Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपाल विद्या सार्वजनिक, नेपालका सबै विश्वविद्यालयहरुलाई प्रदान गरिने

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
मंसिर १८, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कपिलवस्तु दिवसको अवसर पारेर केदार वाशिष्ठको अनुसन्धानमूलक कृति नेपाल विद्याः सिद्धान्त र प्रयोग सार्वजनिक भएको छ । अनुसन्धानकर्ताकी आमा केदार कुमारी भट्टराई र शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले कृति नेपाल अर्पण गरेका हुन् ।

    नेपाल अर्पण संक्षिप्त समारोहमा बोल्दै शताब्दी वाङ्मय पुरुष जोशीले नेपाल विद्याले नेपालबारे विश्वकोशको ज्ञान दिने सम्भावना रहेको बताए ।सन् १८९६ डिसेम्बर १ मा तत्कालीन ब्रिटिस इन्डिया सरकारका कर्मचारी जर्मन नागरिक डा। एलोइस एन्टोन फुहरर र नेपालका बडाहाकिम खड्ग शमशेरले लुम्बिनीको अशोक स्तम्भ पुनः पत्ता लगाएको दिनलाई स्मरण गर्दै सन् २००९ देखि डिसेम्बर १ लाई लुम्बिनी कपिलवस्तु दिवसका रुपमा मनाइँदै आएको छ ।

    अनुसन्धानकर्ता केदार वाशिष्ठले गरेको अनुसन्धानमा नेपाल विद्यालाई अध्ययन, अध्यापन र अनुसन्धानको बेग्लै विधाका रूपमा सैद्धान्तिक आधार स्थापना गर्दै त्यसका दुई प्रयोग ९१० लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन र ९२० शिला खोजेको भाषा समेत देखाइएको छ । ४४४ पृष्ठको कृतिलाई विद्यार्थी पुस्तक भण्डारले प्रकाशन र वितरण गरेको छ ।

    नेपाल विद्या विधा अध्ययन, अध्यापन र अनुसन्धानको नयाँ विधा रहेका कारण त्यसलाई पठनपाठन तथा अनुसन्धानको विषय बनाउन सहयोग होस् भनेर नेपालका सबै विश्व विद्यालयहरुमा अनुसन्धानकर्ता र प्रकाशकको हस्ताक्षरसहितका प्रति प्रदान गरिने जानकारी दिइएको छ ।

    नेपाल विद्याको सैद्धान्तिक खण्डमा भारत विद्या, चीन विद्या, तिब्बत विद्या, इजिप्ट विद्या, आर्मेनियाली विद्या र विकासका लागि जापान विद्यालगायतका देशीय विद्याको सन्दर्भ खोज्दै नेपाल विद्याको जग हालिएको छ । त्यसका साथै अन्य विषयगत अध्ययनको क्षेत्रका सम्भावनामा बुद्ध विद्या र किरात विद्याको चर्चा गरिएको छ । देशीय विद्याका सैद्धान्तिक आधारसहित नेपाल विद्याको खोजी, प्रयोजन र सम्भावना यसमा पाइन्छ ।

    देशीय विद्या अध्ययनको सन्दर्भमा नेपाल विद्याको पहिलो प्रयोग लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन रहेको छ । बुद्ध र बुद्धको जीवनसँग सम्बन्धित सम्पदाहरुबारे भारतले बारम्बार दावी गर्ने गरेका कारणको खोजी यसमा गरिएको छ । यस केन्द्रमा लामो समयसम्म हालको भारतमा उपनिवेश जमाएको बेलायतको संलग्नता पहिले र अहिले पनि रहेको तथ्य यस प्रयोगबाट उजागर भएको छ । त्यसको असर समग्र दक्षिण एसिया र अन्य मुलुकमा पनि पाइने गरेको छ ।

    नेपाल विद्याको अर्को प्रयोग सिला खोजेको भाषा नेपालको भूक्षेत्र र नेपालका भाषाको खोजीसँग सम्बन्धित छ । खासगरी बेलायती अध्ययन परम्परामा नेपालको इतिहास लेखन र खोजी हुँदा नेपाली भाषामाथि भएको अन्यायलाई बेलायती अध्ययन परम्पराभन्दा अघिका ल्याटिन, आर्मेनियाली, अरबी र ग्रिसेली अध्ययन परम्पराले न्याय दिने गरी यसमा खोजी भएको छ ।

    त्यसक्रममा सन् १७१७ मा नै नेपाली नामबाटै नेपाली भाषाको अध्ययन भएको सन् १७५९ मा देवनागरी लिपिमा नै नेपाली भाषा युरोपमा छपाइको युगमा पुगेको र १७७१ मा व्याकरण परम्परामा प्रवेश गरेको पाइएको छ । यसले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि खस वा गोर्खा भाषालाई नेपाली भाषाका रूपमा लादेको भन्ने गलत अध्ययन परम्परालाई सच्याएको छ । यस क्रममा किरात, लिच्छवि, मल्ल कालदेखिका भाषा तथा लेख्य चिह्नका नमुनालाई रोममा छपाइ भएको नेपाली भाषाका नमुनासँग तुलना गरेर निष्कर्ष निकालिएको छ ।

    यी सिद्धान्त र प्रयोगले नेपाल विद्यालाई अध्ययन, अध्यापन र अनुसन्धानको विशिष्ट विधाका रूपमा स्थापना गरेको छ ।कृति सार्वजनिकीकरणपछि आयोजित एक भर्चुअल कार्यक्रममा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले नेपाल विद्या अध्ययन, अध्यापन र अनुसन्धानको नयाँ विधा रहेका कारण त्यसलाई पठनपाठन तथा अनुसन्धानको विषय बनाउनुपर्ने आवश्यकता औल्याए ।

    त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा। केदारभक्त माथेमाले नेपाल विद्या कृतिले पुरातत्त्विक, ऐतिहासिक क्षेत्रमा नयाँ तथ्यहरू सार्वजनिक गरेर यस क्षेत्रमा ठूलो गुण लगाएको बताए ।सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा। भूषण श्रेष्ठले नेपालका विश्वविद्यालयहरूले यसलाई पठनपाठन तथा अनुसन्धानको विषय बनाउनुपर्ने आवश्यकता औल्याए ।

    पुरातत्त्वविद् प्रा। वसन्त विडारी तथा नेपाल विद्याका अध्येता कृष्णप्रकाश श्रेष्ठले पुरातात्त्विक क्षेत्रमा पुस्तकले नवीन खोज तथ्य सार्वजनिक गर्न सफल भएको बताए ।पुस्तकको परिचय दिँदै प्रा।डा। बद्रीविशाल भट्टराईले अनुसन्धानकर्ता वाशिष्ठले गरेको अनुसन्धानमा नेपाल विद्यालाई अध्ययन, अध्यापन र अनुसन्धानको बेग्लै विधाका रूपमा सैद्धान्तिक आधार स्थापना गरेको बताए । पुस्तकमा लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खननलाई विशेष रूपमा स्थान दिइएको छ ।

    समालोचक राम लोहनीले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि खस वा गोर्खा भाषालाई नेपाली भाषाका रूपमा लादेको भन्ने गलत अध्ययन परम्परालाई पुस्तकले चिरेको बताए ।गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृति अनुसन्धानकर्ता तथा नीति निर्माताका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । विकास न्यूज

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.