Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मधेस–पहाडः समयसँग संवाद दृष्टि-३

बिमल कोइराला बिमल कोइराला
साउन ११, २०७४
- रिडर्स डिस्कोर्स, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    (मधेस-पहाड: समयसँग स‌वाद दृष्टिमा चन्द्र किशोरको धारणामा तुलानारायण साहको टिप्पणी प्रस्तुत गरिसकेका छौं-  अब हामीले डा‍ विमल काेइरालाकाे विचार प्रस्तुत गरेकाछौँ । सम्पादक)

    मुल समस्या भनेको मुलुक बन्दादेखि नै राज्य जनताको नजिक हुन सकेन । राज्य जनताबीचको अन्तरसंवाद यति कमजोर भएर गयो कि जनतालाई पत्यार नै भएन । अहिले नै हेर्नुभयो भने सरकार फेरिने हल्ला चल्दा, सुन्दा हामीलाई आनन्द लाग्छ । सरकार फेरिएको दिनमै हामी यस्तो सरकार हुनुभन्दा त सरकार नभएकै जाती भनेर भन्छौं । सरकार टिकोस् । यो स्थायी होस्, सरकार हाम्रो हो, साथ दिनुपर्छ भन्ने त सोच्दा नि सोच्दैनौं । हाम्रो त्यो अस्थिरता मानसिकतामा कुनै न कुनै रुपमा रहिरहेको छ।

    सरकारसँग आशा गरिन्छ तर सरकारले केही गर्न सक्छ भन्ने कसैलाई भरोसा छैन । यो टुटेको भरोसालाई जोड्नुपर्ने काम मधेसले मात्र होइन सारा नेपालीले हो। मनन गर्नु पर्ने विषय के हो भने कसरी नेपालभरका जनतालाई सरकारको नजिक ल्याउन सकिन्छ? कसरी सम्पुर्ण जनताका समस्याहरुलाई संम्बोधन गर्न सकिन्छ? हाम्रा नेताहरुले सोचे होलान् कि एकात्मक राज्यबाट सरकार र जनता नजिक हुन सकिएन । त्यसैले संघात्मक राज्यमा जाने कुरा आयो । तर संघीय संरचनामा गइसक्दा पनि त हाम्रा समस्या त्यस्तै रहे ।

     सरकारसँग आशा गरिन्छ तर सरकारले केही गर्न सक्छ भन्ने कसैलाई भरोसा छैन। यो टुटेको भरोसालाई जोड्नुपर्ने काम मधेसले मात्र होइन सारा नेपालीले हो । मनन गर्नु पर्ने विषय के हो भने कसरी नेपालभरका जनतालाई सरकारको नजिक ल्याउन सकिन्छ? कसरी सम्पुर्ण जनताका समस्याहरुलाई संम्बोधन गर्न सकिन्छ? हाम्रा नेताहरुले सोचे होलान् कि एकात्मक राज्यबाट सरकार र जनता नजिक हुन सकिएन । त्यसैले संघात्मक राज्यमा जाने कुरा आयो । तर संघीय संरचनामा गइसक्दा पनि त हाम्रा समस्या त्यस्तै रहे । संविधान बन्यो, तर देशको एउटा हिस्सा मधेस असन्तुष्ट बन्यो । त्यो चानचुने समस्या भनेर छोड्यौ भने त्यो पछि विकराल भएर आउछ । भुसको आगो जस्तै हुन्छ । यो चाही कुनै न कुनै रुपमा प्रकट हुन्छ ।

    मधेसले एउटा भौगोलिक र पहिचानको अधिकार खोज्यो तर अब त्यो कस्तो हुने भनेर कसले निर्धारण गर्ने ? यसबारे प्रश्न उठेको छ यो कस्तो खालको चेत हो त ? समसामयिक चेत हो कि शाश्वत चेत हो ? समसामयिक चेतका आधारमा मात्र कुरा गर्ने हो भने अहिले मधेशमा भएको संवादहीनतालाई टुङ्ग्याउनु पर्छ र पहाडी-मधेसी सबैलाई मिलेर बस्नेसक्ने सहिष्णु समाज वातावरण तयार गरेर टुङ्ग्याउन सकिन्छ । यसैगरी दीर्घकालीन रुपमा पार लगाउने हो भने प्रत्येक नेपाली एकदम गरिबले लोकतन्त्रको लाभाङ्स मैले पाइराखेको छु भन्ने वातावरण बनाउनु पर्छ ।

