Friday, August 12, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » शिन्जो आबे, धर्म र कट्टरता

शिन्जो आबे, धर्म र कट्टरता

आबेले कुराकानी र भाषणमा पनि बुवापट्टीको हजुरबुवालाई कमै सम्झन्थे र मावली हजुरबुवाको सैन्यवादी रवैयाबारे गर्वका साथ कुराकानी गर्थे। उनले (रेकर्डमा) भनेका छन् कि ‘म शिन्तारो आबेको छोरा हुँ तर वंशाणुत डिएनए नोबुसुके किसीबाट आएको हुँ।’

nepal_readers by nepal_readers
July 26, 2022
- विमर्शका लागि, समाचार
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

८ जुलाइ २०२२ मा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या गरियो। यो घटना विभिन्न कारणले आश्चर्यचकित पार्ने खालको थियो। पहिलो कारण त जापानमा यस्ता घटना निकै कम हुने तथ्याङ्कले बताउँछ। त्यहाँ बन्दुकबाट हुने हिंसा निकै कम छन्। विश्वका १० शान्त देशको सूचीमा जापानको नाम पर्छ। दोस्रो कारण, विकसित देशहरूमा यसप्रकारको राजनीतिक हत्या एकदमै कम हुने गर्छ। अन्तिम पटक कुनै विकसित देशमा यसप्रकारको राजनीतिक व्यक्तिको हत्या १९८६ मा स्वीडेनमा भएको थियो। त्यहाँ बहालवाला प्रधानमन्त्रीको हत्या भएको थियो। आज २०२२ मा पनि यस्तो घटना हुनु पक्कै अप्रत्याशित हो। विभिन्न देशसँग समुधुर सम्बन्ध बनाउनका लागि भूमिका खेलेका आबेको मृत्युलाई धेरै देशहरूले राष्ट्रिय शोकका रुपमा मनाए भने चीन र कोरियामा यो घटनापछि केही मान्छेहरूले खुशी पनि मनाए।

शिन्जो आबे जापानका लिबरल पार्टीका नेता थिए। मृत्यु हुनुअघि आबे आफ्नो राजनीतिक दलका उम्मेदवारहरूका लागि प्रचारप्रसारमा व्यस्त थिए। बिहानको साढे ११ बजेतिर उनले भाषण गर्दैगर्दा एक्कासी गोली चलेको आवाज आयो। त्यहाँ उपस्थित सबै आश्चर्यचकित भए र डराए। शिन्जोको सुरक्षा टोली पनि उनीसँगै थियो तर आबेका लागि भनेर कुनै रोक वा सुरक्षा घेरा लगाइएको थिएन। हत्यारा शिन्जोको निकै नजिक आए र उनले आफैँले घरमा बनाएको बन्दुकले गोली चलाए। गोली चलाएर उनले त्यहाँबाट भाग्ने कोसिस समेत गरेनन् र हाल उनी प्रहरी नियन्त्रणमा छन्। हत्यारा ४१ बर्षिय तेत्सुया यामागामीले जापानको नेभी (सेना)मा गरिसकेका छन्। उनले यो हत्याका पछाडी कुनै राजनीतिक कारण नभएको बताएका छन उनी कुनै सक्रिय राजनीतिक व्यक्ति पनि होइनन्।

‘धार्मिक कारणले हत्या’

यामागामीका अनुसार उनकी आमा एक धार्मिक समूहलाई दान गरेर टाट पल्टिसमेकी थिइन्। र, जापानमा कथित धार्मिक समूह छ। त्यस धार्मिक समूहलाई शिन्जो आबेले प्रवर्द्धन गरिरहेका थिए। हत्याराले भनेका छन् कि उनी पहिले त्यो धार्मिक समूहको नेता चिनेर त्यसैलाई मार्न थाहान्थे। तर उनले त्यसो गर्न सकिरहेका थिएनन् र अन्त्यमा शिन्जो आबेलाई आफ्नो निशाना बनाए। समाचार एजेन्सीका अनुसार यी हत्यारालाई शिन्जो आबेको राजनीतिक विचारधारासँग कुनै समस्या थिएन। हत्यालगत्तै जापानका हालका प्रधानमन्त्री फुमिओ किसिदाले ‘यस प्रकारका घटना हाम्रो प्रजातन्त्रको आधार विरुद्वको घटनाहरु हुन र यसलाई सहने वा माफी गरिने छैन’ भनेर भनेका छन्। सामाजिक सञ्जालमा पनि #WeWantDemocracyNotViolence (हामी प्रजातन्त्र चाहन्छौं, हिंसा होइन) भन्ने ट्रेण्ड चलेकोछ। अन्य देशका नेताहरुबाट पनि यस्तै खाले प्रतिक्रियाहरु दिएको पाइयो ।

