Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन भनिन्छ सुष्मिता सेनहरूलाई ‘गोल्ड डिगर’?

भारतीय समाजमा नैतिकता र अनैतिकताको प्रश्न सबैभन्दा बढी महिलाहरूमाथि नै लादिन्छ। संस्कार तथा रिवाजहरूको बन्धन तोड्ने महिलाको फैसलालाई सबैभन्दा पहिले ‘जज’ गर्न अगाडि सर्छन् मिडिया। र, यिनले महिलाविरोधी मानसिकतालाई नै प्रचार गरिरहेका छन्।

पूजा राठी पूजा राठी
साउन ८, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कुनै पनि महिलाको नितान्त व्यक्तिगत सर्त र रोजाईले यो समाजमा एक प्रकारको भूँइचालो नै ल्याइदिन्छ। एक महिलाको निजी फैसलालाई लिएर सिंगो समाज नै महिलाविरुद्ध खनिन थाल्छ। जसको पछिल्लो उदाहरण हो : बलिउडकी अभिनेत्री सुष्मिता सेन र उनको सम्बन्ध। सामाजिक सञ्जालमा अभिनेत्री सुष्मिता सेन र सेनको प्रेमि ललित मोदीबीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा महिलाविरोधी ‘जजमेन्ट’हरू आइरहेका छन्। खासगरी उनीहरूको उमेर र पेशालाई लिएर भद्दा मजाकसहिका ट्रोलहरू बनेका छन्।
    यस समाजमा यसखालको ट्रेन्डिङ पहिलोपटक भएको भने होइन। खासगरी अभिनेत्रीहरूको निजी सम्बन्धलाई लिएर ट्रोल गर्नु भारतीय सामाजिक प्लेटफर्ममा एउटा ट्रेन्ड नै बनेको छ। सामाजिक सञ्जालमा ठूलो संख्याका मानिसहरूका प्रतिक्रियाहरूले सुष्मिता सेनको चरित्रमा प्रश्न उठाइरहेको छ।

    आम मानिसदेखि केही चर्चित मानसिले समेत उनी र उनका पार्टनरको उमेरलाई लिएर भद्दा टिप्पणी गरेका छन्। ट्विटरमा #SushmitaSenLalitModi ह्यासट्यागका साथ उनको सम्बन्धलाई लिएर औँला उठाइरहेका छन्। यतिमात्रै होइन, सुष्मितालाई लालची र ‘गोल्ड डिगर’ (सम्पत्ति धुत्ने व्यक्ति) जस्ता शब्दहरूको प्रहार गरिएको छ। ललित मोदीको उमेर सुष्मिताको भन्दा केही बढी भएकै आधारमा उनीहरूले मोदीसँग सम्पत्तिका लागि मात्रै प्रेम सम्बन्धमा रहेको आरोप लगाएका छन्।

    पुरुषको वर्चश्व रहेको यो समाजमा हरेक कुरामा महिलाहरू पुरुषसँग आश्रित हुन्छन् र आम मानसिकता सधैँ यही विद्यमान व्यवस्थालाई नै समर्थन गर्छ। खासगरी आर्थिक रुपमा पुरुषसँग महिलाको निर्भरतालाई सहजै स्वीकार्ने मात्रै होइन, महिलाको आर्थिक आत्मनिर्भरतामा अनेक कठिनाई तथा बाधा व्यवधानहरू पनि यही समाजले सिर्जना गरिदिन्छ।

    तर, यही समाजमा यदि महिलाले आर्थिक रुपमा आफूभन्दा सम्पन्न वा उमेरले परिपक्व पुरुष रोज्छिन् भने महिलालाई लालची वा गोल्ड डिगरको संज्ञा दिइनु विरोधाभासपूर्ण छ। जुनसुकै बहानामा परम्परागत र रुढीवादी मान्यताहरूको प्रहारमा महिलाहरू नै पर्ने गर्छन्।
    सुस्मिता सेनलाई गोल्ड डिगर भन्नेहरू त्यही समाजका हुन्, जहाँ पारम्परिक रुपमा बिना दाइजो विवाह हुँदैन र हरेक दिन महिलाहरू दाइजोकै कारण ज्यान गुमाउँछन्। यी मान्छे त्यही समाजका हुन्, जहाँ महिलालाई शिक्षा र सम्पत्तिको मालिक बनाउन आनाकानी गरिन्छ र महिलालाई दोस्रो दर्जामै सीमित राख्नका लागि उभन्दा बढी धन र शिक्षामा शक्तिशाली पुरुषलाई सुम्पिने काम गरिन्छ।

    गोल्ड डिगर भनेका महिला नै हुन्?

