Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकी साम्राज्य टाट पल्टिसक्यो

जन वाइटहेड जन वाइटहेड
फाल्गुन ११, २०७४
- अर्थतन्त्र, विमर्शका लागि, समाचार
A A
0
पहिलो बटालियन, आठौं इन्फेन्ट्री रेजिमेन्ट “फाइटिङ्ग इगल्स्” सैनिक जवानहरू, पूर्वी रोमानियाको मिहाइलकोगाल्निसिएलगमा रहेका अमेरिकी सैनिक अखडामा रेल मार्फत आईपुगेका टैङ्कहरू साथमा हिड्दै, मंगलबार, १४ फेब्रुअरी, २०१७ । (ए पी/एन्ड्रिया अलेक्जान्ड्रु)

पहिलो बटालियन, आठौं इन्फेन्ट्री रेजिमेन्ट “फाइटिङ्ग इगल्स्” सैनिक जवानहरू, पूर्वी रोमानियाको मिहाइलकोगाल्निसिएलगमा रहेका अमेरिकी सैनिक अखडामा रेल मार्फत आईपुगेका टैङ्कहरू साथमा हिड्दै, मंगलबार, १४ फेब्रुअरी, २०१७ । (ए पी/एन्ड्रिया अलेक्जान्ड्रु)

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन् २००१ देखि अमेरिकी सरकारले अफगानिस्तान र इराक युद्धमा १८ खरब डलर अर्थात् प्रति घण्टा ८३ लाख डलर खर्च गरेको थियो।

    म के भन्दैछु ध्यान दिनुहोस् ! “अमेरिकाको युद्ध खर्चले राष्ट्रलाई कङ्गाल बनाउने छ“। किनकि अमेरिकाको युद्ध खर्चको कारण अहिले नै त्यसको थाप्लोमा २०० खरब डलर ऋणको भारी छ।

    ट्रम्प प्रशासनले विदेशमा रहेको आफ्नो सैनिक साम्राज्य धान्न र देशभित्र नाटकीय रूपले पुलिस राज्य विस्तार गर्न आर्थिक वर्ष २०१९ का लागि  ४४ खरब डलरको बजेट अघि सारेको छ। यो भार थपिंदा संघीय घाटामा ७० खरब डलरको भार थप्नेछ। सिमानामा पर्खाल खडा गर्ने आफ्नो कुख्यात चाहनाका लागि ट्रम्प अमेरिकी करदाताहरूबाट रकम असुल्ने दाउमा छन्।

    नीति विश्लेषक स्टान कोलेन्डरले चेतावनी दिएका छन् कि ट्रम्प “अहिलेसम्मका सबैभन्दा बढी घाटा र ऋण बढाउने राष्ट्रपति बन्नेछन्।” उनको यस्तो कथन सत्य सावित हुँदैछ। स्मरणीय छ कि “बजेट घाटा भनेको संघीय सरकारले कमाउने भन्दा बढी खर्च गर्ने अवस्था हो। सार्वजनिक ऋण अर्थात् राष्ट्रिय ऋण भनेको वषौं वर्षको बजेट घाटा पूर्ति गर्न संघीय सरकारले लिएको ऋणको परिणाम हो।”

    अहिले अमेरिकी सरकारका सबै मोर्चाहरु ऋणैऋणले सञ्चालित छन्–  तीबाट आय भन्दा बढी खर्च भइरहेकाछन्। खर्च धान्ने ऋणका लागि अमेरिकी सरकारले करदाताबाट असुल गरिरहेकोछ। यसले विदेशी सरकारहरू र सामाजिक सुरक्षाकोषबाट सरकार चलाउन र विदेशमा कहिलै समाप्त नहुने युद्ध सञ्चालन गर्न भारी मात्रामा ऋण लिइरहेको छ। यस्तै कार्यहरुबाट नै सबैजसो सैनिक साम्राज्यहरू यी क्यान्सरका कोष जसरी फैलने र नमरुन्जेल खर्च गराएर ढल्ने र असफल हुने गरेका छन्।

