Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीले बैठकको मन्तव्य सार्वजनिक गरेपछि प्रचण्डको प्रस्ताव देशभर पठाइँदै

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
मंसिर ९, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई साभार गरेर प्रचार गर्न थालिएपछि अर्को समूहले पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई देशभर पठाउने भएको छ । ओलीले सचिवालय बैठकमा व्यक्त गरेको मन्तव्यलाई जस्ताको तस्तै सार्वजनिक गरेर चुनौती दिएको विश्लेषणसहित अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रस्तावलाई देशभरका हरेक कमिटीलाई पठाउने भएको हो ।

    प्रचण्ड – नेपाल समूहले शुरुवातमा बैठक बोलाउन ओलीलाई लेखिएको पत्र, त्यसको जवाफमा ओलीले लेखेको पत्र, त्यसको जवाफमा प्रचण्डले लेखेको पत्र र प्रचण्डको राजनीतक प्रस्तावलाई तल्लो तहसम्म छलफलका लागि पठाउने योजना बनाएको हो । प्रचण्ड पक्षधर एक नेताका अनुसार अध्यक्ष प्रचण्डले ३ मंसिरमा पेस गरेको राजनीतिक प्रतिवेदन बुकलेटका रूपमा प्रकाशन गरेर सातवटै प्रदेशमा पठाउन लागिएको छ ।

    ती नेताका अनुसार सोमबार प्रदेश तहमा पठाउन तयार पारिएका बुकलेटमा प्रचण्डको राजनीतिक प्रतिवेदन समावेश गरिएको थियो । तर त्यसमा वरिष्ठ नेता नेपालले आपत्ति जनाएपछि केही सच्याएर मंगलबार ९आज० सम्म सबै प्रदेशमा पठाइसक्ने तयारी गरिएको उनको भनाइ छ । प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीचको परामर्शमै बुकलेट तयार पारिएको ती नेताले जानकारी दिए ।

    तल्ला कमिटीहरुमा पठाइएका सामग्रीमध्ये २२ कात्तिकमा प्रचण्डसहित सचिवालयका ५ शीर्ष नेताले बैठक माग गर्दै बुझाइएको अनुरोधपत्र र २८ कात्तिकमा ओलीले सबै नेतालाई बोधार्थ राखेर दिएको प्रत्युत्तर पत्रसमेत समेटेर बुकलेट प्रकाशन गरिएको बताइएको छ । प्रतिवेदन लेखनका लागि फायर ओलीले नै खोलेको हो भन्ने पुष्टि गर्न र अन्तर्संघर्षलाई व्यवस्थित बनाउन बुकलेट तयार पारिएको वरिष्ठ नेता नेपाल निकट एक स्थायी कमिटी सदस्यले जानकारी दिए । प्रधानमन्त्री ओलीको समूहले पछिल्लो समय मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्पोर्टस् एकेडेमीमार्फत देशभर गुटगत गतिविधि बढाएको र पार्टी निर्णयविनै जबजमा छलफल सुरु गरेको निष्कर्षसहित त्यसलाई आक्रामक रूपले प्रतिवाद गर्ने प्रचण्ड–नेपाल समूहले यस्तो तयारी गरेको छ ।

    स्रोतका अनुसार यसरी दस्ताबेजलाई पुस्तकका रूपमा प्रकाशन गरेर छलफलका लागि तल्ला कमिटीमा नपठाउन महासचिव विष्णु पौडेलले गरेको आग्रहलाई अध्यक्ष प्रचण्डले अस्वीकार गर्नुभएको छ । दस्ताबेज पार्टी सचिवालय बैठकमा पेस भएर छलफल र निर्णय नै नभईकन पुस्तकका रूपमा प्रकाशन गरेर तलसम्म पठाउनुले पार्टी विभाजनलाई बल पुग्ने भन्दै महासचिवले त्यसो नगर्न गनुभएको अनुरोध अध्यक्ष प्रचण्डले अस्वीकार गनुर्एभएको हो ।

    प्रधानमन्त्री ओलीको सचिवालयले योजनावद्ध ढंगबाट जानीबुझी बैठकको विषयवस्तु रेकर्ड गरेर सार्वजनिक गरेको प्रचण्ड–नेपाल समूहले आरोप लगाएको छ । ओलीले बैठकमा राखेको मन्तव्य भोलिपल्टै अधिकांश सञ्चारमाध्यमबाट बाहिरिएको थियो ।

    यसरी नेकपा भित्रको अन्तरसंघर्ष थप पेचिलो बन्दै गएको छ । महासचिव पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रस्ताव फिर्ता लिएर संयुक्त प्रस्ताव बनाउन आग्रह गरेपनि प्रचण्डले अस्वीकार गर्नुभएपछि पार्टी विभाजन उन्मुख बनेको ओली पक्षधर नेताहरु बताउन थालेका छन् । अन्तर्संघर्षलाई तलसम्म विस्तारित हुन नदिन उनीहरुले दौडधुप गरेपनि बुकलेट प्रकाशनपछि नेकपा शीर्ष तहको विवादले जिल्ला तहसम्म प्रवेश पाउने भएको छ। जनतासमाचार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.