडेनलाई समर्थन गर्नभन्दा घण्टौं अगाडि नै बाशइडेनले १० विरुद्ध १४ राज्यमा विजय प्राप्त गरे।

    आइतबार डेमोक्र्याटिक नेसनल कमिटिले (डि एन सि) सेनेटर एलिजाबेथ वारेन (D-mass) लाई स्यान्डर्सका भोटरहरुलाई अन्यत्र मोड्न सुपर ट्युसडे पछि आफ्नो उम्मेद्वारी अन्त्य गर्न आदेश तर्फ पनि ट्रम्पले इसारा गरे।

    ” के डि एन सि र डेमोक्र्याटिक पार्टीले पर्खिनु भनेका थिए? यदि थिए भने उनीहरू घातक थिए, निर्वाचन दौड अन्त्य भइसकेको हुनेथियो र बर्नीले निर्वाचन जितिसकेका हुने थिए,” ट्रम्पले ट्वीटमा भनेका छन्।

    उनी थप लेख्छन्, “फोहोरी दोहोरो खेल? निश्चयसाथ कसैले भन्न सक्दैन र एकदिन इतिहासले मुल्याङ्कन गर्नेछ। तर म भन्छु, हेर बर्नी फेरि त्यस्तै भयो”।

    ट्रम्प: डेमोक्र्याटिक प्रारम्भिकहरुमा बर्नी स्यान्डर्स विरुद्ध धाँधली भएको छ अमेरिकी राष्ट्रपति ट्रम्प अनुसार डेमोक्र्याटिकहरुका राष्ट्रपतीय प्रारम्भिक निर्वाचनहरुमा उम्मेद्वार बर्नी विरुद्ध धाँधली भएको छ।

    लेन्डम्यान भन्छन्, ” बर्नी स्यान्डर्स र अन्य धेरै विश्वास गर्छन् कि डेमोक्र्याहरुको राष्ट्रपतीय प्रारम्भिकका निर्वाचन र यसका प्रकृयामा उनी विरुद्ध धाँधली भएको छ । हो! म धेरै कुराहरुमा म स्यान्डर्ससँग विमति राख्दछु तर यस मामिलामा भने उनीसँग सतप्रतिशत सहमत छु।”

    “अमेरिकी निर्वाचनहरुको कुनै वैधानिकता छैन, शून्य वैधानिकता। तिनमा धाँधली हुन्छ। सन् १८२० देखि लगभग २०० वर्ष देखि नै धाँधली भइरहेको छ। सन् १८२४ मा कुख्यात निर्वाचन भएको थियो। उक्त निर्वाचनहरुमा कोही स्पष्ट विजेता थिएनन्। नतिजालाई `भ्रष्ट लेनदेन´ भनियो जसमा एन्ड्र्यु ज्याक्सन (१७६७-१८४५) का विरुद्ध जोन क्विन्सी एडाम्स (१७६७-१८४८) विजयी घोषित भए। त्यसको चार वर्ष पछि ज्याक्सन राष्ट्रपति भए र त्यसपछि फेरि चार वर्षका लागि निर्वाचित भए र दुई कार्यकाल पूरा गरे।”, सोमबार प्रेस टिभिलाई दिएको अन्तरवार्तामा उनले भने।

    “र, एन्ड्र्यु ज्याक्सनको एउटै राम्रो कुरा भनेको उनी लडाकु जस्तै भक्षक बैङ्किङ विरोधी (militantly anti predatory banking) थिए। अहिलेको फेडेरल रिजर्भ सरहको उसबेलाको संयुक्त राज्य बैङ्कलाई उनि चतुरमुखी राक्षसको ( hydra headed monster) संज्ञा दिन्थे। एन्ड्र्यु! तिमी आजका दिनमा पनि हाम्रालागि निश्चित रुपमा उपयोगी हुन्थ्यौ। उनले एकदम सहि बुझेका थिए।”, उनले थपे। ”

