Tuesday, March 2, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home मत-अभिमत

मधेस–पहाडः समयसँग संवाद दृष्टि-३

by बिमल कोइराला
July 26, 2017
- मत-अभिमत, समाज
मधेस–पहाडः समयसँग संवाद दृष्टि-३
Share on FacebookShare on TwitterEmail

(मधेस-पहाड: समयसँग स‌वाद दृष्टिमा चन्द्र किशोरको धारणामा तुलानारायण साहको टिप्पणी प्रस्तुत गरिसकेका छौं-  अब हामीले डा‍ विमल काेइरालाकाे विचार प्रस्तुत गरेकाछौँ । सम्पादक)

मुल समस्या भनेको मुलुक बन्दादेखि नै राज्य जनताको नजिक हुन सकेन । राज्य जनताबीचको अन्तरसंवाद यति कमजोर भएर गयो कि जनतालाई पत्यार नै भएन । अहिले नै हेर्नुभयो भने सरकार फेरिने हल्ला चल्दा, सुन्दा हामीलाई आनन्द लाग्छ । सरकार फेरिएको दिनमै हामी यस्तो सरकार हुनुभन्दा त सरकार नभएकै जाती भनेर भन्छौं । सरकार टिकोस् । यो स्थायी होस्, सरकार हाम्रो हो, साथ दिनुपर्छ भन्ने त सोच्दा नि सोच्दैनौं । हाम्रो त्यो अस्थिरता मानसिकतामा कुनै न कुनै रुपमा रहिरहेको छ।

सरकारसँग आशा गरिन्छ तर सरकारले केही गर्न सक्छ भन्ने कसैलाई भरोसा छैन । यो टुटेको भरोसालाई जोड्नुपर्ने काम मधेसले मात्र होइन सारा नेपालीले हो। मनन गर्नु पर्ने विषय के हो भने कसरी नेपालभरका जनतालाई सरकारको नजिक ल्याउन सकिन्छ? कसरी सम्पुर्ण जनताका समस्याहरुलाई संम्बोधन गर्न सकिन्छ? हाम्रा नेताहरुले सोचे होलान् कि एकात्मक राज्यबाट सरकार र जनता नजिक हुन सकिएन । त्यसैले संघात्मक राज्यमा जाने कुरा आयो । तर संघीय संरचनामा गइसक्दा पनि त हाम्रा समस्या त्यस्तै रहे ।

 सरकारसँग आशा गरिन्छ तर सरकारले केही गर्न सक्छ भन्ने कसैलाई भरोसा छैन। यो टुटेको भरोसालाई जोड्नुपर्ने काम मधेसले मात्र होइन सारा नेपालीले हो । मनन गर्नु पर्ने विषय के हो भने कसरी नेपालभरका जनतालाई सरकारको नजिक ल्याउन सकिन्छ? कसरी सम्पुर्ण जनताका समस्याहरुलाई संम्बोधन गर्न सकिन्छ? हाम्रा नेताहरुले सोचे होलान् कि एकात्मक राज्यबाट सरकार र जनता नजिक हुन सकिएन । त्यसैले संघात्मक राज्यमा जाने कुरा आयो । तर संघीय संरचनामा गइसक्दा पनि त हाम्रा समस्या त्यस्तै रहे । संविधान बन्यो, तर देशको एउटा हिस्सा मधेस असन्तुष्ट बन्यो । त्यो चानचुने समस्या भनेर छोड्यौ भने त्यो पछि विकराल भएर आउछ । भुसको आगो जस्तै हुन्छ । यो चाही कुनै न कुनै रुपमा प्रकट हुन्छ ।

मधेसले एउटा भौगोलिक र पहिचानको अधिकार खोज्यो तर अब त्यो कस्तो हुने भनेर कसले निर्धारण गर्ने ? यसबारे प्रश्न उठेको छ यो कस्तो खालको चेत हो त ? समसामयिक चेत हो कि शाश्वत चेत हो ? समसामयिक चेतका आधारमा मात्र कुरा गर्ने हो भने अहिले मधेशमा भएको संवादहीनतालाई टुङ्ग्याउनु पर्छ र पहाडी-मधेसी सबैलाई मिलेर बस्नेसक्ने सहिष्णु समाज वातावरण तयार गरेर टुङ्ग्याउन सकिन्छ । यसैगरी दीर्घकालीन रुपमा पार लगाउने हो भने प्रत्येक नेपाली एकदम गरिबले लोकतन्त्रको लाभाङ्स मैले पाइराखेको छु भन्ने वातावरण बनाउनु पर्छ ।

लोकतन्त्र भनेको कारखानामा उत्पादन गरेको बस्तु र जनतालाई किस्ताबन्दीमा बाढ्ने बिषय होइन । लोकतन्त्र भनेको जनताबाट निर्मित हुने र जनता बलियो बनाउने व्यबस्था हो । मसँग पढेकै एकजना फुलमती भन्ने साथी छ उसले पढ्न नसकेर ३ कक्षा छोडेर अहिले मेरै घर छेउमा चिया पसल थापेर बसेकी छिन् । उनले के पाप गरेकी थिइन् र उनी चिया बेचेर बस्नुपर्ने र मैले के पुण्य गरेको थिए र मैले यहाँ बस्नुपर्ने ? किनभने उसको बाबुले शिक्षा किन्न सकेन उसको लागि र मेरो बाबुले मेरो लागि शिक्षा किन्न सक्यो यति मात्रै फरक त हो। फरक के गरिब जनताले मधेसीले आधारभुत कुराहरुमा पहुँच नपाउने ? समानता हो त यो ? एकीकृत नेपाल बनाउन त प्रजातन्त्रको लाभास जनतालाई दिलाउने सोचाइ त हुनु पर्‌यो । हाम्रो लेखन पनि मैले प्रवृत्तिगत रुपले पनि हामी डोरिनुपर्‌यो कि कस्तो प्रजातन्त्रको खोजीमा छौ हामी । गरिब जनताले कसरी न्याय पाउने ?

मैले डडेलधुरामा जादाँ एक जना खेतमा काम गरिरहेकी महिलालाई सोधे कि दिदी के कति फरक पाउनुभयो २०४६/२०४७ भन्दा अघिपनि देख्नुभयो २०६२/२०६३ पछिपनि देख्नुभयो । तपाइको जिन्दगीमा कति फरक आयो भनेर मैले सोध्दा केही फरक छैन बाबु ५-५ बर्षमा चुनाव हुन्छ । मासु चिउरा रक्सी खान्छन्, होहल्ला गर्छन्, २ दिनपछि शान्त । हेर्नुस् त ! उहाँहरुले त यस्तो भन्न सक्नुपर्ने कि होइन पहिले भन्दा अहिले मेरो गाँउमा गणना हुन थालेकोछ । म हिस्सेदार भए। अहिले मेरो राज्य छ । मेरो कुरा सुनिन्छ । आफ्नो कुरा ढुक्कसँग राख्न पाएकी छु । तर हेर्नुस त ! राजनीतिशास्त्रको सार्वभौमकताको परिभाषनै बदलिएको छ ।

राज्य जनताबीचको अन्तरसंवाद यति कमजोर भएर गयो कि जनतालाई पत्यार नै भएन । अहिले नै हेर्नुभयो भने सरकार फेरिने हल्ला चल्दा, सुन्दा हामीलाई आनन्द लाग्छ । सरकार फेरिएको दिनमै हामी यस्तो सरकार हुनुभन्दा त सरकार नभएकै जाती भनेर भन्छौं । सरकार टिकोस् । यो स्थायी होस्, सरकार हाम्रो हो, साथ दिनुपर्छ भन्ने त सोच्दा नि सोच्दैनौं । हाम्रो त्यो अस्थिरता मानसिकतामा कुनै न कुनै रुपमा रहिरहेको छ । 