    रोममा यही भयो र अमेरिका यस्तै हुँदैछ।

    अमेरिकालाई विश्वको पहरेदार बन्नका लागि सुसज्जित सेना चाहिन्थ्यो हालका दशकहरूमा अमेरिकाले पुलिसहरुलाई समेत युद्ध मैदानमा प्रयोग गरिने हतियारले सुसज्जित तुल्याउँदै आफ्नो भूमिलाई विस्तारै रणमैदानमा परिणत गरिरहेको छ। पदभार ग्रहण गरेपछि राष्ट्रपति ट्रम्पले आफ्ना पूर्वजहरूले जस्तै सेनाका कदममा कदम मिलाउँदै अघि बढिरहेका छन्। अहिले विश्वमा अमेरिकी सैन्य विस्तारका लागि ७ खरब १६ अरब (७१६ विलियन डलर) को माग गरिरहेका छन् र थप प्रहरी भर्ति, थप कारागार निर्माण र लागु औषध विरोधी युद्ध/आतङ्कवाद विरोधी युद्ध/अपराध विरोधी युद्ध जस्ता नाफामूलक कार्यक्रमहरू सञ्चालन गर्न अरु अरबौं डलर चाहन्छन्, जसले देशलाई सुरक्षित बनाउन त परै जावोस्, चौथो संसोधनको धज्जी उडाउने छ।

    पूर्वाधारका लागि माग गरिएको कोषले पनि राष्ट्रका जिर्ण अवस्थामा पुगेका सडक, पुल, रेलमार्ग, राजमार्ग, विद्युत ग्रीड र बाँधहरूको स्तरोन्नति गर्न सक्ने छैन। जुनसुकै तवरले बाँडफाट गरे पनि यो बजेट संघलाई परिपक्व बनाउन, न्यायपूर्ण अवस्था सिर्जना गर्न, घरेलु शान्ति स्थापना गर्न, आम सुरक्षाको प्रत्याभूति गराउन, आम रूपमा कल्याणकारी व्यवस्था कायम गर्न, वा अमेरिकी जनतालाई स्वतन्त्रताको आसिर्वाद प्रदान गर्न बनेकै होइन। चुनावी अभियानका क्रममा ट्रम्पले बजेट सन्तुलित बनाउने र भ्रष्टाचारको गन्दगी सफा गर्नेछु भनी गरेका वाचा हावादारी नै हुन्। टड्कारो आर्थिक सत्य त के हो भने सैनिक औद्योगिक कम्प्लेक्सहरूले गर्दा अमेरिका टाट पल्टिइरहेको छ रोगी, बृद्ध वा गरीबहरूका कारणले होइन।

    अनुसन्धान पत्रकार युरी फ्रेइडम्यान अनुसार विगत १५ वर्ष देखि संयुक्त राज्य अमेरिका क्रेडिट कार्ड लिएर आतंकवाद विरुद्ध लडिरहेको छ,“ पेन्सन फण्ड जस्ता अमेरिकी संस्थाहरू र राज्य तथा स्थानीय सरकारहरू र चिन र जापान जस्ता देशहरूलाई अमेरिकी ट्रेजरी बण्ड बेचेर उठाएको ऋणबाट युद्धको खर्च धानिरहेको छ।” आज भन्दा ५० वर्ष अगाडि राष्ट्रपति ड्वाइट डि आइजनहावरले सावधान गराए जस्तै हतियार उद्योग र पेण्टागनको बिचको गैह्रकानुनी मर्जर (गाभिने) अहिले आएर राष्ट्रको कमजोर पूर्वाधार माथिको सबैभन्दा ठूलो त्रास बनेको छ।

