Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दिल्ली बन्यो ‘ग्यास च्याम्बर’, प्रदूषित वातावरणका कारण धूमपान नगर्नेहरू पनि छातीको समस्या

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक २६, २०७४
- समाचार
A A
0
A boy sits on the shoulder of his mother as they participate in a protest against air pollution in New Delhi, India, Sunday, Nov. 6, 2016. Even for a city considered one of the worlds dirtiest, the Indian capital hit a new low this week. Air so dirty you can taste and smell it; a gray haze that makes a gentle stroll a serious health hazard. According to one advocacy group, government data shows that the smog that enveloped the city midweek was the worst in the last 17 years. (AP Photo/Manish Swarup)

A boy sits on the shoulder of his mother as they participate in a protest against air pollution in New Delhi, India, Sunday, Nov. 6, 2016. Even for a city considered one of the worlds dirtiest, the Indian capital hit a new low this week. Air so dirty you can taste and smell it; a gray haze that makes a gentle stroll a serious health hazard. According to one advocacy group, government data shows that the smog that enveloped the city midweek was the worst in the last 17 years. (AP Photo/Manish Swarup)

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतको राजधानी नयाँ दिल्लीका स्कुले विद्यार्थी छुट्टिमा छन्। यो छुट्टि कुनै चाडपर्व वा उत्सव मनाउन दिइएको होइन, प्रदूषणबाट बच्न हो।

    केही दिनयता दिल्लीको आकाश ‘विषालु’ तुँवालोले ढाकेर प्रदूषित भएको छ। स्वास्थ्य जोखिम बढेको भन्दै राज्य सरकारले नै स्कुल विदा दिने निर्णय गरेको हो। करिब चार हजार स्कुल एक साता निम्ति बन्द गरिएका छन्। उडान र रेल तालिका पनि हेरफेर भएको छ। तुँवालोले ढाकिँदा जहाजको उडान र अवतरण प्रभावित छ। तुँवालो यति बाक्लो छ, गाडी चलाउँदा दुई–तीन मिटर दूरीकै दृश्य देखिँदैन।

    रूघाखोकी तथा फोक्सोसम्बन्धी बिरामीको संख्या बढेको छ। तीन दशकदेखि दिल्लीमा कार्यरत छातीका डाक्टर अर्विन्द कुमारले धूमपान नगर्ने मान्छेको पनि फोक्सो गुलाबी हुन छाडेको बताएका छन्। ‘अचेल फोक्सोमा दाग देखिन चुरोट खानै पर्दैन। धेरै भयो, चुरोट नखानेको पनि गुलाबी फोक्सो देख्न छाडेको,’ उनले भने, ‘वातावरण यति प्रदूषित भएको छ, धूमपान नगर्ने पनि छातीको समस्याबाट ग्रसित छन्।’

    केही दिनयता दिल्लीवासी बिना मास्क हिँडडुल गर्न छाडेका छन्। आइतबारयता नै मास्कको व्यापार तीन हजार प्रतिशत बढेको मास्क व्यापारी जयधर गुप्ताले बताएका छन्। मोटरसाइकल सवारले पनि सल वा टिसर्टले मुख छोपेको देखिन्छ। बुधबार फुटपाथमा हिँडिरहेकी एक युवतीले धुँवाधुलोबाट जोगिन आफ्नो कालो लामो कपाल तानेर नाकमुख छोपेकी थिइन्।

    दिल्लीको यो प्रदूषण कति भयानक छ भने, मुख्यमन्त्रीले नै सहरलाई ‘ग्यास च्याम्बर’ को संज्ञा दिएका छन्। यो विषालु तुँवालो दिल्लीमा नयाँ भने होइन। हरेक वर्ष यो याममा छिमेकी राज्य हरियाणामा बाली जलाउँदा निस्कने धुँवाले दिल्लीको हावा प्रदूषित हुन्छ। हरियाणामा बाली लगाएका खेतबारी सफा गर्न जलाउने चलन परम्परागत हो। भर्खरै सकिएको हिन्दुहरूको पर्व तिहारमा पड्काइने पटाकाले पनि वातावरण प्रभावित पारेको विज्ञ बताउँछन्।

    यस वर्ष भने यो समस्या उत्कर्षमै पुगेको छ। मंगलबार दिल्लीको हावामा प्रदूषण मात्रा प्रतिघनमिटर ७ सय माइक्रोग्राम पुगेको छ। यो भनेको दैनिक दुई प्याकेट चुरोट खाए बराबर हो। विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा यो प्रदूषणस्तर ३० गुणा बढी हो।

    चार करोड ५० लाख जनसंख्या रहेको राजधानी दिल्लीको प्रदूषण नियन्त्रण गर्न अधिकारीहरूलाई सकस परिरहेको छ। यस वर्ष तिहारमा पटाका पड्काउन प्रतिबन्ध गरे पनि खासै प्रभावकारी हुन सकेन। त्यसमाथि बालीमा लगाइने अवैध आगलागीले तुँवालोको मात्रा बढाउँछ, जुन भर्खरै सुरु भएको छ।