सार्वभौमसत्तामा जनता समान अंशियार हो जति अंश यो मुलुकमा प्रधानमन्त्रीको लाग्छ । त्यति नै मेरो लाग्छ । र त्यति नै हरेक नेपाली जनताको पनि । तर प्रजातन्त्र त तपाई हामी जस्ताले कब्जा गरे जस्तो । प्रश्नपनि यही त हो की मधेसले कहिलेसम्म विभेदमा बस्ने कहिलेसम्म यहि प्रवृतिमा बाँच्ने त्यो अहिले जाग्दैछ । सत्तामा बस्नेहरुले दिने अनि मधेशीले माग्ने हो त ? हाल सत्तामा बस्नेहरु को हुन् र दिने अनि मधेशीहरु माग्ने ? राज्यसत्ता आन्दोलन र यो दिने प्रक्रिया हेर्नुहोस् त । राजा ज्ञानेन्द्र गद्दिमा हुन्जेलसम्म ठुलो ठालु भए। जनताले उनलाई माग्ने स्थितिमा पुर्‌याएपछि अहिले हेर्नु‌होस् त ? हामीले अहिलेसम्म पनि भन्न सकेका छैनौ की आउनुहोस् बसौं । छलफल गरौं । कसो गर्दा राम्रो हुन्छ कसरी सबैलाई समेट्न सकिन्छ । राज्य सत्ता, आन्दोलन र यो दिने प्रक्रिया हेर्नुस् त ? भोलि यो सत्तामा बस्ने मान्छे माग्नेमा पुग्दा के हालत हुन्छ ? हाम्रो समावेसीपूर्ण समाज निर्माण गर्ने । हाम्रो राज्यसत्तामा सबैलाई न्यायपूर्ण प्रणालीबाट सम्बृद्ध बनाउने जुन हाम्रो समय चेत छ त्यो समय चेतको भबिष्य के हुने ? समय चेत नै धरापमा पर्दछ । हाम्रो अस्थायी चेतना नै क्षणभंग हुन्छ । हाम्रो चेतलाई दिगो बलियो बनाउनतर्फ हामी लागेनौं । तर त्यो लेखिकीयले केही हुदैन भावनात्मक रुपमा सहयोग पुग्न सक्छ । मधेस मर्कामा त पर्‌या छ नि । तर एउटा कुरा के भने यो धेरै माथि पुगिसक्यो राजनीतिक बनिसक्यो त्यो लेखिकीय रचनाले केही हुनेवाला छैन । लेखिकीयले भावनात्मक एकतामा सहयोग गर्न सक्छ । तर मधेस समस्याको समाधानमा बल भने गर्न सक्दैन । लेखक भन्ने जात निर्देशित हुन सक्दैन । लेखकीयले अहिले हामी प्राविधिक समाधान मात्रै दिन सक्छौ दीर्घकालीन सक्दैन । किनभने २००८ सालबाट नै हाम्रो राजनीति सरकारी पद्धतिमै असफल भएको छ । २००८ सालबाट नै कुनै सरकारी पद्धतिले सेवा दिन सकेन । जनताले प्राप्त गर्न सकेन।

यो त शासन व्यबस्थासँग सम्बन्धित कुरा भयो । हाम्रो चेतमा कालक्रमअनुसार होइन है यो नेपाल भन्ने सबै जातजातीले मिलेर बनेको छ । सबै किसिमको अर्थतन्त्रले निर्माण भएको छ । सबै किसिमको पुर्वाधार विकास छ यहाँभित्र र यसैलाई अझै सवल र विकास गर्दै लाने हो भन्ने हो भने एउटा सभ्य र अपेक्षित समाज बन्छ । त्यो समाज बनाउन चौतर्फी लाग्नुपर्‌यो । त्यसो हुदाँ अलिकति यो समयचेतलाई परिक्षण गर्दा राजनीतिक र प्रशासनीकमा म प्रशासनीकको विध्यार्थी भएकाले हिसाबले र आइरहेको उभारको हिसाबले पनि सबै मिलेर आन्दोलन गरे त्यो चाहिँ आन्दोलन र मधेसीले मात्र गरे त्यो चाँही आन्दोलन होइन भन्न त मिलेन । त्यसैले आइरहेको उभार र यो चेतको शासकीय रुपले यसको निचोड खोज्यौँ भने सबैभन्दा ठुलो समाधान त्यो हुन्छ भन्ने लाग्छ । जसलाई साहित्यले मात्रै त गर्न सक्दैन मेरो धारणा यद्यपि म साहित्यमा रुची, विश्वास गरे राख्ने भएपनि यसको सम्पुर्ण निकास साहित्यले दिदैन ।

(फिचर तस्विर: पाटनको कृष्णमन्दिरमा नेवार भजनमण्डलीका सदस्य मैथिल महाकवि विद्यापतिद्वारा रचित भजन गाउँदै । गोपेन राई/हिमाल खबर)

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
बिमल कोइराला

बिमल कोइराला

नेपाल सरकारका पूर्व मुख्य सचिव बिमल कोइराला साहित्यमा पनि गहिरो चाख राख्छन् । लामो समय सरकारी सेवामा रहेका कोइरालाले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्।

Discussion about this post

Connect with us

Recommended

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

1 year ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.