Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दोस्रो चरणमा प्रमुख तीन गठबन्धनबाट ३६ महिला उम्मेदवार (उम्मेदवार सूचीसहित)

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक १७, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रमुख दलहरुले गठबन्धन बनाएर चुनाव लड्दा पनि प्रत्यक्षमा महिला उम्मेदवारको संख्या संविधानले तोकेको भन्दा निकै कम देखिएको छ।

    संविधानमा ३३ प्रतिशत महिला सांसद हुनैपर्ने बाध्यकारी व्यवस्था छ । तर, प्रत्यक्षतर्फ अधिकांश उम्मेदवार पुरुष भएका कारण महिला समानुपातिकबाटै आउनु पर्ने भएको छ ।

    महिलाले प्रत्यक्षमै प्रतिस्पर्धा गर्छौं भन्दा पनि नेताहरु अनुदार बनेको आरोप महिला नेतृहरुको छ । काठमाडौं १ मा एमाले जिल्ला इन्चार्ज समेत रहेकी साबित्रा भुसालको टिकट पक्का भइसकेको थियो । तर, अन्तिममा माओवादीका अनिल शर्मालाई लागि छाड्यो ।

    यस्तै कञ्चनपुर क्षेत्र नम्बर १ को ख मा एमालेले विद्यार्थी नेतृ मर्यादा विष्टलाई टिकट दिइसकेको थियो । तर, बेला नभएको भन्दै उनको टिकट कुलवीर चौधरीलाई दिइयो ।

    कांग्रेस र माओवादीमा पनि महिलाको उस्तै गुनासो छ । गठबन्धन भएपछि चुनाव जित्ने सहज ठानेर पुरुष नेताहरु झनै महिलाप्रति अनुदार बन्दै आफैं टिकट हत्याउन अग्रसर भएपछि महिला उम्मेदवार कम भएको महिला नेतृहरुको आरोप छ ।

    ‘जिल्ला तहदेखि नै सर्वसम्मत भएकाहरुले टिकट पाएका छन्, नत्र माथिबाट पहुँच बनाएर टिकट पाउन महिलालाई गाह्रो देखियो’ एक नेतृले भनिन् । प्रत्यक्षमा पुरुष नेताहरु अनुदार भएका कारण अब त्यसको क्षतिपूर्ति उनीहरुले समानुपातिबाट भर्नुपर्ने नेपाल ल क्याम्पसका पूर्वसभापति रहिसकेका अधिवक्ता नवराज थपलियाले बताए ।

    पहिलो चरणमा प्रमुख दुई गठबन्धनबाट जम्मा ९ जना महिला उम्मेदवार भएकामा दोस्रो चरणमा केही बढेको छ ।

    दोस्रो चरणको चुनावमा वाम गठबन्धनबाट प्रतिनिधिसभामा ९ महिला उम्मेदवार बनेका छन् । कांग्रेसको लोकतान्त्रिक गठबन्धनबाट ६ जना महिला उम्मेदवार छन् भने मधेसवादी दलको गठबन्धनबाट प्रतिनिधिसभामा एकजना पनि उम्मेदवार छैनन् ।

    प्रदेशसभातर्फ २० जना महिला मैदानमा छन् । एमालेबाट ९ महिला प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् ।

    प्रदेश नम्बर १ः एमालेका थारु महिला मैदानमा

    प्रदेश नम्बर एकबाट सबैभन्दा बढी एमालेले ३ जना महिला नेतृलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । तीमध्ये दुईजना थारु महिला छन् । एमालेबाट झापा २ मा पवित्रा निरौला खरेल, सुनसरी ३ मा भगवती चौधरी र उदयपुर १ मा मञ्जुकुमारी चौधरी छिन् ।

    तीनैजना महिला २०७० को चुनावमा पनि प्रतिस्पर्धी थिए । मञ्जुले चुनाव जितेकी थिइन् भने पवित्रा र भगवती झिनो मतले पराजित भएका थिए । भगवती चौधरीले यसपटक पनि पूरानै प्रतिद्वन्द्वी विजयकुमार गच्छदारको सामना गर्नुपर्ने भएको छ ।

    मञ्जु चौधरीले कांग्रेसका नेता डा. नारायण खड्कासँग प्रतिस्पर्धा गर्नेछिन् भने पवित्रा निरौलाले कांग्रेसका झापा जिल्ला सभापति उद्धव थापाको सामना गर्नुपर्ने भएको छ ।

    कांग्रेसले दोस्रो चरणमा प्रदेश १ बाट प्रतिनिधिसभातर्फ भाैतिक योजना राज्यमन्त्री सीता गुरूङलार्इ तेह्रथुमको उम्मेदवार बनाएको छ । उनी यसअघि दुर्इ पटक समानुपातिकबाट सांसद बनेकी हुन् । प्रत्यक्षतर्फ उनको यो पहिलो अनुभव हो । पहिलो चरणमा यसअघि खोटाङबाट सरस्वती बजिमयको उम्मेदवारी परिसकेको छ । माओवादीले पनि प्रतिनिधिसभामा प्रदेश १ बाट महिला उम्मेदवार दिएन ।

    प्रदेशसभातर्फ एमालेले इलाम १ को ख बाट खिनु लिनुङ्वा लिम्बु र उदयपुर २ को ख बाट कला घलेलाई उम्मेदवार बनाएको छ । माओवादीले मोरङ ३ को ख मा गीता तिमल्सिना र उदयपुर १ को २ को क मा भेषकुमारी राउत कोपिलालाई उम्मेदवार बनाएको छ ।

    प्रदेश नम्बर २ः मधेशी महिला कम

    मधेसी समुदायको सघन बसोबास रहेको प्रदेश नम्बर २ मा प्रतिनिधिसभातर्फ वामपन्थी गठबन्धनबाट उर्मिला अर्याल र कांग्रेसबाट किरण यादव दुई महिलामात्र उम्मेदवार छन् । मधेसमा बलियो जनाधार भएका राजपा र फोरमबाट भने महिला उम्मेदवार छैनन् ।

    प्रदेश २ मा कांग्रेसले महोत्तरी २ मा किरण यादवलाई उम्मेदवार बनाएको छ भन अन्य क्षेत्रमा महिलालाई टिकट दिएन । एमालेले महोत्तरी १ को क मा शारदा थापा र सर्लाही १ को ख मा बेची लुङ्गेलीलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ ।

    माओवादीले उर्मिला अर्याललाई पर्सा ४ मा प्रतिनिधिसभा सदस्य र ज्वालाकुमारी साहलाई बारा ३ को क मा प्रदेशसभा उम्मेदवार बनाएको छ । राजपाले प्रदेशसभातर्फ महोत्तरी १ को क मा रुपा यादव, २ को खमा सुरिताकुमारी साह र ३ को ख मा रानी शर्मा तिवारीलाई उम्मेदवार बनाएको छ ।

    प्रदेश नम्बर ३ः अष्टलक्ष्मी भावी मुख्यमन्त्री

    प्रदेश ३ मा कांग्रेसले दुई महिला नेतृलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । महालक्ष्मी उपाध्याय मकवानपुर २ र अम्बिका बस्नेत काठमाडौं ३ मा उम्मेदवार बनेकी छन् ।

    माओवादीले पार्टी प्रवक्ता पम्फा भुसाललाई ललितपुर ३ बाट उम्मेदवार बनाएको छ । एमालेले भने प्रदेशसभामा मात्र महिलालाई उम्मेदवार बनाएको छ । पार्टी उपाध्यक्ष तथा ३ नम्बर प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य काठमाडौं क्षेत्र नम्बर ८ को ख बाट प्रदेशसभा सदस्य उम्मेदवार बनेकी छन् । उनलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ ।

    काठमाडौंमा एमालेले क्षेत्र नम्बर १ को कमा विष्णमाया भुसाल र १० को क मा रमा आले मगरलाई प्रदेशसभा उम्मेदवार बनाएको छ । माओवादीले कुमारी मोक्तानलाई मकवानपुर २ क मा र लालकुमारी पुनलाई ललितपुर १ को क मा उम्मेदवार बनाएको छ ।

    प्रदेश ४ः प्रतिनिधिसभामा एक्ली पद्मा

    प्रदेश ४ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने एकजनामात्र महिला पद्माकुमारी अर्याल भएकी छन् ।

    एमाले केन्द्रीय सदस्य अर्यालले कांग्रेस बरिष्ठ नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछिन् । त्यस्तै प्रदेश ४ बाट प्रदेशसभातर्फ माओवादीले विना विभागीय मन्त्री आशा कोइरालालाई तनहुँ २ को क बाट उम्मेदवार बनाएको छ । कांग्रेसले निवर्तमान सांसद शारदा पौडेललाई कास्की ३ को ख बाट उम्मेदवार बनाएको छ ।

    प्रदेश ५ः चार महिला चुनावी मैदानमा

    प्रदेश ५ मा कांग्रेसले सुशीला चौधरी र वाम गठबन्धनले दुर्गा पौडेललाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएको छ ।

    चौधरीले दाङ १ मा वामपन्थी गठबन्धनका उम्मेदवार एमाले नेता मेटमणी चौधरीसँग र प्युठानमा पौडेलले कांग्रेसका डा. गोविन्दराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछिन् ।

    प्रदेशसभातर्फ एमालेले बाँके १ ख मा आरती पौडेल र रुपन्देही ४ ख मा पल्लबी शुक्ललाई उम्मेदवार बनाएको छ ।

    प्रदेश ७ः महिलाबीचको प्रतिस्पर्धा

    प्रदेश ७ मा यसपटक रोचक संयोग के परेको छ भने देशभरीमै महिलाको मात्रै प्रतिस्पर्धा कैलाली १ मा हुनेछ । कैलाली १ मा वामपन्थी गठबन्धनबाट एमाले केन्द्रीय सदस्य गरिमा शाह र कांग्रेस नेतृ ईश्वरी न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

    कैलाली ५ मा कांग्रेसबाट डा. आरजु राणा देउवा चुनावी मैदानमा छिन् भने कन्चनपुर १ मा माओवादीले बिना मगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको समाचार अनलाइनखबर डटकममा छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.