Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किम जङ-अनको उत्तराधिकारी को हुनसक्छ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख १५, २०७७
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्वका सञ्चारमाध्यमले उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अन गम्भीर बिरामी अथवा निधन नै भइसकेको भनेर आशङ्का व्यक्त गरिरहँदा त्यहाँका सञ्चारमाध्यमले उनको अवस्था सामान्य रहेको सङ्केत दिएका छन्।

    आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक किम इल-सङको एप्रिल १५ मा मनाइएको जन्मोत्सव समारोहमा अनुपस्थित भएपछि किमको स्वास्थ्यबारे हल्लाहरू चल्न थालेका हुन्।दक्षिण कोरिया र अमेरिकी सरकारहरूले उनी गम्भीर बिरामी भएको वा निधन भएको प्रमाणित गर्ने कुनै गतिविधि नदेखेको बताएका छन्।

    सरकारी नियन्त्रणको उत्तर कोरियाली सञ्चारमाध्यमले औपचारिक घोषणा नगरेसम्म किमको अवस्थाका बारेमा यकिन हुने अवस्था छैन। तर यी हल्लाहरू सत्य भए किमको उत्तराधिकारी को बन्न सक्छ?

    किम य जुङ
    उत्तर कोरिया बाहिर किम जङ-अनकी बहिनी किम य जुङलाई स्वभाविक उत्तराधिकारी ठान्ने गरिएको छ। ३१ वर्षकी उनी आफ्ना दाजुजस्तै विदेशमा पढेकी हुन्। उनी पार्टीको पोलिटब्युरोको वैकल्पिक सदस्य र देशको महत्वपूर्ण ‘प्रचार र विरोध विभाग’को सहनिर्देशक हुन्।

    किम जङ-अनकी ‘डायरी सचिव’ उपनाम पाएकी उनको दैनिक कार्यक्रम र नीति निर्माणमा नजिकबाट सल्लाह दिने ठानिन्छ।उत्तर कोरियाको राजनीतिमा ठूलो महत्व राख्ने किम इल-सङको सिधा वंश अर्थात’माउन्ट बेक्ड’ ब्लडलाइनुको उनी सदस्य हुन्।

    तर बारम्बार गल्ती गर्ने र कतिपय अवस्थामा अनुपयुक्त व्यवहार देखाउने उनको पृष्ठभूमि छ।हनोईमा आफ्ना दाजु र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बैठकका बेला कुनामा बसेर यताउता हेरेको उनको तस्बिरले उत्तर कोरियाली सर्वोच्च नेतालाई लज्जित तुल्याएको ठानिन्छ।

    उनले त्यसरी चियोचर्चो गरेको त्यो पहिलो घटना थिएन।उत्तर कोरिया महिला नेतृका लागि तयार छ कि छैन् भन्ने अर्को प्रश्न पनि छ।महिलाहरूले देशको राजनीति र समाजिक परिवेशमा महत्वपूर्ण भूमिका खेलेपनि एकदमै कमले सत्ताको शक्तिशाली पद हासिल गर्ने गरेका छन्।

    किम जङ-चल
    किम जङ-अनका जेठा दाजुलाई भविष्यका नेताका रूपमा उनका पिताले अघि बढाएका थिए तर किम जल-चलले सैन्य वा राजनीतिक मामिलामा खासै जाँगर नचलाएकाले त्यो त्यसै सेलाएर गयो।खासै सार्वजनिक मञ्चहरूमा नदेखिने उनी सन् २०१५ मा आफ्ना आदर्श गायक एरिक क्ल्यापटनको कन्सर्ट हेर्न ब्रिटेनको रोयल अल्बर्ट हलमा देखा परेका थिए।

    किम प्योङ-इल
    किम जङ-अनका काका पूर्वकुटनीतिज्ञ किम प्योङ-इल उत्तर कोरियाका दोस्रो सर्वोच्च नेता किम जङ-इलका सौतेनी भाइ हुन्।किम इल-सङका छोरा भएकै कारण उनी ‘माउन्ट बेकड’ ब्लडलाइनुका वंशज हुन्।महत्त्वाकांक्षी किम जङ-इलले असुरक्षित महसुस गरेर उनलाई चार दशकसम्म युरोपेली देशहरूमा राजदूतका रूपमा नियुक्त गरिएको मानिन्छ।अघिल्लो साल ६५ वर्षको उमेरमा उनी अवकाश लिएर प्योङयाङ फर्किएका हुन्।

    च्वे र्‍योङ हेइ
    भाइस मार्सल च्वे रहेका किम जङ-अनका दाहिने हात मानिन्छन् र उनी उत्तर कोरियाली संसद्‍का अध्यक्ष हुन्।किमलाई बलियो बन्न सघाएकोमा कैयौँ पटक सम्मानित भएका ७० वर्षका च्वे एकदमै शक्तिशाली मानिन्छन्।सन् २०१२ मा किम सत्तामा आएपछि एकपछि अर्को महत्त्वपूर्ण बढुवाले सर्वोच्च नेतासामु उनको महत्त्वलाई पुष्टि गर्छ।उत्तर कोरियाको कठोर रूपमा नियन्त्रित एवम् किम केन्द्रित सञ्चारमाध्यममा किम परिवार बाहेकबाट नियमित रूपमा उल्लेख गरिने नेतामा च्वे पर्छन्।

    पारिवारिक थरलाई निर्णायक नमानिने उत्तर कोरियाली नेतृत्वमाझ उनी स्वभाविक उत्तराधिकारी ठानिने छन्।र किमको अस्वभाविक बहिर्गमनपछि राज्यले सहज रूपमा निकास पहिल्याउन चाहे उनी एउटा विकल्प हुन सक्छन्।

    किम जे-रियोङ
    नाममा ‘किम’ भएपनि उत्तर कोरियाली प्रधानमन्त्री उक्त परिवारका सदस्य होइनन्। कतिपय अवस्थामा ‘गिम’ पनि भनिने किम दुवै कोरियामा खुव चल्ने नाम हो।सन् २०१६ मा प्रान्तीय प्रशासनभन्दा बाहिर अपरिचित रहेका किम जे(रियोङको राजनीतिक उत्थान लोभलाग्दो छ।

    एक वर्षभन्दा अघि संसद्‌मा निर्वाचित भएका उनी एक महिनापछि पोलिटब्युरो र केन्द्रीय सैनिक आयोगको सदस्यसहित प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए।च्वेजस्तै परिवारिक पृष्ठभूमिभन्दा बाहिरका किम परिवारको उपयुक्त उत्तराधिकारी नआएसम्म राज्य सहायकको जस्तो भूमिकाका लागि उनी अगाडि आउन सक्छन्।

    सन् १९४८ मा स्थापना भएयता उत्तर कोरियामा किम परिवारले शासन गर्दै आएको छ।नयाँ नेतृत्व कोरियाको वर्कस पार्टीको वर्चश्व रहेको संसद्‌ले अनुमोदन गर्नुपर्नेछ। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.