Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अष्ट्रेलियाको केन्द्रीय राजनीतिमा पहुँच बनाउँदै नेपाली

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ २५, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पश्चिम अष्ट्रेलियाका युवा भूवन खड्काले केही महिनाअघि भएको संसदीय निर्वाचनमा तेस्रो ठुलो पार्टी ग्रिनबाट सांसदको टिकट पाए । सिड्नीमा शनिबार भइरहेको स्थानीय निर्वाचनमा विलग्वी काउन्सिलको नारेम्बममा काउन्सिलरको पदमा स्वतन्त्र रुपमा निर्वाचन लडिरहेका छन् ।

    यी दुईमात्र नभएर अष्ट्रेलियाको राजनीतिमा सक्रिय नेपालीहरुले विस्तारै यहाँको केन्द्रीय राजनीतिमा पहुँच बृद्धि गरिरहेका छन् । करिब १ दशकअघिदेखि मात्र राजनीतिक रुपले सक्रिय भएका भएपनि नेपालीहरुले यहाँका उच्च नेताहरुसँग सम्पर्क मात्र स्थापित गरेका छैनन् कि विभिन्न राज्यहरुमा हुने निर्वाचनमा उम्मेदवारी दिने योग्यता समेत बनाईसकेका छन् ।

    यतिमात्र नभएर यहाँबाट नेपालमा पर्यटन प्रबद्र्धन गर्नका लागि सांसद र ब्यवसायिहरुको टोलीलाई नेपालको भ्रमण गराएर बाह्रय पर्यटन प्रबर्द्धनको प्रयास समेत गरेका छन् ।

    मेलबर्नमा केही महिनाअघि भएको काउन्सिलरको निर्वाचनमा राजु शाक्य र डा. महेश भण्डारीले काउन्सिलर पदका लागि निर्वाचन लडेका थिए । उनीहरुले निर्वाचनमा सफलता त पाउन सकेनन् र भण्डारीले भने विपक्षी दल लेबरको तर्फबाट टार्नेट शाखाको अध्यक्षका रुपमा नेतृत्व पाउन सफल भए । अहिलेसम्म निर्वाचनमा उम्मेदवारी दिएका कुनैपनि नेपालीले नेतृत्व तहमा विजय हासिल गर्न नसकेको भएपनि सानो समुदायबाट अष्ट्रेलियाको राजनीतिक मुलधारमा उपस्थिती जनाउन सक्नु ठुलो उपलब्द्धि मानिएको छ ।

    अर्कोतिर नेपालबाट कुनैपनि मन्त्री वा नेताहरु अष्ट्रेलिया आउँदा उनीहरुको भेटघाटको प्रबन्ध समेत यहाँका नेपालीहरुले नै मिलाइदिने गरेका छन् । ‘साँच्चै भन्ने हो भने यतिको छोटो समयमा नेपालीहरुले यतिको पहुँच बनाउनु राजनैतिक रुपमा सफलता मान्नुपर्छ ।’ न्यु साउथ वेल्समा काउन्सिलरको रुपमा पहिलो नेपाली उम्मेदवारका रुपमा चुनाव लडिरहेका श्री नापितले भने । सरकारमा रहेको लिबरका नेपाली शाखाका अध्यक्ष समेत रहेका नापित नेपालीहरुको राजनीतिक पहुँच बढिरहेको सुनाउँछन्।

    ‘नेपालीहरुको इमान्दारिता र लगनशिलता देखेर नै यहाँका राजनीतिज्ञहरु नेपाली र नेपालप्रति आकर्षित भइरहेका हुन् ।’ केही महिनाअघि दक्षिण अष्ट्रेलियाबाट करिब १ दर्जन सांसद र ब्यवसायि सम्मिलित टोलीलाई नेपाल भ्रमण गराएर फर्किएका नबिन पन्तले सुनाए । उनी यहाँको राज्यस्तरीय राजनीतिमा उच्च पहुँच राख्ने युवा मात्र नभएर यहाँका राजनीतिज्ञहरु र नेपाली समुदायलाई जोड्ने ब्यक्तिका रुपमा समेत काम गर्छन् ।

    अष्ट्रेलियामा नेपालीहरुको संख्या वृद्धि भएसँगै यहाँका मुख्य दुई राजनीतिक दल लिबरल र लेबरले नेपालीहरुको अलग्गै शाखा नै स्थापना गरिदिएका छन् । त्यसले समेत नेपालीहरुलाई यहाँको केन्द्रीय राजनीतिमा पहुँच बढाउन समेत मद्धत पुर्‍याएको छ ।कान्तिपुर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.