    बढ्दो प्रदूषणप्रति टिप्पणी गर्दै मुख्यमन्त्री अर्विन्द केजरीवालले ट्विटरमा लेखेका छन्– दिल्ली ग्यास च्याम्बर भएको छ। हरेक वर्ष यो याममा यस्तै हुन्छ। हामीले छिमेकी राज्यहरूमा बाली आगो लगाउने समस्याको विकल्प खोज्नुपर्छ।

    दिल्लीका वातावरणमन्त्री इमरान हुसेनले गत अगस्टमै छिमेकी राज्य हरियाणा, पन्जाब, राजस्थान र उत्तर प्रदेशमा आगलागी नियन्त्रण गर्न पत्राचार गरेको बताएका थिए। हालसम्म ती राज्यले कुनै कारबाही अघि बढाएका छैनन्। यसको कारण भारतको विकेन्द्रित शासन प्रणालीलाई पनि मानिएको छ। जुन ठाउँमा बाली जलाइन्छ, त्यो त्यही राज्यको अधिकार क्षेत्रमा पर्छ। दिल्लीको आग्रह मान्न ती राज्य बाध्य हुँदैनन्।

    बाली जलाउँदै । फाइल तस्बिरः स्क्रोल इन डटकम

    प्रदूषण बढ्नुको कारण आगलागी मात्र होइन। सवारीसाधन र उद्योगबाट निस्कने धुँवाका साथै फोहोरमैला जलाउँदा निस्कने धुँवाले पनि हावा जोखिमपूर्ण बनाएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ। चिसो मौसमका कारण पनि प्रदूषण बढेको हो।

    मेडिकल जर्नल ‘द ल्यान्सेट’ मा गत महिना प्रकाशित एक लेखअनुसार प्रदूषणकै कारण मृत्यु हुने सूचीको अग्रस्थानमा भारत छ। सन् २०१५ मा प्रदूषणबाट लाग्ने विभिन्न रोगले २५ लाख मान्छेको मृत्यु भएको उक्त लेखमा जनाइएको छ।

    उप–मुख्यमन्त्री मनिष सिसोडियाले प्रदूषण नियन्त्रण गर्न सबै विकल्पमा काम गरिरहेको बताएका छन्। यसमा सवारीसाधन व्यवस्थापन प्रमुख हो। सरकारले निजी गाडीलाई एक दिन बिराएर मात्र गुडाउन पाउने र हेलिकप्टरबाट सहरमा पानी छर्केर हावा सफा गर्ने उपाय सिफारिस गरेको छ।

    स्कुल तथा अफिसहरू बन्द गर्ने सुझाव पनि सरकारकै हो। उप–मुख्यमन्त्री सिसोडियाले प्रदूषणको समस्या झल्काउने आफ्नै एक अनुभव सुनाए, ‘म एउटा बैठकमा सहभागी हुन गाडीमा जाँदै थिए। नजिकै एउटा स्कुल बस थियो। त्यसमा विद्यार्थीहरू प्रदूषणका कारण उकुसमुकुस थिए। तीमध्ये दुई जनाले अचानक झ्याल खोले र वान्ता गरे। यो घटना मेरो लागि अत्यन्त दुखद थियो। त्यसपछि मैले तुरुन्तै स्कुल बन्द गर्ने निर्देशन दिएँ।’

    तस्बिरः दी हिन्दुस्तान टाइम्स

    गत वर्ष पनि प्रदूषणकै कारण १८ सय वटा स्कुल केही दिन बन्द भएका थिए। प्रदूषण नियन्त्रणसम्बन्धी एक स्वतन्त्र अध्ययन समूहका विशेषज्ञ डाक्टर शरत कुमार गुट्टिकुन्डाले स्कुल बन्द गरेर केटाकेटीलाई घरै बस्ने वातावरण बनाउँदा उनीहरू केही हदसम्म सुरक्षित भएको बताएका छन्। खासगरी अत्यधिक सवारी आवागमन हुने ठाउँमा यो विकल्प प्रभावकारी देखिएको उनको भनाइ छ।

    छाती शल्यचिकित्सक डा. कुमार भने प्रदूषण नियन्त्रणको यो उपायबाट सन्तुष्ट छैनन्। यसलाई ‘टालटुले’ उपाय बताउँदै उनले भने, ‘दीगो समाधान गर्न दिल्लीका सबै जनता मिलेर सरकारलाई दबाब दिनुपर्छ।’

    ‘अहिलेको अवस्थामा दिल्लीवासीसँग तीन विकल्प छन्,’ उनले भने, ‘पहिलो, सास फेर्न छोड्नु पर्यो। जुन सम्भव छैन। दोस्रो, दिल्ली नै छाड्नु पर्यो। यो पनि सम्भव छैन। तेस्रो भनेको स्वच्छ हावामा सास फेर्न पाउने अधिकारका निम्ति आन्दोलन सुरु गर्नु हो। दिल्लीवासीसँग भएको एक उपाय यही हो।’ दी न्युयोर्क टाइम्स/सेताेपाटी डटकममा समाचार छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.