Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

धर्ममा महिलाको अवस्था के छ?

जुन युगलाई हिन्दु जातिले स्वर्णिम युग बताएको छ, त्यही समयमा शुद्र, दास र महिला अधम र हीन स्थितिमा रहन बाध्य थिए। बाइबलमा भनिएको छ, ‘परमपिता परमेंश्वरले आदमलाई गहिरो निन्द्रामा सुताए र यिनको हड्डीबाट एउटा हड्डी निकालेर उनले नारीलाई बनाए र आदम नजिक ल्याएर राखिदिए।’ईस्लाम धर्ममा पहिलो महिलाको रचना पुरुषको देब्रे खुट्टाबाट भएको विश्वास गरिन्छ।

महेन्द्र कुमार/जितेन्द्र कुमार महेन्द्र कुमार/जितेन्द्र कुमार
पुस २८, २०७८
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भूमिकाः–
    धर्मले मानिसलाई प्रत्येक माध्यमबाट आफूमा समेट्छ। धर्म एउटा यस्तो शब्द हो, जसको समस्त रहस्य उद्घघाटन गर्ने क्षमता मानिसमा छ या छैन भन्ने कुरा पनि बहसको विषय हुनसक्छ। सर्वाधिक रहस्यमय हुनुका बावजुद मानिस जुन कुरामा सर्वाधिक श्रद्धालु र समर्पित छ त्यसैलाई धर्म नामले सम्बोधन गर्छ।

    धर्मप्रति यो समर्पण अन्धविश्वाससम्म पुग्छ। धर्ममै रक्षाका लागि मानिस आफ्नो प्राण मात्रै होइन, अस्तित्व नै बलिदान गर्नका लागि पनि तयार हुन्छ। धर्मकै आडमा मानिसले एकातर्फ सर्वाधिक सिर्जनात्मक काम गर्नुका साथै मानवताको श्रेष्ठतम मूल्यको उद्घाटन गरेको छ। अर्कोतर्फ यही शब्दकै आडमा मानिसले सर्वाधिक रगत पनि बगाएको छ। धर्मको नाममा विश्वमा सर्वाधिक युद्ध, सर्वाधिक हत्या, सर्वाधिक शोषण र सर्वाधिक उत्पीडनपनि भएको छ।

    धर्मका लागि मानिस जसरी निरंकुशता र बर्बरताको क्षेत्रमा उत्रिएको छ, यसरी त मानिस स्वयम‌्को प्राण रक्षाका लागि पनि उत्रिँदैन। मानवको समस्त पाखण्ड र समस्त अन्धविश्वास धर्मसँग नै जोडिएको छ। धर्म एउटा यस्तो अनुभूति हो, जसलाई स्वयम् प्राप्त गर्नुपर्ने हुन्छ।

    धर्म केवल दार्शनिक परिकल्पना होइन, यो एउटा नियमित सत्य पनि हो। धर्मलाई परिभाषाहरूबाट बाँध्न सकिँदैन। यसलाई वादविवादको विषय बनाएर यसको वास्तविक रुपलाई बुझ्न मुश्किल छ। यदि यो शब्दलाई बुझ्नु छ र यसका रहस्यका पत्रहरूलाई निकाल्नु छ भने धर्मको भावलाई कर्मको क्षेत्रमा उतार्नुपर्छ र यसलाई अनुभवको क्षेत्रमा पनि लगाउनुछ।

    मूलतः महान् धर्ममा समानता अथवा अपेक्षाकृत समानताको उपदेश निहित हुन्छ। तर महिलालाई गरिने व्यवहारको सवालमा समानताको अवधारणा उपेक्षित, गौण वा भ्रष्ट देखिन्छ। समाजले धर्मको नाममा महिलालाई कुल्चिएर यिनलाई उपभोग्य बनाउनुका साथै महिलालाई दोस्रो दर्जामा धकेलिदिएको छ।

    सबैलाई समान व्यवहार गर्दामात्रै मानवको मानसिक शक्ति दुईगुणा हुन्छ, यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो। दोस्रो कुरा, महिला र पुरुषबीच असमानता नै वैवाहिक जीवनका लागि हानिकारक छ। यस असमानतालाई हटाएर मात्रै जीवनलाई सार्थक बनाउन सकिन्छ। मानिसको नैतिक पुनर्स्थापना तब आरम्भ हुन्छ, जब सामाजिक सम्बन्धमा न्याय निहित हुन्छ र जब अधिकारहरू एंव यसको रोपणका लागि मानिस अन्यप्रति गहिरो सहानुभूति राख्छ।

    शास्त्र, समाज, देश र धर्मले हामीलाई महिलाका लागि कुनै स्वतन्त्रता आवश्यक नभएको कुरा नै सिकाइरहेको हुन्छ। यसबाट महिलाहरू सधैं अधूरो रहन्छन्। महिलाहरूलाई पूर्णता दिनका लागि महिलाको तन–मन र घर स्वतन्त्र राख्न आवश्यक छ। महिलालाई पाल्तु जनावरको खोल ओडेर जिउन आवश्यक छैन। महिलालाई मात्र एउटा शरीर वा वस्तुको रुपमा हेरिनु हुँदैन।

    हिन्दू धर्ममा नारीको अवस्था
    हाम्रो समाजमा सतीत्व शब्द महिलासँग मात्र सम्बन्धित छ। हिन्दू शास्त्रकारहरू वन वा जंगलमा बस्ने गरेका भएपनि उनले समाजका पहिचान गरेर नीति नियमहरू बनाए। उनीहरूले ‘सतीत्व’, ‘शुद्धता’ वा ‘पवित्रता’ जस्ता शब्दको रचना गरेर आफ्नो जाति अर्थात् पुरुषलाई नै सुविधा हुने काम गरे।

    महिलाका लागि त सतीत्व छ, तर पुरुषका लागि छैन। र, सतीत्वको चरम रुप थियो, सहमरण। हिन्दु समाजको ‘गौरवशाली’ महान् संस्कृतिको यदि इमानदारीताका साथ विश्लेषण गर्ने हो भने यसमा भएका भेदभाव ऐनामा जस्तै छर्लङ्ग देखिन्छन्। हिन्दु संस्कृतिमा शुद्र, दास र महिलाप्रतिको आचार–व्यवहारलाई केलाउने हो भने यी लिंग, जात र वर्गले गर्व गर्न लायक कुनै पनि कुरा छैन। जुन युगलाई हिन्दु जातिले स्वर्णिम युग बताएको छ, त्यही समयमा शुद्र, दास र महिला अधम र हीन स्थितिमा रहन बाध्य थिए।

    वैदिक युग यता महिलालाई एक वस्तुमा बदलिएको थियो। उनलाई पुरुषको भोग्या एंव वंश बढाउने साधनको रुपमा मात्र प्रयोग गरिएको थियो। वैदिक युगपछि महिलाको स्वतन्त्र अस्तित्वलाई कहिल्यै पनि स्वीकार गरिएन। यस्तो परिस्थितिहरू र विधान बन्दै गयो कि महिला पिता, पति र पुत्रको अधीनमा रहन बाध्य भइन् ।

    महिलाका लागि श्रीमान नै ईश्वरभन्दा माथि भनियो, श्रीमानलाई परमेश्वरको रूपमा प्रतिष्ठित गरियो जसको चरणदासी बनेर आजीवन सेवा गर्नु नै महिलाको परमधर्म मानिन्छ।

    शतपथ ब्राम्हण (३/२/४/६ ) मा भनिएको छ, ‘यज्ञको समयमा कुकुर, शुद्र र नारी देखिनु हुँदैन।’ मैंत्रयणी संहिता (३/८/३) र तैत्तरीय संहिता (६/५/८/२) मा स्पष्ट लेखिएको छ कि नारी अशुभ हुन्छिन्।