संयुक्त अधिराज्यका प्रधानमन्त्री, अमेरिकी राष्ट्रपति लगायत विश्वका विभिन्न देश र नेताहरूले शोक जनाए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आबे विश्वका प्रभावशाली नेताहरुमध्ये एक भएको भन्दै उनको निधनमा दुखी भएको बताए भने नेपालमा पनि ‘राष्ट्रिय शोक’ मनाइयो। तर केही चीनियाँ राष्ट्रवादी र कोरियनले भने आबेको हत्यापछि खुशी मनाए । तर त्यहाँका राजनीतिज्ञबाट भने त्यस्तो देखिएन। दक्षिण कोरियाका राष्ट्रपतिले ‘यो हत्या स्वीकार्न नसकिने अपराध हो’ भनेर बताए। चीनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘यो अकल्पनिय घटनालाई चीन–जापान सम्बन्धसँग नजोडियोस्।’ जब उनलाई चीनियाँ सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाबारे उनको के धारणा छ भनेर सोध्न खोजियो तब उनले कुनै टिप्पणी गरेनन्।

सबैलाई थाहा भएकै कुरा हो कि चीन र दक्षिण कोरियाको सम्बन्ध ऐतिहासिक रूपमा जापानसँग केही समस्याग्रस्त रहेको छ। वैदेशिक राजनीतिमा शिन्जो आबेलाई एक आक्रामक राजनीतिज्ञका रुपमा लिइने गरिन्छ। राजनीतिक रुपमा शिन्जोले के गरेका थिए? चीन र कोरियामा मानिसहरुले उनलाई यसरी किन घृणा गर्छन्?

RelatedPosts

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

August 11, 2022
वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

August 10, 2022
बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

August 8, 2022
स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

August 7, 2022

राजनीतिमा शिन्जो आबे

जापानको राजनीतिमा शिन्जो आबे एक ठूलो राजनीतिक वंशजको विरासत थिए। कैयौँ बर्षदेखि उनको परिवारका धेरै सदस्यहरु जापानको राजनीतिका ठूला पदहरूमा सक्रिय थिए। शिन्जोका मावलीतिरका हजुरबुवा नोबुसुके किसी भारत भ्रमण गर्ने पहिलो जापानी प्रधानमन्त्री थिए। एक पत्रिकामा उनले लेखेका थिए, ‘जतिखेर जापान त्यति विकसित थिएन, त्यस्तो समयमा समेत भारतका प्रधानमन्त्री नेहरुले मलाई सबैलाई चिनाउन खोजेका थिए। भारतमा मलाई वास्तवमै सम्मान गर्छन्।’

नोबुसुकेले १९६६ मा लिबलर डेमोक्रेटिक पार्टी स्थापनाका लागि ठूलो योगदान र महत्वपूर्ण भूमिका खेलेका थिए। त्यो यही पार्टी हो, हाल त्यसका नेता शिन्जो आबे थिए। दुई साना कालखण्ड छोडेर स्थापनादेखि लगभग लगातार आजसम्म पनि यो पार्टी सत्तामा रह्यो। शिन्जोका हजुरबुवाका भाइ अर्थात् नोबुसुकेका भाइ इसाकु साटो पनि जापानका प्रधानमन्त्री बनेका थिए। योसँगै शिन्जोका बुवापट्टीका हजुरबुवा आबे कान निर्वाचित संसद थिए। एक समय शिन्जोका बुवा आबे शिन्तारो जापानको परराष्ट्र मन्त्री बनेका थिए। आबेका परिवारका धेरै सदस्यहरु राजनीतिक शक्ति सत्तामा थिए ।

