Date
शुक्र, अशोज १२, २०८०
Fri, September 29, 2023
Friday, September 29, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

धान राख्ने बोरा अभाव भएपछि धान खरिद रोकियो

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बुधबार, मंसिर ३, २०७७
- समाचार
A A
0
  •  share
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कैलालीको खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ।

    खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरिद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरिद गरेको थियो। सोही दिनदेखि बोरा अभाव भएको भन्दै कम्पनीले धान खरिद गरेको छैन। धान राख्ने बोरा अभाव भएकाले बोरा व्यवस्थापन गरेर केही दिन ढिलाइ गरी पुनः खरिद शुरू गर्ने टीकापुर खरिद केन्द्रका प्रमुख चेतमान कठायतले जानकारी दिए। ‘हामीसँग भएका सबै बोरा सकिएका छन्, धान खरिद गरेपछि केमा राख्ने ? समस्या भएर केही दिन रोकेका हौँ’, कठायतले भने, ‘बोरा व्यवस्थापन गर्दैछौँ, केही दिनमा फेरि शुरू गर्छौँ।’

    टीकापुरमा कात्तिक १८ गतेदेखि खरिद शुरू गरेको खाद्य व्यवस्था तथा कम्पनीले टीकापुर–१ को खाद्य गोदाम र वडा नं ४ को मौरनियाबाट धान खरिद गरिरहेको छ। टीकापुरको खाद्य गोदाममा भण्डारण गर्ने ठाउँ नहुँदा अहिले मौरनियाबाट धान खरिद भइरहेको उहाँ बताउनुहुन्छ। ‘मौसमसँगै बोराको व्यवस्थापन भए आउँदो आइतबारदेखि मौरनियाबाट धान खरिद शुरू हुन्छ’, कठायत भन्नुहुन्छ, ‘कम्पनीले यस आर्थिक वर्षमा कैलालीका विभिन्न चार स्थानबाट ६२ हजार क्विन्टल धान किसानबाट खरिद गर्ने लक्ष्य राखेर खरिद शुरू गरेको हो।’

    कम्पनीले टीकापुरबाट अहिलेसम्म आठ हजार क्विन्टल धान खरिद गरिसकेको छ। कम्पनीको लक्ष्यअनुरुप किसानबाट केन्द्रमा धान आउञ्जेल किसानको धान खरिद गरिने उनले बताए। खाद्य व्यवस्था तथा कम्पनीले प्रतिक्विन्टल मोटा धान दुई हजार ७३५ र मध्यम धान दुई हजार ८८५ रुपैयाँमा खरिद गरिरहेको छ।

    कम्पनीले धान खरिद गर्ने स्थानमा दैनिक सयौँ साधन धान बिक्रीका लागि लाइनमा बसेका हुन्छन्। बिहानै ४ बजेदेखि धान बिक्रीका लागि किसानको लाइन लाग्ने गरेको छ। उचित मूल्य पाएपछि लाइनमा बसेका किसानले धान बेच्न नपाउँदा भने दिक्क भएका छन्। ‘गाउँ तथा बजारमा रहेका गल्लामण्डीमा मूल्य पाइँदैन, त्यहाँ दुई हजारदेखि दुई हजार ५०० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ’, स्थानीय किसान बन्धुराम चौधरी भन्छन्‌, ‘यहाँ उचित मूल्य पाइन्छ भनी मैले धान बेचेको छैन। मजस्ता धेरै किसानले बिक्री गर्न पाएका छैनौँ।’

    किसानले धानको बिक्री मूल्य उचित पाउँदा यस वर्ष सरकारी खरिद केन्द्रमै धान बेच्ने गरेका हुन्। ‘धानको लागतअनुसारको उचित मूल्य पाउँदा हामी खुशी भएका छौँ तर रातदिन लाइनमा बसेर तोकिएको खरिद केन्द्रमा धान बेच्न कठिन भएको छ’, जानकी–६ का किसान सन्देश विक भन्नुहुन्छ, ‘धान बेच्ने किसानको लर्को नसकिँदै अहिले धान खरिद बन्द भएको छ। गाउँतिरका किसानले पनि यस वर्ष उचित मूल्य पाइन्छ भन्दै धान बिक्री गरेका छैनन्।’

    किसान विक खरिद केन्द्रले खरिद गर्ने ठाउँ बढाएर भए पनि किसानलाई सहज धान बिक्री गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताउँछन्‌। ‘अहिले दुई ठाउँबाट खरिद गर्न थालिएको छ। थप दुई ठाउँ थपेर धान खरिद गरिनुपर्छ’, उनले भने, ‘कैलाली धानखेतीका लागि उर्वरभूमि हो। उचित मूल्य पाएमा कृषिमा थप आकर्षण बढ्छ।’ रासस

     

    •  share
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      शेषनाथ वर्नवाल
      शुक्रबार, अशोज १२, २०८०

      जहाँ जिज्ञासा छ त्यहाँ प्रश्न छ। जहाँ प्रश्न छ त्यहाँ भक्ति वा अन्धश्रद्धा नभइ ज्ञान र अनुभवको सुरुवात हुन्छ। जहाँ...

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      नेपाल रिडर्स
      बुधबार, अशोज १०, २०८०

      सर्वोच्च अदालतले फेवा तालको क्षेत्रफल र मापदण्डका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ आएसँगै यस सम्बन्धमा रहेका सबै पुराना विवादहरु किनारा लाग्ने...

      झिँगा

      झिँगा

      राजेन्द्र पराजुली
      शनिबार, भदौ ३०, २०८०

      (राजेन्द्र पराजुली पछिल्लो समयका सक्रिय कथाकार हुन। कथाकार, पत्रकार र साहित्यिक पत्रकारका रुपमा उनले लामो समय नेपाली भाषाको सेवामा बिताएका...

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      नेपाल रिडर्स
      मङ्लबार, भदौ २६, २०८०

      वरिष्ठ राजनीतिज्ञ तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण गएराती निधन भएका नेम्वाङ...

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      छुवाछुतको पुस्तान्तरण: मेरो परिवारको भोगाइ

      गणेश लम्साल
      बुधबार, भदौ ६, २०८०

      बितेका २८ वर्षदेखि मैले र मेरो परिवारले कुनै न कुनै रुपमा जातीय विभेदको सामना गरिरहेको छ। माघ ०५२ मा मेलै...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      मङ्लबार, साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      सिफारिस

      शीत युद्धमा भारत र क्यानाडा
      विश्व

      शीत युद्धमा भारत र क्यानाडा

      नरेश ज्ञवाली
      शुक्रबार, अशोज ५, २०८०

      थप पढ्नुहोस्
      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ
      अन्तर्वार्ता

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      नेपाल रिडर्स
      बिहिबार, भदौ ७, २०८०

      थप पढ्नुहोस्
      कसले जितिरहेको छ युक्रेन युद्ध?
      विश्व

      कसले जितिरहेको छ युक्रेन युद्ध?

      रोहेज खतिवडा
      सोमवार, भदौ ४, २०८०

      थप पढ्नुहोस्
      अझै छातीमा आगो निभेको छैनः भूपाल राई
      अन्तर्वार्ता

      अझै छातीमा आगो निभेको छैनः भूपाल राई

      नेपाल रिडर्स
      शनिबार, भदौ २, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist