Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

इराक होइन, उत्तर कोरिया

ज्याक ब्यूच्याम्प ज्याक ब्यूच्याम्प
साउन ३१, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको तनाव नयाँ उचाइमा पुगेको जनाउन अमेरिकी सेना एकै क्षणको सूचनाले उत्तर कोरियामाथि आक्रमण गर्ने अवस्थामा रहेको कुरा गत शुक्रवार बिहान ट्विट गरेका छन्।

    “उत्तर कोरियाले बुद्धिमानी कार्य गरेन भने अब सैन्य समाधानहरु पूर्णरुपमा तयार, एक मुष्ट र चलानी गर्न ठीक्क अवस्थामा छन्,” राष्ट्रपतिले लेखे । “आशा छ किम जोङ् यूनले अर्को एक बाटो फेला पार्लान्”।

    यो डरलाग्दो चेतावनी होः  ट्रम्पले प्योङ्याङ्गलाई तुरुन्त नै अमेरिकी सैन्य कारवाही हुने सङ्केत पठाइरहेछन् । मानौ कि गत अगस्त २१ मा दक्षिण कोरियासँग लामो योजनाबद्ध सैनिक अभ्यास यसै आक्रमणका लागि भएको हुसक्छ। यही ट्वीटले नै अमेरिका र दक्षिण कोरियाको तुरुन्तै हुनसक्ने आक्रमणमाथि उत्तर कोरियाले ध्यान दिनेछ भन्नु विनास निम्त्याउनु हुनेछ।

    तर यो भन्दा पनि बढि बकवास, वास्तवमा ट्रम्पको ट्वीट झुठ्ठा होः  अमेरिकी सेना “पूर्णरुपमा तयारी” अवस्थामा छैन र अमेरिकामा उत्तर कोरियाका विरुद्ध युद्ध शुरु गर्न कुनै तयारी छैन।

    युद्ध शुरु गरिहाल्न हाल दक्षिण कोरिया र पूर्वी एशियामा अमेरिकाले तैनाथ गरेको सैन्य शक्ति अपर्याप्त छ,  व्यापक संख्यामा थप शैन्य वललाई त्यहाँ ओराल्नु पर्ने हुन्छ। स्मरण रहोस्, त्यस्तो शैन्य वल ओराल्ने काम भएको छैन- पेन्टागनले पुष्टि गरेको छ।

    ” केही भएकै छैन” लेफ्टिनेन्ट कर्नेल क्रिस्टोफर बि लोगन, एक पेन्टागनका प्रवक्ताले मलाई फोनमा बताए।” त्यस (उत्तर कोरिया)” सम्बन्धी कुनै परिवर्तन भएको छैन।”

    यसकारण यो बेकारको ट्वीटको झोक्का होः यो एक झूठ हो र यो यस्तो झूठ हो जसले अचानक ज्यादै गंभीर खतरा निम्त्याउन सक्छ किनकि अमेरिकी सेना त्यस्तो कार्य गर्न राम्ररी तयार भइसकेको छैन।

    किन ट्रम्पको ट्वीट अति नै गैरजिम्मेवार छ

    अमेरिका र दक्षिण कोरियाका सैन्यबल मिलेर हराउलान्, तर उत्तर कोरियाको सेना अझै पनि विश्वको ठूलाहरु मध्ये एक हो । त्यसले १.२ मिलियन नियमित, ७.७ मिलियन जगेडा सेनाहरुका साथै करीव २१,५०० तोपखानाहरु भएको गुड्डी हाँक्दैछ। ती मध्ये धेरै तोपखानाहरुलाई सिउलका १० मिलियन जनताका आवास र दक्षिण कोरियाको राजधानीतिर निशाना हान्ने गरी तयारमा राखिएका छन्। उत्तर कोरियामाथि मार हान्न “पूर्णरुपमा तयार” हुनुको अर्थ दक्षिण कोरियाको सुरक्षालाई सुदृढ गर्नसक्ने स्थल सेनाका दलहरुलाई त्यस क्षेत्रमा तैनाथ गरिसकेको र उत्तर कोरियाको जल तथा हवाई सैन्यवललाई हलचल गर्न नसकिने गरी विमानवाहक समूहहरु तम्तयार गरिसकेको भन्ने हो।

    अहिलेसम्म यी मध्ये कुनै काम भएको छैन। वास्तवमा,  यूएसएस कार्ल भिन्सन र यूएसएस रोनाल्ड रेगन नामक दुई वाहकहरु उत्तर कोरिया नजिकै समुद्रमा छोडिएको थियो, त्यो पनि जून महिनामा।

    राष्ट्रपतिले भनेजस्तै उत्तर कोरिया विरुद्ध हान्नका लागि अमेरिकी सैन्य “पूर्णरुपमा तयारी” भएको कुरा तपाईले अपेक्षा गरे अनुसार भएकै छैन। यसलाई मेरा सहकर्मी जेनिफर विलियमले मलाईं राम्ररी सम्झाए।

