Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संसारका सबै सम्पत्ति सबैका हुन् !

यदि विश्वभरिको सबै सम्पत्तिलाई विश्वभरको जनसंख्यामा भाग लगाइयो भने प्रति घरपरिवारले १ लाख तीस हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। यसो भएमा तुरुन्तै सबै गरिबी हट्ने थियो।

स्टिभ ओकिफ स्टिभ ओकिफ
साउन ११, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पूँजीवाद विचित्रको छ। किनभने पूँजीवादमा कामदारहरूमाथि सकेसम्म कम लगानी गर्ने प्रयास गरिन्छ र मालिकहरूको आम्दानी भने बढीभन्दा बढी बनाउने प्रयास गरिन्छ। कर्पोरेसनहरू कर्मचारी र श्रमिकहरूमाथि आफ्नो खर्च घटाउन निरन्तर प्रयास गरिरहेका हुन्छन्। खासगरी, मानव श्रमको लागत घटाउन तिनीहरू दिनरात प्रयत्न गरिरहेका हुन्छन्।

    मानिसभन्दा मेसिन/यन्त्र प्रयोग गर्न बढी रुचाउँछन् रोजगारदाताहरू। किनभने यन्त्रले आफ्ना मालिकविरुद्ध मुद्दा हाल्दैन। त्यसैले सबैकुरा समान रहेमा (अर्थशास्त्रीहरू प्रायः त्यसो भन्न रुचाउँछन्), रोजगारदाताहरू मानव श्रमको सट्टामा मेसिन नै रोज्छन्। यन्त्रलाई छाडेर मानिसलाई रोजगार दिनु महंगो हुँदै गएको छ। र, यो कुरा हटाउन सकिने सामान्य चुनौती हो। खर्बपति जेफ बेजोजले भनेजस्तै प्रत्येक कामदार आफ्नो कामको सुरुवाति दिनदेखि नै ‘मलाई मालिकले कतिबेला हटाउला’ भन्ने त्रासमा रहिरहन्छन्।

    पूँजीवादमा आम्दानी बढाउनका लागि मालिक र श्रमिकहरूबीचको द्वन्द्वपूर्ण सम्बन्ध स्वभाविक हो। व्यवसायहरू एउटा त्यस्तो प्रतिस्पर्धात्मक वातावरणमा हुन्छन्, जहाँ खर्च घटाउने कुराले नै उनीहरूको नाफा बढाउने कुरा निर्धारण गर्छ। यसर्थ, मालिक तथा लगानीकर्ताहरू सधैंजसो आफ्नो व्यवस्थापकलाई लागत खुम्च्याउन र मुनाफा बढाउनका लागि निरन्तर दबाब दिन्छन्। अमेरिकामा प्रत्येक कर्मचारी नियुक्त भएदेखि काम नछोडुन्जेलसम्म वा नहटाइन्जेलसम्म आफ्नो मालिकको निसानामा पर्छ।

    पूँजीवादमा मालिक र कर्मचारी (कामदार)बीचको विरोधाभाषपूर्ण सम्बन्ध स्वभाविक हो। अमेरिकामा कृषिका मजदुरहरूलाई फ्याक्ट्रीको काममा ल्याइएपछि उनीहरूमाथि मानिसलाई जस्तो नभएर एउटा उपकरणलाई जस्तो व्यवहार गरिन थालिएको थियो। जसको परिणामस्वरुप त्यहाँ श्रमिकहरूको आन्दोलनले जन्म लियो।

    मेरो घरनजिकै रहेको ब्ल्यु रिज पार्कवे मुनि बँधुवा श्रमिकहरू र ‘स्वतन्त्र’ श्रमिकहरूबाट बनाइएको एउटा सुरुङ छ। जब सुरुङ खन्ने क्रममै त्यहाँ दुई कामदारको मृत्यु भएको थियो, सुरुङ निर्माणकर्ताले ती दास मजदुरहरूका मालिकलाई धेरै रकम क्षतिपूर्ति दिनुपर्‍यो। त्यसपछि सुरुङ निर्माणकर्ताले ‘आइरिस’ श्रमिकहरूलाई काममा लगाउन थाले, किनभने यी श्रमिकहरू कामका क्रममा मरेपनि मालिकले कसैलाई क्षतिपूर्ति दिनु पर्दैनथ्यो। त्यो एक वर्षभित्रमा १४ जना आइरिस श्रमिकहरूको मृत्यु भएको थियो। तर ती दास-श्रमिकहरूका मालिकले सुरुङ निर्माणकर्ताबाट कुनै क्षतिपूर्ति पाएनन्। यसबाटै बुझिन्छ, पूँजीवादमा मानव खर्चलाई घटाइनुपर्ने मान्यता राखिन्छ।

    निश्चित रूपमा, केही थोरै कर्पोरेसनहरू मालिकको पक्षमा होइन, आफ्ना कर्मचारीहरूको हितको पक्षमा समेत हुन्छन्। त्यस्ता कर्पोरेसन कर्मचारीको मुआब्जा खुम्च्याउनका लागि होइन,अझै बढाउनका लागि प्रयासरत हुन्छन् भनिने समेत गरेको छ। कर्मचारीहरूको हितमा काम गर्ने केही सहकारी स्वामित्वका उद्यमहरू पनि भएको सत्य हो। तर, चाहे जुनसुकै संरचना अन्तरगत रहेर श्रम गरेपनि अब यी पूँजीवादी कर्पोरेसन भने होइनन्।

    निश्चितै रूपमा, कर्पोरेसनहरूले कर्मचारीहरूलाई ढाँट्ने गर्छन्। कर्मचारीको जीवन राम्रो बनाउने प्रतिज्ञासमेत गर्छन्। तर यो सबै प्रतिज्ञा नाफा र खर्चको हिसावकितावभित्र रहेर मात्र गर्ने गरिन्छ, जसले कर्मचारीलाई जति सक्दो कम लगानीमा उच्चतम् उत्पादन गराउन सक्छ। यहाँसम्म कि कथित नाफामूखी कर्पोरेसनहरू, गैर–नाफामूलक कर्पोरेसनहरू र कर्मचारी स्वामित्वको कर्पोरेसनहरूले अहिले पनि कर्मचारीहरूलाई खातावही(लेजर)को ‘खर्च’ महलमा राखेका हुन्छन्। कर्मचारीको स्वास्थ्य लाभसम्बन्धी खर्चहरू लगानीको खातामा राखिँदैन, बरु नाफाविरुद्धको लागत वा खर्चको रूपमा देखाइन्छ।

    कर्मचारी स्वामित्वको संस्थाहरूमा समेत कर्मचारीहरूको संख्या बढाउन र उनीहरूलाई कति भुक्तान गर्ने भन्ने विषयमा कुनै संयन्त्र स्थापना गरिएको हुँदैन। प्रोत्साहन दिने उद्देश्यका साथ धेरै तलवमा धेरैजनालाई रोजगार दिनका लागि त्यहाँ कुनै व्यवस्था गरिएको हुँदैन। जसरी कम मानिसलाई कम तलव दिने गरेको पूँजीवादी कम्पनिलाई प्रोत्साहन गर्ने गरिएको छ, त्यसरी नै धेरै मानिसलाई धेरै तलव दिने कम्पनीलाई कुनैपनि प्रकारले प्रोत्साहन गरिँदैन। ‘विकास’तर्फको यस अस्तित्वगत लाभबिना कर्मचारी स्वामित्वका संस्थाहरूले कहिलेपनि पूँजीवादको ‘क्रुर दक्षता’सँग गति मिलाउन सक्ने छैन।

    अस्ट्रियन अर्थशास्त्र

    आफैँलाई म एक अस्ट्रियन अर्थशास्त्री ठान्छु। किनभने अस्ट्रियन अर्थशास्त्रले बजारले कसरी काम गर्छ भन्ने गर्छ। र, दुःखको कुरा, अस्ट्रियन अर्थशास्त्रले बजारले कसरी काम गर्नुपर्छ भनेर भने व्याख्या गरेको छैन। अस्ट्रियन नागरिकलाई सौर्य मण्डलले कसरी काम गर्नुपर्छ भनेर सोधिएजस्तै हो बजारले कसरी काम गर्नुपर्छ भन्ने कुरा। कसलाई पो थाहा होला कुरा? तपाईंहरू यतिसम्म भन्न सक्नुहोला कि यो जतिसम्म चल्छ, सिद्धान्तहरूबाटै चल्छ। तपाईं गुरुत्वाकर्षण सही छ कि गलत भनेर भन्न सक्नुहुन्न, तपाईंहरू सबै सत्यताका साथ भन्न सक्नुहुन्छ कि गुरुत्वाकर्षण पनि पूँजीवादजस्तै विचित्रको छ।

    म बजारको कार्यप्रणाली र बजारमाथिको प्रतिबन्धका बारेमा झुक्किन्छु। एउटाले प्रतिस्पर्धामा जित्नेवालालाई ‘विजयी’का रूपमा र ऋण तिर्न नसक्नेलाई ‘पराजित’को रूपमा लिन्छ। तर यस प्रकारको ‘मूल्यांकन गर्ने खालको’ शब्दको कुनै आवश्यकता छैन। अस्ट्रियन अर्थशास्त्रले हरेक स्वेच्छिक कारोवारले वृद्धि/विकासलाई बढाउँछ या त्यस्तो हुँदैन भन्छ।

    तपाईं आफ्नो पैसा तिरेर दालरोटी या अन्य खानेकुरा किन्नुहुन्छ। किनभने तपाईं आफूसँग भएको पैसालाई भन्दा खानेकुरालाई बढी महत्व दिनुहुन्छ। त्यसैले तपाईंले आफ्नो पैसा दिएर रोटी लिनुभएको हो। यसैगरी पसलेका लागि त्यो रोटीभन्दा पैसाको महत्व बढी हुनगयो। कुनैपनि वस्तुको सट्टापट्टा गर्दा दुवै पक्षका लागि आफूले चाहेको वस्तुको महत्व नै बढी हुनजान्छ।

    यसलाई अस्ट्रियन अर्थशास्त्रीहरूले ‘वृद्धि (ग्रोथ)’ भनेका छन्। तर यसमा कम ‘जजमेन्टल’ शब्द भने इन्क्रिज (वृद्धि) हुनसक्छ। सबै कुरा समान अवस्थामा रहेमा स्वेच्छिक लेनदेनले ‘आर्थिक विकाश र उपार्जनलाई झनै वृद्धि गर्छ। दुबै पक्षलाई सन्तुष्टि दिँदै सम्पत्ति वृद्धि गर्ने काम गर्छ।

    यदि वस्तुहरू समान छैनन् भने अवरोधका बीच पनि के लेनदेनहरू वास्तवमै स्वेच्छिक हुन्छन् त? के तपाईं आफ्नो समयलाई भन्दा बढी पैसालाई महत्व ठानेकै कारण आफ्नो काममा जानुहुन्छ? अथवा यसो नगर्दा तपाईंको जीवनमा कठोर समस्या र अभाव आउने भएकाले तपाईं काममा जाने गर्नुभएको हो? के यो अवरोध हो? के हामी स्वेच्छिक रूपमा श्रम दिन्छौँ? के हामीलाई दिएको क्षतिपूर्तिमा हाम्रो अर्थशास्त्रीय मूल्य प्रतिविम्वित हुन्छ?

    अस्ट्रियन अर्थशास्त्रले श्रमलाई ‘स्वेच्छिक’ भएको दावी गर्छ। यो ‘मिथ’ अर्थशास्त्रसम्बन्धी अस्ट्रियन अवधारणाको पहिलो समस्या हो। अधिकांश मानिस पैसाका लागि श्रम गर्छन्। बिना भुक्तानी मानिस एक मिनेटका लागि पनि त्यही काम गर्न सक्दैन।

    महान् ट्रम्पपिटर (हाडको नरसिंहाजस्तो बाजा बजाउने व्यक्ति) रोय एल्ड्रिजले एकपटक भनेका थिए, ‘यदि मैले चिट्ठा जितेँ भने म यो हाडबाटै ल्याम्प (साजसज्जासहितको एक प्रकारको बत्ति) बनाउँछु।’ एरोल गार्नरले एक पटक दावी गरे कि उनले आफ्नो चर्चित संगीत, ‘मिस्टी’ लाई १० हजार पटक बजाएर अभ्यास गरेका थिए। यो भनेको १० वर्षसम्म दैनिक ३ पटक बजाउनु हो। एक व्यवसायिक संगीतकार बन्नका लागि ‘ग्लामर’लाई त्यागिदिनुपर्छ। यी केही उदाहरणहरू हुन्।

    अस्ट्रिया र अरु प्रत्येक अर्थशास्त्रसम्बन्धी स्कुलहरूको दोस्रो ठूलो समस्या सम्पत्तिको उत्पत्ति सम्बन्धी अवधारणा नै हो। जोन लकको परिभाषाअनुसार पदार्थलाई श्रमसँग मिश्रण गरेपछि त्यो वस्तु सम्पत्ति बन्न जान्छ। तर उनको परिभाषाले शासक तथा धनाढ्यहरूलाई तिनीहरुले आँखा गाडेका जति अथवा देखेका जति सबै वस्तु शासककै सम्पत्ति हुन् भनेर घोषणा गर्न प्रेरित गर्‍यो।

    ‘शासकको सम्पत्ति’ उपभोग गर्ने जोसुकैले त्यसको कर तिर्नुपर्थ्यो। यसरी मानिसहरूले आफ्नै ठानेको र उपभोग गरेको भूमिको भाडा या कर तिर्न दवाव दिइयो। मानिसहरूमा त्यो भूमि महाराजा र शासककै स्वामित्व भएको भ्रम थियो। त्यस भूमिमा उनीहरूले श्रम मिसाउँदैमा त्यो भूमिमा उनीहरूको स्वामित्व स्थापित भएन। यतिमात्र होइन, त्यस भूमिबाट भएको उत्पादनमा समेत श्रम गर्नेहरूको स्वामित्व हुँदैन थियो।

    ती सम्पत्ति शासक अथवा राज्यको सबै स्वामित्वबाट कुनै न कुनै शिर्षकमा नीजि कम्पनी तथा व्यक्तिगत खातामा ‘कारोबार’ भएको हुनुपर्छ। जस्तैः ‘सिर्जना गरिएको’ शिर्षकमा, ‘प्रदान गरिएको’ शिर्षकमा, ‘बेचिएको’ शिर्षकमा। यद्यपि शासकदेखि व्यक्तिगत सम्पत्तिको यो सबै लेनदेन ओरिजिनल ‘पाप’बाट कलंकित भएको थियो। किनभने उनीहरू त्यो सम्पत्तिको पहिलो हकदार कहिल्यै पनि थिएनन्।

    हालको स.रा.अमेरिकाको व्योमिंग राज्यलाई मूलवासी अमेरिकीहरूले जितेका थिएनन्, न त स्पेनिसहरूले जितेका थिए, न त फ्रेन्चले, न त ब्रिटिसले। न त सिओक्स जनजातिले वा राष्ट्रसंघले जितेका थिए। कसैले पनि व्योमिंगमाथि स्वामित्व हात पारेका थिएनन् ! अब यहीँबाट त्यसमाथिको कव्जा विरोधी अभियान सुरुवात गर्नुपर्छ। वास्तवमा कुनै पनि चीज वैध रूपमा कसैको पनि स्वामित्वमा हुँदैन। अस्तित्वमा रहेका सबै कुरा सबैको स्वामित्वको सामूहिक सम्पत्ति हो। सबैको स्वामित्व हुने बाहेक कुनै पनि वैधानिक, न्यायिक र विवेकशील रूपमा सम्पत्तिको वितरण हुनै सक्दैन।

    सबैको स्वामित्वमा सबै

    यदि सबैसँग सबै सम्पत्ति छ भन्ने कुरा मान्ने हो भने तपाईं बसेको घर अर्थात् तपाईंकै घरमा तपाईंसँग नै किन भाडा लिइँदैछ? किन मानिसहरू तपाईंको खेतको उत्पादन तपाईंलाई नै खाद्यान्नको रूपमा बेचिरहेका छन्? किन मानिस तपाईंहरुले योगदान गरेर उव्जेको ज्ञान औषधिका रूपमा तपाईंलाई नै बेचिरहेको छ? किनकि मानिसलाई झुटा कथा सुनाइएको छ र त्यसबाट उ/उनी मुक्त हुन सक्दैन। जबसम्म तपाईंआलिशान भवनमा सुरक्षित हुनुहुन्छ, भान्सामा भोजन तयार छ र जीवनमा स्वर्गीय आनन्द छ, तबसम्म आफ्नो सम्पत्ति आफैँलाई किन बेचिएको छ भनेर तपाईंले सोध्ने सम्भावना कम हुन्छ।

    मेहनत गरेर नै धन प्राप्त हुन्छ र यो कसैले उपहारस्वरुप प्राप्त गरेको होइन भन्ने ‘मिथ’(झुट कथन)को सिर्जना गरिएका हुनाले मान्छेले ‘यो मेरो धन र यो तेरो धन’ भन्ने गरेको छ। अब तपाईं सोध्नुहुन्छ, ‘किन?’ जसरी कार्ल मार्क्सले सोधेका थिए : मेहनत गर्ने
    मानिसहरू मात्रै धनी बन्नुपर्ने होइन र? ती मानिस किन धनी भएनन्, जसको शरीर सुरुङ, पानी र पहाडमाथि चट्टान, इँट्टा र काठहरू बोक्न खच्चर जसरी प्रयोग गरियो? तर किन ती मानिस सबैभन्दा गरीबमध्येमा पर्छन्?

    मार्क्सले सोचेका थिए कि धन क्षतिपूर्ति दिन नसकिने श्रम हो, जुन नगदमा जमेको छ। यसमा उनी गलत थिए। हामीले डोजर (व्याकहु) ले खनेको खाल्डोलाई भन्दा मानिसले खनेको खाल्डोलाई बढी मूल्य दिएनौँ। सैयौँ श्रम लगाएर जम्मा गरेको हजारौं काठलाई नै विस्थापन गर्नेखालको एउटा न्युक्लियर पावर प्लान्टलाई चालन गर्न धेरै कम मानिसको आवश्यकता पर्छ। मूल्यको स्रोत नै श्रम भएको विषयमा मार्क्स गलत थिए। मूल्य अवलोकनकर्ताको आँखामा निर्भर छ।

    यद्यपि मार्क्स सही थिए। उनले भनेका थिए, ‘सारा सम्पत्तिहरू जफत गरिएका विषय नै हुन्।’ तपाईंले कुनै पनि सम्पत्ति ‘आफ्नो’ भनेर दावी गर्नु भनेको त्यसलाई प्राकृतिक अस्तित्वबाट चोर्नु नै हो अर्थात् कसैको स्वामित्वमा नरहेको सम्पत्ति बलजफ्ति हडप्नु नै हो। मार्क्सले यो धारणा फ्रान्सेली दार्शनिक पिएर जोसेफ प्रूधोंबाट लिइएको हो। प्रूधोंले घोषणा गरेका थिए, ‘सम्पत्ति आफैँमा चोरी हो।’

    इतिहासमा एउटा समूहबाट अर्कोलाई स्रोतहरूसम्म ठूलो स्तरको स्रोधसाधनहरूको हस्तान्तरणलाई जस्टिफाइ गर्ने खालको कुनै ‘वकवास उत्पति कथा’छैन। स्वेच्छिक रूपमा नभएका सबै विषय चोरी नै हुन्। खानु चोरी हो, श्वास फेर्नु पनि चोरी हो। र, हेर्नु पनि चोरी हो भनेपछि आफैँ मूल्यांकन गर्नुहोस्, के चोरी होइन?

