निर्वाचन आयोगले आउँदो माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ। आयोगले बिहिबार प्रकाशित गरेको सूचनामा ७ जना निर्वाचन अधिकृत तोकेको उल्लेख छ।

आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको जानकारी दिएको हो।

आयोगले १ नम्बर प्रदेशमा राजुकुमार खतिवडा, प्रदेश २ मा राधाकृष्ण उप्रेती, प्रदेश ३ मा बालमुकुन्द दवाडी, प्रदेश ४ मा दीपेन्द्र अधिकारी, प्रदेश ५ मा हेमन्त रावल, प्रदेश ६ मेदिनीप्रसाद पौडेल र प्रदेश ७ मा जयानन्द पनेरुलाई तोकेको मुख्य निर्वाचन अधिकृत छ।

बिहिबारदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेरि डेस्क
नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।