Tuesday, April 13, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

नेकपा एमाले र माओवादी केन्द्र नेकपा बन्याे, ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत(भिडियाेसहित)

by nepal_readers
May 17, 2018
- समाचार
नेकपा एमाले र माओवादी केन्द्र नेकपा बन्याे, ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत(भिडियाेसहित)
Share on FacebookShare on TwitterEmail

देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ ।

२०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ ।

२००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जनगोविन्द वैद्य,नरवहादुर कर्माचारी, नारायणविलाश जोशी र मोतिदेवी श्रेष्ठ संस्थापक रहेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालमा फुटेको थियो । त्यसपछि केशरजंग रायमाझी राजाको पक्षमा पञ्चायतमा बिलय भए भने पुष्पलाल र तुलसीलाल अमात्यहरुले अलगअलग पार्टी बनाए । २०२८ सालमा तत्कालिन झापाली क्रान्तिकारीले सशस्त्र युद्धबाट एकीकरण गरेको नेकपा माले र २०४७ सालमा माले माक्र्सवादी मिलेर बनेको नेकपा एमालेले संसदीय धाराको नेतृत्व गरेको थियो ।

२०३४ सालमा मोहन विक्रम सिंहले पुनर्गठन गरेको नेकपा चौम पछिल्लो समय एकता केन्द्र हुँदै २०५२ सालमा माओवादी धारा बनेर सशस्त्र क्रान्तिको नेतृत्व गरेको थियो ।

२०७४ साल असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र माओवादी अन्ततः एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठक जीवनराज आश्रतिको स्मृति दिवस पारेर एकीकृत भएका हुन् । विभाजनका २० हजार ४४० दिनपछि नेपाल कम्युनिष्ट पार्टी एकीकरण भएको नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले बताए ।

दक्षिण एशियाको पहिलो, एशियाको तेस्रो ठूलो

एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी दक्षिण एशियाकै सबैभन्दा ठूलो वामपन्थी पार्टीमात्र बनेको छैन, इतिहासकै ठूलो पार्टीसमेत बनेको छ । एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

२०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याउँदा जम्मा ४ सिट जितेको कम्युनिष्टपार्टी अब करीव दुई तिहाईको हैसियतमा पुगेको छ । एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले केन्द्र, प्रदेश र स्थायी तह सबैतिर बहुमत ओगटेको छ । लोकपि्रय मतमा कम्युनिष्ट पार्टी बहुमतभन्दा माथि अर्थात करीव ५३ प्रतिशत स्थापित भएको छ ।

सात मध्ये ६ प्रदेश र ७५३ मध्ये ४०३ स्थानीय तहमा कम्युनिष्ट पार्टीको सरकार छन् ।

प्रतिनिधिसभामा २७५ सिटमध्ये नेपाल कम्युनिष्ट पार्टी एक्लैको १७४ सिट भएको छ भने प्रमुख विपक्षी नेपाली कांग्रेस निकै कमजोर बनेको छ । कांग्रेसको जम्मा ६३ सिट छ । पार्टी एकीकरण घोषणा गर्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अब कम्युनिष्ट पार्टीको प्रतिस्पर्धी नरहेको बताए ।

कांग्रेस प्रतिस्पर्धी होइन : ओली

ओलीले सुखी नेपाली सम्बृद्ध नेपालको अभियानमा कांग्रेसलाई पनि सँगै लैजाने र बैधानिक प्रतिपक्षको हैसियतको सम्मान गर्ने बताए । उनले जनताले मन नपराउने एजेण्डा बोकेर थप अलोकपि्रयताको बाटोमा नजान कांग्रेसलाई आग्रह गरे ।

ओलीले नेपाल कम्युनिष्ट पार्टीले अब अर्को चुनावमा दुई तिहाईमात्र जितेर नपुग्ने भन्दै तीन चौथाई स्थान जित्ने दावी समेत गरे । अर्का अध्यक्ष प्रचण्डले भने कांग्रेसबारे केही टिप्पणी गरेनन् । बरु सत्तामा पुगेपछि भ्रष्टीकरण हुने रोग नेपाल कम्युनिष्ट पार्टीमा लाग्न नदिने र अझ बलियो पार्टी बनाउने बताए ।

नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै अब एमाले र माओवादी केन्द्रको अस्थित्व विधिवत समाप्त भएको छ । पार्टीको सिद्धान्त मार्क्सवाद लेनिनवाद र कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हुनेछ ।

चुनाव चिन्ह सूर्य रहने छ ।

यस्तो छ नेतृत्व संरचना

नेकपाको अध्यक्षमा केपी ओली र प्रचण्ड छन् । तत्कालिन पार्टी एकता संयोजन समितिमा तत्कालिन एमालेका उपमहासचिव विष्णु पौडेललाई थपेर ९ सदस्यीय सचिवालय गठन भएको छ । पौडेल नेपाल कम्युनिष्ट पार्टीको महासचिव बनेका छन् ।

केन्द्रीय सचिवालयमा ओली र प्रचण्डपछिको बरियतामा माधव नेपाल रहेका छन् । त्यसपछि क्रमशः झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामवहादुर थापा र बिष्णु पौडेल रहनेछन् ।

तत्कालिन एमालेका २६ र तत्कालिन माओवादी केन्द्रका १९ जना समेटेर स्थायी कमिटी गठन भएको छ । स्थायी कमिटीमा एमालेको तत्कालीन कमिटी कायम रहेको छ भने तत्कालिन माओवादीका तर्फबाट नाम टुंगो लागेको छैन ।

त्यस्तै तत्कालिन एमालेबाट २४१ र तत्कालिन माओवादीबाट २०० समायोजन गरेर ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ । एकीकृत पार्टीको कमिटी गठनका सबै प्रक्रिया तीन महिनाभित्र पूरा गर्ने नेताहरुले बताएका छन् ।

नेकपाको संगठनमा १० तहका संरचना हुने भएका छन् । सबैभन्दा माथि केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी केन्द्रका संरचना हुनेछन् । त्यसपछि राष्ट्रिय परिषद रहनेछ । प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तह कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीहरु गठन हुनेछन् ।

पार्टी एकताको २ वर्षभित्रमा एकता महाधिवेशन हुनेछ ।

बालुवाटारमा सपथ, नाममा अण्डरलाइन

एकता घोषणाअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पार्टीको केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बसेको थियो । नेताहरुले त्यही सामुहिक सपथ लिए ।

लगत्तै अध्यक्षद्वयले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेकाले अण्डरलाइन दिइएको हो । यद्यपि आयोगले निर्णय गरेको छैन ।

एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं सताब्दीको जनवाद भन्दै आएको थियो । दुवैलाई आगामी महाधिवेशनमा बहसमा लगिने भएको छ । अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौं शताव्दीको जनवादबाटै लिइएका छन् । अनलाइखबर डटकममा खबर छ ।

हेर्नुहाेस् राष्ट्रिय सभा गृहमा पार्टी एकता घाेषणाः

https://youtu.be/hcMmjBpZ5wc

 

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.