    यो परिदृश्यलाई अराजकतावादी बाहेक कसैले पनि मन पराउँछन् जस्तो लाग्दैन। यदि सबै सम्पत्ति चोरी हो र सबै उत्पतिका कथाहरू ‘सम्पत्ति शुद्धिकरण’ मात्र हुन् भने यो सबै सम्पत्तिमाथि कब्जा गर्नका लागि रचिएका कथा हुन्। जन्मेकै दिनबाट सम्पत्ति पाउने कुरा र्यान्डम (चिट्टा परेझैँ) विषय हो। झुक्किएर पल्टने लङ्गुरबुर्जा (डाइस) को भन्दा बढी होइन सम्पत्तिको स्वामित्व। तपाईं कम पारिश्रमिकमा जागिरमा रहनु,‘आफ्नै घरमा’ बसेर भुक्तान गर्नु, आफ्नै खाद्यान्नहरू किन्नु र तपाईंले नै बनाएको कार तपाईंलाई नै भाडामा दिइनु तपाईं ठगिनु हो।

    आम सहमति तथा नियम लादेर सम्पत्तिको प्रयोगलाई नियमित गर्ने एउटा तरिका छ। यसो गर्दा नीजि सम्पत्तिको कुनै आवश्यकता हुँदैन। यसो गर्दा तपाईंले केका लागि काम गर्नु भएको थियो र के लिनुभएको थियो, त्यसको ‘सही प्रयोग’लाई कायम राख्नुहुन्छ र ‘आफ्नो’ मान्न सक्नुहुन्छ। कुनै कर्पोरेसन वा व्यक्तिगत रूपमा तपाईंको ‘सही हिस्सा’को अधिक आम्दानी वा सम्पत्ति सामूहिक लाभको भुक्तानी गर्नका लागि समाजमै फर्किन सक्छ। निर्वाचित प्रतिनिधिको एउटा ठूलो र विविधतासहितको समूहले तपाईंको सही हिस्साबारे निर्धारण गर्छ। जुन यस आलेखको दायराभन्दा बाहिर छ।

    कोरी डक्टरोसँग गरिएको म्याक्रो एण्ड चिज पोडकास्टः ‘द रेन्ट इज टु ड्याम्ड हाई’ मा सबैका लागि निष्पक्ष तलब र नागरिकलाई कर्पोरेसनहरूबाट सुरक्षा दिनका लागि ‘नागरिक संघ’ बनाउने विषयमा एउटा राम्रो छलफल भएको छ। तपाईं त्यसलाई इन्टरनेटमा सुन्न पनि सक्नुहुन्छ।

    स्वतन्त्रतावाद

    सबै बेवकुफ उदारवादीहरू (म पनि बेवकुफ उदारवादी नै थिए) लाई म भन्छु, तपाईं आफैँले आफ्नो सम्पत्ति आर्जन गरेको होइन। हे बेवकुफ ! सम्झनुहोस् त, यदि यो लेख ‘फ्रि लोड’ (निशुल्क) थिएन वा तपाईंले पैशा तिर्न सक्नुहुन्न थियो भने तपाईं यो लेख पढ्न सक्नुहुन्थ्यो त?

    सम्पत्तिको यो मापन कसले बनायो? पूँजीवादी दानवले? यसको वर्गीकरण कसले गर्‍यो? तपाईं कुनै शब्द, संख्या, रंग, विज्ञान वा ध्वनि बिना नै सम्पत्ति उत्पन्न हुने कुरा सोच्न सक्नुहुन्छ? त्यसो हो भने तपाईं कसलाई रोयल्टी तिर्नुहुन्छ? तपाईं सबै विषयका लागि सबै जनाप्रति ऋणी हुनुहुन्छ ! तपाईंलाई सयौं पुस्ताले कुनै सहयोग नगरीकन दुस्चक्रको खाल्डोबाट तपाईं माथि उठ्ने सम्भावना हुँदैन।