    अक्सर सम्बन्धमा रहेका जोडीमध्ये महिलामाथि चरित्र र नियतको प्रश्न तेर्स्याइन्छन्। महिलाहरूले पुरुषको पैसा वा त्यसको माध्यमबाट भौतिक सुख सुविधाका लागि नै डेट गर्छन् भन्ने भाष्य व्याप्त छ। समाजले एउटा परिपक्व जोडी बन्नका लागि निर्धारण गरेका मापदण्ड बाहिर गएर उनीहरूको सम्बन्ध बनेको छ भने त यी प्रश्न तथा आशंकाहरू निश्चित रुपमै आउने गर्छन्।

    गोल्ड डिगरको अर्थ के हो? इन्टरनेटमा यस प्रश्नको जवाफ खोज्दा यो शब्द खासगरी महिलालाई नै प्रयोग गर्ने गरेको पाइयो। यो त्यस्ता महिलासँग जोडिएको शब्द हो, जसले प्रेम सम्बन्धमा पैसा र लेनदेनलाई मात्रै प्राथमिकता दिन्छन्। तर, पुरुषका लागि भने यस्तो कुनै शब्द छैन। प्रेममा रहेका दुईमध्ये एकजना बढी उमेर र सफलता प्राप्त भएको सम्बन्धमा बढीजसो महिलालाई नै निशाना बनाइन्छ। बलिउडकै अन्य केही चर्चित जोडी पनि यस महिलाविरोधी सोचको शिकार बनेका छन्।

    विक्की कौशल र कैटरिना कैफमध्ये तुलनात्मक रुपमा कैटरिना नै बढी सफल हिरोइन हुन्। तर, कसैले विक्कलीलाई गोल्ड डिगर वा लालची भनेनन्। सैफ अली खानकी पहिलो श्रीमती अमृता सिंह सैफभन्दा सफल हिरोइन मानिन्थिन्। तर, सैफलाई पनि कसैले गोल्ड डिगर भन्न सकेनन्। त्यसैले गोल्ड डिगरजस्ता शब्द र यसमा आधारित सोचको निशानामा महिलामात्रै हुन्छन् भन्ने कुरा यसबाट प्रष्ट हुन्छ।
    उमेरको चिन्ता !

    ट्विटरमा एउटा ठूलो फौज सुष्मिता सेन र ललित मोदीको उमेरलाई लिए दुःखी देखिन्छन्। सुष्मिता सेन र ललित मोदीको उमेरको अन्तरमा धेरै तल्लो स्तरका मिम बनाएर शेयर गरिएका छन्। एउटी बालिग र सफल नायिकाको नितान्त व्यक्तिगत रोजाईलाई लिएर भनिँदैछ कि महिलाका लागि उमेरले कुनै अर्थ राख्दैन, पैसाले अर्थ राख्छ।

    यो समाजमा महिलाले आफूभन्दा कम उमेरसँग विवाह गरेको पनि सहज रुपमा स्वीकार गरिँदैन। न त उनले समाजले तोकिएदिएको मापदण्ड भन्दा बाहिर गएर आफू भन्दा पाको उमेरको पार्टनर नै रोज्न सक्छे। सुष्मिता सेनमाथि गरिएका टिप्पणीबाट यो प्रष्ट छ कि यो समाजको रुढीवादी सोच महिलाको जीवनसाथी चुन्न पाउने अधिकार विरुद्ध छ। यसले महिलाको रोजाईलाई मोरल पुलिसिङ गर्दै उनलाई तल्लो स्तरको देखाउन कम्मर कसेको हुन्छ।