शिन्जोका मावलीतिरका हजुरबुवा र बुवापट्टीका हजुरबुवाको राजनीतिक विचारधारा भने ठिक विपरत वा प्रतिपक्षी थियो। एउटा निकै आक्रामक थियो भने दोस्रो शान्त वा नरम विचारधारा बोक्थे। शिन्जोका बुवातिरका हजुरबुवा आबे कान शान्ती विचारधाराका थिए। उनी सैनिक सरकारको विरोध गर्दथे। उनले जापानले दोस्रो विश्वयुद्वमा भाग नलियोस् भन्दै अभियान चलाइरहेका थिए। कारण स्पष्ट छ कि जापानले यदि विश्वयुद्धमा भाग नलिएको भए अमेरिकाको पर्ल हार्बरमा जापानले जो बम खस्याल्यो, त्यो रोकिने थियो। र, उसको प्रतिक्रियास्वरुप अमेरिकाले हिरोशिमा र नागासाकीमा पछि बम खसालेको थियो। जापानले युद्धमा भाग नलिएको भए त्यो पनि अवश्य रोकिनेथियो। २५ लाख जापानी मानिस जसले यो युद्धमा ज्यान गुमाए, उनीहरु पनि बाँच्थे ।

कट्टर आबे

अर्कोतर्फ शिन्जोका मावलीतिरका हजुरबुवा नोबुसुके किसी जापानी सम्राट शोवाको शासनमा काम गर्दै थिए । शोवाकोलाई एक क्रुर शाशकका रुपमा चिनिन्थ्यो। किसीलाई ‘शोवा युगको राक्षस’ भनेर उपनाम दिइएको थियो। पछि सन् १९४१ को डिसेम्बर ७ मा अमेरिकाविरुद्व युद्व शुरु गर्ने भनेर उनले नै हस्ताक्षर गरेका थिए। सबैलाई थाहा छ कि जापानले दोस्रो विश्वयुद्वमा हार्यो। र, जापानको आत्मसमर्पणको अवस्थाबारे छलफल गर्न चीन, अमेरिका र युकेका शाशकहरु १९४५ जुलाइ २६ मा जर्मनीमा भेटे। २, सेप्टेम्बर १९९५ मा जापानले बीना सर्त आत्मसमर्पण गर्यो। अन्य देशहरुले भनेका सर्तहरु जस्तोकिः जापानमा प्रजातन्त्र पुनः स्थापना गर्नेजस्ता सर्तहरू भने उसले स्वीकार्यो र जापानको संविधान पुनः (शंसोधन?) लेखियो। उक्त संविधानका अनुसार जापानमा मानिसहरु सधैं अन्तर्राष्ट्रय शान्तिका लागि काम गर्नेछन्। कुनै पनि मुद्धालाई समाधान गर्नका लागि जापान युद्धमा जानेछैन।

अब यो प्रश्न उठ्छ कि शिन्जो आबे मावली र बुवापट्टीका हजुरबुवामध्ये कसको बाटोमा हिँडिरहेका थिए? त्यसको जवाफ हो, उनी आफ्नो मावलीतिरका हजुरबुवा नोबुसुके किसीको बाटैमा हिँडिरहेका थिए। उनले कुराकानी र भाषणमा पनि बुवापट्टीको हजुरबुवालाई कमै सम्झन्थे र मावली हजुरबुवाको सैन्यवादी रवैयाबारे गर्वका साथ कुराकानी गर्थे। उनले (रेकर्डमा) भनेका छन् कि ‘म शिन्तारो आबेको छोरा हुँ तर वंशाणुत डिएनए नोबुसुके किसीबाट आएको हुँ।’ जापानको संविधान बदल्ने/शंशोधन गर्ने शिन्जो आबेले निकै प्रयास गरेका छन् र जापानले शान्ति अँगाल्नुपर्ने कुरा समेटिएको संविधानको धारा ९ लाई सिध्याउने/हटाउन पनि उनी लागि परेका थिए। आबेको कदम निकै आक्रामक र सैनिकतिर झुकेका देखिन्थे।

