Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
Sunday, May 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जूम शिक्षाले बालापनलाई ध्वस्त बनाउँदैछ

नेपाल रिडर्स नेपाल रिडर्स
जेष्ठ ६, २०७७
- यो हप्ता, विमर्शका लागि, सामयिक, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    समुदायको विचरण नगरी र हिलोमाटोमा नखेली सिकाइ सम्भव छैन। समुदायले नदुत्कारी र स्यावासी नदिई बालक परिपक्व नहुन सक्छ। शिक्षा जूमको माध्यमबाट हुन्छ भन्नु कति हाँस्यास्पद हो। शिक्षितहरुले कोठामा थुनेर र काँचको पर्दा हेराएर बच्चालाई सिकाउन तम्सनुलाई सुकर्म भन्न मिल्दैन। बच्चाको बुद्धि विकासको लागि भिन्नभिन्न व्यक्तिहरु, सिकाइ तरिकाहरु, र लक्षहरुबीच अन्तरक्रिया र पहुँच हुनु जरुरी पर्दछ।

    हो! कोरोनाभाइरस महामारीको कारण बच्चाहरु स्कुल जान पाएका छैनन्। तर मुलुकका शैक्षिक संरचनाले कुनै बन्द कोठामा जबरजस्ती कोच्दै अनलाइन शिक्षा दिने प्रयाश मान्य हुन सक्दैन। अनलाइन सिकाइले केही नै बुद्धि विकासमा सहयोग गर्दैन भन्न खोजिएको होइन। तर बच्चाहरु ६/७ महिना कितावभित्र कोचिएको र घेरा लगाइएको सूचनाबाट अलग रहिहालेमा विश्वमा ज्ञान विलुप्त हुँदैन। त्यसमाथि कोरोनाको कहरबाट पुरै दुनियाँ मानसिक सन्तापले उकुसमुकुस भइरहेका बेला यान्त्रिक सिकाइ कुनै मानवको हृदयमा प्रवेश गर्न सक्दैन। यसकारण बच्चाहरुका लागि मानव–केन्द्रित सिकाइ संचालन गर्नसक्ने गरी घरभित्र रहेका अभिभावकहरुलाई उन्मूख गराउने सूचना–प्रवाह गर्नु आवश्यक छ।

    असल सिकाइ शारिरीक अभ्यास हो, भर्चुअल होइन

    शिक्षाको उद्देश्य नागरिकहरुलाई जीवनलाई सफलता र सरलपूर्वक व्यतित गर्न सकिने अवस्था तयार गरिदिनु हो। युवाहरुलाई असल र संतोषजनक पेशा खोज्न र उनीहरुको जीवनलाई प्रभावित गर्ने महत्वपूर्ण मामिलाहरु बुझ्न सकिने गरी सक्षम बनाउनु हो। अनलाइन शिक्षाले केही आधारभूत जानकारी दिमागभित्र हुलिदिन सक्ला तर कलिला नानीहरुका मष्तिष्कमा जिज्ञासा, गहन सोच र संवेदनात्मक ज्ञान रोप्न तथा उत्पादन गर्न सक्दैन। यसले कुनै विषयवस्तुलाई एक संरचनाभित्र सोच्न र घोक्न सिकाउन सक्ला तर यसले २१औं शताव्दीको जटिल समाजमा हेल्न सक्ने ज्ञान, तर्कशीलता र कौतुहलता जगाउन सक्दैन।

    अधिकांश सिकाइ खेलमार्फत हासिल गर्न सकिन्छ। बच्चा स्वभावले नै जिज्ञासु हुन्छन्– तिनीहरु आफ्ना परिवेश वा दुनियाँलाई जान्न र बुझ्न खोज्छन्। हरेक वस्तुलाई छामेर र टोकेर बुझ्न तिनीहरुले आफ्ना हातपाउ चलाउन सक्नेभएपछि शुरु गर्छन्। बच्चाको हातपाउ चलाउन पर्ने शिक्षाले खेल्ने, खोज्ने र सिक्ने अवस्था सिर्जना गर्दछ। बच्चाको खोज वा जिज्ञासाले कुनै वस्तु वा परिवेशबारे महशुस गर्नसक्ने बनाउँछ। कुनै वस्तु वा परिवेशबारे महशुस गर्नसक्ने भएपछि बच्चाको एक वैचारिक प्रणाली विकसित हुने अवस्था बन्छ, कुनै वस्तु वा परिवेश या आफूसामू घटेका घटनाहरुका जानकारीलाई प्रशोधन गर्न थाल्छ र अन्तत: बच्चाले कुनै विषयबारे एक ठोस धारणा वा चित्र बनाउन सक्छ।

