Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जब नेपाली महिला बोलिन्…

निकै ढिलाएर बोल्न थालेको बालक, एकबाजि बोल्न थालेपछि अरुहरुलाई पनि जित्ने किसिमले वाक्पटु भएझैं २००४ सालदेखि बोल्न थालेका नेपाली महिला पछिपछि त पुरुषलाई पनि उछिनेर बोल्न थाले। यही नारी शिक्षा नै थियो श्री ३ पद्मशम्शेरको नेपाली समाज सुधारमा सबभन्दा ठूलो देन।

सरदार भीमबहादुर पाँडे सरदार भीमबहादुर पाँडे
भदौ १०, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    श्री ३ पद्मको अठ्ठाइस महिनाको राजकाजमा धेरैजसो समय नेपालमा वैधानिक कानून तर्जुमा गर्न, जनतामा नयाँ राजनीतिक जोश जगाउन र थोरबहुत परराष्ट्र सम्बन्ध विस्तार गर्नमा लागेकाले, नेपालको अति आवश्यक आन्तरिक आर्थिक विकास तर्फ नगण्य  काम भयो। श्री ३  जुद्धको पालामा सुरु मात्र भएको ‘औद्योगिक व्यापारी समाचार संग्रह अड्डा’ को प्रान्त र योजनाबद्ध तरिकाले नेपालको आर्थिक विकास गर्ने जोश दुवै श्री ३ पद्म पालामा निकै सेलाए- उनको ध्याउन्न नेपालको आर्थिक विकासतर्फ भन्दा राजनीतिक सुधारपट्टि बढी जानाले।

    खालि पूर्व-पश्चिम राजमार्ग बनाउने पुरानो निर्णय कार्यान्वयन गर्न खटिएका ले.क.  सूर्यजङ्ग थापा मे.क.  नृपजङ्ग राणाले  वीरगञ्जबाट पूर्व-पश्चिम राजमार्गमा अलिकति माटो खोस्रनसम्म सुरु गरे (त्यसलाई पद्म मार्ग भन्दथे)। ‘ ‘युरोपका राष्ट्रमा भइरहेको आर्थिक विकासको अध्ययन गरी, के कसो गर्नाले नेपालको छिटो आर्थिक विकास हुन सक्तछ त्यसको  प्रतिवेदन पेश गर्नू’  भनी २००४ साल(सन् १९४७ अगष्ट २२ तारिख) मा लण्डनस्थित  नेपाली दुतावासका काउन्सेलर मी. सु. भीमबहादुर पाँडे युरोपका विभिन्न राष्ट्रमा औद्योगिक सर्भेलाई पठाइए र जनसंख्या विभाग, औद्योगिक-व्यापारिक समाचार संग्रह अड्डामा गाभिई नयाँ ढाँचाले जनसंख्या लिने योजनासम्म बन्यो। 

    श्री ३ पद्मको त्यो छोटो शासनकालमा नेपालमा सबैभन्दा ठूलो मार पर्‍यो भर्खर-भर्खर हुर्कन थालेको नीजि क्षेत्रको नेपालको उद्योगधन्दामाथि। श्री ३ जुद्धले भन्दा बढी चाँडो नेपालको औद्योगिक विकास गर्ने ध्येयले श्री ३ पद्मले, त्यसबेला भारतमा नअटाएका, अलि जाली खालका निकै भारतीय- सर्वश्री लायल्का र सुदजस्तालाई  नेपालमा उद्योगधन्दा खोल्ने स्वीकृति प्रदान गरे।  यी छट्टू भारतीयहरुले  केही बकमफुस  नेपालीसँग मिली नेपालगञ्ज, वीरगञ्ज, जनकपुर र विराटनगर जुट मिलको सुlरुको सुनौला कथा सम्झी आँखा चिम्लेर किने। 