    हिन्दु समाजमा महिलाको यस अधिकार शून्य र दयनीय अवस्थाका लागि मुख्यतः धर्म उत्तरदायी छ। वैदिक युगपछि रचिएका धार्मिक ग्रन्थ, संहिता, स्मृतिहरू, ब्राम्हण, पुराण एवं सुत्रहरूको आड लिँदै महिला जातिको कर्तव्य र धर्मलाई प्रकाश पार्ने कोशिस गरिन्छ र माथि उल्लेखित कुराहरू धर्मोचित एवं न्यायोचित भएको दाबी गरिन्छ। र, यिनको उल्लघंन गर्नु अक्षम्य महापाप भएको डर देखाइन्छ।
    सती प्रथा जस्तो जघन्य अमानवीय प्रथा दुनियाँमा कुनैपनि धर्ममा छैन, केवल हिन्दु धर्ममा छ। छोराको जन्मलाई मोक्ष र स्वर्ग प्राप्तिसँग जोड्ने समाजमा धर्मले नै छोराको महत्वलाई स्थापित गरेको छ। यसै प्रभावबाट उत्पन्न संस्कारहरूका कारण आज आधुनिक वैज्ञानिक प्रविधिको लाभ उठाउँदै बालिका भ्रुण हत्या जस्तो अपराध मानिसबाट भइरहेको छ।

    १९औं शताब्दीदेखि लिएर आज वर्तमानमा हिन्दु धर्ममा अनेक परिवर्तनहरू भए। जसको फलस्वरुप धार्मिक, सामाजिक सुधार एवं महिलाको स्थितिमा पर्याप्त सुधार भयो। यो एउटा सम्मानजनक र गर्व गर्न लायक विषय हो। हिन्दू समाजमा समयका साथै व्यापक सकारात्मक परिवर्तन परिलक्षित भइरहेको छ र महिला अधिकारमा निरन्तर वृद्धि भइरहेको छ।

    ईसाई धर्ममा महिलाको अवस्था
    ईसाई धर्ममा महिलाको स्थिति सुधारिएको दाबी गरिन्छ। तर जुन समाजबाट कठोर नैतिक संहिताहरूको उल्लंघन नगर्न जोड दिइन्छ, त्यही समाजमा महिलाहरूले कहिल्यै पनि उदार एवं स्वतन्त्र स्थितिको उपभोग गर्न सकेनन्। यस धर्मका महाधिशहरूले महिलालाई मुख्यतः बहकाउने मोहिनीको रुपमा चित्रित गरे। उनीहरूले महिलाले ‘अपवित्र’ कामुकतालाई उत्तेजित गरेर पापको बाटोमा लैजाने कुरा बताए। आरम्भबाटै चर्चले महिलाको कौमार्यावस्था सर्वश्रेष्ठ रहेको शिक्षा दिँदै आयो। तर जसको लागि कौमार्य (ब्रह्मचर्य) लाई पालना गर्न असम्भव छ, उनलाई चर्चबाट विवाहको अनुमति दिइएको छ।

    महिलाको त्याग, बलिदानबाट सिञ्चित ईसाई धर्ममा महिलालाई अधिकार दिइनु त परको कुरा भयो, उनलाई पुरुषको तुलनामा हीन वा तल्लो स्तरको बनाइन्छ। बाइबलमा भनिएको छ, ‘परमपिता परमेंश्वरले आदमलाई गहिरो निन्द्रामा सुताए र यिनको हड्डीबाट एउटा हड्डी निकालेर उनले नारीलाई बनाए र आदम नजिक ल्याएर राखिदिए।’ उत्पत्ति (२ः२१–२२)

    ११ नोभेम्बर १९९२ मा इंग्ल्याण्डको प्रमुख गिर्जाघर केन्टवरी गिर्जाघरमा महिलालाई पनि पदारीमा प्रतिष्ठित गर्ने प्रस्ताव त्यहाँको एंगलिकन धर्मावलम्बीहरूको संसदले बहुमतसहित पास गर्‍यो। परिवर्तनवादीहरूको नेतृत्व गर्ने केन्टबरी चर्चका आर्य विशपले परमात्माको कुनै लिंग नभएको तर्क गरे। चर्चमा महिलाहरूले पनि पद प्राप्त गरेपछि थोरै भएपनि पुरुषको अधिपत्य एंव धर्ममा व्याप्त असमानतामा धक्का पुग्यो। तर, रुढिवादीहरू भने ईसा मसीह पुरूष भएका कारण यस धर्मको प्रतिनिधित्व गर्ने पोप, पादरी, विशप आदि पुरूष हुनुपर्नेमा जोड दिन्छन्।

    रोमन क्याथोलिक चर्चले एंगलिकन चर्चको यस प्रस्तावमाथि चिन्ता जाहिर गर्दै यसको विरोध गरे। मानिसको जन्मका लागि महिलाको भूमिका अधिक हुन्छ। ईश्वरले दुवैलाई एक दोस्रोको पुरक बताउँदै एक दोस्रोका लागि रचेका हुन्।

    नारी अस्मिता एवं स्वतन्त्रताको पक्षधर बेट्टी फ्रेडियरले सन् १९६९ मा नेशनल कान्फ्रेसमा आफ्नो अभिभाषणमा धर्माचार्यद्वारा मात्र सन्तानोत्पत्तिका लागि सम्भोगको व्यवस्थाको कडा विरोध गर्दै भने, ‘आमा बन्ने निर्णय महिलाको मौलिक प्रतिष्ठादेखि जोडिएको छ। यो निर्णय उसको विवेक, उसको अन्तर्आत्मा एवं मानवीय मौलिक अधिकार र प्रतिष्ठासँग जोडिएको छ। स्त्रीत्व आमा बन्नेसम्म सीमित नरहेर सम्पूर्ण मानवीय प्रतिभाहरू विकसित गर्ने अवसरहरूसँग जोडिनुपर्छ। जुन तरिकाले पुरुषको पिता बन्नुका साथै जीवनको बाँकी ढोका बन्द हुँदैन, त्यस्तै महिलालाई पनि आमा बन्नुका साथै बाँकी ढोका बन्द हुनु हुँदैन।’

    ईसाई मिशनरी एवम् तिनको शिक्षा पद्धतिले महिला वा मानवताप्रति शिक्षा एवम् समाज सुधारमा पर्याप्त र आश्चर्यजनक परिवर्तन ल्याए, जसको फलस्वरुप आज सम्पूर्ण विश्वको प्रत्येक क्षेत्रमा महिलाहरूको स्थितिमा समानता एवम् सम्माननीय वा उच्च स्थान प्रदान गर्नमा महत्वपूर्ण योगदान दिइएको छ।

    आजको विश्वको कुनै स्थानमा महिला ईसाई धर्म प्रचारक आफ्नो सेवा दिइरहेका छन्, जसमा विश्वविख्यात ईसाई महिला प्रचारक जाककयस मेयरको नाम विशेष उल्लेखनीय छ।

    ईस्लाम धर्ममा महिलाको अवस्था
    इस्लाम धर्ममा महिलाका लागि विवाहको अर्थ दासता हो। यस धर्ममा एउटी महिला र नियम कानूनहरू पर्यायवाची शब्द जस्तै लाग्छन्। एउटा पुरुषले चाहने बित्तिकै उसले श्रीमतीसँग ‘तलाक–तलाक–तलाक’ भनेर सम्बन्ध विच्छेद गरिदिनसक्छ। साथै उ जतिजना महिलासँग पनि विवाह गर्न सक्छ र शान–शौकत देखाउन सक्छ।

    यस धर्ममा श्रीमान मालिक हुन्छ। श्रीमती अर्धांगिनी भएर पनि श्रीमानको आधि भाग पनि हुन सक्दिनन्। अर्धांगिनी, महर्धार्मिणी जस्ता शब्दको पुलिंगवादी शब्द के हुन्छ ? महिला र पुरुषबीच समान हुने खालका धर्म कसैले गर्दैन। इस्लामले पनि गर्दैन। अझ इस्लामले महिलालाई समान दर्जा दिने एउटै मात्र धर्म इस्लाम नै हो भनेर दाबी गर्छ। तर कुरान र हदीस जस्ता इस्लामका धार्मिक ग्रन्थ पढेपछि महिलाप्रति यस धर्मको सही दृष्टि उजागर गर्न सकिन्छ। इस्लामले कुनैपनि प्रकारले महिलालाई समाज दर्जा दिएको छैन। एउटा समय यस्तो पनि थियो जतिबेला महिलालाई हरममा कैद गर्ने गरिन्थ्यो।

