तिलाठी-कोइलाडी गाउँपालिकाको प्रमुखमा सतिश सिंह विजयी भएका छन् । तर, अविरले रंगिएका उनी मतगणना स्थलमा रहेका फोहोर सफा गर्न जुटेका छन् ।
गाउँपालिका वडा नम्बर १ स्थित गाउँपालिकाको कार्यालयमा मतगणना भइरहँदा खाने सामग्री र खानेपानीको बोतल यत्रतत्र छरिएको थियो ।
उनले आफ्नो अगुवाईमा फोहोर हटाएर मात्रै विजयी जुलुस निकालेका छन् । ‘फोहोरले दुर्गन्ध बढाउँछ र बिभिन्न किसिमको रोग लगाउँछ भन्ने कुराको चेतना जगाउनु र फोहोर हटाउनुलाई प्राथमिकतामा राख्छौं’ गाउँपालिका प्रमुख सिंहले भने, ‘जिल्लाका युवाहरुले चलाएको सरसफाई अभियानले आफूलाई एकदमै प्रेरित गरेका कारणले गाउँपालिकामा फोहोर हुन नदिने किसिमको अभियान चलाउँछौं ।’
सप्तरी युथ नेपालले जिल्लामा संचालन गरेको सरसफाई अभियानमा सहभागिता जनाउँदै आएका उनले यो अभियानलाई आफ्नो गाउँपालिकामा मूर्त रुप दिने बताए। अनलाइनखबर
Discussion about this post