    अमेरिकालाई प्रति घण्टा २ करोड डलर ऋण लाग्दैछ। यो भनेको दैनिक १.५ खरब डलर हो। यसरी दिनप्रति दिन ऋणमा चुर्लुम्म डुबाउने काम हातहतियारका लोभी ठेकदार, भ्रष्ट राजनीतिज्ञ र असक्षम कर्मचारीहरूको मिलेमतोमा भइरहेको छ। स्मरण रहोस् कि यो ऋण अमेरिकी साम्राज्यको विदेशी भूमिमा लडिने युद्धका लागिमात्र हो। अझ, यसभित्र विश्व भरी फैलिएका अमेरिकाका १००० भन्दा बढी सैनिक अखाडाहरूको व्यवस्थापन र सैन्य तैनाथीको खर्च समावेश गरिएको छैन। गजब त के छ भने अमेरिकाले विश्व जनसङ्ख्याको ५ प्रतिशतमात्र ओगट्छ तर विश्वको कुल सैन्य खर्चको ५० प्रतिशत अमेरिकाले गर्दछ। यति सैनिक खर्च उपछिका १९ राष्ट्रहरूको संयुक्त सैन्य खर्च भन्दा बढी छ। स्मरणमा राख्‍नुहोस् अमेरिकाले युद्धमा गरिरहेको खर्च अमेरिकाका ५० राज्यहरूले स्वास्थ्य, शिक्षा, लोकहित र सुरक्षामा गर्ने कूल खर्च भन्दा बढी रकम हुन आउँछ।

    युद्ध सस्तो हुँदैन

    उपराष्ट्रपति माइक पेन्स, सिरियाली सिमा नजिकै अमेरिकी सैनिकहरूलाई स्वागत गर्दै, वनवरी २१, २०१८ । (ए पी/केन थोमस)

    संघीय सरकारले रक्षा खर्चका विषयमा धेरै कुरा स्पष्ट नबताउने भएकाले वास्तविक खर्चको परिमाण प्राप्त गर्न कठिन छ, तापनि सन् २००१ यता अफ्गानिस्तान र इराक युद्धमा अमेरिकी सरकारले १८ खरब डलर भन्दा बढी अर्थात् प्रति घण्टा ८३ लाख डलर खर्च गरेको हामीलाई जानकारी छ। यसभित्र विश्वभर सञ्चालित अन्य युद्धहरू र सैनिक अभ्यासहरूको खर्च समावेश गरिएको छैन। यो खर्च बढ्दै गएर सन् २०५३ सम्ममा १२० खरब डलर पुग्ने अनुमान गरिएको छ। याद राख्‍नुहोस्! भ्रष्टाचार, घुसखोरी र ब्याप्त असक्षमताले जेलिएका यी युद्धहरूले अमेरिकालाई सुरक्षित राख्‍न केही गरेका छैनन् बरु यसको उल्टो करदाताको पैसाबाट सैन्य औद्योगिक कम्प्लेक्सहरू र निजी क्षेत्रका रक्षा ठेकेदारहरू धनी भएका छन्। उदाहरणका लागि हालसालै नाम चलेको एउटा लेखापरिक्षण गर्ने संस्थाले पेण्टागनका ठूला एजेन्सीहरूमध्ये कुनैले पनि दशौं लाख डलर बराबरको बेरुजु खर्च फस्र्यौट गर्न सकेका छैनन् भन्ने निष्कर्ष निकालेको छ।

    एउटा मनन योग्य तथ्य के छ भने अफ्गानिस्तानमा खटाइएका प्रत्येक सैनिक माथि अमेरिकी करबाट पैसा प्रति वर्ष २१ लाख डलर खर्च हुन्छ। कल्पना गर्नुहोस् ! त्यति मात्राको रकम देशभित्रका आवश्यकता पूरा गर्न खर्च गरिएको भए के के गर्न सकिन्थ्यो। दुर्भाग्यवश! निकट भविष्यमा यस्तो हुनेवाला छैन, जबसम्म वासिङ्टनका द्रव्यपिसाचहरूको पैसा स्वार्थअनुरुप निर्णयहरू गरिइन्छ र युद्धबाट लुट्न पाईन्छ। युद्ध ठूलो धनराशी कमाउने कारोवार बनेको छ र आफ्नो विशाल सैन्य साम्राज्यका कारण अमेरिका त्यसको उत्तम क्रेता र विक्रेता दुवै बनेको छ। अमेरिका सबैभन्दा ठूलो रक्षा बजेट भएको राष्ट्र मात्र नभएर त्यो विश्वको सबैभन्दा धेरै हातहतियार निर्यात गर्ने राष्ट्र पनि बनेको छ।

    अमेरिकी सैन्य–औद्योगिक कम्प्लेक्स आकार र फैलावटको हिसाबले  इतिहासमै सबैभन्दा ठूलो बनेको छ जो पृथ्वीभरी नै दिर्घकालीन युद्ध संचालन गर्न निरन्तर समर्पित छ। उदाहरणको लागि देशभित्र सुरक्षा निगरानी खडा गर्ने क्रममा अमेरिकाले आफ्नो सैन्य साम्राज्य फैलाउन विश्वका १७७ वटा देशमा (विश्वका ७०% देशहरू) आफ्नो सेना तैनाथ गरेको छ। त्यसका लागि विश्वभरी विलासी सैन्य संरचनाहरू निर्माण गर्न अरबैं डलर गरिएको छ। उदाहरणका लागि इराकमा निर्मित अमेरिकी दुतावासलाई लिन सकिन्छ। “बगदाद किल्ला” भनिने उक्त दुतावास १०४ एकड जमिनमा फैलिएको छ र १५ फिट चौडा पर्खालले घेरिएका ६ वटा आवाश भवन, सैनिक ब्यारेक, पौडी पोखरी र पसलहरु छन्, यसकारण अमेरिकाले आफ्नो दुतावासलाई “शहर भित्रको शहर” भएको घमण्ड गर्छ। विश्वका धरै स्थानमा रहेका अमेरिकी सैन्य अखाडा जस्तै इराक अवस्थित एनाकोण्डा क्याम्प स्वीमिङ पुलहरू, फास्ट फुड रेस्टुरेन्टहरू, सानो आकारको गल्फ कोर्स र सिनेमा घरहरू सहितको सानोशहरको रूपमा निर्माण गरिएको थियो। अधिकांश अमेरिकीहरूले आफ्ना घरलाई न्यानो वा शितल बनाउन नसकिरहेको अवस्थामा अमेरिकी सरकार अफगानिस्तान र इराकमा निर्मित सैन्य संरचनाहरूको एरकन्डिसन गर्नका लागि वार्षिक २ करोड डलर खर्च गरिरहेको छ।

    हामी इराक, अफगानिस्तान र अन्य स्थानहरूका मरुभूमिलाई शितल बनाउन खर्च गरिरहेका छौं। एक मिनट यस बारे सोचौं। सरकार अझ रक्षा विभाग र त्यसका ठेकेदाहरूका विषयमा बोल्दा आम मानिसहरू “घमण्डी”, “भ्रष्ट” र “असक्षम” जस्ता शब्दहरू त्यसै प्रयोग गर्दैनन्, यसका पछाडि जायज कारण छन्। उदाहरणका लागि सरकारको जवाफदेहीता कार्यालयले गरेको अध्ययनले पेण्टागनको ७० अरब डलर बराबरको बेरुजु फगत व्यवस्थापनमा असफल भएका कारण भएको थियो। तुलना गरेर हेर्दा उक्त रकम भनेको स्टेट डिपार्टमेन्टको ४७ अरब डलरको बार्षिक बजेटको डेढ गुणा रकम हो।

    सारमा इराकमा खटिएका जनरल डेभिड पेटङेयसका बन्दोबस्ती सामग्री आपूर्ति प्रमुख रहिसकेका अवकाश प्राप्त ब्रिगेडियर जनरल स्टेभेन एन्डरसन अनुसार, “हामी इराक, अफगानिस्तान र अन्य स्थानहरूका मरुभूमिलाई शितल बनाउन खर्च गरिरहेका छौं”। एक मिनट यस बारे सोचौं। सरकार अझ रक्षा विभाग र त्यसका ठेकेदाहरूका विषयमा बोल्दा आम मानिसहरू “घमण्डी”, “भ्रष्ट” र “असक्षम” जस्ता शब्दहरू त्यसै प्रयोग गर्दैनन्, यसका पछाडि जायज कारण छन्। उदाहरणका लागि सरकारको जवाफदेहीता कार्यालयले गरेको अध्ययनले पेण्टागनको ७० अरब डलर बराबरको बेरुजु फगत व्यवस्थापनमा असफल भएका कारण भएको थियो। तुलना गरेर हेर्दा उक्त रकम भनेको स्टेट डिपार्टमेन्टको ४७ अरब डलरको बार्षिक बजेटको डेढ गुणा रकम हो।

