Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

शिन्जो आबे, धर्म र कट्टरता

आबेले कुराकानी र भाषणमा पनि बुवापट्टीको हजुरबुवालाई कमै सम्झन्थे र मावली हजुरबुवाको सैन्यवादी रवैयाबारे गर्वका साथ कुराकानी गर्थे। उनले (रेकर्डमा) भनेका छन् कि ‘म शिन्तारो आबेको छोरा हुँ तर वंशाणुत डिएनए नोबुसुके किसीबाट आएको हुँ।’

nepal_readers nepal_readers
साउन १०, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ८ जुलाइ २०२२ मा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या गरियो। यो घटना विभिन्न कारणले आश्चर्यचकित पार्ने खालको थियो। पहिलो कारण त जापानमा यस्ता घटना निकै कम हुने तथ्याङ्कले बताउँछ। त्यहाँ बन्दुकबाट हुने हिंसा निकै कम छन्। विश्वका १० शान्त देशको सूचीमा जापानको नाम पर्छ। दोस्रो कारण, विकसित देशहरूमा यसप्रकारको राजनीतिक हत्या एकदमै कम हुने गर्छ। अन्तिम पटक कुनै विकसित देशमा यसप्रकारको राजनीतिक व्यक्तिको हत्या १९८६ मा स्वीडेनमा भएको थियो। त्यहाँ बहालवाला प्रधानमन्त्रीको हत्या भएको थियो। आज २०२२ मा पनि यस्तो घटना हुनु पक्कै अप्रत्याशित हो। विभिन्न देशसँग समुधुर सम्बन्ध बनाउनका लागि भूमिका खेलेका आबेको मृत्युलाई धेरै देशहरूले राष्ट्रिय शोकका रुपमा मनाए भने चीन र कोरियामा यो घटनापछि केही मान्छेहरूले खुशी पनि मनाए।

    शिन्जो आबे जापानका लिबरल पार्टीका नेता थिए। मृत्यु हुनुअघि आबे आफ्नो राजनीतिक दलका उम्मेदवारहरूका लागि प्रचारप्रसारमा व्यस्त थिए। बिहानको साढे ११ बजेतिर उनले भाषण गर्दैगर्दा एक्कासी गोली चलेको आवाज आयो। त्यहाँ उपस्थित सबै आश्चर्यचकित भए र डराए। शिन्जोको सुरक्षा टोली पनि उनीसँगै थियो तर आबेका लागि भनेर कुनै रोक वा सुरक्षा घेरा लगाइएको थिएन। हत्यारा शिन्जोको निकै नजिक आए र उनले आफैँले घरमा बनाएको बन्दुकले गोली चलाए। गोली चलाएर उनले त्यहाँबाट भाग्ने कोसिस समेत गरेनन् र हाल उनी प्रहरी नियन्त्रणमा छन्। हत्यारा ४१ बर्षिय तेत्सुया यामागामीले जापानको नेभी (सेना)मा गरिसकेका छन्। उनले यो हत्याका पछाडी कुनै राजनीतिक कारण नभएको बताएका छन उनी कुनै सक्रिय राजनीतिक व्यक्ति पनि होइनन्।

    ‘धार्मिक कारणले हत्या’

    यामागामीका अनुसार उनकी आमा एक धार्मिक समूहलाई दान गरेर टाट पल्टिसमेकी थिइन्। र, जापानमा कथित धार्मिक समूह छ। त्यस धार्मिक समूहलाई शिन्जो आबेले प्रवर्द्धन गरिरहेका थिए। हत्याराले भनेका छन् कि उनी पहिले त्यो धार्मिक समूहको नेता चिनेर त्यसैलाई मार्न थाहान्थे। तर उनले त्यसो गर्न सकिरहेका थिएनन् र अन्त्यमा शिन्जो आबेलाई आफ्नो निशाना बनाए। समाचार एजेन्सीका अनुसार यी हत्यारालाई शिन्जो आबेको राजनीतिक विचारधारासँग कुनै समस्या थिएन। हत्यालगत्तै जापानका हालका प्रधानमन्त्री फुमिओ किसिदाले ‘यस प्रकारका घटना हाम्रो प्रजातन्त्रको आधार विरुद्वको घटनाहरु हुन र यसलाई सहने वा माफी गरिने छैन’ भनेर भनेका छन्। सामाजिक सञ्जालमा पनि #WeWantDemocracyNotViolence (हामी प्रजातन्त्र चाहन्छौं, हिंसा होइन) भन्ने ट्रेण्ड चलेकोछ। अन्य देशका नेताहरुबाट पनि यस्तै खाले प्रतिक्रियाहरु दिएको पाइयो ।

    संयुक्त अधिराज्यका प्रधानमन्त्री, अमेरिकी राष्ट्रपति लगायत विश्वका विभिन्न देश र नेताहरूले शोक जनाए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आबे विश्वका प्रभावशाली नेताहरुमध्ये एक भएको भन्दै उनको निधनमा दुखी भएको बताए भने नेपालमा पनि ‘राष्ट्रिय शोक’ मनाइयो। तर केही चीनियाँ राष्ट्रवादी र कोरियनले भने आबेको हत्यापछि खुशी मनाए । तर त्यहाँका राजनीतिज्ञबाट भने त्यस्तो देखिएन। दक्षिण कोरियाका राष्ट्रपतिले ‘यो हत्या स्वीकार्न नसकिने अपराध हो’ भनेर बताए। चीनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘यो अकल्पनिय घटनालाई चीन–जापान सम्बन्धसँग नजोडियोस्।’ जब उनलाई चीनियाँ सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाबारे उनको के धारणा छ भनेर सोध्न खोजियो तब उनले कुनै टिप्पणी गरेनन्।

    सबैलाई थाहा भएकै कुरा हो कि चीन र दक्षिण कोरियाको सम्बन्ध ऐतिहासिक रूपमा जापानसँग केही समस्याग्रस्त रहेको छ। वैदेशिक राजनीतिमा शिन्जो आबेलाई एक आक्रामक राजनीतिज्ञका रुपमा लिइने गरिन्छ। राजनीतिक रुपमा शिन्जोले के गरेका थिए? चीन र कोरियामा मानिसहरुले उनलाई यसरी किन घृणा गर्छन्?

    राजनीतिमा शिन्जो आबे

    जापानको राजनीतिमा शिन्जो आबे एक ठूलो राजनीतिक वंशजको विरासत थिए। कैयौँ बर्षदेखि उनको परिवारका धेरै सदस्यहरु जापानको राजनीतिका ठूला पदहरूमा सक्रिय थिए। शिन्जोका मावलीतिरका हजुरबुवा नोबुसुके किसी भारत भ्रमण गर्ने पहिलो जापानी प्रधानमन्त्री थिए। एक पत्रिकामा उनले लेखेका थिए, ‘जतिखेर जापान त्यति विकसित थिएन, त्यस्तो समयमा समेत भारतका प्रधानमन्त्री नेहरुले मलाई सबैलाई चिनाउन खोजेका थिए। भारतमा मलाई वास्तवमै सम्मान गर्छन्।’

    नोबुसुकेले १९६६ मा लिबलर डेमोक्रेटिक पार्टी स्थापनाका लागि ठूलो योगदान र महत्वपूर्ण भूमिका खेलेका थिए। त्यो यही पार्टी हो, हाल त्यसका नेता शिन्जो आबे थिए। दुई साना कालखण्ड छोडेर स्थापनादेखि लगभग लगातार आजसम्म पनि यो पार्टी सत्तामा रह्यो। शिन्जोका हजुरबुवाका भाइ अर्थात् नोबुसुकेका भाइ इसाकु साटो पनि जापानका प्रधानमन्त्री बनेका थिए। योसँगै शिन्जोका बुवापट्टीका हजुरबुवा आबे कान निर्वाचित संसद थिए। एक समय शिन्जोका बुवा आबे शिन्तारो जापानको परराष्ट्र मन्त्री बनेका थिए। आबेका परिवारका धेरै सदस्यहरु राजनीतिक शक्ति सत्तामा थिए ।

    शिन्जोका मावलीतिरका हजुरबुवा र बुवापट्टीका हजुरबुवाको राजनीतिक विचारधारा भने ठिक विपरत वा प्रतिपक्षी थियो। एउटा निकै आक्रामक थियो भने दोस्रो शान्त वा नरम विचारधारा बोक्थे। शिन्जोका बुवातिरका हजुरबुवा आबे कान शान्ती विचारधाराका थिए। उनी सैनिक सरकारको विरोध गर्दथे। उनले जापानले दोस्रो विश्वयुद्वमा भाग नलियोस् भन्दै अभियान चलाइरहेका थिए। कारण स्पष्ट छ कि जापानले यदि विश्वयुद्धमा भाग नलिएको भए अमेरिकाको पर्ल हार्बरमा जापानले जो बम खस्याल्यो, त्यो रोकिने थियो। र, उसको प्रतिक्रियास्वरुप अमेरिकाले हिरोशिमा र नागासाकीमा पछि बम खसालेको थियो। जापानले युद्धमा भाग नलिएको भए त्यो पनि अवश्य रोकिनेथियो। २५ लाख जापानी मानिस जसले यो युद्धमा ज्यान गुमाए, उनीहरु पनि बाँच्थे ।