    अतः यस पृष्ठभूमिमा यो भन्न सकिन्छ कि तत्कालीन परिस्थितिमा महिलालाई उपलब्ध सम्पत्तिको अधिकारका कारण उनको अवस्थामा धेरै हदसम्म परिवर्तन आयो। त्यस समय ईसाई –यहुदी समाजका महिला भन्दा इस्लामका महिलाहरूको अपेक्षाकृत राम्रो स्थिति बनेको थियो। तर इस्लाममा महिलाको स्थिति पुरुष समान थियो भन्नु चाहिँ गलत हुन्छ।

    अन्य धर्ममा जस्तै इस्लाममा पनि महिलालाई पुरुषको अधिन मानेको छ। सुरः निसा ४ को आयात ३४ मा भनिएको छ: पुरुष र महिलामाथि हाकिम बन्छ। यसकारण खुदाले कसैलाई कोही भन्दा उत्तम बनाएका छन्, पुरुष आफ्नो सम्पत्ति खर्च गर्छ भने उनकी श्रीमती उनको हुकुममा चल्छिन् र उनको पीठ पछाडि खुदाको रक्षामा सम्पत्तिको पहरेदारी गर्छिन्। र जुन महिलाले धर्मको अवज्ञा गर्छिन्, पहिले उनलाई सम्झाइन्छ, सम्झिनन् भने उनको साथ छोडिइन्छ। यदि यसमा पनि मानिनन् भने उसलाई कुटपिट गर। यदि उनी आज्ञाकारी छिन् भने उनलाई दुःख दिने तरिका नखोज।

    ईस्लाम धर्ममा पहिलो महिलाको रचना पुरुषको देब्रे खुट्टाबाट भएको विश्वास गरिन्छ। अतः यसै विश्वासका कारण महिला पुरुष भन्दा तल्लो स्तरको मानिन्छिन्।

    विगत १४०० वर्षमा विभिन्न देशका मुस्लिम अध्येताहरूले विशेषगरी महिलाको विषयमा कुरान र हदीसमा लेखिएका कुराको आ–आफ्नो ढङ्गले व्याख्या गरेका छन्। उनीहरूका अनुसार महिलाले केवल पुरुषको अधीन रहने व्यवस्था मात्रै गरिएन, पुरुषलाई महिलामाथि अत्याचार गर्नका लागि असीमित अधिकार दिइयो। सुरुवातमा महिलालाई धेरै प्रकारले सुरक्षा थियो। कालान्तरमा महिलालाई ती सुरक्षाहरूबाट पनि बञ्चित गरियो। सऊदी अरब, ईरान, पाकिस्तान, अफगानिस्तान आदि इस्लामिक देशहरूमा महिलालाई उनको न्यूनतम परम्परागत अधिकारबाट पनि बञ्चित गरिँदै आएको छ।

    यी मध्ये सबैभन्दा खराब स्थिति अफगानिस्तानमा छ, जहाँ महिलालाई शिक्षाको अधिकारबाट पनि बञ्चित गरिएको छ। महिलालाई अफिस जान प्रतिबन्ध लगाइयो भने पुरुषको साथ बिना घरबाट बाहिर निस्कन दिइएन। कुरान, हदीस र शरीयतको नाममा सदियौंदेखि महिलामाथि दमन भइरहेको छ।

    महिलाले पुरुष समान दर्जा नपाएसम्म महिलाको स्थिति यस्तै रहिरहन्छ। किनभने धर्मले समान दर्जाको अनुमति दिँदैन। महिलाले आफ्नो बाटो आफैं रोज्नुपर्छ। अलौकिक धार्मिक सत्ताको आडमा पुरुष आफैं सत्ताको दोस्रो रुप बनिसकेको छ, सत्ताको यस जालबाट महिलाले आफूलाई मुक्त नगरेसम्म अन्य केही गर्न सम्भव छैन।

    सिख धर्ममा नारीको अवस्था
    सिख धर्ममा महिलाहरूलाई पुरुष बराबर सम्मान तथा स्थान दिइएको छ। १५औं शताब्दीमा गुरु नानकदेखि लिएर १८औं शताब्दीमा गुरु गोविन्द सिंहसम्मका सबै सिख गुरुहरूले महिलाहरूलाई सामाजिक तथा धार्मिक स्वतन्त्रता दिलाउन र उनको सामाजिक प्रतिष्ठा तथा सम्मानलाई सुनिश्चित गर्नका लागि जमेर पैरवी गरे।

    गुरू नानकले ‘भंडी जँमीअ‍ै भंडी निमीअ‍ै भंडी मंगण बिआहू’ भन्दै महिला बिना पुरुषको जीवन अधूरो रहेको बताए। नानकजी को अर्को भनाई पनि महत्वपूर्ण छ, उनले भनेका छन्, ‘सो क्यों मंदा आखिए जित जनै राजन अर्थात् महान प्रतापी राजाहरूको जन्म दिने महिला जातिलाई नीच भन्नु महापाप हो।’

    त्यस समय महिलालाई वेद लगायतका शास्त्र पढ्न र हवन आदिमा सहभागी हुन प्रतिबन्ध लगाइन्थ्यो। गुरू नानक जीले भनेका छन्, ‘सुन मण्डल इक जोगी बैसे, नारी न पुरखु कहहू कोई जैसे।’ अर्थात् उनले यस्तो अमर संदेश दिए कि ईश्वरको ज्योति प्रत्येक प्राणीमा विद्यमान हुन्छ, उसलाई न नारी भन्न सकिन्छ न पुरुष। त्यो परमात्माकै अंश हो।

    गुरु नानकले उचालेको महिलाहरूको हक, सम्मान र स्वतन्त्रताको क्रान्तिकारी मशाललाई उनी पछिका गुरुहरूले पनि निभ्न दिएनन्। त्यस समयका अनेक सामाजिक विकृतिहरूमा सबैभन्दा घातक र डरलाग्दो प्रथाका रुपमा रहेको थियोः सतीप्रथा। साथै एकल महिलालाई विभिन्न सामाजिक लान्छनाहरूपनि लगाउने गरिन्थ्यो। सिख धर्मका तेस्रो गुरु श्री अमरदासले यी दुवै विरुद्ध आफ्नो आवाज बुलन्द गरे। उनले भनेका छन्, ‘पतिव्रता महिला हुनुको अर्थ श्रीमतीले श्रीमानसँगै जलेर मर्नु होइन। साचो पतिव्रताले श्रीमानको विछोडलाई सहेर अघि बढ्नुपर्छ।’

    गुरू अमरदासजीले अनेक एकल महिलालाई आफैंले विवाह गराई उनीहरूलाई सामाजिक उपेक्षा र अपमानको जिन्दगीबाट बाहिर निकाले। उनले पञ्जाब र पञ्जाब बाहिर स्थापना गरेका धार्मिक पीठहरूमा मिशनरीमा नियुक्त गरे। जसले गर्दा उनलाई उच्च सामाजिक–अध्यात्मिक सम्मानजनक भूमिका प्राप्त भयो। सिख इतिहासमा उल्लेख भएअनुसार छैठौं गुरू हरगोविंदजी सँग एकपटक गुजरातका प्रतिष्ठित सूफी दरवेश शाह दोलाँले सोधेः ‘महिला के हुन् ?’ उनको जवाफ थियोः ‘महिला ईमान हुन्।’

    मध्य युगमा भारतीय समाजमा बालिकाहरूलाई जन्मिएलगत्तै घाँटी दबाएर हत्या गर्ने अमानवीय प्रथा थियो। सिख गुरुहरूले त्यस प्रथाको कडा निन्दा गरे र त्यसरी हत्या गर्नेहरूलाई सामाजिक बहिष्कार गर्नेसम्मको अभियान चलाए। यस सम्बन्धमा गुरूगोविन्द सिंहको हुकुम स्पष्ट छ –

    ‘शमोणा और मसंदीआ, मोना कुड़ी जुमार।
    होई सिक्ख वरतण करै, अंत करेगु खुआर।।’