    जालसाजी ब्याप्त छ

    उदाहरणका लागि एउटा सरकारी लेखा परिक्षणमा बोइङ कम्पनीले करदाताहरूबाट अमुक पाटपुर्जाका नाममा कैयन गुणा बढी मुल्य असुलेको देखियो, फलस्वरुप अरबौं डलर फजूल खर्च हुन पुग्यो। उक्त प्रतिवेदनअनुसार अमेरिकी करदाताले निम्नानुसार रकम भुक्तान गरेको देखियो।

    “४ सेन्ट पर्ने एउटा धातुको पिनका लागि ७१ डलर, १२.५१ डलर पर्ने एक रुपियाको ढ्याक जस्तो सुक्ष्म गियरका लागि ६४४.७५४ डलर, अर्थात् ५१०० प्रतिशत बढी असुलेको देखियो। अर्को ७.७१ डलर पर्ने एक रुपियाको ढ्याक भन्दा सानो पुर्जाको १६७८.६१ डलर असुलेको देखियो, यसमा २१०० प्रतिशत मूल्य बढाइएको देखियो। त्यस्तै ४ सेन्ट पर्ने एक रुपियाको ढ्याक भन्दा सानो पुर्जा र लाखौ मानिसले प्रयोग नगरेको सानो र पातलो धातुको पिनको ७१.०१ डलर असुलेको देखियो: अर्थात् १,७७,००० प्रतिशत मुल्य बृद्धि।

    मुल्य बृद्धि अमेरिकी सैनिक साम्राज्यभित्र भ्रष्टाचारको सर्वस्वीकृत रूप बनेको छ। र तपाईं देशभित्र इन्धनको मुल्य बृद्धि हुनसक्छ भन्ने सोचिरहनु भएको छ भने कस्तो मुल्यमा देश बाहिर बेच्नका लागि अमेरिकी करदातालाई बाध्य पारिएको छ: इराक र अफगानिस्तानमा तैनाथ सैनिकहरूका निम्ति इन्धन पुर्‍याउन सबै खर्च जोड्दा हामी प्रति ग्यालन इन्धनका लागि १८–३० डलर तिरिरहेका छौं। भ्रष्टाचार, दुरुपयोग र फजुलखर्चबारे थुप्रै प्रतिवेदनहरू सार्वजनिक हुँदा पनि यस्ता नालायकीपनका जिम्मेवार मेगा कर्पोरेसनहरूलाई नै अरबौं डरलका सैनिक ठेक्का दिइरहनु उदेक लाग्दो छ। इराक, अफगानिस्तान र अन्य ठाउँहरूमा किन अमेरिकी सैन्य तैनाथ गरिरहनु पर्ने भन्ने प्रश्नको जवाफ फेरिइरहन सक्छ तर सरकार चलाउनेहरूले हरदम सैनिक औद्योगिक कम्प्लेक्सलाई पोषण गरिरहन्छन्।

    अल कायदालाई सिध्याउने भनी सन् २००१ मा थालिएको प्रयास सैनिक औद्योगिक कम्प्लेक्स र त्यसका निजी ठेकेदारहरूका जमातका लागि सुनखानीमा परिणत भयो। यो तथ्य पनि मनन गर्नुहोस्: सन् २००८ मा आम अमेरिकी नागरिकले वार्षिक रूपमा जति कमायो त्यो भन्दा बढी पेन्टागनले इराकमा प्रति सेकेण्ड खर्च गर्‍यो। यस्तो वास्तविकतामा पनि कङ्ग्रेस र ह्वाइट हाउस करदाताहरूलाई राष्ट्रको बढ्दो घाटा नियन्त्रण सामाजिक सुरक्षा र मेडिकेयर जस्ता “कानुनी हकहरू” मा कटौति मात्र अचुक उपाय हो भनी स्वीकार गराउन चाहन्छ। मार्टिन लुथर किङ जुनियरले भने जस्तै सैनिक साम्राज्य अन्तरगत युद्ध र त्यसको नाफा मानिसका आधारभूत मानवीय आवश्यकता माथि जहिल्यै हावी हुन्छ। स्पष्ट शब्दमा भन्दा हामी हाम्रो अति विस्तारित सैनिक साम्राज्य थेग्न सक्दैनौं।

