Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

उपत्यकाका इन्द्रजात्रामय, हर्षोल्लासका साथ मनाइँदै

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ २१, २०७४
- समाचार, सँस्कृति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    उपत्यकाका तीनवटै जिल्ला मंगलबार इन्द्रजात्रामय बनेका छन् । काठमाडौंमा जीवित देवीदेवताका रूपमा कुमारी, गणेश र भैरवलाई हर्षोल्लासका साथ रथयात्रा गराइयो । ललितपुर र भक्तपुरमा टोल/टोलमा भैरवको मूर्ति स्थापना गरि ‘क:थो’ (कालो जाँड) र समयबजी वितरण गरी मनाइयो । हनुमान ढोका दरबार क्षेत्रमा रथयात्राका लागि शाक्य जातकी एक महिला, गणेश र भैरवको भेषमा दुई पुरुषलाई बेग्लाबेग्लै रथमा रथारोहण गराइयो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विदेशी कुटनीतिक नियोगका उच्च अधिकारीहरूले मंगलबार वसन्तपुरमा इन्द्रजात्राको अवलोकन गरेका थिए । उनीहरूलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले जीवित देवीदेवताको दर्शन गरी प्रसादसमेत ग्रहण गरेका थिए । नारायण हिटी दरबारको इन्द्रध्वज गणको सम्मानगारत टोलीले समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीसहितका अतिथिलाई सलामी र सम्मान अर्पण गरेको थियो ।

    इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार तीनैवटा रथलाई बसन्तपुरबाट तानेर मरु, चिकमुगल, मजिपात, जैशीदेवल, ज्याबहाल, लगन, बह्मटोल, ह्युमत, क्व:हिटी, भीमसेनस्थान भई पुन: बसन्तपुरमा नै पुर्‍याइएको थियो । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले बुधबार दरवारको उत्तरपट्टि पर्ने टोलहरुमा रथ यात्रा गरिने बताए । ‘रथ यात्राको पहिलो दिन दरवारको दक्षिणपट्टिको टोलहरुमा परिक्रमा गराइयो,’ उनले भने । राजप्रतिनिधिको रुपमा मल्लकालिन राजखड्ग कुमारीको रथमा राखिएको थियो । रथ जात्रामा बाटोमा बौद्ध धर्मावलम्बीहरुले बर्षभरिमा दिवंगत भएका आफन्तहरुको नाममा स्तोत्र पाठ र दियो दान गर्दै अगाडी बढेका थिए । यात्रामा पर्ने टोल टोलमा सिगारेर राखिएको समेबजी (प्रसाद) रथ पुग्नासाथ देवीदेवतालाई चढाइएको थियो ।

    रथ जात्रा सकिएपछि धिमेबाजाको तालमा धुन्या (रंगीचंगी कपडाका टुक्राहरुले सिंगारेको अग्लो बास) घुमाउदै इन्द्रको आमा भनिने डागीलाई नगरपरिक्रममा गराइएको थियो । उनका साथमा मृतकहरु स्वर्ग गएको हेर्न जाने भनी मृतकको आफन्त पनि बाटोभरि शतबीज छर्दै अगाडी बढेका थिए । हुनुमान ढोका दरवार क्षेत्रमा छुट्टै रौनक छाएको थियो । जात्रामा दरवार क्षेत्रमा होहल्लाबीच दरवार क्षेत्रको उत्तर पश्चिम दिशाबाट एक व्यक्ति मुस्या: (चिलाख) बालेर दौडिंदै आए । उनको पछिपछि कात्रोले बनाइएको इन्द्रको बहान ऐरावत हात्ती थियो । दुई जना पुरुषले कात्रो भित्र बसेर दौडिदै नाच प्रदर्शन गरे । यो देख्दा सबै मोहित भएको देखिन्थे । उनीहरु किलागल टोलका पुलुकिसी गुठीका हुन् ।

    त्यत्तिकैमा दरवार क्षेत्रको पूर्वपट्टिबाट बाजागाजा सहित ‘हल्चोक आकाश भैरव नाथकी जय’ भन्ने नारा लगाएर एक हुल मानिस जात्रामा सहभागी भए । उनीहरुको बीचमा टल्केको तरवार हातमा लिएका आकास भैरव, भैरवका छोरा चन्दे र छोरी कुमारेको भेषमा तीन जना आएका देखिन्थे । भैरव, चन्दे र कुमारे तीनैले हात हल्लाई एक आपसमा वारपार गरेर अनौठो नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै इन्द्रचोक आकाश भैरव गुठीयार र हनुमान ढोकाको श्वेत भैरव गुठीयारले पनि आ-आफ्नो भैरवको नाच प्रदर्शन गरेका थिए । मजिपात लाखे ननी (टोल)स्थित लाखे आजु गुठीबाट लाखे नाच प्रदर्शन गरिएको थियो ।

    यीबाहेक जात्रामा विभिन्न टोलका ३४ गुठी संलग्न भई आ-आफ्नो भुमिका खेलेका देखिन्थे । इन्द्रजात्राकै दिनमा गोरखाका राजा पृथ्वीनारायण शाहले आक्रमण गरि काठमाडौं जितेका थिए । दरवारको गद्दी बैठक भवन अगाडी बैरोचन, अक्षोभ्य, अमोघसिद्धि, अमिताभ र रत्नसम्भव गरि पञ्चबुद्धको भेषमा पाँच जना गुठीयारले ग: (घण्टी) बजाएर स्वागत गर्दै अगाडी बढेका थिए । जात्रामा टाउकामा बेगरी, शरीरमा भोटो, जामा र पटुवाले सजिएर पञ्चे बाजा बजाउदै अर्को समूह जात्रामा सम्मिलित भए । गोरखा दक्षिण बाहु पुरस्कार र शुभराज्य अभिषेकबाट सम्मानित टोली पनि भक्तपुरको च्यामा सिंहबाट सहभागी भएका थिए ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.