यो वर्षको वैशाखदेखि असारसम्मको अवधिमा बाढी, पहिरो, चट्याङ, डुबान लगायतका प्राकृतिका प्रकोपमा परेर मुलुकभर ३ सय २३ जनाले ज्यान गुमाएका छन् । १ वैशाखदेखि २५ असारसम्म ३२३ जनाको मृत्यु र ५७ जना बेपत्ता भएका हुन् । ती प्रकोपका घटनाहरुबाट ३ हजार २ सय ९८ परिवार प्रभावित भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

प्रहरी प्रधान कार्यालय दिएको विवरण अनुसार यो अवधिमा १ हजार १ सय १४ वटा प्रकोपका घटना भएका छन् भने ८ सय ८५ घरमा आंशिक र ७ सय २० घरमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यस्तै, विभिन्न जिल्लामा १ सय ६५ गोठ र १ हजार २ सय ९७ पशु चौपायामा क्षति पुगेको छ । जिल्लागत रुपमा मानवीय क्षतिको तथ्याङ्क हेर्दा ३ महिनामा सबैभन्दा बढी क्षति धनुषा जिल्लामा १४ जनाको ज्यान गएको छ । त्यस्तै, मोरङ १२, झापा र सिराहा ११र११ जनाको मृत्यु भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेरि डेस्क
नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।