    अफगानिस्तानमा कार्यरत एक बरिष्ट प्रशासनिक अधिकारी भन्छन्, “पैसा भनेको ८०० पौण्डको नयाँ गोरिल्ला हो।” उनी थप्छन्, “पैसाले विवादलाई ‘के यो रणनीतिले काम गर्छ’ बाट ‘के हामी यसलाई धान्न सक्छौं’ पुर्‍याउछ। र जब हामी यसरी हेर्न थाल्छौं मिसनको उद्‍देश्यलाई एकरति पनि वकालत गर्न सकिदैन भनेर बुझ्न थाल्छौं।” वा एकजना टिप्पणीकर्ताले भनेका छन्, “हाम्रो देशको भविष्यको ढोका बन्द भएको कुरालाई वकालत गर्न सकिदैन।”

    अन्ततः सैनिक साम्राज्यहरू ढल्नेछन्

    के हामी रोम हौं? का लेखक र भेनिटी फेयरका सम्पादक कलेन मर्फी लेख्छन्:

    “एक सहस्राब्दी पछि अमेरिकालाई चिन्न कठिन हुनेछ। त्यो राष्ट्र–राज्यको रूपमा अस्तित्वमा नरहन सक्छ – वा विल्कुनै नरहन पनि सक्छ। त्यो संक्रमण क्रमिक र शान्तिपूर्ण हुनेछ वा हठात र ध्वंसात्मक हुनेछ? के हाम्रा सन्ततिहरूले समाजमा हामीले भोगेका भन्दा उत्तम उत्पादनशील जीन्दगी बाँच्नेछन्? जे जस्तो भए पनि के अमेरिकी लिगेसीका (बर्चस्व) बहुमुल्य पक्षहरू आउँदो सभ्यताको धागोमा बुनिनेछ? के ती दिनहरुमा इतिहासकारहरूसँग के अमेरिका साच्चै ढलेकै हो भनी सोध्ने कारणहरू हुनेछन्?”

    हामी जुधिरहेको समस्या भनेको मेगा–कर्पोरेसनहरू, सुरक्षा–उद्योग कम्प्लेक्सहरू र च्याउसरी फैलिरहेको सेना भएको विकृत अमेरिकी साम्राज्यवाद बाहेक अरु केही होइन। र त्यसले निरपेक्ष प्रभुत्वको सपना देखिरहेको छ।

    यद्यपी, अन्ततः सबै सैनिक साम्राज्यहरू ढल्नेछन्

    एक सहस्राब्दी पछि अमेरिकालाई चिन्न कठिन हुनेछ। त्यो राष्ट्र–राज्यको रूपमा अस्तित्वमा नरहन सक्छ – वा विल्कुनै नरहन पनि सक्छ। त्यो संक्रमण क्रमिक र शान्तिपूर्ण हुनेछ वा हठात र ध्वंसात्मक हुनेछ? के हाम्रा सन्ततिहरूले समाजमा हामीले भोगेका भन्दा उत्तम उत्पादनशील जीन्दगी बाँच्नेछन्? जे जस्तो भए पनि के अमेरिकी लिगेसीका (बर्चस्व) बहुमुल्य पक्षहरू आउँदो सभ्यताको धागोमा बुनिनेछ? के ती दिनहरुमा इतिहासकारहरूसँग के अमेरिका साच्चै ढलेकै हो भनी सोध्ने कारणहरू हुनेछन्?

    शक्तिको शिखरमा रहेका समयमा शक्तिशाली रोमन साम्राज्यले पनि आफ्नो खस्कदो अर्थतन्त्र र फैलदो सेनालाई देख्‍न सकेन । मूलरूपमा लामो समयसम्म लडिरहनु पर्ने युद्ध र झुटो आर्थिक समृद्धीले उसको अन्त्य निम्त्यायो। इतिहासकार चाल्मरर्स जोनसन भविष्यवाणी गर्छन्:

    “विगतका प्रजातान्त्रिक साम्राज्यहरूको नियतिले यस्तो द्वन्द्व धान्न सकिंदैन र त्यस्तो दुई मध्ये एक उपायबाट समाधान हुन्छ। रोमले साम्राज्यलाई जोगाउन खोज्यो र प्रजातन्त्र गुमायो। ब्रिटेनले प्रजातान्त्रिक रहने चाहना राख्यो र त्यस क्रममा आफ्नो साम्राज्य गुमायो। जानेर होस्! वा नजानेर, अमेरिकाका जनता अप्रजातान्त्रिक साम्राज्यको मार्गमा अघि बढिसकेका छन्।

    मेरो विचारमा हाम्रा सामू विभिन्न कारणहरू र प्रभावहरूको संगम छ, जो फगत रोमसँग गरिने तुलनाभन्दा धेरै पर जानेछ। यो छद्मभेषी तानाशाही अर्थात् फासिवाद, सरकार र कर्पोरेट शक्तिहरूको गठजोडसहितको जर्ज अरवेलको १९८४ र विश्वभर फैलिएको सैनिक साम्राज्यसहितको पूर्ण निगरानी राज्य (-total surveillance state_ बिचको गठबन्धन हो। यसरी प्रहरीको सैनिकीकरण, सैन्यवादको बृद्धि र त्यसमाथि भरपर्नुलाई देशभित्रका र बाहिरका हाम्रा समस्याहरूको समाधानको रूपमा हामीले भोगिरहेको अवस्थाले अमेरिकी समाज संचालनका आधारभूत सिद्धान्तहरू माथि असर गर्छ। हामीले के हेक्का राख्‍नुपर्छ भने सैनिक साम्राज्य समानता र न्यायका उदात्त आदर्शहरूबाट होइन तरबारको शक्तिबाट संचालित हुन्छ। सेनामा भएका मानिसहरू प्राथमिक रूपले युद्ध सञ्चलन गर्न तालिम प्राप्त हुन्छन् शान्ति सम्बर्धन गर्न होइन।

    एउटा झट्का: यदि अमेरिकी साम्राज्य ढल्यो र अमेरिकी अर्थतन्त्र ध्वङ्श भयो भने — र यसका साथै हाम्रो संवैधानिक गणतन्त्रको अवशेष  भयो भने— यसको दोष सरकार र उसको खरबौं डलरको युद्ध बजेटलाई जान्छ।

    निश्चय नै सरकारले यस्तो अवस्था आउने अपेक्षा गरेको नै होला।

    यसै कारणले सरकारले अमेरिकालाई रणभूमीमा परिणत गरेको छ र राष्ट्रलाई निगरानी राज्यमा परिणत गरेको छ र “हामी जनतालाई” बैरीका लडाकूको बिल्ला भिराएको छ। बर्षौं देखि सरकारले सेनासँग मिलेर आर्थिक मन्दी, कार्यमूलक राजनीतिक र कानुनी व्यवस्थाको अन्त्य, उद्देश्यमूलक घरेलु प्रतिरोध वा बिद्रोह, ब्यापक स्वास्थ्य संकट र विध्वंशात्मक प्राकृतिक र मानव प्रकोपद्वारा सिर्जित जताततै फैलिएको नागरिक अशान्तिका विरुद्ध तयारी गरेको छ।”

    अर्धशताब्दी भन्दा बढी विदेशी भूमिमा युद्ध निर्यात गरिसकेपछि, युद्धबाट नाफा आर्जन र राष्ट्रिय अर्थतन्त्रलाई लगभग युद्धको लुटमाथि आश्रीत बनाईसकेर, युद्धका गिद्धहरूले धेरै अघि देखि युद्धको लुट घरमा ल्याएर आफ्नो नाफाको भोक हामीमाथि खन्याइरहेछन् —सैन्य ट्याङ्कहरू, ग्रिनेड लञ्चर,, केभ्लार हेल्मेट, एसल्ट राईफल, ग्यास मास्क, गोलिगठ्ठा, ब्याटरिङ र्‍याम (पर्खाल भत्काउने ठूला यन्त्र), नाइट भिजन बाइनोकुलर आदि ल्याएर स्थानीय प्रहरीलाई हस्तान्तरण गरिरहेका छन्, र अमेरिकालाई रणमैदान बनाइरहेका छन्।