    यदि हामीले साच्चै नै उत्तर कोरियासँग बृहतस्तरमा विनाशकारी युद्ध छेड्न खोजेका हौं भने यस युद्धले दक्षिण कोरिया र अन्यत्र गरी दशौं हजार निर्दोष नागरिकहरुलाई मार्नेछ। सन् २००५ मा एटलान्टिक म्यागाजिनले गरेको एक युद्धसम्बन्धी अध्ययनमा यदि उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गर्‍यो भने शुरुकै केही दिनमा नै सिउलमा मात्र १ लाख नागरिक मारिन सक्ने अनुमान थियो। अरुहरुले यो संख्या भन्दा पनि बढी अनुमान गरेका छन्। यतिसम्म होइन,  यस युद्धका लागि “पूर्णरुपमा तयारी” मा अमेरिकी सरकारको राजनैतिक, सैनिक तथा कुटनीतिका सबै क्षेत्रका सम्पूर्ण क्षमताको उच्चस्तरमा परिचालन हुनुपर्ने अपेक्षा गर्नु पर्ने हुन्छ।

    हामीले यस्ता कुनै कुराहरु त देखेका छैनौं त। हामीले  यस्तो जोसपूर्ण हुङ्कार  राष्ट्रपति ट्रम्प न्यू जर्सीमा विदा मनाउन लागेकाबेला मात्र सुन्न पायौं।

    ट्रम्पले उत्तर कोरियाका सम्बन्धमा अमेरिकाको सैन्य स्थितिलाई उदण्डपूर्वक तोडमरोड गरेको यो पहिलो पटक होइन। गत अप्रिलमा,  उनले उत्तर कोरियाको समुद्री किनारमा ” हामी एउटा धेरै शक्तिशाली लडाकू जहाज पठाउदैछौं” भनेर गर्जेका थिए। त्यसबेला यूएसएस कार्ल भिन्सन  भनिने “शक्तिशाली लडाकू जहाज” पठाए। तर त्यो उत्तर कोरिया भन्दा ३५०० माइल भन्दा टाढा र उत्तर कोरियातिर होइन अर्कोतिर फर्काएर राखिएको छ।

    तर, यो समय अलिक खतरनाक नै छ। उत्तर कोरियाको लगातारका मिसाइल परीक्षणहरु र ट्रम्पको अकल्पनीय आक्रामक बयानबाजीका कारण उत्तरसँगको तनाव, अरुबेलाको भन्दा उच्च स्तरमा छ। र,  राष्ट्रपति जति उत्तेजित वयानवाजी गर्छन् त्यति नै स्थिति काबूमा रहदैन।

    सामान्तया, अमेरिकाले स्पष्ट र पूर्वानुमानयुक्त नीतिहरु तय गरे उत्तर कोरियाली आक्रमणलाई रोक्नसक्छ। अमेरिकाको प्रतिक्रियाले उ कसरी पछाडि हट्नेछ र उसले के भोग्नेछ भन्ने कुरामा प्योङ्गयाङ्गलाई प्रष्ट पार्नुपार्ने कुरामा अमेरिकी सरकारका हरकोही सहमत छन् । सार्वजनिक बयानवाजी खासगरी महत्वपूर्ण संकेत दिने हुन्छन् किनकि अमेरिकाको उत्तर कोरियासँग प्रत्यक्ष संचारको बाटो छैन। किम सत्ता अमेरिकी सार्वजनिक वयानवाजीमार्फत अमेरिका के भनिरहेको छ अनुमान गर्छ। त्यसलै सबै बयानवाजीहरुलाई सङ्गतपूर्ण बनाउनु ज्यादै महत्वपूर्ण हुन्छ।

    ती संदेशहरु जति आक्रामक हुन्छन् त्यति नै मात्रामा उत्तर कोरियाले खराव प्रतिक्रिया जनाउनेछ।

    ट्रम्पका भनाईले अमेरिकी आक्रमण हुनेरहेछ भन्ने लागेमा “प्योङ्गप्योङ्गलाई गलत अनुमान लगाउन या उसले नै पहिला नै आक्रमण गर्नु पर्ने रहेछ भन्ने तर्फ पुर्‍याउँछ। यो कुरा कोरिया र चीनका लागि राष्ट्रीय सुरक्षा परिषदका पूर्व निर्देशक लाउरा रोजेनवर्गले अघिल्लो हप्तामा मलाई बताए। उनले भने “जसको परिणाम भयावह हुन सक्छ” ।

    अन्ततः यो इराक होइन,  किनकि यसमाथिको आक्रमण गर्दा जापान र दक्षीण कोरिया ध्वस्त हुने अवस्था आइपर्न सक्छ ।

    अमेरिकाको न्यूओर्कबाट प्रसारित हुने Vox अनलाइनमा अगस्त ११ २०१७ मा अद्यावधी गरी प्रसारितबाट साभार ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      ज्याक ब्यूच्याम्प

      ज्याक ब्यूच्याम्प

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.