Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Monday, April 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यसरी गर्न सकिन्छ भ्रष्टाचार नियन्त्रण, यस्तो छ चार ‘स’ को व्यवहारिक प्रयोग

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज १५, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    भ्रष्टाचार विघ्नरूपमा सर्वत्र बढिरहेको सन्दर्भमा यसलाई नियन्त्रण गर्न ‘सहकार्यमूलक’ रणनीति अवलम्बन गर्नुपर्ने दायित्व सबैको काँधमा थपिएको छ। भ्रष्टाचारको दायरा विस्तारै सीमाविहिन बन्दैछ। यसका लागि भ्रष्टाचारविरुद्धका रणानीति र कार्यनीति पनि विस्तारै सीमाबिहिन बनाइनुपर्छ । विश्वको समस्या र रोगकारूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न निम्न चार ‘स’ को व्यवहारिक प्रयोग उचित हुने देखिन्छ।

    समाज

    ‘भ्रष्टाचारलाई व्यक्तिको स्वार्थको उपजकारूपमा मात्र लिनु गलत हो, किनकि व्यक्तिको स्वार्थ पनि सामाजिक संरचनाकै उपज हो । त्यसैले भ्रष्टाचारका कारण खोज्न व्यक्तिको स्वार्थमा मात्र नअल्झी सामाजिक संरचनामा पुग्नुपर्छ,’ विद्धान एसएस गिलले आफ्नो पुस्तक ‘द प्याथोलोजी अफ करप्सन’ मा उल्लेख गरेका छन्। सामाजिक जीवन, संरचना, प्रतिमा र प्रवृतिले भ्रष्टाचारलाई पोषण गर्नेतर्फ संकेत गरेको पाइन्छ।

    समाज हरेक पात्र र प्रवृतिको सिर्जना गर्ने महाविश्वविद्यालय हो। समाज औपचारिकभन्दा अनौपचारिक नियमको अभ्यास गर्ने थलो हो । समाजमा लिखित कानुनभन्दा अलिखित प्रकारका प्रथा, चालचलन र थितीले सजिएको हुन्छ। सज्जन र दुर्जनको जन्म समाजको कोखबाट नै हुने गर्छ । त्यसकारण सामाजिक संरचना, प्रतिमा र तह जस्तो हुन्छ, त्यस्तै किसिमको संस्कार, सोच र सचेतनाको निर्माण हुन्छ। र, त्यस्तै किसिमको नेता, नेतृत्व र शासक–प्रशासक जन्मिन्छन्।

    चेतयुक्त र विवेक प्लस समाजले समाजिक दूराचार र दुर्जजन्य गतिविधिलाई नियन्त्रणमा राखेको हुन्छ भने चेत र विवेक शून्य समाजले यस्ता बेथितिलाई प्रश्रय दिएको हुन्छ। र, संरक्षण पनि। समाजले व्यक्ति प्रगति र प्रशन्नताको आधार मनग्य चल–अचल सम्पत्ति जोडनुलाई मात्र बनाउँछ भने त्यो दिनसम्म भ्रष्टाचार नियन्त्रण गर्न गरिएका प्रयासलाई अपेक्षाकृत दुनियाँको नजरमा प्रभावकारी बन्ने छैनन् । र, भ्रष्टाचारमा पनि कमि आउँदैन।

    त्यसकारण हरेक प्रवृति र संस्कारको जन्मदाता समाज नै हो त्यसअर्थ अब हरेक कुसंस्कार र कुरीतिको नियन्त्रक र नियमक पनि समाज नै हो। समाज र व्यक्ति उन्नयनको मापदण्ड उसको सदाचारयुक्त जीवन, असल छवि, विकासप्रतिको योगदान र राष्ट्रप्रतिको प्रेमलाई बनाई हरेक व्यक्तिलाई परीक्षण गरिनुपर्छ।

    भ्रष्टाचारजन्य प्रवृतिलाई असम्मान र सदाचारलाई सम्मान व्यक्त गर्ने सामाजिक परिपाटिको थालनी गरेको खण्डमा भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्ने देखिन्छ।

    संसद

    ‘गरिब’लाई उम्मेद्वार बन्नै गाह्रो’, ‘उम्मेदवार छनोटले खैलाबैला’, ‘महँगो भोजभतेर गर्न कहाँबाट ल्याउँछन् उम्मेदवारले पैसा ?’, ‘कसरी जुट्छ चुनाव खर्च’, ‘करोडौं खर्च गर्न नसक्दा चुनाव जित्न सकिन’, र ‘वडा सदस्यको भोट २० हजारमा बिक्री’ जस्ता समाचारले स्वच्छ र पारदर्शी जनप्रतिनिधी छनोट भएनन् र हँुदैनकी भन्ने सबैमा त्रास छ । मतदाताको पपुलर भोटबाट इलेक्टेड भन्दा पनि खल्तिको नोटबाट सेलेक्टेड गरी मोटो रकम खर्चेर इलेक्टेड गरिएका जनप्रतिनिधिले सार्वजनिक स्रोत अपचलन गरी चुनावी खर्च असुल्नतिर लाग्ने हुन की भन्ने आशंका उत्पन्न भएको छ। पावरवाला, पैसावाला, पहुँचवाला तथा शक्ति केन्द्र वरिपरिकाले मात्र टिकट पाउने र तिनीहरूले नै चुनाव जित्ने अवस्थाले राजनीतिक भ्रष्टाचारको आयतन बढाउने हो की भन्ने भान हुन थालेको छ । कामना गरौँ ! त्यो अवस्था आउने छैन। यसको अर्थ सबै गलत नै छानिन्छन् र छानिएका छन् भन्ने होइन।

    जनप्रतिनिधि सतो मन, सेतो पाइला र सेतो विचारबाट छनोट गरिएको हुनुपर्छ । यदि सही समयमा सही प्रनिनिधि छान्न जानेनौ भने हामीले चाहेको विकास, समृद्धि र सम्पन्नताको फल थप केही वर्षका लागि पछाडि धकेलिने निश्चित छ। त्यसकारण सदाचारयुक्त निर्भिक जनप्रतिनिधि छनोट गर्न सक्नु नै भ्रष्टाचार नियन्त्रणमा टेवा हो। विद्यमान ऐन, नियमको सान्दर्भिकता र त्यसको परिमार्जन एवं परिस्कृत गर्ने काम जनप्रतिनिधीको हो।

    भ्रष्टाचार गर्ने तौरतरिका र रूप बदलिएसँगै ऐन, नियम पनि दौडिनुपर्छ । हाल नेपालमा प्रचलनमा रहेको भ्रष्टाचार निवारण ऐन, २०५९ ले सार्वजनिक पदाधिकारीले भ्रष्टाचार गरे/नगरेको मात्र हेर्छ। योभन्दा बाहिर उसको अधिकारक्षेत्र पर्दैन । यो अपुरो देखिन्छ। यसलाई पूर्णता सदनले गरिदिनुपर्छ। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धीले आत्मसाथ गरिसकेको सबै क्षेत्र र विषयलाई समेत भ्रष्टाचार निवारण ऐनको दायरामा ल्याउनु नै भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धीप्रतिको पूर्ण बफादारिता हो।

    यसर्थ भ्रष्टाचार नियन्त्रण अभियानमा व्यवस्थापकीय भूमिका निर्वाह गरी भ्रष्ट प्रवृत्तिलाई निरुत्साहित गर्ने असल व्यवस्थापकीय वातावरणको सृजना गर्नुपर्छ । व्यवस्थापकीय भूमिका निर्वाह गर्ने विधि तथा विधाता सक्षम, दक्ष र क्षमतावान छनोट भएको खण्डमा भ्रष्टाचार किनारा लाग्ने निश्चत छ।

    सरकार

    स्थानीयदेखि केन्द्र सरकारको प्राथमिकतामा भ्रष्टाचाररहित शासन पर्नुपर्छ । सुशासन पहिलो सर्तका रूपमा उभिनुपर्छ। आफ्ना नेता, कार्यकर्ता र शुभचिन्तकलाई सहयोगको नाममा बाँडिने रकम कटौती गरी नयाँ थिति बसाल्नुपर्छ। फजुल खर्च, अनावश्यक भ्रमण र सभाको नियन्त्रण गर्दै कानुन र कार्यविधिको पालनाका लागि हरेक प्रयासको अभ्यास देखिनुपर्छ। सदाचारीलाई पुरस्कृत र भ्रष्टाचारीलाई आवश्यक दण्ड सजायको व्यवस्था गर्नुपर्छ। भ्रष्टाचार नियन्त्रणमा गरेको योग्दानको कदर गर्दै ‘तक्मा’ दिएर ‘आइडल’ घोषणा गर्ने पद्धतिको विकास गरेको खण्डमा बहुसंख्य पात्र भ्रष्टाचार नियन्त्रणको अभियानमा हातेमालो गर्न आउनेछन्। भ्रष्टाचार नियन्त्रण गर्न बनेका ऐन, नियम परिपालना र कानुनको अभाव र रिक्ततालाई पूरा गर्न आवश्यक पहल सरकारले लिएको खण्डमा अनुशासित समाजको स्थापना हुनेछ।

    संञ्चार

    राज्यको चौथो अंग एवं लोकतन्त्रको प्राण वायुकारूपमा रहेको संचार जगतले ‘वाच डग’को भूमिकामा कहीकतै चुक्न हुँदैन। सुत्छ र चुक्छ भने कानुनतः त्यो अक्षम्य हुन्छ। समाज, संसद र सरकारमा रहेका कमजोर पक्ष सुधारका लागि आवश्यक जनाउ घण्टी र सकारात्मक पक्षको चर्चा/परिचर्चा गरी त्यसको असल सन्देश संप्रेषण गर्न नाक खुम्च्याउनु हुँदैन। समाज र राष्ट्र हितका लागि राजनीतिक तटस्थताको सिद्धान्तलाई शिरोधार्य गर्दै गलत प्रवृति र संस्कारबारे खोज, अनुसन्धान गरी सत्यतथ्य सूचनाको प्रकाशन (प्रतिवेदन गरी जिम्मेवार निकाय र पात्रलाई सजग बनाइराख्नुपर्छ। सामाजिक विकृति, कुकृति र भ्रष्ट प्रवृत्ति सम्बन्धी तथ्य संगतका तर्क खोज गरी प्राथमिकताका साथ प्रकाशन र प्रसारण गर्नुपर्छ।

    अन्त्यमा

    भ्रष्टाचार एउटै छाकमा देखिने र एकै बासमा निर्मुल हुने विषय होइन। यसका लागि सुक्ष्म अध्ययन, गहन विश्लेषण र तार्किक–वैज्ञानिक अनुसन्धानको खाँचो पर्छ। नागरिकको दिल र जीवन खुसी भएको देख्ने चाहाने दिगो विकास अनुयायीसँगको सहकार्य, सौहार्दता र परस्पर समन्वय नै भ्रष्टाचार नियन्त्रणको बुटी हो।

    तुल खड्का/ प्रशासन डटकम 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.