    सन् १६९९ को बैसाखीको मौकामा गुरू गोविंद सिंहले पुरुषहरूको साथमा सिख महिलाहरूलाई पनि राखे र अमृतको दीक्षा दिएर एउटा नयाँ जुझारू शक्ति प्रदान गरे। त्यसै शक्तिबाट पैदा भएकी भाइ भागो जस्ता योद्धा सिख महिलाहरू चमकौरको युद्धमा गुरू गोविंदसिंहको सेनाको तर्फबाट लड्ने क्रममा दुश्मनमाथि हावी देखिएका थिए। यस युद्धमा बीवी हरशरण कौर युद्धको मौदानमा पुगेर शहीद सिखहरूको अन्तिम संस्कार गर्ने क्रममा अंततः आफैं शहीद भइन्। यस प्रकारले इतिहास निर्माणमा सिख महिलाहरूको शानदार भूमिकाको एउटा अर्को अध्याय जोडिएको छ।

    सिख धर्ममा यस्ता अनेक शूरवीर महिलाहरू छन् जसले सिख धर्मको विरोधमा उठ्ने कुनैपनि अन्यायका विरुद्ध लडे र आफूलाई महान योद्धा प्रमाणित गरे। जसको प्रमाण सिख धर्मका महान हस्तिहरूमा स्वर्ण अक्षरमा अंकित छ। जसले आफ्नो बहादुरी, बुद्धिमानी र चतु¥याईबाट समय–समयमा सिख धर्मलाई प्रतिष्ठाको उचाईमा पुर्‍याउन योगदान दिए। जसमा केहीको नाम यसप्रकार छ – बीबी नानकजी राणी, बी. वी राजे, भागोजी, राणी कनोजी, माता सुन्दरी, बीवी दीपकौर, बीबी धरमकौर, बीवी साहब कौर तथा महाराणी जिन्दाजी, पन्जाब केशरी महाराजा रणजीत सिंहका श्रीमती पत्नी महराणी जिदाजी होत्या इत्यादि।

    अतः सिख धर्ममा महिलाको स्थिति सम्मानजनक थियो र वर्तमानमा पनि समाजमा समान अस्तित्व देख्न सकिन्छ। यसका बावजुद सिख समुदायको बाहुल्यता रहेकै समाजमा भ्रुण हत्या जस्तो जघन्य अपराध लगातार बढिरहनु विडम्बनापूर्ण छ। परिणाम स्वरूप चण्ड़ीगढ़, पंजाब, हरियाणा र दिल्ली जस्ता स्थानमा लिंगानुपात क्रमशः ७७३/१०००, ८७४/१०००, ८६१/१००० र ८२१/१००० रहेको छ। सिख धर्मावलम्बीहरूकै जनघनत्व बढी भएको ठाउँमा लिंगानुपात बढी हुनु झनै विडम्बनापूर्ण छ।

    अन्त्यमाः
    मानव जातिको अस्तित्व महिलाबिना असम्भव मात्रै होइन, कल्पना भन्दा बाहिर छ। मानव जातिको जीवनको अस्तित्व पूर्ण रूपले महिला र पुरुषको समान योगदानबाट अहिलेसम्म परिपूर्ण छ। अन्यथा दुई मध्ये एक नभए जीवनको अस्तित्व असम्भव छ।

    धर्ममा महिलालाई जति उपेक्षा गरिएपनि मानव जीवनको विकासका लागि महिला पनि उत्तिकै उत्तरदायी छन्। महिला चाहे स्वतन्त्र होस् वा पराधीन, तर मानवको अस्तित्व बनाइराख्नका लागि जति पुरुषको उत्तरदायित्व छ त्यति नै र त्यो भन्दा बढी महिलाको उच्च र सराहनीय योगदान छ। अतः पुरूष र महिला एक अर्काका पुरक हुन्। एक बिना अर्कोको कल्पना गर्न पनि सकिँदैन।

    यहाँ एकातर्फ महिलाको स्वतन्त्रता, शिक्षा, समानता एवं अधिकारहरूको सवाल छ भने अर्कोतर्फ महिलालाई भोग्या, बच्चा उत्पादन गर्ने उपकरण मात्र मान्ने धार्मिक सामजिक संस्कार, विधान, प्रथा र अन्धविश्वास विद्यमान छ। यो भन्दा पनि विडम्बना के छ भने पुरूषको वर्चस्वलाई स्थापित गरेर महिलाको मर्यादालाई अपदस्थ गर्ने संस्कार, रीति–रिवाज र प्रथाहरूलाई आगामी पींढिसम्म संवाहित गर्नेहरूमा अधिकांश महिलाहरू नै हुन्छन्। उनीहरू आफ्नो अज्ञानता वा अशिक्षाका कारण यस्ता संस्कारलाई आफ्नो धर्मको रुपमा पालना गर्छन्। र, आफ्ना छोरीहरूलाई बच्चैदेखि तिनै संस्कार लादिदिन्छन्। जसलाई समाज विज्ञानको भाषामा सामाजीकीकरण भनिन्छ।

    महिलाको स्वतन्त्रता, शिक्षा र समानताको विरोध पुरुषबाट पनि हुन्छ। तर कतिपय पुरुषले महिलाकै माध्यमबाट यसखालको विरोध गर्ने भएकाले समाजमा महिलाको बाधक महिला नै भएको जस्तो देखिन्छ। त्यसैले यी सबैको पछाडि पितृसत्तात्मक सोच र यसलाई बढवा दिने धार्मिक संस्कार नै मुख्य कारक हुन्। छोरीहरूलाई पढाउँदा, लेखाउँदा र स्वतन्त्रता दिँदा उनीहरू बिग्रन्छन् भन्ने चिन्ता महिला – पुरुष दुवैमा उत्तिकै हुन्छ।

    जबकि वस्तुस्थितिसँग राम्रोसँग अवगत भएरपनि आफूप्रति हुने भेदभावपूर्ण व्यवहार, अन्याय र अत्याचारको विरोध गर्ने दृष्टि र साहसको विकास गर्नमा आजका अधिकांश महिलाहरू चुकिरहेका छन्। महिलाहरूमा जरा गाडेको धार्मिक संस्कार यति गहिरोसँग झाँगिएको छ कि त्यसलाई तत्काल उखेलेर फाल्न असम्भव जस्तै छ। आजपनि महिलाहरू अपार, कष्ट, अत्याचार र दुख सहने गर्छन्। भेदभाव एवं अत्याचारपूर्ण रीति–रिवाज र प्रथाहरूप्रति कतिपय महिलाहरूको मनमा आक्रोश पनि देखिँदैन। महिलाहरू यति असहाय, आत्मविश्वासहीन र निरूपाय छन् कि यथास्थितिलाई चुपचााप स्वीकार मात्रै गरिरहेका छैनन्, भावी पुस्तालाई पनि स्वीकार गर्नका लागि प्रेरित गरिरहेका छन्।

    महिलालाई यस स्थितिमा धर्मले नै पुर्‍याएको छ। त्यसैले जबसम्म धर्म या धर्मको वर्तमान स्वरूप रहन्छ, तबसम्म महिला स्वतन्त्रता, समानता र महिलाको पहिचानको अपेक्षा गर्नु नै निरर्थक हुन्छ। महिला–पुरुषको समान सम्बन्धमा धर्म सबैभन्दा ठूलो बाधक हो भन्ने कुरा यो समाजले स्वीकार गर्न आवश्यक छ। आज यो सोचको विकास गर्न आवश्यक छ, महिलालाई पुरुषबाट होइन उसको दासत्व र अधिपत्यबाट मुक्ति दिलाएर उसको अस्मितालाई प्रतिष्ठित गरौं। पुरुष समानताको माध्यम र संवेदनामा आधारित परस्पर पूरक सम्बन्धलाई विकसित गर्नमा सहायक हुन सकोस्। अन्यथा स्वतन्त्रता र शिक्षाका बावजूद स्वस्थ र सन्तुलित समाजको विकास सम्भव छैन।

    ‘इन्टरनेशनल जर्नल अफ एड्भान्सेज इन सोसल साइन्सेज्’मा प्रकाशित शोध–पत्रको सम्पादित अंश।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      महेन्द्र कुमार/जितेन्द्र कुमार

      महेन्द्र कुमार/जितेन्द्र कुमार

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.