महिला त्यसमा पनि दलित। सुमित्रादेवी पासवानले म्यादी प्रहरीमा भर्ना हुन्छु भन्दा गाउँमा हँसिमजाक गर्ने धेरै भए। गाउँ डुलेर दिन कटाउने श्रीमान र तीन सन्तानकी आमा सुमित्रालाई गाउँलेले के भन्लान् भन्ने होइन, सन्तानको पालनपोषण कसरी गर्ने भन्ने चिन्ता छ।
उनले महोत्तरी सदरमुकाम जलेश्वरमा म्यादी प्रहरीका लागि आवेदन दिइन्। ४६७० नम्बरको प्रवेशपत्र बोकेर सोमबार शारीरिक परीक्षा दिन पुगेकी सुमित्रासँग प्रतिष्पर्धा गर्न आठ हजार ९ सय ५८ प्रतियोगी भेला भइसकेका थिए। तर, जब तीन सन्तानकी आमा सुमित्रा साडीसँगै घुम्टो ओढेर कुद्न थालिन, भुसतिघ्रे युवाहरु पनि हस्याङफस्याङ गर्दै उनलाई पछ्याउन बाध्य भए।
दौड मात्र होइन, पुसअपलगायत परीक्षामा पनि धेरै युवा फेल भए, सुमित्रा पास भइन्।
साडी र घुम्टो ओड्ने महिला पनि प्रहरीमा जागिर खान र देशको सेवा गर्न सक्षम छन् भन्ने देखाउन आफूले आवेदन दिएको उनी बताउँछिन्। उनी लिखितमा समेत उतिर्ण भए ५५ दिनकै लागि भएपनि देश र जनताको सेवा गर्न पाउँदा खुशी हुने र घुम्टो ओढ्ने महिला पनि सक्षम छन् भनेर देखाउने सुमित्राको धोको छ ।नयाँ पत्रिकामा समाचार छ।
Discussion about this post