Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के हो ‘सभ्यताको टकराव ?’

भारत, नेपाल तथा अन्य बहुसांस्कृतिक देशले 'क्ल्यास अफ सिभिलाइजेसन' जस्ता भड्काववादी सिद्धान्तलाई कसरी मान्न सक्छन्? र, यस्तो सिद्धान्त सिधासिधा हाम्रोजस्तो समाजलाई खतरापूर्ण छ।

nepal_readers nepal_readers
भदौ ११, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    करिब एक वर्ष अघि भारतका तत्कालिन चिफ अफ आर्मी स्टाफ विपिन रावतले एक सन्दर्भमा भने, ‘चीनको पश्चिमी जगतसँग टकराव र इस्लामी जगतसँग निकटता बढेको छ। इरानसँग चीनको राम्रो सम्बन्ध विस्तार भइरहेको छ। अफगानिस्तानमा चीन छिर्ने कोशिस गरिरहेको छ। टर्कीसँग उसको राम्रो सम्बन्ध बनिरहेको छ। यी सारा कुराहरूले कहीं न कहीं न खिन्छ कि इस्लामी जगत र सिनिक (चीनियाँ) जगत एकअर्काको नजिक आइरहेका छन्। र, यिनीहरू पश्चिमी सभ्यताविरुद्ध उभिइरहेका छन्।’ रावतले उतिखेर थपेका थिए, ‘यो एक प्रकारले क्ल्यास अफ सिभिलाइजेसन (सभ्यताको टकराव) जस्तो प्रतित हुन्छ र विश्वमा यसले एक प्रकारको डिस्अर्डर (गडबडी) पनि ल्याउन सक्छ।’

    तर केही समयपछि भारतीय विदेशमन्त्री एस. जयशंकरले आफ्ना चीनियाँ समकक्षीहरूसँग भारतीय चिफ अफ आर्मी स्टाफको भनाइसँग असहमति दर्ज गराउन खोजेर चीनलाई आफ्नो सरकारका तर्फबाट आश्वस्त पार्न चाहे। चीनसँग आफ्नो देशले दुरी बढाउन उचित नहुने कुरा बुझेकै कारण होला, उनले भने, ‘चीन र भारतको सहकार्य एसियाको विकाश र समृद्धिका लागि आवश्वयक छ।’

    तपाईं–हामीले शितयुद्धका बारेमा धेरै पटक सुनेका हौंला। शितयुद्धको बेला विश्वमा दुई ब्लक (ध्रुव) थिए, एउटा पूँजीवादी ध्रुव, अर्को समाजवादी ध्रुव। सन् १९४५ मा शुरु भएको दोस्रो विश्वयुद्ध जतिखेर अन्त्य भयो, त्यतिखेर तेस्रो प्रकृतिको युद्ध संसारमा छेडियो। र, त्यसैले विचारक र सिद्धान्तकारहरू शितयुद्ध मान्छन्। कतिपय आलोचक र इतिहासकारहरू मान्छन् कि प्रकृति फरक भएपनि त्यस्तो वैचारिक द्वन्द्वलाई पनि विश्व युद्ध भन्न सकिन्छ। यी दुई ब्लक  धेरै लामो समयसम्म कायम रहे र यी दुई बीच धेरै संघर्षहरू भए।

    माथि नै उल्लेख गरियो, यी दुईका बीचमा वैचारिक संघर्ष बढी थियो। त्यसका पछाडि आर्थिक र भोगोलिक लगायतका अनेकौँ कारणहरू थिए। पूँजीवादी ध्रुवको आदर्श या विचार थियो : स्वतन्त्र बजार र व्यक्तिको स्वतन्त्रता। पूँजीवादी मोडलले स्वतन्त्र बजार र व्यक्तिको स्वतन्त्रतालाई प्रमुख ठान्थ्यो। समाजवादी मोडलले चाहिं सबै मान्छेबीच आर्थिक समानता र आर्थिक पुर्नवितरणको माग गर्थ्यो। समाजवादले व्यक्ति र व्यक्तिबीच पनि समानताको कुरा गर्थ्यो।

    तर, यी दुबै प्रणालीलाई एक साथ रहन सम्भव थिएन। सोही कारण, यी दुईबीचका बीच संघर्ष सुरु भयो। पूँजीवादीहरूले आफ्नो प्रभाव क्षेत्र बढाउने प्रयास गर्थे भने समाजवादीहरू पनि आफ्नो क्षेत्र र विचारधारा सर्वत्र फैलियोस् भन्ठान्थे। समता र न्याय सर्वत्र स्थापित होस् भन्ने चाहन्थे। चार दशकसम्म यो संघर्ष या टकराव चलिरह्यो। यी दुईबीच ‘गलाकाट प्रतिस्पर्धा’ चलिरह्यो। पूरा विश्व यी दुई विचारबीचको संघर्षले युक्त भइराख्यो।