    यदि तपाईं ‘सबै सम्पत्ति सबै मानिसको हो’ भन्ने निष्कर्षमा विश्वास गर्नुहुन्न भने तपाईं गलत हुनुहुन्छ। तर्क गर्ने हो भने त्यही निस्कर्षमा पुग्न कर लाग्नेछ। प्रत्येक सम्पत्तिको प्रत्येक अंशमा दुरुपयोग र ‘पाप’को अंश मिसिएको छ। कुनैपनि ‘उपाधी’ को स्थान्तरण गर्दैमा त्यो ‘पाप’ पखालिँदैन। ‘पुस्तौँपुस्तासम्म स्वामित्व प्राप्त गर्दै आएका हौँ नि’ भन्ने झुठले पनि त्यो पखाँलिदैन। सबै स्वामित्व आखिरमा ठगी नै हो। र, यो झुटको कथा हामी आफैँले आफैँलाई सुनाउँछौँ किनभने सत्यमा भन्दा त्यो झुटमै हामी रमाउँछौँ।

    अस्ट्रियन अर्थशास्त्रीहरूले जेरेमी बेन्थमको उपयोगिताको सिद्धान्तलाई चोरे र यसलाई सीमान्त उपयोगिताको सिद्धान्तमा परिस्कृत गरे। जसले स्पष्ट रूपमा भनेको छ, ‘हामी यस लेनदेनको उद्गमस्थल हेर्दैनौँ तर सम्झौता गर्दाको समयमा आफूलाई उपलब्ध विकल्पहरूलाई मात्र हामी ध्यान दिन्छौँ।’ मैले अर्थशास्त्र अध्ययन गर्दासमेत यो विषयलाई ख्याल गरेको थिइनँ। तर लेनदेनको समयमा सम्पत्तिको उत्पतिको विषय र शक्तिबाट सिर्जित असमानताहरूलाई लुकाउने एउटा सुविधाजनक तरिका पनि हो यो।

    तपाईंले कुनै सम्पत्ति किन्न खोज्दा तपाईंले त्यो चोरिएको तथ्यलाई अलग्गै राख्नुपर्ने हुन्छ ‘किनकि तपाईंले त्यसमा नियन्त्रण गर्न सक्नुहुन्न। तपाईंलाई कुनै सामान नकिनेको आरोपमा रोजगारदाताले तपाईंलाई जागिर छोड्न दबाब दिन्छ। त्यहाँ पनि शक्तिको असमानता कारक बनेर रहेको छ। र, तपाईंले त्यहाँ गरेको कारोबार कुनै पनि अर्थमा स्वेच्छिक होइन।

    तर अस्ट्रियन अर्थशास्त्रीहरू भन्छन्, ‘होइन, यस्तो हस्तान्तरण या किनमेलमा घसेट्ने अनेकौँ बलिया कारणहरूमा तपाईंले ध्यान नै दिनुहुँदैन। तपाईंलाई वस्तुको मूल्य र आफ्नो आवश्यकतालाई मात्र विचार गर्नुपर्छ।’ त्यो सिमान्त उपयोगिताको कुरा हो। एउटा झुटमा आधारित अर्को झुट हो यो कुरा। र, यसले अब काम गर्दैन भन्ने कुरामा कुनै आश्चर्य मान्नुपर्दैन।

    धनको विलक्षण गुण

    अस्ट्रियन अर्थव्यवस्थाको सिद्धान्तले तपाईंलाई यस्तोसमेत विश्वास गराउने कुरा गर्छ कि प्रत्येक स्वेच्छिक लेनदेनमा आपसी फाइदा हुँदै त्यो त्यस्तो सैद्धान्तिक चरणमा पुग्नेछ, जहाँ सबै मानिस आफ्ना आवश्यकताको पूर्ति गर्न सक्षम हुनेछन्। र, यस्तो अवस्था सिर्जना हुनका लागि आज नै विश्वमा पर्याप्त सम्पत्ति छ। मात्रै, यी सम्पत्ति केही अति धनाढ्यहरूद्वारा कब्जा गरिएका छन्।

    यदि विश्वभरिको सबै सम्पत्तिलाई विश्वभरको जनसंख्यामा भाग लगाइयो भने प्रति घरपरिवारले १ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। जसबाट तुरुन्तै सबै गरिबी हटाउन सकिन्छ। यहाँसम्म कि विश्वव्यापी सम्पत्तिबाट एक घरपरिवारले पाउने १ लाख ३० हजार डलर सम्पत्तिको हिस्साबाट प्रत्येक घरपरिवारलाई ३ प्रतिशतका दरले ब्याज मात्रै दिने हो भने पनि त्यस परिवारको वार्षिक आम्दानी करीव ४ हजार डलर हुनजान्थ्यो। यो विश्वको अधिकांश गरिबी नियन्त्रणका लागि पर्याप्त हुन्थ्यो।

    अस्ट्रियनहरू विश्वास गर्थे कि अत्याधिक सम्पत्तिले नाफालाई समान रूपमा वितरण गर्नेगरी प्रतिस्पर्धालाई निम्त्याउँछ। र, सो प्रतिस्पर्धाले उच्चतम ज्याला बढाउनेतर्फ डोहोर्‍याउँछ। तर, यथार्थमा त्यसो हुँदैन, बरु उल्टो हुनजान्छ। अमेरिकामा चुनावी उम्मेद्वारहरूलाई जिताउनका लागि सर्वसाधारण र व्यापारीहरूबाट खडा गरिने सार्वजनिक कोष वा ‘क्याम्पेन फाइनान्स’ नै धनाढ्यहरूले राज्य संयन्त्रमाथि नियन्त्रण गर्ने कारण हो।