    तर ती  तथाकथित भारतीय पूँजीपतlले कम्पनी खोल्ने र शेयरको लाभांश दिने त परै जओस्, शेयरको होल्डरले किनेको शेयरको पहिला किस्ता नै दमपच पारेकाले नेपाली जनताको लिमिटेड कम्पनीप्रतिको को पुरानो शेयरमुखी भावनामा कुठाराघात पर्‍यो। श्री ३ जुद्धको पालामा जत्तिको नेपालीहरुको शेयरमुखी थिए अब उत्तिकै त्यसको विरोधी श्री ३ पद्मको पालामा पल्टे । कुनै कुरामा एकबाजि भएको जनविश्वास फेरि बिउँत्याउन गाह्रो पर्ने हुँदा त्यस बेलादेखि पब्लिक लिमिटेड कम्पनीका म्यानेजिङ्ग एजेन्टप्रति नेपालीको मरेको मन पछिसम्म मरेको-मर्‍यै नै रह्यो ।

    श्री ३ जुद्वको पालामा खुलेको लिमिटेड कम्पनीका म्यानेजिङ्ग एजेन्टले पनि पछिपछि आफू मोटाउन र कम्पनी दुब्लाउने खोटो तरिका अपनाउन सुरु गरेकाले पनि जनताको नयाँ खुल्ने भनेका कम्पनीप्रति जनआस्थाको भावना २००४ सालतिर थपिन थालेको, झनझन थपिंदै गयो । उद्योगको जस्तै चाला भयो कृषि, वन र यातायात विकासको ।  कृषिको चाँडो विकास गर्ने चर्चा चल्दाचल्दा डिल्लिबजार चारखाल अड्डाभित्रको सानो चौटा चहुरमा पो कृषि विभागले कृषिको चमत्कार देखाउन तरकारी खेती  लगायो।

    गौचर, डाले घाँस र दाना बेगर पशु विकास र उन्नति बीज,मल, र पवल जल नभई खाली प्रचारको भरमा कृषिको विकास हुने भए, सायद त्यसबेला कृषिको विकास नेपालमा हुँदो हो। देश विकासलाई केहीमात्रामा प्रचारप्रसारको जरुर आवश्यकता छ; तर खाली प्रचारको निमित्त प्रचार गरेर मात्र राष्ट्र विकाश किमार्थ हुन्न; सुन्ने मानिस देख्न र भोग्न नभएपछि थाक्ने मात्र होइन निराश पल्टन्छ। एक कानले सुन्दछ अर्कोले  उडाउँदछ । 

    कृषि विकासको नाममा चारभञ्जाङभित्रका गौचरणहरु वितरण भए विभिन्न चाकरदारी र छट्टुहरुको नाममा र परवानीपुर कृषि फाराम भ्याङ्गिनको बदला सुक्दै गयो;  वन बिशेषज्ञ मि. स्मीथिजलाई मि.रतौडी (पुराना मास्टर ईश्वरीदत्तका छोरा) ले बदले पनि तराईको जंगल जथाभावी लिलाममा बेच्ने प्रथा र हिन्दुस्तानी ठेकेदारले मनोमानी नेपालको जङ्गल काट्ने क्रम रोकिएन; पूर्व-पश्चिम बाटोको डोब खनिए पनि खास  प्रगति भएन;  बिजुली थपिएन; नहर बनेनन्; खानेपानीको नयाँ प्रबन्ध भएन। उत्पादन बढेन, जनसंख्या र महँगी बढे पनि जनताको  क्रयशक्ति बढेन।

    श्री ३  चन्द्रशमशेरको पालामा सरदार बटुकृष्ण मैत्रीय र श्री ३  भीम शमशेरको पालामा बडाकाजी रत्नमानले नेपालमा चुरोट झिकाउने एकलौटी ठेक्का (चुरोटको हट्टी)  पाएझैं श्री ३ पद्मको पालामा सुब्बा हितमान शेरचनले ठूलो(तीन लाख रुपैयाँ) रकम प्रधानमन्त्रीलाई सालिन्दा सलामी चढाएर जनतालाई पैसा चुरोट ख्वाउने शर्तमा, चुरोटको हट्टीको ठेक्का पाए।  नेपालमा त्यतिन्जेल पैदा नहुने चुरोटजस्तो पदार्थ पैठारी गर्न एक व्यक्तिलाई एकाधिकार दिएकोमा धेरैको चित्त बुझेको थिएन र श्री ३ पदमा भारततर्फ लागे पछि त्यो ठेक्का पनि धेरै दिन टिकेन। 