    यी दुईको झगडामा दुनियाँका कैयौं महादेशमध्ये युरोपचाँहि अपेक्षाकृत स्थिर अवस्थामा रह्यो। युरोपको अवस्था अपेक्षाकृत सन्तुलित रह्यो। बाँकी महादेशले भने यी दुई ध्रुवको वैचारिक द्वन्द्वले ठूलो मुल्य चुकाउनुपर्‍यो। र, सन् १९९०को अन्त्यमा आएर शितयुद्धको समाप्त भएको मानिन्छ। सन् १९९१ मा आएर सोभियत रसियाको विघटन भयो। सोभियत रुसमा रहेका धेरै देशहरू अलग थलग भए र साथमै युगोस्लाभिया र चकोस्लोभाकिया पनि १९९३ मा विघटित भयो। शितयुद्धको समाप्त भएलगत्तै फ्रांकिस फुकुयामा नामका एक अमेरिकन थिंकट्यांकले १९९२ मा एक किताब प्रकाशित गरे, जसको नाम थियोः द एनड फ हिस्ट्ररी एन्ड द लास्ट म्यान।

    फुकुयामा जापानिज मूलका अमेरिकन थिंकट्यांक थिए। उनको किताबको अन्तर्य यो थियो कि इतिहासको अन्त्य भयो। विचारक हेगेलको नाम त यहाँले सुन्नुभएकै होला। कार्ल मार्क्सले पनि हेगेलकै विचारलाई विकाश गरेका थिए। हेगेलको विचार थियो, ‘द्वन्दात्मकताको सिद्धान्त।’ हेगेलको भनाई थियो कि दुनियाँमा जति परिवर्तनहरू आउँछन्, ती सबै संघर्ष र द्वन्द्वका माध्यमबाटै आउँछन्। हेगेलले भौतिक नभई वैचारिक संघर्ष या द्वन्द्वको कुरा गरेका थिए। हेगेलको र फुकुयामाको भनाइ थियो कि संघर्षको आरम्भबाट नै यस तरहका संघर्षहरू चलिरहेका थिए र सो द्वन्द्वकै आधारमा कहीं न कहीं समाज र सभ्यताको इभोलुसन (उद्विकास) चलिरहेको थियो।

    र, फुकुयामाका अनुसार जुन अन्तिम संघर्ष भयो, त्यो पूँजीवादी र समाजवादी मोडलका बीच भयो। पूँजीवादलाई हामी उदारवादी मोडल पनि भन्छौं। त्यसले व्यक्तिको सर्वोच्चता र स्वतन्त्रताको कुरा गर्छ, स्वतन्त्र बजारको कुरा गर्छ। फुकुयामाले सो किताबमार्फत भने कि ‘सभ्यताको अन्तिम संघर्ष यी दुबै मोडेलको बीचमा चलिरहेको थियो। तर यसमा पूँजीवाद/उदारवाद अथवा उदार–पूँजीवादको अन्तिम विजय भयो। र, जुन समाजवादी मोडल थियो, त्यो भत्कियो। यसको मतलव हो, अब भविष्यमा कुनै पनि खालका द्वन्द्वहरू हुनेछैन। किनभने अन्तिम जीत उदारवादी या पूँजीवादी मोडेलको भयो। र, यससँगै इतिहास समाप्त भयो।’ फुकुयामाको इतिहाससम्बन्धी सो निचोड र भनाइ आज पनि उत्तिकै चर्चित छ। तर उनले भने जस्तो पनि भएन।

    द्वन्द्व छैन भन्नुको अर्थ हो, इतिहास पनि छैन। द्वन्द्व छैन भने नाटक मंचन हुन पनि सम्भव छैन। द्वन्द्व नै छैन भने भविष्यको इतिहास पनि छैन। यसरी फुकुयामाका अनुसार इतिहास त्यहीं बिराम लाग्यो। यसपश्चात् उही पूँजीवादी या उदारवादी मोडल अघि संसारमा अघि बढिरहन्छ। यो साँच्चै ठूलो घोषणा थियो फुकुयामाको। हुनलाई यो पूँजीवादको अहंकार थियो कि अन्त्यमा गएर पूँजीवादकै जीत भयो। त्यसै समयका अर्का अमेरिकन थिंक ट्यांक थिए, स्यामुयल पि हटिङ्टन। र, फुकुयामाको किताब निस्केको एक वर्षपछि विश्व राजनीतिमा अरु घटनाहरू पनि भएका थिए। युगोस्लाभिया र चेकोस्लोभाकियाको विघटन भएको थियो १९९३ मा।

