Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

झापाकाे यस्ताे गाँउ जहाँका विद्यार्थी हिउँदमा मात्र विद्यालय जान पाउँछन

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस १२, २०७४
- समाचार
A A
0
  •  share
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पश्चिमोत्तर झापा र दक्षिणी इलामका यस्ता गाउँ छन्, जहाँका विद्यार्थी हिउँदमा मात्र विद्यालय जान पाउँछन्। तीनतिरबाट खोलाले घेरिएको वस्ती भएकाले खोलामा पानी बढ्नासाथ खोलाका डिलसम्म पुगेर फर्कनुपर्ने गरेको विद्यार्थीहरूको गुनासो छ। यो बाध्यता हो, इलामको चुलाचुली– ४ र झापाको कमल गाउँपालिका– ५ सिम्लेको।

    चुलाचुलीको आइतबारेमा माध्यमिक तहको विद्यालय मात्र छ। झापाको कमलतर्फ त ५ कक्षासम्मको आधारभूत विद्यालय मात्र। त्यसैले झापातर्फका विद्यार्थीहरू ५ कक्षापछि अध्ययनका लागि इलामको आइतबारेतर्फ धाउँछन्। तर १० कक्षा पार गरेपछि भने त्यो विकल्पले पनि काम दिँदैन। त्यसैले सिंगो चुलालुचीका विद्यार्थी झापाको दमकतर्फ धाउनुपर्छ। सिम्लेका २५० परिवारमा रहेका विद्यार्थीको अवस्था पनि यही हो।

    दमक नै धाए पनि वर्षाको समयमा भने खोलामा पानी बढेपछि विद्यालय जानै नसकिने बाध्यता छ उनीहरूको। दमकको हिमालय माविमा कक्षा ११ मा अध्ययनरत सुनिल वाग्लेले भने, ‘स्कुल जाने त खोलामा पानी घटेको बेला मात्र हो, पानी बढ्यो भने जानै सकिँदैन।’  माध्यमिक तहको अध्ययनका लागिसमेत कमल गाउँपालिकातर्फका विद्यालय जान दुईवटा खोला तर्नुपर्छ। तर दमक आए एउटा खोला तर्दा हुने भएकाले यहाँका अधिकांश विद्यार्थी ५ कक्षापछि दमकका विभिन्न विद्यालयमा अध्ययनका लागि धाउने गरेका छन्।

    हिउँदका बेला मात्र नियमित विद्यालय जान पाइने अर्का विद्यार्थी समिल लिम्बूले बताए। वर्षाको बेला त खासै विद्यालय नै जान नपाइने उनको गुनासो छ। ‘वर्षाको बेला त विद्यालय होइन, बिरामी भएमा अस्पताल जानसमेत नसकिने अवस्था आउने गरेको छ’, उनले भने।  यस्तै बाध्यता सुनाउँछन्, चुलाचुली–४ का अनिल जोगी। आर्थिक अवस्था बलियो भएकाहरू झापातिरै डेरा गरी बस्ने भए पनि त्यो सम्भव नहुनेहरूले घरैबाट धाउनुपर्ने उनको भनाइ छ। डेरा गरी बस्नेले वर्षभरि विद्यालय जान पाउने, ट्युसनसमेत पढ्ने तर गाउँमा हुनेले खोलामा पानी कम भएका दिन मात्र जान सक्ने भएकाले आफूहरू पछि पर्नुपरेको उनको गुनासो छ। रतुवा खोलामा पुल निर्माणाधीन अवस्थामा रहे पनि त्यो कहिले पूरा हुने हो टुंगो नभएको चुलाचुली र सिम्लेवासीको भनाइ छ। भर्ना पाउनसमेत कठिन सिम्ले र चुलाचुलीबाट थप अध्ययनका लागि झापाका विद्यालयमा पुगेका विद्यार्थीले त्यहाँका विद्यालयमा भर्ना पाउन पनि कठिन छ।

    नेपाली माध्यमबाट १० कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई दमकतिरका सामुदायिक विद्यालयले पनि ११ कक्षामा भर्ना लिन गाह्रो मान्ने सिम्लेमा रहेको शहीद रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक हरिप्रसाद चम्लागाईं बताउँछन्। विद्यार्थीहरूलाई परेको यही समस्या समाधानका लागि आफूहरूले पनि अंग्रेजी माध्यममा पठनपाठनको तयारी गरे पनि कठिनाइ भएको उनले सुनाए। ‘एक त सबै शिक्षकहरू अंग्रेजी माध्यमबाट पढाउन सक्नुहुन्न, नयाँ शिक्षक ल्याइहाल्ने अवस्था पनि छैन’, उनले भने, ‘फेरि अंग्रेजी माध्यमबाट पढाउँदा केही अतिरिक्त पुस्तकहरू पनि खरिद गर्नुपर्छ, यसका लागि अभिभावकहरू तयार हुनुहुन्न।’ अभिभावकहरूमा शिक्षाप्रतिको चेतना नभएका कारण विद्यालयले मात्र चाहँदा शिक्षाको गुणस्तर उकास्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरुङहाङ लावतीले बताए। अधिकांश अभिभावक विपन्न भएका कारण उनीहरू दिनभरि मजदुरीका लागि जाने गरेका छन्।

    विद्यार्थी पढे नपढेको प्रति उनीहरूको ध्यानै हुँदैन। लावतीले भने, ‘अलिकति खर्च बढ्दा राम्रो ढंगबाट पढाइ सुरु गरौँ भन्दा अभिभावकहरूले मतलबै गर्दैनन्।’  यहाँ अध्ययन गरेका विद्यार्थीहरूको शैक्षिक पृष्ठभूमि कमजोर भएका कारण दमकका सामुदायिक विद्यालयमा पनि आफ्ना विद्यार्थी उपेक्षित भएको उनले बताए।  गाउँपालिका नै एकादेश चुलाचुलीवासीहरू गाउँपालिका पुग्नसमेत झापाको दमक हुँदै पुग्नुपर्छ। कुनै कामले गाउँपालिका जानुपर्दा दिन नै माया मार्नुपर्छ। चुलाचुली हुँदै जाने गोरेटोसम्म छैन। झापा हुँदै जानसमेत सवारी साधन चल्ने बाटै छैन। अधिकांश विपन्न छन्, सबैका घरमा मोटरसाइकल छैन।

    अधिकांश महिला साइकल चलाउन पनि जान्दैनन्। त्यसैले गाउँपालिका पनि आफूहरूका लागि एकादेशको गाउँ जस्तो भएको चुलाचुली– ४ की गंगा घतानी बताउँछिन्।  गाउँपालिका पुग्न करिव २५ किलोमिटर दूरी तय गर्नुपर्छ। ‘गाउँपालिका जान झापाको दमक चोकदेखि केर्खासम्म मात्र सवारी साधन पाइन्छ। जाँदा आउँदा करिव ४० किलोटर दूरी पैदल नै धाउनुपर्दा अर्कै देश गएर आएजस्तो लाग्छ’, उनले भनिन्।  चुलाचुलीसँगै जोडिएको झापातर्फको गाउँ सिम्लेका बासिन्दा पनि हालत पनि उही हो।

    यहाँबाट गाउँपालिका कार्यालय पुग्न २५ किलोमिटरकै हाराहारी पार गर्नुपर्छ। तर सिम्लेवासीले भने चुलाचुलीवासीको भन्दा आधा मात्र पैदल दूरी पार गरे पुग्छ। बाँकी दूरीमा सवारी साधन चल्ने गरेका छन्। थाहाखबर डटकमकाे सहयाेगमा ।

    •  share
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.