एक अमेरिकी न्यायाधीशले एप स्टोरबाट चिनियाँ स्वामित्वको म्यासेजिङ एप विच्याट हटाउनुपर्ने आदेशमाथि रोक लगाइदिएकी छन्।
ट्रम्पले एप्पल स्टोर र प्ले स्टोरलाई आइतबार अबेरसम्म सो एपलाई आफ्नो स्टोरबाट अमेरिकामा डाउनलोड गर्न नमिल्ने बनाउने आदेश दिएका थिए।विच्याट प्रयोगकर्ताको मुद्धामाथि सुनुवाइ गर्दै सान फ्रान्सिस्कोकी मेजिस्ट्रेट लउरेल बिलरले ट्रम्पको आदेशमाथि रोक लगाउने आदेश दिएकी हुन्।
उनले सरकारको आदेशले अमेरिकी संविधानको पहिलो संशोधनले प्रदान गरेको वाक स्वतन्त्रताको अधिकारलाई हनन गर्ने जनाउँदै आदेशमाथि रोक लगाएकी हुन्।अमेरिकी संविधानको पहिलो संशोधनले धार्मिक स्वतन्त्रता, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार आदिका विरूद्ध त्यहाँको कंग्रेसले कुनै कानुन बनाउन नपाउने निश्चित गरेको छ।
शुक्रबार अमेरिकी वाणिज्य विभागले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै एप रोक्ने आदेश दिएको थियो।अमेरिकामा विच्याटका १९ मिलियन सक्रिय प्रयोगकर्ता छन्।
Discussion about this post