    आफ्नो पुस्तक ‘ब्याटलफिल्ड अमेरिका: दि वार अन अमेरिकन पिपल‘ मा मैले उल्लेख गरे जस्तै यसप्रकारले पुलिस राज्यले जित्ने छ र “हामी जनताले” हार्ने छौं । ५० वर्ष भन्दा अगाडि नै हाम्रा अगुवाहरुले हामीलाई नाफामुखी युद्धयन्त्रले हाम्रा स्वतन्त्रताहरू वा प्रजातान्त्रिक अभ्यासहरू माथि खतरा उत्पन्न गर्नेछ भनी सचेत गराएका थिए। हामीले त्यो चेतावनीलाई मनन गर्न असफल रह्यौं

    अमेरिकी सम्पादक समाज समक्ष अप्रिल १६, १९५३ मा आइजनहावरले दिएको आफ्नो भाषणमा ‘सैनिक–औद्योगिक कम्प्लेक्सलाई युद्ध चलाइरहने, राष्ट्रिय स्रोत साधन रित्याउने र राष्ट्रिय प्राथमिकताहरूबारे आदेश गर्ने छुट दिइरहियो भने त्यसको परिणाम गम्भीर भन्दा पनि ठूलो हुनेछ भनी स्वीकारेका छन्। उनले भनेका छन्–

    “बनेका प्रत्येक बन्दुक, समुद्रमा छोडिएको युद्धपोत, हानिएको प्रत्येक रकेट भनेको भोक लागेर पनि खान नपाएका, जाडोले कठ्याङ्ग्रिदा पनि कपडा लाउन नपाएकाहरू माथिको लुट (चोरी) हो। हतियारबन्द विश्व एक्लैले पैसा खर्चिरहेको छैन। उसले आफ्ना मजदुरहरूको पसिना खर्चिरहेको छ, वैज्ञानिकहरूको प्रविणता खर्चिरहेको छ र आफ्ना बालबालिकाहरूका सपना खर्चिरहेको छ। एउटा हेभी बमबर्षकको मूल्यले शहरमा ३० वटा भन्दा धेरै अत्याधुनिक विद्यालय बनाउन सकिन्छ। प्रत्येकले ६०,००० जनसङ्ख्या भएको शहरमा विद्युत आपूर्ति गर्ने २ वटा विद्युत गृह। सुविधासम्पन्न २ वटा अस्पताल। ५० किलोमिटर लामो कङक्रिट सडकपेटी । हामी एउटा लडाकु विमानका लागि ५ लाग बुसेल (१बुसेल=८ ग्यालन) गहुँको मुल्य खर्च गर्छौं। हामी एउटा विध्वंशक (destroyer) का लागि ८००० मानिसलाई पुग्ने घर निर्माण गर्न पुग्ने रकम खर्च गर्छौं … कुनै पनि साँचो अर्थमा  यो जीवनशैली हुँदैहोइन। प्रत्येक युद्धको खतराको बादलमा मानवता फलामको क्रसमा झुन्डिरहेको हुनेछ।”

    रुदरफोर्ड इन्स्टिच्युट,मिन्ट प्रेस न्युजमा प्रकाशित याे लेख नेपाल रिडर्सका लागि दामोदर उपाध्यायले भावाननुवाद गर्नुभएकाे हाे।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: अमेरिकी साम्राज्यजन वाइटहेड
      जन वाइटहेड

      जन वाइटहेड

      जन डब्ल्यु ह्वाइटहेडलेसाउदी अरबियामा मानव अधिकार देखि धार्मिक स्वतन्त्रताको रक्षा, बाल अश्लिल चलचित्र, मानव जीवन प्रतिको सम्मानको अधिकार आतङ्कवाद विरुद्धको युद्ध जस्ता जल्दाबल्दा विषयमा लेख्ने गर्छन् । उनलाई कानुनि राजनीतिक र सांस्कृतिक वाचडगको रुपमा हेरिन्छ, जसले ईमान्दारी, जवाफदेहीता रप्रजातान्त्रिक सिद्धान्तहरू प्रति प्रतिवद्धताको वकालत गर्दछन् । उनका कमेटरीहरू लस एन्जलस टाइम्स्, न्यु यक टाइम्स्, वासिङ्टन पोष्ट, वासिङ्टन टाइम्स् र यु एक ए टु डे मा प्रकाशित भएका छन् ।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.