    श्री ३ पद्म प्रधानमन्त्री हुँदासम्म पनि नेपालको राजस्व कति उठ्दथ्यो, त्यो त अनभिज्ञ थियो।  जे-जति उठेको होस् साविक-दर-साविकदेखि भएको दरबन्दी निकासा खर्च भन्दा मो. रु. सात लाख बाउन्न हजार चार सय छयालीस र भा.रु. बाईस लाख बैसठ्ठी हजार चार ‍सय रकम(जुन रकम अघि प्रधानमन्त्रीको बाहुलीमा दाखिला हुन्थ्यो)  नेपालमा पुल, बाटो, अस्पताल, म्युनिसिपलेटी, छापाखाना, स्वास्थ्य र शिक्षामा खर्च गर्न सालबसाली निकासा भएको कुरा प्रधानमन्त्रीका २००४ साल जेठको घोषणामा परेको थियो।  नेपालको कुल राजस्व अन्दाजी मो. रु. तीन करोड हुँदा  त्यसमध्येबाट ३५ लाख रुपैयाँ जति थप लगती खर्च निकासा हुनु पनि त्यसबखत ठूलो उदार आर्थिक नीति सम्झिन्थ्यो।  त्यसबखत बजेट पास गर्ने चलन नहुँदा राजस्वको खर्चलाई लगते र पटके भन्दथे। पटके खर्च गर्दा  खड्गनिसानाबाट सदर गराउनपर्दथ्यो।

    त्यो खर्च मध्ये सबभन्दा बढी रकम नेपालको शिक्षा विकासमा भयो- नेपालमा चाँडो शिक्षा प्रचार गर्ने श्री ३ पद्मको  सुरु देखिको ताक हुँदा । २००४ साल जेठ ३ गते श्री ३ पद्म ले देशवासीका नाममा दिएको छ देशमा ‘नयाँ सेसनको सुरुदेखि नै सदरमा सात स्कूल निजि क्षेत्रमा खोल्ने इजाजत प्रदान भइसकेको छ’ भने।  त्यसअघि नेपालमा शिक्षण संस्थाहरु सबैजसो सरकारबाट चलेका थिए र उनीहरुमा नि:शुल्क पढाई हुन्थ्यो।  दरबार स्कूल र त्रिचन्द्र कलेज कतै पनि विद्यार्थीले फि (शुल्क) तिर्न पर्दैनथ्यो।

    श्री ३ पद्मको पालामा सर्वप्रथम जनता आफैले नेपाल सरकारको स्वीकृति लिएर स्कूल खोल्न पाउने मौका पाए। निजी क्षेत्रमा चाँडो स्कूल ल्याउनु भन्ने हुकुम तत्कालिन चिफ- इन्स्पेक्टर अफ स्कूल श्री ऋषिकेश शाहलाई भयो (शाहजीले पनि मी. सु. विश्वमणिले जस्तै श्री ३ पद्मलाई कहिलेकाहीँ देश-विदेशका छापा पढेर पनि सुनाउँदथे)  र उनले ठाउँठाउँमा गएर नयाँ माध्यमिक र निम्नमाध्यमिक  स्कूलहरु खोलाए। जनताले आफ्नै खर्चमा स्कूल खोल्न र छोराछोरी पढाउन पाउने निकासा पाउनु आजकलको सन्दर्भमा मामुली कुरा भए तापनि  यस बखत त्यो के-के न थियो । श्री ३  देवशम्शेरको कन्या पाठशाला खोल्ने १९५८ सालको सदोच्छा यसरी २००४ सालमा श्री ३  पद्मले पुर्याउन खोजे भने भयो । 

    २००३  सालदेखि नै नेपालमा पनि भारतमा जस्तै शिक्षालाई बढी व्यवसायिक बनाउने धुन चलेको थियो। भारतमा त्यस्तो किसिमको शिक्षाका प्रवर्धक  थिए महात्मा गान्धी र मि. जाकेर हुसेन(पछि राष्ट्रपति)।  यसलाई आधार शिक्षा अथवा वार्धा शिक्षा व्यवस्था पनि भनिन्थ्यो।  नेपालमा वार्धा शिक्षा प्रचार गर्ने हुन लागेका थिए शिक्षा विभाग विभागका डाइरेक्टर जनरल मे.ज. मृगेन्द्र असिष्टेण्ट डाइरेक्टर श्री जीतेन्द्रबहादुर शाह, प्रिन्सिपल रुद्रराज पाण्डे, तारामान सुवाल र नेत्रबहादुर थापाहरु । नानकिङ्ग्मा भएको नयाँ शिक्षा व्यवस्थासम्बन्धी छलफलमा भाग लिन सरदार नरेन्द्रमणि आचार्य दीक्षीत पठाइए। 