    मिडियाका लागि सनसनीपूर्ण खबर मात्रै

    सुष्मिता सेनसम्बन्धी पछिल्लो ट्रेण्डिङसहित अरु थुप्रै केसमाथि भारतीय मिडियाहरूका कभरेजहरू हेर्ने हो भने ती सामाजिक सञ्जालका ट्रोल्सहरू भन्दा फरक छैनन्। यस्ता मिडियाहरूले सुष्मिताको रोजाई र उनको भावनालाई होइन, उनको श्रीमानको उमेर र सम्पत्तिलाई केन्द्रमा राखेका हुन्छन्। मिडियाले सामाजिक सञ्जालमा गरिएका भद्दा मजाक र अपमानजनक ट्रोलहरूको आलोचना गर्नुपथ्र्यो। तर, ती मिडिया अपमानजनक सामग्रीहरू प्रस्तुत गर्नमा अब्बल श्रेणीमा छन्।

    मिडियाको यस्ता प्रस्तुतिहरूले महिलाले आफ्नो जीवन जिउन पाउने अधिकारमाथि नै प्रश्न खडा गरिरहेको छ। मिडिया आफैँ ट्रोलको भाषा बोल्छ र सामाजिक सञ्जालमै आएका टिप्पणीमाथि नै सही थापिरहेको हुन्छ। त्यतिमात्रै होइन, भ्युज पाउनकै लागि बनाइएका समाचारका हेडलाइनहरू महिलाप्रति असंवेदनशील हुँदै गइरहेका छन्।

    भारतीय समाजमा नैतिकता र अनैतिकताको प्रश्न सबैभन्दा बढी महिलाहरूमाथि नै लादिन्छ। संस्कार तथा रिवाजहरूको बन्धन तोड्ने महिलाको फैसलालाई सबैभन्दा पहिले ‘जज’ गर्न अगाडि सर्छन् मिडिया। र, यिनले महिलाविरोधी मानसिकतालाई नै प्रचार गरिरहेका छन्।

    सुष्मिताको दरिलो जवाफ

    सामाजिक सञ्जालमा यो हंगामापछि सुष्मिता सेनले इन्स्टाग्राममा एउटा लामो पोस्टमार्फत आफ्ना आलोचनाहरूको जवाफ दिएकी छिन्। उनले लेखेकि छिन्, ‘मेरो अस्तित्व र अन्तर्आत्मामा म पूर्ण रूपमा केन्द्रित छु (म बाहिरको कुरा सुन्दिनँ)। प्रकृतिले जसरी आफ्नो सारा सिर्जनालाई एकतामा विलिन गरेको महशुस गराउँछ, मलाई यो मनपर्छ। जब हामी यो सन्तुलनलाई तोड्छौँ, हामी कति अलग हुन्छौँ।

    हाम्रो नजिकको दुनियाँ दुःखी हुँदै गइरहेकोमा मेरो मन टुट्छ। तथाकथित बुद्धीजिवीहरू आफ्नो मूर्खताका साथ र अज्ञानी मानिसहरू आफ्नो तल्लोस्तरको सोचका साथ मेरा बारेमा मजाक गरिरहेका छन्। जो कहिल्यै मेरा साथी थिएनन्, जो मलाई जान्दा पनि जान्दैनन्, ती पनि मेरो बारेमा ठूल्ठूला विचार राख्छन् र मेरो ‘चरित्र’का बारेमा जानकारी सेयर गरिरहेका छन्। मलाई गोल्ड डिगर भन्छन्। हेर, हेर यिनीहरू कति जिनियस छन्।”

    उनले अगाडि लेखेकी छिन्, ‘म सुनभन्दा बढी हिरा खनिरहेको छु। मैले सधैँ हिरालाई अधिक महत्व दिएँ, जसका लागि म चर्चित पनि छु। आज पनि म आफ्नै लागि हिरा खरिद गर्छु। मलाई मनपराउने, मेरा शुभचिन्तक, मलाई समर्थन गर्नेहरू र प्रियजनहरूलाई धेरै माया छ। तपाईँहरूकी सुस (सुष्मिता) बिल्कुल ठीक छे। किनकी म कहिले पनि तालीको क्षणिक रोमान्समा रहिनँ। म सूर्य हुँ….म पूर्ण रुपमा अस्तित्व र विवेकमा केन्द्रित छु।’

    फेमिनिजम इन इन्डियाबाट मेनुका बस्नेतको अनुवाद।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पूजा राठी

      पूजा राठी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.