विश्वयुद्ध–२ का दौरान विभिन्न देशमा गरेका अपराधका लागि उनीभन्दा पहिलेका धेरै प्रधानमन्त्रीले अन्य देशहरूसँग माफी मागेका छन। तर शिन्जो आबेको अडान अरुभन्दा ठिक विपरित रहेको थियो। या त उनले जापानको त्यो त्रासदीबारे बोल्दै बोलेनन् या उनले यसलाई अस्वीकार गर्ने गरे। उनले यो कुरा नमान्ने कोसिस गरे।

कम्फर्ट स्टेसन

दोस्रो विश्वयुद्धताका २ लाख एसियन महिलालाई अपहरण गरिएको थियो र जापानी सेनाका लागि ‘कम्फर्ट स्टेसन’ भन्दै उनीहरूलाई बन्दी र दासी बनाएर हिंसा गरिएको थियो। महिला अत्याचारको सो मुद्धालाई बेवास्ता गरेपछि २०१५ मा शिन्जोले खुब आलोचना सुन्न परेको थियो। आबेको राजनीतिक करियरमा एउटा अर्को ठूलो विवाद २००७ मा भएको थियो। उनीमाथि कैयौं भ्रष्टाचारको आरोप लागेका थिए। लगभग ५ करोड पेन्सन रेकर्ड हराएको भनेर उनको सरकारको निकै आलोचना भएको थियो ।

आजका दिनमा पनि विश्व व्यापार संगठनमा जापानले दक्षिण कोरियालाई मुद्धा लगाएको छ। किनकी दक्षिण कोरियाले जापानी उत्पादनलाई आफ्नो देशमा रोक लगाएको छ। रोक लगाउनुको कारण २०१५ मा फुकुसिमामा भएको न्युक्लियर दुर्घटना भएको बताइएको छ। दक्षिण कोरिया सरकारले यो रेडियोएक्टिभयुक्त दुषित खाना जापानबाट आयात होस् भन्ने चाहन्न। तर जापान यो कुरालाई अनुचित मान्दछ र दक्षिण कोरियाको विरोधमा छ। यसबाट बुझ्न सकिन्छ कि दक्षिण कोरियाका मानिसहरु किन जापानका विरुद्वमा छन्। यो भन्दामाथि जुन ‘कम्फर्ट महिला’को कुरा गरिएको छ, ती महिलाहरुलाई दक्षिण कोरिया र चीनजस्ता देशहरुबाट अपहरण गरिएको थियो। र, चीनियाँ र दक्षिण कोरियाका मानिसहरू त्यस बिषयलाई हृदयदेखि नै गम्भिर रुपमा लिन्छन्।

यी सबै कुराकाबीच पनि शिन्जो आबेको राजनीतिक करियर एक सफल राजनीतिज्ञका रुपमा बनेको छ। र, त्यस पछाडीको एक ठूलो कारण हो : आबेनोमिक्स। अर्थात् आधारभूत रुपमा भन्दा शिन्जो आबेको आर्थिक नीति। जब उनी दोस्रो पटक अर्थात् २०१२ मा सत्तामा आए, जापानले एसियाको ठूलो आर्थिक शक्तिका रुपमा रहेको स्थिति घटाएको थियो। भारत र चीन जापानभन्दा अगाडी गइसकेका थिए। आफ्नो देशको आर्थिक विकासका लागि आफ्नो दोस्रो कार्यकालमा यीनले केही यस्ता कदम चाले जसलाई आबेनोमिक्स भनेर चिनिन्छ। तीन वटा मुख्य कदमहरु थिए। पहिलो, निकै कम ब्याजदर लागु गर्ने अर्थात् अल्ट्रा लो इन्ट्रेस्ट रेट। जसका कारणले हर कसैलाई पनि ऋण लिन सजिलो भयो। दोस्रो, सरकारी खर्च बढाउने। त्यस नाममा जापानमा अर्बौँ डलर खर्च गरियो, पूर्वाधार–संरचना निर्माणका लागि। त्यस क्रममा मानिसहरूलाई ठूलो मात्रामा नगद हस्तान्तरण/भुक्तान गर्नुपर्यो।