    कट्टर आबे

    अर्कोतर्फ शिन्जोका मावलीतिरका हजुरबुवा नोबुसुके किसी जापानी सम्राट शोवाको शासनमा काम गर्दै थिए । शोवाकोलाई एक क्रुर शाशकका रुपमा चिनिन्थ्यो। किसीलाई ‘शोवा युगको राक्षस’ भनेर उपनाम दिइएको थियो। पछि सन् १९४१ को डिसेम्बर ७ मा अमेरिकाविरुद्व युद्व शुरु गर्ने भनेर उनले नै हस्ताक्षर गरेका थिए। सबैलाई थाहा छ कि जापानले दोस्रो विश्वयुद्वमा हार्यो। र, जापानको आत्मसमर्पणको अवस्थाबारे छलफल गर्न चीन, अमेरिका र युकेका शाशकहरु १९४५ जुलाइ २६ मा जर्मनीमा भेटे। २, सेप्टेम्बर १९९५ मा जापानले बीना सर्त आत्मसमर्पण गर्यो। अन्य देशहरुले भनेका सर्तहरु जस्तोकिः जापानमा प्रजातन्त्र पुनः स्थापना गर्नेजस्ता सर्तहरू भने उसले स्वीकार्यो र जापानको संविधान पुनः (शंसोधन?) लेखियो। उक्त संविधानका अनुसार जापानमा मानिसहरु सधैं अन्तर्राष्ट्रय शान्तिका लागि काम गर्नेछन्। कुनै पनि मुद्धालाई समाधान गर्नका लागि जापान युद्धमा जानेछैन।

    अब यो प्रश्न उठ्छ कि शिन्जो आबे मावली र बुवापट्टीका हजुरबुवामध्ये कसको बाटोमा हिँडिरहेका थिए? त्यसको जवाफ हो, उनी आफ्नो मावलीतिरका हजुरबुवा नोबुसुके किसीको बाटैमा हिँडिरहेका थिए। उनले कुराकानी र भाषणमा पनि बुवापट्टीको हजुरबुवालाई कमै सम्झन्थे र मावली हजुरबुवाको सैन्यवादी रवैयाबारे गर्वका साथ कुराकानी गर्थे। उनले (रेकर्डमा) भनेका छन् कि ‘म शिन्तारो आबेको छोरा हुँ तर वंशाणुत डिएनए नोबुसुके किसीबाट आएको हुँ।’ जापानको संविधान बदल्ने/शंशोधन गर्ने शिन्जो आबेले निकै प्रयास गरेका छन् र जापानले शान्ति अँगाल्नुपर्ने कुरा समेटिएको संविधानको धारा ९ लाई सिध्याउने/हटाउन पनि उनी लागि परेका थिए। आबेको कदम निकै आक्रामक र सैनिकतिर झुकेका देखिन्थे।

    विश्वयुद्ध–२ का दौरान विभिन्न देशमा गरेका अपराधका लागि उनीभन्दा पहिलेका धेरै प्रधानमन्त्रीले अन्य देशहरूसँग माफी मागेका छन। तर शिन्जो आबेको अडान अरुभन्दा ठिक विपरित रहेको थियो। या त उनले जापानको त्यो त्रासदीबारे बोल्दै बोलेनन् या उनले यसलाई अस्वीकार गर्ने गरे। उनले यो कुरा नमान्ने कोसिस गरे।

    कम्फर्ट स्टेसन

    दोस्रो विश्वयुद्धताका २ लाख एसियन महिलालाई अपहरण गरिएको थियो र जापानी सेनाका लागि ‘कम्फर्ट स्टेसन’ भन्दै उनीहरूलाई बन्दी र दासी बनाएर हिंसा गरिएको थियो। महिला अत्याचारको सो मुद्धालाई बेवास्ता गरेपछि २०१५ मा शिन्जोले खुब आलोचना सुन्न परेको थियो। आबेको राजनीतिक करियरमा एउटा अर्को ठूलो विवाद २००७ मा भएको थियो। उनीमाथि कैयौं भ्रष्टाचारको आरोप लागेका थिए। लगभग ५ करोड पेन्सन रेकर्ड हराएको भनेर उनको सरकारको निकै आलोचना भएको थियो ।