    हामीले यो कुरा जान्नु आवश्यक छ कि युगोस्लाभिया र चेकोस्लोभाकिया कहिले बनेको थियो र कहिले विघटन भएको थियो। १९१९ को पेरिस पिस कन्फरेन्समार्फत यी देशहरू बनाइएका थिए। यी देशहरू आफैंमा बहुभाषिक र बहुसांस्कृतिक थिए। र, यी दुई देश आखिर विघटित भए। र, यिनै घटनाको आलोकमा हटिङ्टनले नयाँ सिद्धान्त प्रतिपादन गरे, ‘क्ल्यास अफ सिभिलाइजेसन।’ उनले भने ‘संसारका सबै संघर्ष फरक संस्कृति र सभ्यताबीचको संघर्ष हो।’

    स्यामुयलले फुकुयामालाई जवाफ दिदैं भने कि ‘इतिहासको अन्त्य भयो भनेर धेरै खुसी नमानाउनु होला। किनभने टकराव अहिले पनि जारी छ र द्वन्द्वको स्वरुप बदलिएको छ। द्वन्द्व समाप्त भएको छैन।’ हटिङ्टनका अनुसार दुनियाँमा कमसेकम आठ सभ्यता या संस्कृतिहरू छन्। हटिङ्टनलाई पढ्दा यस्तो लाग्छ कि उनले १९ औं शताव्दिका ब्रिटिस स्कलर आर्नोल्ड जे टोय्न्बीबाट प्रभावित र प्रेरित थिए। आर्नोल्डले पनि सम्भवत २६ सभ्यता या संस्कृतिका कुरा गरेका थिए। तर हटिङ्टनले मुख्य रूपमा आठ सभ्यताका कुरा गरे र उनले भने, ‘दुनियाँका प्रमुख द्वन्द्वहरू सभ्यताकेन्द्री या संस्कृतिकेन्द्री छन्। संसारको मुख्य संघर्ष संस्कृति या सभ्यताका कारण हुन्छ भन्ने उनको ठहर थियो।

    दुर्भाग्यवस या सौभाग्यवस, शितयुद्धको कालमा समाजमा रहेको पुरानो सांस्कृतिक (सभ्यता) द्वन्द्वलाई वैचारिक संघर्षले थिचेर राख्यो। पूँजीवादी र समाजवादी विचारले माथिबाट सांस्कृतिक द्वन्द्वलाई ढाकेर राखिदियो। तर भित्रभित्रै सो द्वन्द्व मानव समाजका बीच जारी नै थियो। संघर्षको आगो भित्रभित्रै जिवित थियो। तर जब वैचारिक विचारधाराका आवरणहरू हटेर गयो, तब शितयुद्ध समाप्त भयो। यसो भएपछि पहिलेदेखि भित्र दबेर बसको टकराव दोस्रो पटक प्रकट भएको छ। हटिङ्टनको सिद्धान्तको सार यही थियो। तर हटिङ्टनले १९९३ मा ल्याएको यो सिद्धान्तलाई दुनियाँले खासै गम्भीरताका साथ लिएन। त्यतिखेरका कुनै पनि विद्वानले हटिङ्टन सिद्धान्तलाई खासै गम्भीरताका साथ लिएनन्।

    तर जब अमेरिकामा ९/११ को घटना भयो, अल कायदाले अमेरिकामाथि हमला गर्‍यो , अमेरिकन राष्ट्रपति जर्ज डब्लु बुसले त्यतिखेर आफ्नो वक्तव्य दिने क्रममा ‘जिहाद’ शब्दको प्रयोग गरे। आवेशमा आएर बुसले उक्त शव्द प्रयोग गरेको बताइयो। बुसले बोलेको त्यही एउटै शब्दलाई लिएर पश्चिमा र इस्लामिक जगतबीच अब द्वन्द्व बढ्न थाल्यो भन्न थालियो। र, अचानक ‘क्ल्यास अफ सिभिलाइजेसन’को सिद्धान्तका बारेमा चर्चा बढ्न थाल्यो। ‘क्ल्यास अफ सिभिलाइजेसन’को जुन सिद्धान्त छ, त्यसलाई लिएर उतिखेर विपिन रावतले बोलेको कुरालाई भारतका विदेशमन्त्री जयशंकरले किन थप जोड किन दिन चाहेनन्? किनकि यस्तो भड्काउवाला कुरो अघि बढाउँदा भारतलाई खतरा हुनसक्छ।