    लोकतन्त्र भनेको कारखानामा उत्पादन गरेको बस्तु र जनतालाई किस्ताबन्दीमा बाढ्ने बिषय होइन । लोकतन्त्र भनेको जनताबाट निर्मित हुने र जनता बलियो बनाउने व्यबस्था हो । मसँग पढेकै एकजना फुलमती भन्ने साथी छ उसले पढ्न नसकेर ३ कक्षा छोडेर अहिले मेरै घर छेउमा चिया पसल थापेर बसेकी छिन् । उनले के पाप गरेकी थिइन् र उनी चिया बेचेर बस्नुपर्ने र मैले के पुण्य गरेको थिए र मैले यहाँ बस्नुपर्ने ? किनभने उसको बाबुले शिक्षा किन्न सकेन उसको लागि र मेरो बाबुले मेरो लागि शिक्षा किन्न सक्यो यति मात्रै फरक त हो। फरक के गरिब जनताले मधेसीले आधारभुत कुराहरुमा पहुँच नपाउने ? समानता हो त यो ? एकीकृत नेपाल बनाउन त प्रजातन्त्रको लाभास जनतालाई दिलाउने सोचाइ त हुनु पर्‌यो । हाम्रो लेखन पनि मैले प्रवृत्तिगत रुपले पनि हामी डोरिनुपर्‌यो कि कस्तो प्रजातन्त्रको खोजीमा छौ हामी । गरिब जनताले कसरी न्याय पाउने ?

    मैले डडेलधुरामा जादाँ एक जना खेतमा काम गरिरहेकी महिलालाई सोधे कि दिदी के कति फरक पाउनुभयो २०४६/२०४७ भन्दा अघिपनि देख्नुभयो २०६२/२०६३ पछिपनि देख्नुभयो । तपाइको जिन्दगीमा कति फरक आयो भनेर मैले सोध्दा केही फरक छैन बाबु ५-५ बर्षमा चुनाव हुन्छ । मासु चिउरा रक्सी खान्छन्, होहल्ला गर्छन्, २ दिनपछि शान्त । हेर्नुस् त ! उहाँहरुले त यस्तो भन्न सक्नुपर्ने कि होइन पहिले भन्दा अहिले मेरो गाँउमा गणना हुन थालेकोछ । म हिस्सेदार भए। अहिले मेरो राज्य छ । मेरो कुरा सुनिन्छ । आफ्नो कुरा ढुक्कसँग राख्न पाएकी छु । तर हेर्नुस त ! राजनीतिशास्त्रको सार्वभौमकताको परिभाषनै बदलिएको छ ।

    राज्य जनताबीचको अन्तरसंवाद यति कमजोर भएर गयो कि जनतालाई पत्यार नै भएन । अहिले नै हेर्नुभयो भने सरकार फेरिने हल्ला चल्दा, सुन्दा हामीलाई आनन्द लाग्छ । सरकार फेरिएको दिनमै हामी यस्तो सरकार हुनुभन्दा त सरकार नभएकै जाती भनेर भन्छौं । सरकार टिकोस् । यो स्थायी होस्, सरकार हाम्रो हो, साथ दिनुपर्छ भन्ने त सोच्दा नि सोच्दैनौं । हाम्रो त्यो अस्थिरता मानसिकतामा कुनै न कुनै रुपमा रहिरहेको छ । 

    सार्वभौमसत्तामा जनता समान अंशियार हो जति अंश यो मुलुकमा प्रधानमन्त्रीको लाग्छ । त्यति नै मेरो लाग्छ । र त्यति नै हरेक नेपाली जनताको पनि । तर प्रजातन्त्र त तपाई हामी जस्ताले कब्जा गरे जस्तो । प्रश्नपनि यही त हो की मधेसले कहिलेसम्म विभेदमा बस्ने कहिलेसम्म यहि प्रवृतिमा बाँच्ने त्यो अहिले जाग्दैछ । सत्तामा बस्नेहरुले दिने अनि मधेशीले माग्ने हो त ? हाल सत्तामा बस्नेहरु को हुन् र दिने अनि मधेशीहरु माग्ने ? राज्यसत्ता आन्दोलन र यो दिने प्रक्रिया हेर्नुहोस् त । राजा ज्ञानेन्द्र गद्दिमा हुन्जेलसम्म ठुलो ठालु भए। जनताले उनलाई माग्ने स्थितिमा पुर्‌याएपछि अहिले हेर्नु‌होस् त ? हामीले अहिलेसम्म पनि भन्न सकेका छैनौ की आउनुहोस् बसौं । छलफल गरौं । कसो गर्दा राम्रो हुन्छ कसरी सबैलाई समेट्न सकिन्छ । राज्य सत्ता, आन्दोलन र यो दिने प्रक्रिया हेर्नुस् त ? भोलि यो सत्तामा बस्ने मान्छे माग्नेमा पुग्दा के हालत हुन्छ ? हाम्रो समावेसीपूर्ण समाज निर्माण गर्ने । हाम्रो राज्यसत्तामा सबैलाई न्यायपूर्ण प्रणालीबाट सम्बृद्ध बनाउने जुन हाम्रो समय चेत छ त्यो समय चेतको भबिष्य के हुने ? समय चेत नै धरापमा पर्दछ । हाम्रो अस्थायी चेतना नै क्षणभंग हुन्छ । हाम्रो चेतलाई दिगो बलियो बनाउनतर्फ हामी लागेनौं । तर त्यो लेखिकीयले केही हुदैन भावनात्मक रुपमा सहयोग पुग्न सक्छ । मधेस मर्कामा त पर्‌या छ नि । तर एउटा कुरा के भने यो धेरै माथि पुगिसक्यो राजनीतिक बनिसक्यो त्यो लेखिकीय रचनाले केही हुनेवाला छैन । लेखिकीयले भावनात्मक एकतामा सहयोग गर्न सक्छ । तर मधेस समस्याको समाधानमा बल भने गर्न सक्दैन । लेखक भन्ने जात निर्देशित हुन सक्दैन । लेखकीयले अहिले हामी प्राविधिक समाधान मात्रै दिन सक्छौ दीर्घकालीन सक्दैन । किनभने २००८ सालबाट नै हाम्रो राजनीति सरकारी पद्धतिमै असफल भएको छ । २००८ सालबाट नै कुनै सरकारी पद्धतिले सेवा दिन सकेन । जनताले प्राप्त गर्न सकेन।