    श्री ३ पद्मको शासनकालमा नेपालमा धेरैजसो बिषयमा कामभन्दा कुरा, छलफल र फाल्तु वादविवाद हुने क्रमअनुसार  नेपालमा व्यवसायिक शिक्षा चलाउने कुरा मात्र भयो, काम उस्तो केही भएन । शिक्षा विकास र अरु त्यस्तै नयाँ-नयाँ विचार श्री ३ पद्मशम्शेरको मनमा पुर्‍याइदिने अरु नयाँ पुराना व्यक्तिहरु थिए – प्रिन्सिपल श्री रुद्रराज पाण्डे, सरदार नरेन्द्रमणि आचार्य दीक्षित, श्री सूर्यप्रसाद उपाध्याय, गोरखापत्रका सम्पादक प्रेमराज पौडेल, ऋषिकेश शाहहरु । सही राष्ट्रिय शिक्षा देश विकासको मूलभूत आधार हुँदा २००३/०४ सालतिर नेपालमा थोरबहुत शिक्षाको विकासतर्फ त्यो प्रयास प्रगतिसूचक गनिएको थियो । 

    २००३/०४ सालतिर नेपालमा यदि कुनै कुराको ठोस प्रगति केही भयो भने त्यो हो नारी शिक्षाको।  यसअघि स्वास्नीमानिसले  स्कुलमा गएर पढ्ने कुरा त परै जाओस्  घरैमा पनि पढ्ने बहुतै कम चलन थियो।  कथंकदाचित्  हुनेखाने कसैले आफ्ना छोरीहरुलाई पढाउन खोजिहाले भने त्यो पनि बालक कालमा निकै बुढा पण्डित र मास्टर लगाएर पढाउँथे।  एकाध स्वास्नीमानिसले थोर-बहुत नेपाली पढे तापनि अंग्रेजी पढ्नेको संख्या त औंलामा गन्न सकिन्थ्यो । स्वास्नीमानिसलाई अंग्रेजी पढाउनु त बेकार सम्झिन्थ्यो। 

    नारीहरुले पनि कुनैदिन पढ्लान्, जागिर खालान्, नेपालको विकास कार्यमा सहभागी बन्लान्  र अनेक  संघ-संगठन  खोल्लान् भन्ने त २००४  सालसम्म नेपालमा मानिसले सपनामा पनि देखेका थिएनन्। धर्मशास्त्रमा नारीको स्थान उच्चै भएपनि घरव्यवहारमा त्यतिन्जेल ती निकै तल परेका थिए।  हरिप्रिया काण्डपछि (श्री ३  रणोद्दीपकी  रानीले जंगबहादुरका सन्तान तर्फ लाग्नाले कुलमा झगडा भएको) कुनै प्रधानमन्त्रीका रानी महारानीले पनि प्रत्यक्ष रुपले र जान्ने भएर राजकाजमा हस्तक्षप गर्ने मौका पाएनन्।  उहिले-उहिले रानी महारानीहरुले मौका परेको बेलामा खुसखुस आफ्ना पोइलाई कुरा नलगाउने त हैनन्; तर धेरैले स्वास्नीको कुरा सुन्दैनथे। सुन्ने एकाधलाई जोइटिङ्ग्रे र स्वास्नीको मूतमा बगेको भन्ने आरोप लाग्दथ्यो । 

    राणाकालभरि राणाजीका बडामहारानी, रानी, नानीसाहेब र भारदारका स्वास्नीको लवाइ अति सानदार हुन्थ्यो।  सुरुसुरुमा त उनीहरू कल्कीसमेत लगाउँदथे, पछि पछि पारसी ढाँचाले लुगा लगाउने चलन बस्यो । तर बाहिर उनीहरुले जतिसुकै सिँगारपटार पारेपनि, भित्र उनीहरुको उति गणना हुँदैनथ्यो ।  काठमाडौंका मध्यम र तल्लो वर्गका स्वास्नीमानिसको त समस्त जीवन बित्दथ्यो घरधन्दामा नै । घरधन्दा(जुठो,चुलो, कपडा धुने, बत्ती कात्ने, दुनाटपरी गाँस्ने, पानी ल्याउने, बच्चालाई आफ्नो दुध खुवाउनेजस्ता काम) बाट उनीहरुले फुर्सत निकाली पूजाआजा गर्दथे।  ग्रामोफोन सुन्नलाई पनि कतिले त सम्पन्न मानिसको विवाह जस्ता उत्सव पर्खन पर्दथ्यो, गाईजात्रा सिवाय अरु बेला रसरङ्ग हुँदैनथे।

