Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

अमेरिकामा सन् २०१९ मा अहिलेसम्मकै सबभन्दा धेरै हत्या, ४१ आमहत्या काण्डमा २११ जनाको ज्यान गयो

by पत्रपत्रिकाबाट
December 30, 2019
- समाचार
अमेरिकामा सन् २०१९ मा अहिलेसम्मकै सबभन्दा धेरै हत्या, ४१ आमहत्या काण्डमा २११ जनाको ज्यान गयो
Share on FacebookShare on TwitterEmail

अमेरिकामा सन् २०१९अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बन्न पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन्।असोसियटेड प्रेस, यूएसए टुडे र नर्थइस्टर्न विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्क अनुसार सन् २०१९ मा मात्रै ४१ वटा आम हत्या काण्ड भएका र २११ जनाको ज्यान गएको छ।हत्या गर्ने मानिस स्वयंको निधनबाहेक चार वा चारभन्दा बढी मानिस मारिनुलाई आम नरसंहार मानिएको छ।

सन् २०१९ मा भएका सबभन्दा घातक हत्याकाण्ड चाहिँ मे महिनामा भर्जिनिया बीचमा भएको १२ जना मारिएको र अगष्ट महिनामा भएको एल पासोमा २२ जना मारिएकोलाई मानिएको छ।

तथ्याङ्क
सन् २०१९ मा भएका ४१ मध्ये ३३ वटा काण्डमा बन्दुक प्रयोग गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। राज्यका हिसाबले क्यालिफोर्नियामा सबभन्दा धेरै – आठवटा आम हत्याका घटना भएको थियो।सन् १९७० सम्मको तथ्याङ्क हेर्दा सन् २०१९ भन्दा बढी हत्या काण्ड भएको नपाइएको एपीले जनाएको छ।

सन् २००६ दोश्रो धेरै आम हत्या भएको वर्ष थियो। यो वर्ष ३८ वटा त्यस्ता काण्ड भएका थिए।सबभन्दा धेरै हत्याकाण्ड सन् २०१९ मा भएको भएपनि सन् २०१७ मा मृत्यु हुने मानिसको सङख्या अहिलेसम्मकै धेरै छ। त्यो वर्ष २२४ जनाको यस्ता हत्याकाण्डमा ज्यान गएको थियो।

त्यो वर्ष लस भेगसमा भएको एउटा समारोहमा भएको आम नरसंहारमा ५९ जनाको ज्यान गएको थियो।अनुसन्धानकर्ताहरू भन्छन्- अमेरिकामा भएका यस्ता कैयौँ आम नरसंहारमा पारिवारिक कलह, लागु औषध सम्बन्धी काण्ड वा गुन्डाहरूको समूह संलग्न हुने गरेकाले कैयौँ घटना अखबारहरूको शीर्ष समाचार बन्न सक्दैनन्।

अपराधशास्त्री तथा मेट्रोपोलिटन स्टेट युनिभर्सिटी इन मिनेसोटाका प्रोफेशर जेम्स डेन्सलीले कुल मानव हत्याको सङ्ख्या घटेको भएपनि आम नरसंहार काण्डको सङ्ख्या भने बढेको बताए।

उनले एपीलाई भने, ‘यस्ता आम नरसंहारले पनि मृत्यु हुनेको सङ्ख्या बढाएको छ।’अहिले आम हत्याको सङ्ख्या बढ्नु आंशिक रूपमा अमेरिकामा ‘आक्रोशपूर्ण र निराशाजनक समयूले गर्दा भएको हो तर यस्ता अपराध लहरका रूपमा आउने जाने गर्ने उनको विश्वास छ।’यो आम हत्याको युग जस्तो देखिएको छ’ उनले भने।बन्दुक राख्न पाउने अधिकार अमेरिकाको संविधानको दोश्रो संशोधनमा व्यवस्था गरिएको छ।

छलफल
र आम हत्याहरू भएपनि अमेरिकी कानुन निर्माताहरूबीच बन्दुक नियन्त्रणमा सुधार ल्याउनेबारे कम छलफल हुने गरेको छ।अगष्टमा डेटन, ओहायो र एल पासो टेक्ससमा भएका घातक आक्रमणपछि राष्ट्रपति डोनल्ड ट्रम्पले कङ्ग्रेसका नेताहरूबीच ‘गम्भीर छलफल’ हुने र बन्दुक राख्नेहरूको पृष्ठभूमिको ‘अर्थपूर्ण’ परीक्षण गरिने बताएका थिए।

तर ट्रम्पले बिस्तारै त्यो प्रतिवद्धता छोडेको र त्यसो हुनुमा न्याशनल राइफल एशोशियशनका प्रमुख कार्यकारी वायन लापीएरेसँग भएको उनको लामो टेलिफोन वार्ता कारक रहेको बताइएको छ।उक्त टेलिफोन वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपतिले ‘पृष्ठभूमि’ जाँच भइरहेको र आम हत्या ‘मानसिक समस्याका’ कारण हुने गरेको बताएका थिए।उच्च नेतृत्वमा रहेका डेमोक्र्याटहरूले बन्दुक नियन्त्रणका लागि कठोर उपायहरू अवलम्बन गर्न आग्रह गर्दै आएका छन्।

यो महिनाको सुरुतिर राष्ट्रपतिका उम्मेददार तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले स्यान्डी हूक स्कूल गोलीकाण्डको सातौँ वार्षिकी अवसरमा बोल्दै बन्दुक नियन्त्रणका लागि कडा नियम ल्याउनुपर्नेमा जोड दिएका थिए।

बाइडेनको योजनामा सबै हतियार उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाउने र सबै बन्दुक बिक्रीको पृष्ठभूमि परीक्षण गर्नु अनिवार्य बनाइने उल्लेख छ।अर्की ड्रेमोक्र्याट सम्भावित उम्मेदार एलिजाबेथ वारेनले यो वर्षको सुरुतिर नियम र कारवाही बलियो बनाएर बन्दुकका कारण हुने हत्या ८० प्रतिशतले घटाउने योजना अगाडि सारेकी थिइन्।बीबीसीमा समाचार छ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago
स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.