    बालकहरुले जतिजति आफ्ना वरपरका भौतिक परिवेश देख्दछन् तिनीहरुमा कौतुहुलता र जिज्ञासा बढ्न थाल्छन्। राति किन अध्यारो भएको हो ? राति आकासमा तारा किन देखिएका हुन्? स्याउ कहाँबाट आयो? सिकाइमा यस्ता प्रश्नहरु सोध्न र खोज्न सकिने अवस्था हुनुपर्छ। तिनीहरुका जिज्ञासा र खोज गर्ने उपाय वा काइदा बताउनका लागि शिक्षकहरु र अभिभावकहरु तयार हुनु पर्छ। यो निर्देशात्मक नभई सहजताका लागि हुनु पर्छ।

    जतिजति बच्चाहरुले जिज्ञासालाई समाधान गर्दै जान्छन् त्यति त्यति नै उनिहरुमा नयाँ र कठिन मामला र जिज्ञासाहरु प्रति जिज्ञासा बढ्न थाल्छन्। यसरी नै बच्चाहरुले वास्तवमा संसार कसरी चलिरहेको छ बुझ्दै जान्छन्। जति बुझ्यो झन् कठीन बच्चाहरु समस्याको खोजमा अग्रसर हुन्छन्।

    भावनात्मक विकास आवश्यक छ

    अनलाइन सिकाइले जीवनभरको लागि जिज्ञासा पैदा गर्न सक्दैन। र यसरी नै बच्चाहरुलाई गहन विचारक हुनका लागि तयार गर्न सक्दैन। यसले सोच्न होइन तयारी ज्ञानको उपयोग गर्ने बानी बसाउँछ। कट एण्ड पेस्ट तिनीहरुको दिनचर्या बन्छ।

    शिक्षाले कुनै पनि समस्यालाई व्यक्तिभित्र भएको ज्ञानले समाधान गर्नसक्ने बनाउनु पर्छ। यो रचनात्मक समाधान हो। रचनात्मक समाधान र सावधानीपूर्वक गरिने परख एकै साथ काम गर्ने  प्रक्रिया हो। कुनै पनि बच्चाको विचारलाई विकसित गर्न र उसका तर्कहरुलाई उचित छ–छैन भनेर परीक्षण गर्नका लागि बच्चाले शिक्षकहरु र अरु सहपाठीहरुसँग कुराकानी वा छलफल गर्नुपर्छ। शिक्षकसँग नम्रतापूर्वक प्रश्नोत्तर गरेर बच्चाले बहु-आयामिक दृष्टिकोण विकसित गर्न सक्छ भन्ने कुरा सधैं सही मान्न सकिदैन। बच्चाको दृष्टिकोणलाई व्यापक बनाउन सहपाठीबीच प्रतिस्पर्धा र मेलमिलाप दुवै हुने परिवेश हुनु पर्छ, जुन कम्प्युटर यन्त्र मार्फत हुन सक्दैन।

    बालकमा परिपक्वतामा ढाल्दै जान भावनात्मक समझदारी बढाउदै जानु आवश्यक पर्छ। कुनै पनि परिपक्व वयस्कहरुले जीवनको सामान्य उकाली ओरालीमा आएका समस्या र अवसरका लागि तयार र सामना गर्न सक्छन्। यस्तो तयारी वा भावनात्मक समझदारीका लागि आवश्यक पर्ने गुण र कला शिक्षाले सिकाउनु पर्छ। भावनात्मक समझदारीमा आत्म-बोध, सामाजिक जागरूकता, र आत्मियता हुनुपर्छ। अबका दिनमा यस्तो मानवियता अति नै महत्वपूर्ण हुनेछ। किनकि नियमित कामहरु त अब यन्त्रहरुले गर्नेछन् र ज्ञान पनि अब सजिलै सुपर-क्लाउडबाट बटुलबाटुल गर्न सकिन्छ। विश्लेषणात्मक प्रक्रिया आर्टिफीशियल इन्टलिजेन्स (एआई) बाट तुरुन्तातुरुन्तै प्राप्त गर्न सकिन्छ। सामान्य अनुभवहरुलाई उपयोग गर्दै कुनै समस्याको विश्लेषणात्मक समाधान निकाल्ने काम अब कम्प्युटरलाई दिन थालिएको छ।

    भावनात्मक गुण अब बौद्धिक गुणभन्दा ज़्यादै महत्वपूर्ण भएको छ। यसकारण शिक्षालाई आधारभूत कुसलता सिकाउने कुरामा मात्र सिमित गरिनु हुँदैन। बच्चाहरुलाई सिकाउने परिवेश राम्रो अवस्था बनाउनु पर्छ र त्यस परिवेशमा भित्रि तहमा पुगेर पढाइ हुनुपर्छ। जसमा सहपाठि र मानवतावादी शिक्षक सामेल हुनुपर्छ। शिक्षा भावनात्मक आवश्यकताहरुको खोज गर्दै तिनीहरुको प्राप्ति हुने उपायहरु बुझाउन सक्ने हुनुपर्छ। यसो भएमा बच्चाहरुले जीवनमा आइपर्ने चुनौतिहरुलाई आफैं व्यवस्थापन गर्न र तिनीहरुले सामाजिक जागरुकता सिक्न सक्नेछन्। भावनात्मक सिकाइ सहपाठी सँगसँगै अभ्यासबाट मात्र सम्भव छ निर्जिव यन्त्रबाट होइन। यो २१ औं सताव्दीको सफल पेशाकर्मी हुनका लागि भावनात्मक सिकाइ धेरै महत्वपूर्ण छ।

    शिक्षाको काम यन्त्रलाई दिनु हुँदैन

    अनलाइन शिक्षाले भौतिक सिकाइ र भावनात्मक व्यवस्थापन गर्ने कुशलता सिकाउन सक्दैन। यो समवर्षी र सहपाठीका खेलहरु, ख़ासगरी प्रतियोगित्मक खेलहरुबाट हासिल गर्न सकिन्छ। ती खेलहरु स्कूले पाठ्यक्रमबाट नै बच्चाहरुलाई धेरै खेलहरु सिकाउनु आवश्यक छ। आत्म-बोध र अनुशासन सिकाउन उनीहरुलाई खेलको टोलीको सदस्यहरु बनाउनु पर्छ। नाटक, हाजिरी जवाफ, वादविवाद जस्ता अतिरिक्त क्रियाकलापहरुले समेत बच्चाहरुलाई निरन्तर डटेर र मुकावला गरिरहन राम्ररी सिकाउन सक्छन्।

    सामुहिक अभ्यास र खेलले बच्चामा कैयन मामलामा लचिलो हुनुपर्ने सिकाउँछ, कहिले हार स्वीकार गर्न र कहिले जीतको गर्व गर्न सिकाउँछ। यसरी नै बच्चालाई धैर्य र सक्षम वयस्कता तिर अघि बढाउँछ। यसले तिनीहरुको जीवन, काम र असल नागरिक बन्नमा सफल बनाउन सहयोग पुर्‍याउँछ।

    कम्प्युटर व्यापारीहरुले कम्प्युटरको बाहिरी पर्दा हेर्नासाथ बच्चालाई कसरी मोहनी लगाउने कुरा सिकेका छन्। कम्प्युटर गेमहरु र गेम खेल्दा पाउने नम्वर तथा पुरस्कारले गर्दा खानपीन छाडेर बच्चाहरु कम्प्युटरका दाश नै बन्दैछन्। बाआमा र हजुरआमाका कुरा, माया–ममता लत्याएर र सहपाठीका दिलभित्र बस्न छाडेर बच्चाहरु हृदयहीन बन्दैछन्।

    शिक्षा मूल रूपमा नै आमाबाको जिम्मेवारी हो बालकको शिक्षालाई यन्त्रवत शिक्षक वा यन्त्रको काँधमा जिम्मेवारी दिन सकिदैन। यसैगरी आमाबालाई शैक्षिक प्रविधिको आकर्षणबाट लोभिनबाट जोगाउनु पर्छ। कम्प्युटरको की मा बच्चाले दाव्न थालेको देखेर मक्ख पर्ने अवस्थालाई निन्दनीय बनाउनै पर्छ।

    २१ औं शताव्दीमा मानवतालाई कायम र विकसित गर्न मानववीच समानूभुति र यस बीचमा उत्पन्न हुने समस्यालाई समाधान गर्न  रचनात्मकता अपरिहार्य छ। यसलाई मानवको  हार्दिकतापूर्ण मेल-मिलापबाट मात्र सम्भव छ। कोरोना भाइरसका दुनियाँमा, हाम्रो शिक्षा प्रणालीलाई मानव-केन्द्रित सिकाइको ढाचाँमा बदल्नु पर्छ। बच्चालाई शिक्षा दिन समुदाय जरुरी छ, स्क्रीन होइन। विभिन्न एजेन्सीका सन्दर्भ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.