    २००४ साद जेठ ४ गतेको श्री ३  महाराजको ऐतिहासिक भनिएको भाषणमा ‘ नेपालमा कन्या स्कुलहरू पनि खोलिने छन् तर तिनमा विशेषगरी नेपाली नारीको चोखो शीलस्वभावमा हानी नहुने प्रबन्ध गर्नु छ।’  भन्नेकुरा परेको थियो।  त्यसो बखत नेपालमा प्रधानमन्त्रीले कुनै कुरामा आफ्नो मन्तव्य व्यक्त गरेपछि त्यो बज्रलेप हुन्थ्यो। त्यसमा कसैले पनि यताउति तल-माथि पर्ला भनी नसोच्ने चलनले गर्दा ‘नेपाली नारीको चोखो शीलस्वभाव’ अब पनि यथावत् रहने भयो भनेर बुढापाकाहरु ढुक्क थिए। ‘मुठीको भन,दृष्टिको स्वास्नी’ भन्ने नेपालको पुरानो उखानमा अति विश्वास गर्ने त्यस बखतका भोलाभाला पुराना विचारहका नेपालीहरुले नारीवर्गको चोखो शीलस्वभाव यथावत् रहन्छ भन्ने श्री ३ पद्मको कुरा सुनेर लामो सास फेरेका थिए । 

    श्री ३ को त्यस भाषणमा टेकेर सर्वप्रथम क्षेत्रपाटीमा कन्या मन्दिर (स्वर्गीय बझाङ्गे राजा जयपृथ्वीबहादुर सिंहका रानीले दिएको चन्दासमेतबाट) र डिल्लीबजारमा मे.ज वसन्तशम्शेरका दरबारमा पद्मकन्या स्कूल खुले । त्यतिका शताब्दीसम्म पिछडिएका, घरमा कर्के भ्याल पारेर बाहिर हेर्ने, एक्लै ठाडो शिर गरेर काठमाडौंको बाटामा डटेर हिंडेको देख्दा पुरानो विचारधारा भएका मानिसहरु धुम्रकेतुको ‘जीवितम् किम् नदृश्यते’ भन्ने भनाइ सम्झी, बाँच्यो भने यस्तो पनि देख्न पाइँदोरहेछ भनी गज खाए । त्यसबेलासम्म अशिक्षा, अन्धविश्वास र कुरीतिका शिकार बनी कोठामा कोचिएका मध्यमवर्गका नेपाली नारीको निमित्त त नेपालका पद्मशम्शेर बने टर्कीका कमल पाशाजस्ता । 

    निकै ढिलाएर बोल्न थालेको बालक, एकबाजि बोल्न थालेपछि अरुहरुलाई पनि जित्ने किसिमले वाक्पटु भएझैं २००४ सालदेखि बोल्न थालेका नेपाली महिला पछिपछि त पुरुषलाई पनि उछिनेर बोल्न थाले । यही नारी शिक्षा नै थियो श्री ३ पद्मशम्शेरको नेपाली समाज सुधारमा सबभन्दा ठूलो देन । नारी शिक्षाले नेपाली समाजलाई चौपट पार्दछ भन्ने त्यो पुरानो भस्मासुर विचार कति गलत रहेछ भन्ने कुरा २००४ सालपछिको शिक्षित नेपाली नारीहरुले विभिन्न क्षेत्रमा देखाएको चमत्कारले प्रमाणित गर्दछ ।  

    सरदार भीमबाहदुर पाँडेको ‘त्यस बखतको नेपाल’, चौथो भागबाट साभार। 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सरदार भीमबहादुर पाँडे

      सरदार भीमबहादुर पाँडे

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.