    हो ! १८२४ यता त्यस्ता धेरै निर्वाचनहरुमा धाधली भएका छन्। १९ औं सदिमा, २० औं सदिमा र सन् २००० को कुख्यात निर्वाचनमा, जसमा सर्वोच्च अदालतले राष्ट्रपतिमा जर्ज डब्ल्यु बुसलाई विजयी घोषित गर्‍यो जबकि अल गोरले पपुलर भोट र इलेक्टोरल कलेज भोट दुबैमा बढी मत ल्याएका थिए। हो! त्यसको कुनै मतलब राखिएन। सर्वोच्च अदालतले अल गोरको साटो बुसलाई रोज्यो। र त्यस्तै भयो पनि। यो कुरा सन् २००४ मा पनि दोहोरियो, सर्बोच्च अदालतले होइन। जोन केरीले जर्ज बुसलाई हराए। जर्ज बुस दोस्रो पटक राष्ट्रपति बने। अमेरिकी प्रणाली यसरी नै चल्छ। निश्चय नै सन् २०२० मा धेरै कुरामा बर्नी स्यान्डर्स विरुद्ध धाँधली भएको छ”, उनले भने। ”

    स्यान्डर्स आम मानिसका नायक हुँदै होइनन्। आधारभूत रुपमा उनी प्रणाली अनुरुप नै चल्छन, जस्तो सबैलाई थाहा छ, सबै होइन वासिङ्टनका प्राय सबैलाई थाहा छ”, उनी भन्छन्।

    “अत: वासिङ्टनमा रहेका शक्तिहरु ‘वाइयात् मनोनित’ (damn nominee) भनेकोमा खुसी हुने नै भए। उनीहरु बाइडेनलाई बढी `सुरक्षित´ र स्यान्डर्सलाई कम `सुरक्षित´ ठान्दछन्। मेरो मतलब निर्वाचित भएमा स्यान्डर्स पनि फोहोरी प्रणाली अनुरुप नै चल्नेछन्। उनले केवल आफ्ना समर्थकहरु माझ केही गर्दैछु भन्ने देखाउन खासै महत्व नराख्ने झिनामसिना काम गर्न सक्छन् र उनीहरुलाई आफु सर्व साधारणका लागि काम गर्दैछु भनेर झुक्याउन सक्छन्,” उनले भने।”

    कङ्ग्रेसमा उनको विगत ३० वर्ष देखिको कार्यकाललाई हेर्दा पनि आधारभूत रुपमा धेरैजसो मुद्दाहरुमा उनले पार्टी लाइन अनुरुप नै भोट हालेका छन्। मिल्दो भएर चल्न उनी त्यसो गर्छन् तर हे भगवान! बाइडेन, बाइडेन त धेरै खराब थिए।१९७३ देखिका सेनेटर, ओवामाको कार्यकालमा ८ वर्ष उपराष्ट्रपति, लगभग सबै ठाउँमा सबै सर्बसाधारण विरोधी कुराहरुको पक्षमा उभिन्छन् जसले उनलाई यसै वर्षको नभेम्बरमा ट्रम्प विरुद्ध उभ्याइने सबैभन्दा योग्य उम्मेद्वार बनाउँदैछ”, उनले थपे।

    “दुबैजना न्यायपूर्ण समाज विरोधी हुन्। उनीहरु त्यसका विरुद्ध छन्। उनीहरु एकपछि अर्को युद्ध पक्षधर, व्यापार पक्षधर, सामाजिक न्याय विरोधी हुन्। अतः नभेम्बरमा ट्रम्प विरुद्ध बाईडेनको भिडन्त हुन्छ जस्तो छ। मेरो लागि भने त्यो झुन्डिएर मर्ने वा गोली थापेर मर्ने बिचको चयन जस्तो हुनेछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      नेपाल रिडर्स
      कार्तिक २२, २०८१

      लमजुङबाट माओवादी विचारबाट प्रेरित बिद्रोहको बाटो हिडेका केशवलाल श्रेष्ठको राजनीतिक उतारचढावबारे नेपाल रिडर्सका लागि शिव कुमार पौडेलसँग केशवलाल श्रेष्ठको संवाद...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.