नेकपा मालेका महासविच सिपी मैनाली सवार गाडी बर्दीवासमा दुर्घटना

0
10

नेकपा मालेका महासविच सिपी मैनाली सवार गाडी बिहीबार महोत्तरीको बर्दीवासमा दुर्घटना भएको छ।दुर्घटनामा परी महासचिव मैनाली, उनका छोरा, बुहारी, नाती र चालकसमेत पाँच जना घाइते भएका छन् ।

मैनाली चढेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ च ७६६८ नम्बरको जिप बिपी राजमार्गको बर्दिवास नगरपालिका खण्डमा पर्ने कालापानी भन्ने ठाउँमा ठोक्किएको थियो । उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजन चापागाई‌ले जानकारी दिए । मैनालीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया