Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

डाक्टरहरुविरुद्ध मुद्दा दर्ता हुँदै, एक वर्ष कैद हुनसक्ने

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज १०, २०७४
- समाचार
A A
0
  •  share
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    सकारकारी निर्णयविरुद्ध स्वास्थ्य सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सकविरुद्ध दुई वटा मुद्दा दर्ता हुँदै छन्।

    उपभोक्ता हित संरक्षणमञ्चका महासचिव विष्णु तिमिल्सिनाले आवश्यक सेवा सञ्चालन ऐनको प्रावधान, संविधानको धारा ३५ को स्वास्थ्य सम्बन्धि हक र २०६८ मा सर्वोच्च अदालतले जारी गरेको परमादेशलाई टेकेर चिकित्सक र चिकित्सक आवद्ध संघ संगठनविरुद्ध मुद्दा दर्ताको तयारी गरेका हुन्।

    सरकारले राजपत्रमा प्रकाशित गरेको सूचनामा आवश्यक सेवा सञ्चालन ऐनको दफा ३ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरेर अत्यावश्यक सेवामा हड्ताल निषेध गरेको उल्लेख छ । सूचनाको १२औँ बुँदामा अस्पताल, स्वास्थ्य केन्द्र, औषधि निर्माण तथा विक्रि वितरण सम्बन्धि सेवा समेत समावेश छ।

    यस्तै, २०६८ सालमा तत्कालिन न्यायाधीश कल्याण श्रेष्ठ र प्रकाश वस्तीको इजलासले अत्यावश्यक कुनै पनि सेवामा बन्द हड्ताल निषेध गर्न परमादेश जारी गरेको छ । अहिले चिकित्सकहरुले त्यही परमादेशको अवज्ञा गरेको र अदालतको आदेशको अवहेलना गरेको भन्दै अदालतको मानहानी मुद्दा र सरकारले कहीँ कतै सम्झौता गरे त्यो स्वतः रद्द हुने सिद्धान्त अनुरुप बदरको मुद्दा दर्ताको तयारी महासचिव तिमिल्सिनाले गरेका छन्।

    यस्तै, मानवअधिकार आयोगको विज्ञप्ति, सरकारले जारी गरेको विज्ञप्ति र चिकित्सकहरुका गतिविधिसमेत संलग्न राखिने बताइएको छ । त्यसको सहायता समेत उनले लिने बताएका छन् । स्वास्थ्यकर्मीहरुले अहिले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । दशैँ अघि आफुहरुले भनेको जस्तो नभए उनीहरुले दशैँलगत्तै आकस्मिक सेवा समेत ठप्प पार्ने चेतावनी दिएका छन्।

    संविधानको भाग–३ ‘मौलिक हक र कर्तव्य’ अर्थात् धारा ३५ को स्वास्थ्य सम्बन्धी हकमा भनिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।’ २०६८ मा सर्वोच्चले परमादेश जारी गर्नु अघि समेत चिकित्सकहरुले लामो समय स्वास्थ्य सेवा ठप्प पारेका थिए । वस्तु तथा सेवा दिने व्यक्ति र संस्था जिम्मेवार हुनै पर्ने सांसारिक नियम छ। कानुनका जानकारहरु भन्छन्, ‘सरकारले गरेको निर्णय के छ भन्नु भन्दा पनि सांसारिक नियमले व्यक्ति तथा संस्था जिम्मेवार हुनै पर्छ भनेको छ ।’ सांसारिक मान्यतामा कसैले सहुलीयत लिन पाइँदैन । सबैले मान्नु पर्दछ।

    धारा ३५ को उपधारा (२) मा प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बनधमा जानकारी पाउने हक हुनेछ भनिएको छ । यद्यपि, पछिल्ला दिनमा राजधानी काठमाडौँकै विभिन्न अस्पतालमा विरामीको मृत्यु भइसकेपछि पनि औषधि र उपचार खर्च गराइएका घटनाहरु सार्वजनिक भएका छन्।

    मृत्युको सूचना समेत कयौँ दिन लुकाएका घटना भएका छन् । जसले अस्पताल र सेवाग्राहीबीचको विश्वास धमिलिएको छ । चिकित्सकहरुले भने क्षतिपूर्ति दिलाउने भन्दै सक्रिय भएका गिरोहले अस्पताल तोडफोड गर्ने गरेको भन्दै उनीहरुलाई कडा कारबाही गर्ने कानुन ल्याउन माग गरिरहेका छन् । अदालतको परमादेश र आवश्यक सेवा सञ्चालन ऐनले एक वर्षको कैद सजाय हुने समेत भनेको छ। हाम्रा कुरा डटकम बाट

    •  share
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.