र, तेस्रो, संरचनात्मक आर्थिक सुधार अर्थात् उत्पादकता तिब्र पार्नका लागि गरिएको आर्थिक सुधार। यस अन्र्तगत रेड टेप कट (सरकारी नीयमहरुलाई सहज बनाउने) काम पनि भयो। यस क्रममा महिलालाई आर्थिक क्षेत्रमा सहभागी गराइयो, जेष्ठ नागरिकलाई पनि काम गर्न प्रोत्साहन गरियो। यी प्रयासका कारण आर्थिक बृद्धि भयो र बेरोजगारी दर घट्यो। यद्यपि, आबेनोमिक्स पूरा रुपमा सफल भने भएन। मुद्रास्फीति र तलब बृद्धिमा भने त्यति नियन्त्रण आउन सकेन। जेजे भएपनि आबेले गरेका प्रयासहरूका कारण उनलाई सम्झिइनेछ। एउटा धार्मिक मिसनसँग सम्बन्धित भएकै कारण अन्ततः ज्यान गुमाउन पुगेका आबेले, कुल मिलाएर आफ्ना पछाडी एक विरासत भने छोडेर गएका छन्।

ध्रुव राठीको युटुबमा च्यानलमा ‘किन भयो शिन्जो आबेको हत्या?’ शीर्षकको भिडियो विश्लेषणको नेपाली अनुवाद। अनुवादः महेश पाण्डेय।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

by हिरण्यलाल श्रेष्ठ
August 11, 2022

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले एउटा तरंग सिर्जना गरेको छ। राष्ट्रपति जो बाइडेनले पेलोसीको यो भ्रमण अमेरिकाको...

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

by भूपाल राई
August 10, 2022

म कवि हुँ, कविता लेख्छु । यहाँ हामी ठूला–ठूला कुराहरू, मार्क्स-लेनिनका कुराहरू गर्छौं, ठूला–ठूला जार्गनहरू प्रयोग गर्छौं। तर, म कवि...

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

by राम कार्की 'पार्थ'
August 8, 2022

हरेक आन्दोलन र क्रान्तिले नयाँ पदावलीहरू सिर्जना गर्छन्। भइरहेकै पदावलीलाई पनि क्रान्तिले नयाँ अर्थ दिन सक्छ। यदि आन्दोलन र क्रान्तिले...

स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

by nepal_readers
August 7, 2022

आउँदो मंसीर ४ गतेका लागि सरकारले संघ तथा प्रदेशको चुनाव घोषणा गरेको छ। चुनावी सरगर्मी बढ्दै गर्दा आउँदो संघीय सरकार...

आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

by रोशन जनकपुरी
August 5, 2022

पञ्चायतकालमा काठमाडौँमा हातहतियारको चर्चा भइरहेको थियो, तराईका कम्युनिष्टहरूले भरुवा बन्दुक लिएर आलीको पछाडिबाट प्रहरीविरुद्ध फाइरिङ गरिरहेका थिए। नेपाली कम्युनिष्ट आन्दोलमा...

के युरोप जीवित रहला ?

के युरोप जीवित रहला ?

by nepal_readers
August 3, 2022

-पाओलो गेर्बाउडो- आजका दिनमा आइपरेको संकटका कारण, विगत केही दशकका मान्यताहरूलाई तोड्दै राज्य पुनर्जीवित भएको छ। यो अझै जागा हुँदै...

Leave Comment

Recommended

ghanashyam

सबै बिग्रियो र सत्यानाश भयो भन्छौँ तर यसलाई केले सुधार्ने?

5 months ago
कोरोनाभाइरस–२ ले अमेरिकालाई पनि माग्ने बनायो

कोरोनाभाइरस–२ ले अमेरिकालाई पनि माग्ने बनायो

2 years ago

Connect with us

Popular Post

  • नेपाली समाजका ७ अन्तरविरोध

    नेपाली समाजका ७ अन्तरविरोध

    0 shares
    Share 0 Tweet 0
  • भौतिकशास्त्रले कसरी समृद्धि ल्याउँछ?

    0 shares
    Share 0 Tweet 0
  • गीतामा के छ ? गीता कस्तो छ ? 

    0 shares
    Share 0 Tweet 0
  • नेपालमा वर्ग र जात/जाति

    0 shares
    Share 0 Tweet 0
  • पतित–वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In