    जब राज्यमाथि यस प्रकारको कब्जा हुन्छ, अमेरिकी कुलिनहरूले निजी सम्पत्तिको ‘मिथ’ र ‘सम्पत्तिको असमानतासम्बन्धी नैतिकता’लाई प्रबर्धन गर्दै आफैँ नाफा कमाउनका लागि आफू अनुकुलको ‘सीप’ र शिक्षा प्रणाली नै स्थापित गराउँछन्। अस्ट्रियनले यस कुरामा शंका गरेका थिए र टमस पिकेटीले त्यसलाई पुष्टि समेत गरे : पूँजीवादले धनको केन्द्रिकरणतर्फ डोहोर्‍याउँछ, समानतातर्फ पटक्कै होइन।

    अस्ट्रियनहरूको आशा थियो कि अत्याधिक धन भएपछि यसले सबैलाई फाइदा पुग्न सक्छ। वास्तवमा, विगत २० वर्षमा झण्डै एक अर्ब चिनियाँ नागरिकहरू अति गरिबीबाट मुक्त भएका छन्। तर तथ्य यो हो कि पूँजिवाद न्यूनतम ज्यालामा मजदुर खोज्ने कुरामा मरिहत्ते गर्छ। तर अस्ट्रियनहरूले चाहिँ सोचेका थिए कि पूँजीवादले गरीबहरूको ज्याला बढाइदिन्छ। तर उनीहरूले यो कुरा ख्याल गरेनन् कि यसो गर्दा उच्च र मध्यम वर्गको तलब नै कम हुन जान्थ्यो।

    के नवउदारवादी अर्थशास्त्रीहरू यस्तै आदर्शलोक चाहन्छन्, जहाँ मुठ्ठीभरका अर्बपतिहरूलाई छोडेर पूरै विश्वले एक घन्टामा १५ डलर कमाउँछ? १५ डलरको एक तिहाई त १५० वर्गको कोठाको भाडामा जानेछ, अर्को एक तिहाई कृषि उत्पादन किन्नमा जान्छ। पानी खराब छ, हावा दुषित छ। र, यस्तो अवस्थामा तपाईंसँग कुनै उपाय छैन। तपाईं कार पनि किन्न सक्नुहुन्न। जब कर्पोरेसनहरूले राज्यमाथि पूर्ण नियन्त्रण राख्छन्, यस्तै हुन्छ। प्रत्येक नागरिकलाई लागत सम्झिइन्छ। त्यसो हुँदा नागरिकमाथिको लागत घटाउन राज्य सधैँ प्रयत्नशील हुन्छ।

    एक प्रतिशत अति धनाढ्यहरूका लागि पनि पूँजीवाद पनि हितकर छैन। जसरी सम्पत्तिको केन्द्रीकरण निरन्तर भएसँगै अत्याधिक धनीहरूको सूचीमा पर्न अब कठिन बन्दै गएको छ। पहिले धनाढ्यहरूको व्यवसाय फरक–फरक थियो। कोही मत्स्य पालन गर्थे त कोही वित्तीय क्षेत्रमा संलग्न थिए। तर अहिले ती सबै एकै व्यवसायमा छन् : सुचना प्रविधिमा।

    उनीहरू एक अर्कालाई पछाडि पार्नका लागि निरन्तर उद्दत छन् जसरी सर्कुलर फाइरिङ गरिन्छ। र, त्यस्तोमा सिद्धान्ततः एक जनामात्रै विजेता हुनजान्छ। ती ल्यारी एलिसन हुनसक्छन्, अथवा एरिक प्रिन्स हुन सक्लान् । तीमध्ये एक हुन् : जेफ बेजोज, उनी शानदार रूपमा रहेको विस्फोटक सम्पत्तिका साक्षी हुन्। उनी रकेटसँग खेल्नका लागि नियमित जीवनबाट अवकाश लिन सक्छन्, जसले उनको अस्तित्वलाई टिकाइराख्छ।

    अब केही थोरै जनसंख्याले अभावपछिको त्यस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ, जुन अस्ट्रियनहरूले सोचेजस्तो भने हुनेछैन। त्यो परिस्थितिको सामना तिनले गर्नुपर्छ, जो आफ्नो सम्पत्ति जफत हुनबाट जोगाउनका लागि मात्रै आफ्नो सम्पत्ति जागिर र करका रूपमा अरुलाई बाँड्छन्। अस्ट्रियनका लागि सम्पत्ति ‘अति नै पवित्र’ भएका कारण उनीहरू सम्पत्तिको बलात् पुनर्वितरणको विरुद्धमा छन्। यदि त्यस्तो नैतिक अडान कायम रहने हो भने विश्वव्यापी स्तरमा ९९ प्रतिशतको कमाइ केवल निर्वाहमुखी हुनेछ। अवस्था त्यो स्तरसम्म गिर्नेछ।