    आजका दिनमा पनि विश्व व्यापार संगठनमा जापानले दक्षिण कोरियालाई मुद्धा लगाएको छ। किनकी दक्षिण कोरियाले जापानी उत्पादनलाई आफ्नो देशमा रोक लगाएको छ। रोक लगाउनुको कारण २०१५ मा फुकुसिमामा भएको न्युक्लियर दुर्घटना भएको बताइएको छ। दक्षिण कोरिया सरकारले यो रेडियोएक्टिभयुक्त दुषित खाना जापानबाट आयात होस् भन्ने चाहन्न। तर जापान यो कुरालाई अनुचित मान्दछ र दक्षिण कोरियाको विरोधमा छ। यसबाट बुझ्न सकिन्छ कि दक्षिण कोरियाका मानिसहरु किन जापानका विरुद्वमा छन्। यो भन्दामाथि जुन ‘कम्फर्ट महिला’को कुरा गरिएको छ, ती महिलाहरुलाई दक्षिण कोरिया र चीनजस्ता देशहरुबाट अपहरण गरिएको थियो। र, चीनियाँ र दक्षिण कोरियाका मानिसहरू त्यस बिषयलाई हृदयदेखि नै गम्भिर रुपमा लिन्छन्।

    यी सबै कुराकाबीच पनि शिन्जो आबेको राजनीतिक करियर एक सफल राजनीतिज्ञका रुपमा बनेको छ। र, त्यस पछाडीको एक ठूलो कारण हो : आबेनोमिक्स। अर्थात् आधारभूत रुपमा भन्दा शिन्जो आबेको आर्थिक नीति। जब उनी दोस्रो पटक अर्थात् २०१२ मा सत्तामा आए, जापानले एसियाको ठूलो आर्थिक शक्तिका रुपमा रहेको स्थिति घटाएको थियो। भारत र चीन जापानभन्दा अगाडी गइसकेका थिए। आफ्नो देशको आर्थिक विकासका लागि आफ्नो दोस्रो कार्यकालमा यीनले केही यस्ता कदम चाले जसलाई आबेनोमिक्स भनेर चिनिन्छ। तीन वटा मुख्य कदमहरु थिए। पहिलो, निकै कम ब्याजदर लागु गर्ने अर्थात् अल्ट्रा लो इन्ट्रेस्ट रेट। जसका कारणले हर कसैलाई पनि ऋण लिन सजिलो भयो। दोस्रो, सरकारी खर्च बढाउने। त्यस नाममा जापानमा अर्बौँ डलर खर्च गरियो, पूर्वाधार–संरचना निर्माणका लागि। त्यस क्रममा मानिसहरूलाई ठूलो मात्रामा नगद हस्तान्तरण/भुक्तान गर्नुपर्यो।

    र, तेस्रो, संरचनात्मक आर्थिक सुधार अर्थात् उत्पादकता तिब्र पार्नका लागि गरिएको आर्थिक सुधार। यस अन्र्तगत रेड टेप कट (सरकारी नीयमहरुलाई सहज बनाउने) काम पनि भयो। यस क्रममा महिलालाई आर्थिक क्षेत्रमा सहभागी गराइयो, जेष्ठ नागरिकलाई पनि काम गर्न प्रोत्साहन गरियो। यी प्रयासका कारण आर्थिक बृद्धि भयो र बेरोजगारी दर घट्यो। यद्यपि, आबेनोमिक्स पूरा रुपमा सफल भने भएन। मुद्रास्फीति र तलब बृद्धिमा भने त्यति नियन्त्रण आउन सकेन। जेजे भएपनि आबेले गरेका प्रयासहरूका कारण उनलाई सम्झिइनेछ। एउटा धार्मिक मिसनसँग सम्बन्धित भएकै कारण अन्ततः ज्यान गुमाउन पुगेका आबेले, कुल मिलाएर आफ्ना पछाडी एक विरासत भने छोडेर गएका छन्।

    ध्रुव राठीको युटुबमा च्यानलमा ‘किन भयो शिन्जो आबेको हत्या?’ शीर्षकको भिडियो विश्लेषणको नेपाली अनुवाद। अनुवादः महेश पाण्डेय।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.