Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनको ‘कोरोनाभ्याक’ खोपले एकदम छिटो इम्युन प्रतिक्रिया दिन सक्ने

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
मंसिर ३, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीनको साइनोभ्याक बायोटेक कम्पनीले निर्माण गरिरहेको कोभिड–१९ विरुद्धको ‘कोरोनाभ्याक’ खोपले एकदम छिटो इम्युन प्रतिक्रिया उत्पन्न गराउने सक्ने नयाँ अनुसन्धानमा पत्ता लागेको छ । तर छोटो समयमा प्रतिरोधात्मक प्रणालीलाई सक्रिय गर्न सक्ने भए पनि यसबाट उत्पन्न हुने ‘एन्टिबडिज’ को स्तर भने कोभिडबाट ठीक भइसकेका बिरामीको तुलनामा कम रहेको बुधबार सार्वजनिक ट्रायलको नतिजाले देखाएको छ ।

    अनुसन्धानकर्ताहरुका अनुसार रिसर्चको अनुभव र प्रारम्भिक मेडिकल डाटाका आधारमा यो खोप पर्याप्त रुपमा सुरक्षित छ भन्न सकिन्छ । यसै महिना अमेरिकी कम्पनीहरु– फाइजर, मोडेर्ना र रुसको स्पुतनिक खोपको सुरुवाती रिपोर्टमा ९० प्रतिशत भन्दा बढी प्रभावकारी भएको खबर गरेका थिए । अन्तिम चरणको ठूलो स्तरमा सञ्चालित ट्रायलपछि उनीहरुले यस्तो दाबी गरेका हुन् । यता चीनमा पनि साइनोभ्याक कम्पनीको कोरोनाभ्याकसहित चार अन्य अनुसन्धानात्मक खोपहरु अन्तिम चरणको ट्रायलमा पुगेका छन् जसले अब छिटै प्रभावकारीता जाँच गर्नेछन् ।

    ‘द ल्यान्सेन्ट’ मेडिकल जर्नलमा प्रकाशित साइनोभ्याकको रिसर्चका लागि ७०० भन्दा बढी सहभागीहरुलाई संलग्न गराइ पहिलो र दोस्रो चरणको ट्रायल सञ्चालन गरिएको थियो । जर्नलमा भनिएको छ, “हाम्रो अध्ययनबाट पत्ता लागेअनुसार कोरोनाभ्याकले १४ दिनको अन्तरमा दुईवटा डोज खोप लगाउँदा एकदम छिटो प्रतिरोधात्मक प्रतिक्रिया उत्पन्न गराउन सक्छ । त्यसैले पनि हामीले महामारीको समयमा आपत्कालीन प्रयोगका लागि यो खोप एकदम उपयुक्त भएको विश्वास गरेका छौँ । ”

    वैज्ञानिकहरुले, यो खोपको अन्तिम चरणको ठूलो स्तरको परीक्षणको नतिजाले नै कोरोना भाइरसबाट संक्रमित हुनबाट मान्छेलाई कति प्रभावकारी रुपमा जोगाउन सक्छ भन्ने निर्धारित गर्ने बताएका छन् । साइनोभ्याकले हाल ब्राजिल, इन्डोनेसिया र टर्कीमा तेस्रो चरणको ट्रायल सञ्चालन गरिरहेको छ । जोन होप्किन्स युनिभर्सिटीका प्रोफेसर नाओरले बताएअनुसार तेस्रो चरणको नतिजा प्रकाशित भएपछि मात्र यससम्बन्धी ध्यानपूर्वक निष्कर्ष निकाल्न सकिनेछ ।

    कोरोना भ्याक खोप अहिले नै चीनमा आपत्कालीन प्रयागका लागि हजारौँ मानिसहरुमा प्रयोग भइरहेको छ । यसबाहेक अन्य दुई खोपलाई पनि चीनमा सुरक्षित र प्रभावकारी दाबी गर्दै आपत्कालीन प्रयोगका लागि स्वीकृत गरिएको छ ।

    साइनोभ्याकले निर्माण गरेको यो खोपको सबैभन्दा ठूलो फाइदा भनेको यसलाई फाइजर जसरी अत्यन्तै कम तापमानमा स्टोर गरि राख्नुपर्ने छैन । कम्पनीका अनुसन्धानकर्ता गाङजेङका अनुसार यसलाई सामान्य फ्रिजको तापमान, ‘२ देखि ८ डिग्री सेल्सियस’ सम्ममा राख्न सकिनेछ र तीन वर्षसम्म स्थिर रहन सक्छ जसकारण पनि खोपहरु मध्ये यो आकर्षक विकल्प बन्न सक्छ । स्टोर गर्न चुनौतीमय हुने ठाउँहरुमा यो अधिक उपयोगी हुने बताइएको छ ।

    फाइजरको खोप भने स्थानान्तरण गर्दा ‘माइनस ७० डिग्री’ मा स्टोर गरि राख्नुपर्ने हुन्छ । सामान्य फ्रिजमा यसलाई ५ दिनसम्म राख्न सकिनेछ ।

    उता अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोप सामान्य फ्रिजको तापमानमा ३० दिनसम्म राख्न सकिने बताइएको छ तर ६ महिनासम्म स्टोर गर्नुपर्ने भएमा चाहिँ यसलाई माइनस २० डिग्री आवश्यक पर्नेछ । – रोयटर्स/३ मंसिर २०७७ बाह्रखरीमा प्रकाशित

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.