    सम्पत्ति होइन, समानता

    पूँजीवादको सबैभन्दा ठूलो झुट भनेको नै सम्पत्ति नीजि हुन्छ भन्नु हो : जसले चोरिएको सामाग्री कुनैपनि शिर्षकमा हस्तान्तरणका माध्यमबाट शुद्ध बनाइदिन्छ। र, तपाईंले काम गरेकै कारण त्यो प्राप्त गर्नुभएको हो भन्ने बुझाइन्छ। तर सबै सम्पत्ति सबैको साझा सम्पत्ति हो। र, तपाईंसँग त्यस सम्पत्तिको उपयोग छ, त्यसकारण तपाईं त्यसलाई अरुले लिनबाट रोक्न खोज्नुहुन्छ।

    त्यसैले आफूजस्तै अरुसँग काँध मिलाउनु या संगठित हुनु नै आफ्नो सम्पत्ति रक्षा गर्ने गजबको संयन्त्र हो। यद्यपि, जब तपाईं अरुसँग जोडिनुहुन्छ भने तपाईंले साझा निचोड निकाल्नै पर्ने हुन्छ : चोरी के हो, अतिक्रमण भनेको के हो, ठगिनु के हो, इच्छाविपरित सम्पत्ति हस्तान्तरण के हो? सम्पत्तिको नियमलाई परिभाषित गर्दा तपाईं यसको उत्पतिलाई बेवास्ता गर्नुहुन्छ।

    सम्पत्तिको नियमलाई परिभाषित गर्दा तपाईं हामी यसको उत्पति/सुरुवातलाई बेवास्ता गर्छौँ। यदि सम्पत्तिको वितरण राम्रोसँग भएको छैन भने त्यस्तो हुनुमा हाम्रै गल्तिबाट भएको छ, हाम्रो पूर्वजहरूबाट होइन। यदि सबै सम्पत्ति सबैको नै हो भने अत्यधिक धनीहरूको सम्पत्तिलाई कब्जा गरेर सबैतिर बराबर बाँड्नबाट हामीलाई कुनै पनि कुराले रोकिरहेको छैन। र, यो काम बिना कुनै रक्तपात पनि गर्न सकिन्छ, कानून र नियमका माध्यमबाटै गर्न सकिन्छ।

    जनता वा जनताका प्रतिनिधिहरूबाट यदि अदालत नियन्त्रित हुन्थ्यो भने अदालतले अति धनाढ्यहरूको सम्पत्तिलाई पुनर्वितरण गर्नमा कुनै कन्जुस्याइँ गर्थेन भन्नेमा शंका छैन। कानून र संविधान जनता र जनप्रतिनिधिको नियन्त्रणमा नहुँदा ती आफैँमा (कानून र संविधान) अवैध ठहर्छन् र तिनलाई लत्याउनु नै उपयुक्त हुन्छ। यसर्थ, हामीलाई कानूनले ‘निजी सम्पत्तिको सम्मान’ गर्न दबाब दिन सक्दैन, जसरी कानूनले उडन्ते कथाहरूमा हामीलाई विश्वास गर्न दबाब दिन मिल्दैन।

    यदि हामीले निजी सम्पत्तिको कल्पनालाई हाम्रो दिमागबाट हटाइदियौँ भने र सबै हाम्रै हो भन्ने तथ्यमा आयौँ भने कब्जा गरिएका सम्पत्ति हस्तान्तरण हुनु अघि नै सम्पत्ति पुनर्वितरित भइसकेको हुन्छ। वास्तवमा तपाईं र मसँग सम्पत्तिको स्वामित्वको प्रमाणपत्र पहिले देखि नै थियो! अब सम्पत्तिको निष्पक्ष हस्तान्तरण कसरी गर्ने भन्ने विषय मात्रै यहाँ छुटेको हो।

    सम्पत्तिमा आधारित अर्थतन्त्रलाई, त्यहाँ भएको प्रगति र वृद्धिलाई त्याग नगरीकनै समानतामा आधारित भएर पनि हस्तान्तरण गर्न सकिन्छ। यद्यपि, सबैभन्दा पहिले हामीले नगदमा आधारित पूँजीवादको मानसिक बन्धनलाई नतोडेसम्म त्यसो हुनसक्नेछैन। र, यसलाई एउटा प्रणालीबाट विस्थापित गर्नुपर्छ, जसले कामदारहरूलाई धेरै भन्दा धेरै सम्पत्ति कमाउने बनाउँछ।

    -काउन्टर पञ्चबाट मेनुका बस्नेतको अनुवाद।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      स्टिभ ओकिफ

      स्टिभ ओकिफ

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.