    यस्तो विषयले किन पनि खतरा हुन्छ भने अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई संस्कृतिका आधारमा विभाजन गरिन्न। ‘क्ल्यास अफ सिभिलाइजेसन’को कुरा गर्दा त्यहाँ धार्मिक र सांस्कृतिक विषयलाई लिएर तत्कालै संवेदनशीलता जाग्छ र झगडा सुरु हुन्छ। र, अर्को कुरा, संसारका अनेकौं देशमा धेरै भाषा र संस्कृतिहरू छन्। र, यस्तो अवस्थामा ‘इस्लाम फरक सभ्यता हो, क्रिश्चियन अर्को सभ्यता हो, हिन्दू या सिनिक सभ्यता अलग हो’ भन्दै जाँदा त्यसले द्वन्द्व सिर्जना गर्छ।

    र, त्यस्ता देशहरूले यदि ‘क्ल्यास अफ सिभिलाइजेसन’को सिद्धान्तलाई स्वीकार्ने हो भने त त्यहाँ वर्वाद हुनजान्छ। पूरै दुनियाँ अस्तव्यवस्त हुन्छ यस्ता कुराले। र, यस सन्दर्भमा भारतका प्रधानमन्त्री मनमोहन सिंहको एउटा भनाई याद गर्नु जायज हुन्छ। उनले कुनै अन्तर्राष्ट्रिय सम्मेलनमा भनेका थिए, ‘क्ल्यास अफ सिभिलाइजेसनको सिद्धान्त प्रस्ताव त गरिएको छ तर यसलाई मान्न सकिन्न। यो सिद्धान्तलाई हामी यस कारण पनि मान्न सक्दैनौं, किनकि दुनियाँमा आज जो संघर्ष भइरहेको छ, त्यो सभ्यता या संस्कृतिबीचको संघर्ष होइन। असमान आर्थिक सम्बन्धका कारण नै सर्वत्र संघर्षहरू भइरहेका हुन्। र, त्यसलाई हामी सभ्यताबीचको संघर्ष भनेर कसरी नाम दिन सक्छौं?’

    सिंहको कुरो सटिक थियो। किनकि भारत, नेपाल तथा अन्य बहुसांस्कृतिक देशले क्ल्यास अफ सिभिलाइजेसनजस्ता भड्काउवादी सिद्धान्तलाई कसरी मान्न सक्छन्? र, यस्तो सिद्धान्त सिधासिधा हाम्रोजस्तो समाजलाई खतरापूर्ण छ। विपिन रावतले सिनिक सभ्यता र इस्लामिक सभ्यता एकअर्काका निकट आइरहेको भन्दै गर्दा उनले चीनमा उइगुर मुसलमानमाथिका समस्याहरूलाई ख्याल गरेनन्।

    आजको आधुनिक दिनमा सम्बन्धहरूको आधार एकदमै जटिल विषयहरूले तय गर्छ। यसको मतलव आजका दिनमा आफ्ना आर्थिक तथा रणनीतिक स्वार्थहरूका आधारमा राष्ट्रहरूले सम्बन्ध बनाउँछन्। दुनियाँको सम्बन्ध यसैगरी बन्छ। पाकिस्तान र अमेरिकाको पहिलेको सम्बन्ध कस्तो रहेको थियो, सबैलाई थाहा छ।

    धेरैजसो ल्याटिन अमेरिकन देशहरू र अमेरिकाको सम्बन्ध आज कस्तो छ? इस्लामिक जगतमा नै हेर्नुहोस् न, सिया र सुन्नीहरूका बीचमा कस्तो सम्बन्ध छ? इजरायलसँग आज युएइ र बहराइनलगायतका मुसलमान देशहरू आर्थिक कारण नै मजबुत सम्बन्ध स्थापित गर्न लाग्दैछ। कतिसम्म भने साउदी अरबले इजरालयसँग सम्बन्ध विस्तार गरिरहेको चर्चा चलिरहेको छ। यता, साउदी अरब र इरानबीच भने दुरी बढिरहेको छ। कतिसम्म भने मुसलमान साउदी अरबले मुसलमान इरानलाई मध्यपूर्वको स्थिरताको बाधक ठान्ने गरेको छ। त्यसकारण पनि ‘सभ्यताको टकराव’को हटिङ्टन भाष्य भ्यालिड (उचित)  लाग्दैन। र, त्यसलाई जस्टिफाइ गर्नु मनासिव छैन।

    मनिकान्त सिंहको प्रवचनको नेपाल रिडर्सले गरेको नेपाली अनुवाद। द स्टडी, एन इस्टिच्युट फर आइएसबाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.