Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

फजुल खर्चको पराकाष्ठा: सात महिनाको भ्रमण, तलब र इन्धन खर्चबापत १४ करोड

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन ९, २०७४
- समाचार
A A
0
  •  share
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार एक सय २७ रुपैयाँ सकिएको छ। यो खर्च साउनदेखि माघसम्मको हो। ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद् सदस्यको तलब, घुमघाम, इन्धन, महँगी भत्ता, सञ्चारलगायत शीर्षकमा यति खर्च भएको हो।

    प्रधानमन्त्री कार्यालयका अनुसार सात महिनामा मन्त्रीको तलबमा मात्रै ८ करोड ९० लाख ९८ हजार ६ सय २२ रुपैयाँ खर्च भएको छ। यो रकम यसअघिका सरकारका पालामा हुनेभन्दा झन्डै ६० प्रतिशतले बढी हो।

    कार्यालय लेखा शाखाप्रमुख उपसचिव कृष्णप्रसाद देवकोटाले मन्त्रीहरू बढी भएकाले सबै शीर्षकमा सोचेभन्दा बढी खर्च भएको जानकारी दिए। पछिल्लो सात महिनामा मन्त्रीहरूले घुमघाममा मात्रै २ करोड २८ लाख ६६ हजार ७ सय ४ रुपैयाँ सकाएका छन्। यो खर्च यसअघि सोही शीर्षकमा भएको खर्चको तुलनामा दोब्बरले बढी हो।

    यस्तै, सोही अवधिमा मन्त्रीहरूले इन्धन खर्च भन्दै ८४ लाख ८४ हजार ६ सय ६३ रुपैयाँ सकाएका छन्। प्रधानमन्त्री कार्यालयले मन्त्रीहरूलाई प्रतिमहिना २ सय ७ लिटर पेट्रोल बराबरको नगद दिँदै आएको छ। मन्त्रीहरूले गाडीमा मन्त्रालयबाट नि:शुल्क पेट्रोल हाल्ने गर्छन्। प्रधानमन्त्री कार्यालयबाट मन्त्रीहरूले नगद लिने गरेका छन्। यस्तै, विविध शीर्षकमा १ करोड २४ लाख ९० हजार ४ सय १२ रुपैयाँ खर्च भएको छ। विविधको शीर्षक भने खुलाइएको छैन। कार्यालय सञ्चालन तथा मर्मतसम्भार शीर्षकमा ६६ लाख ५७ हजार ६ सय २२ रुपैयाँ, सञ्चार सुविधाबापत ११ लाख २ हजार एक सय ४२ रुपैयाँ, महँगी भत्तामा ३१ लाख ५४ हजार ७ सय १८ रुपैयाँ, कार्यालय व्यवस्थापनमा १२ लाख ४८ हजार २ सय ८४ रुपैयाँ तथा पोसाकमा ७ लाख एक हजार ९ सय ६० रुपैयाँ खर्च भएको छ।

    घुमेरै सकियो १ करोड १० लाख
    देउवा नेतृत्वको जम्बो सरकारका मन्त्रीहरूले पुस र माघमा मात्रै जिल्ला भ्रमणमा १ करोड १० लाख सिध्याएका छन्। प्रधानमन्त्री कार्यालयले रकम अभाव भएपछि अधिकांशको भ्रमण बिल भुक्तानी दिन सकेको छैन। प्रधानमन्त्री कार्यालयले पुसमा मात्रै थप १ करोड माग गरेको थियो। रकम सकिएपछि मन्त्रीको भ्रमण खर्च भुक्तानीकै लागि थप ५० लाख माग्ने तयारी लेखा शाखाको छ।

    सात महिनाको खर्च : १४५८०५१२७

    तलब : ८९०९८६२२

    घुमघाम : २२८६६७०४

    विविध : १२४९०४१२

    इन्धन : ८४८४६६३

    कार्यालय सञ्चालन तथा मर्मत सम्भार : ६६५७६२२

    महँगी भत्ता : ३१५४७१८

    कार्यालयसम्बन्धी छुट्टै खर्च : १२४८२८४

    सञ्चार सुविधा : ११०२१४२

    पोसाक : ७०१९६०

    मन्त्रीहरूको पुस र माघमा अत्यधिक जिल्ला भ्रमण भएपछि भ्रमण खर्चका लागि अर्थबाट माग गरिएको १ करोड रुपैयाँ चाँडै सकिएको हो। प्रधानमन्त्री कार्यालयले चालु आर्थिक वर्ष ०७४/७५ मा सरकारका मन्त्रीहरूको भ्रमण तथा अनुगमनका लागि १ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको थियो। विनियोजित रकम साउन–मंसिरसम्मको ५ महिना अवधिमै सकिएपछि प्रधानमन्त्री कार्यालयले पुस दोस्रो साता एक करोड माग गरेको थियो।

    एक वर्षका लागि भ्रमणमा छुट्याइएको सबै रकम सकिएपछि वर्तमान सरकारमा सहभागी हुने मन्त्रीका लागि भ्रमण खर्चबापतको रकम शून्य अवस्थामा पुगेको छ।

    ‘मन्त्रीहरूले पुस–माघमा पेस गरेको बिलका आधारमा भुक्तानी गरेको भए ५ करोड आवश्यक पथ्र्याे’, लेखा शाखाका एक अधिकारीले भने।

    ‘भुक्तानीका लागि बढी पैसाको बिल पेस गरिएको थियो तर हामीले एक/एक परीक्षण गरेर रकम घटाएर दिँदा पनि १ करोड अपुग हुन पुग्यो’, लेखा शाखाका ती अधिकारीले भने।अन्नपूर्ण पाेष्टमा समाचार छ ।

    •  share
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.