    यो त शासन व्यबस्थासँग सम्बन्धित कुरा भयो । हाम्रो चेतमा कालक्रमअनुसार होइन है यो नेपाल भन्ने सबै जातजातीले मिलेर बनेको छ । सबै किसिमको अर्थतन्त्रले निर्माण भएको छ । सबै किसिमको पुर्वाधार विकास छ यहाँभित्र र यसैलाई अझै सवल र विकास गर्दै लाने हो भन्ने हो भने एउटा सभ्य र अपेक्षित समाज बन्छ । त्यो समाज बनाउन चौतर्फी लाग्नुपर्‌यो । त्यसो हुदाँ अलिकति यो समयचेतलाई परिक्षण गर्दा राजनीतिक र प्रशासनीकमा म प्रशासनीकको विध्यार्थी भएकाले हिसाबले र आइरहेको उभारको हिसाबले पनि सबै मिलेर आन्दोलन गरे त्यो चाहिँ आन्दोलन र मधेसीले मात्र गरे त्यो चाँही आन्दोलन होइन भन्न त मिलेन । त्यसैले आइरहेको उभार र यो चेतको शासकीय रुपले यसको निचोड खोज्यौँ भने सबैभन्दा ठुलो समाधान त्यो हुन्छ भन्ने लाग्छ । जसलाई साहित्यले मात्रै त गर्न सक्दैन मेरो धारणा यद्यपि म साहित्यमा रुची, विश्वास गरे राख्ने भएपनि यसको सम्पुर्ण निकास साहित्यले दिदैन ।

    (फिचर तस्विर: पाटनको कृष्णमन्दिरमा नेवार भजनमण्डलीका सदस्य मैथिल महाकवि विद्यापतिद्वारा रचित भजन गाउँदै । गोपेन राई/हिमाल खबर)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: पहाड-मधेसबिमल कोइरालासंवाद
      बिमल कोइराला

      बिमल कोइराला

      नेपाल सरकारका पूर्व मुख्य सचिव बिमल कोइराला साहित्यमा पनि गहिरो चाख राख्छन् । लामो समय सरकारी सेवामा रहेका कोइरालाले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्।

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      लोकसंस्कृति र मादीका विशिष्टता

      लोकसंस्कृति र मादीका विशिष्टता

      झलक सुवेदी
      बैशाख ७, २०८१

      विषय प्रवेश/परिभाषा मान्छे आफ्ना इच्छाहरूभन्दा स्वतन्त्र रहेका उपलब्ध भौतिक साधनहरूको प्रयोग गर्दै उत्पादन कार्यमा संलग्न हुन्छ, परिभाषित पद्धतिमा आबद्ध भएर...

      ओझेल परेको समताको जलवायु न्याय

      ओझेल परेको समताको जलवायु न्याय

      डा. विमल रेग्मी
      चैत्र २५, २०८०

      जलवायु परिवर्तनको त्रासदीबाट विश्वलाई जोगाउन भनी अधिकांश राष्ट्रहरूले सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिलाई पारित गरेका थिए। तर २०२३...

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      नेपाल रिडर्स
      चैत्र २२, २०८०

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल https://youtu.be/itG0btnpZUo

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      झलक सुवेदी
      चैत्र १२, २०८०

      विद्यमान उत्पादन पद्धतिमा भूमिको प्राकृतिक क्षमताको पूर्ण उपयोग भइसकेको छ। त्यही भएर पनि के कुरा अनौठो होइन भने सार्वजनिक भूमिको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.