अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोगः १९७ विरुद्ध २३२ मत

0
32
७ दिनमात्र कार्यकाल बाँकी हुँदा राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई अमेरिकी प्रतिनिधि सभाले महाअभियोग प्रस्ताव पारित गरेको छ।
डेमोक्रेटिक पार्टीका २२२ र रिपब्लिकन पार्टीका १० गरी २३२ जनाले महाअभियोग प्रस्तावको पक्षमा मतदान गरेका छन् भने रिपब्लिकन पार्टीका १९७ ले विपक्षमा मतदान गरेका थिए र ४ जनाले कतै पनि भोट गरेनन्।
उनलाई निर्वाचनको परिणामको प्रामाणीकरण रोक्न राष्ट्रपति ट्रम्पले आफैँ उपस्थित भएर भाषण गर्दै आफ्ना समर्थकहरूलाई उक्साएर क्यापिटल हिलमा आक्रमण गराएको अरोप थियो। यस आक्रमणमा दुई सुरक्षाकर्मी सहित ५ जनाको ज्यान गएको थियो।
स्मरण रहोस्, आगामी जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइडन राष्ट्रपतिको पदबहाली गर्दैछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया