वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो। त्यस पछि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो। पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाको अधिकांश अंगले काम गर्न छोडिसकेको थियो।

नेपाल फर्किएदेखि नै देवकोटाको उपचारमा विभिन्न अस्पतालका विशेषज्ञहरु संलग्न थिए। चिकित्सकका अनुसार पछिल्लो समय उनको क्यान्सर फोक्सभर फैलिइसकेको थियो। त्यसकै विशाक्त असरका कारण मृगौलाले पनि काम गर्न छोडेको थियो। पछिल्लो केही दिनदेखि भने क्यान्सरका कडा औषधि बन्द गरेर उनलाई सहज हुने औषधि मात्र दिइएको थियो।

देवकोटाको पार्थिव शरिरलाई मंगलबार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीको लागि न्यूरो अस्पतालमा राखिने पारिवारिक स्रोतले जनाएको छ। २५ वर्ष वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान गरेका थिए। वीर अस्पतालमा पहिलो पटक न्यूरो सर्जरी विभाग स्थापना गर्ने श्रेय समेत देवकोटालाई जान्छ। उनी स्वास्थ्य मन्त्री हुँदा निकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको स्थापना गरेका थिए। २०१० पुस ४ गते शुक्रबार गोरखाको लिगलिग स्थित पण्डित गाउँमा जन्मिएका देवकोटा २०२६ सालको एसएलसीको वोर्डमा परेका थिए। देवकोटाका श्रीमती डा. मधु, तीन छोरी मेधा, वसुधा र मञ्जरी छन्। देवकोटाको काजक्रिया ७ दिनमा सम्पन्न गरिने र पशुपती आर्यघाटमा विद्युतीय माध्यमबाट दाहसंस्कार गरिने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

२०१० सालमा गोरखाको पण्डित गाउँमा जन्मिएका देवकोटाको ६५ वर्षको उमेरमा निधन भएको हो ।उनको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म अस्पताल प्रांगणमै राखिने भएको छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने विज्ञप्तिमा जनाइएको छ । उनको काजक्रिया ७ दिनमा सम्पन्न गरिने अस्पताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।नेपालको न्यूरो सर्जरी क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्ति हुन् डा। उप्रेन्द्र देवकोटा । गोरखाको अमरज्योति जनता माविबाट विद्यालय शिक्षा पूरा गरेका डा। देवकाटाले विद्यालय तह होस् या कलेज तथा चिकित्साशास्त्रको पढाइ, सधैं अब्बल विद्यार्थी सावित भएर देखाए । उनले १ कक्षादेखि १० कक्षा अर्थात् एसएलसीसम्मको शिक्षा अमर ज्योति माविबाट गरेका थिए । उनले आईएससी काठमाडौंको अमृत साइन्स कलेजबाट गरे । देवकोटाले आईएसीमा राम्रो अङ्क ल्याएर उत्तीर्ण भएका थिए । त्यसैगरी देवकोटाले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारतको आसाम मेडिकल कलेजबाट एमबिबिएस गरे । एमबिबिएसपछि उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज क्याम्पसमा पढाएका थिए ।
त्यसपछि मेडिकल अफिसरका रुपमा वीर अस्पतालको सर्जरी विभागमा प्रवेश गरेका उनी चर्चित सर्जन डा। दिनेशनाथ गंगोलसँगको निकटताले शल्यचिकित्सातर्फ आकर्षित भएका थिए । डा. देवकोटालाई वीर अस्पतालमा काम गदैगर्दा न्युरो सर्जरी पढ्न बेलायतमा जान डा. गंगोलले पठाएको उनले एक प्रसंगमा बताएका थिए ।

२५ वर्षे सरकारी सेवामा देवकोटाले उपचार सेवासँगै थुपै्र न्युरो सर्जनसमेत जन्माएको चिकित्सकहरु बताउँछन् । वीर अस्पतालमा डा। देवकोटाकै नेतृत्वमा सन् १९८९ मा न्युरो सर्जरी विभाग स्थापना भएको थियो । उनी स्वास्थ्यमन्त्री भएका बेला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९नाम्स० स्थापना भएको थियो । उनी ७ महिना स्वास्थ्यमन्त्री भएका थिए । स्वास्थ्यमन्त्रीबाट हटेको केही समयपछि डा। देवकोटाले बाँसबारीमा न्युरो अस्पताल एवं तालिम केन्द्र स्थापना गरेका थिए ।डा। देवकोटाले सात लाख ५० हजारभन्दा बढी बिरामीको उपचार गरेको बताइन्छ । पछिल्लो समय चिकित्सा शिक्षा क्षेत्रमा भएको अनियमिततासम्बन्धी जाँचबुझका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगको सदस्य भएर डा।देवकोटाले काम गरेका थिए । आयोगले चिकित्सा शिक्षामा सम्बन्धन, सिट निर्धारणलगायत प्रक्रियामा दोषी ४३ जनामाथि कारबाहीसहित अन्य विभिन्न सुधारको सुझाव सरकारलाई दिएको थियो ।

डा. देवकोटालाई गत कात्तिकमा स्वास्थ्य समस्या देखिएको थियो । सुरुमा उनकोे ग्यास्ट्राइटिसको उपचार गरिएको थियो । त्यसको केही दिनपछि एमआरआई र सिटीस्क्यान गर्दा पित्तनली थिचिएर ‘अबस्ट्रक्टिभ जन्डिस’ भएको थियो । उनी २०७४ मंसिर ५ गते थप उपचारका लागि बेलायत गएका थिए । बेलायतको किङ्स कलेज हस्पिटलमा अल्ट्रासाउन्ड र वायोप्सी गर्दा उनको कोलोन्जियो कार्सिनो ९पित्तथैली० मा क्यान्सर प्रमाणित भएको थियो । त्यहाँ माघ ११ मा केमोथेरापी सुरु गरिएको थियो । उनी गत वैशाख २५ गते विदेशमा बस्नुभन्दा आफ्नै जन्मभूमिमा बाँकी जीवन बिताउने अठोट गरी उहाँलाई नेपाल ल्याइएको थियो । ४ चरणसम्म केमोथेरापी गर्दा पनि उनको स्वास्थ्यमा सुधार भएन । पित्तथैलीको शल्यक्रियासमेत गर्न नमिल्ने अवस्था आएपछि उनले ‘एक्सपेरिमेन्टल ट्रिटमेन्ट’ गरिएको थियो ।  उनलाई गत जेठ १६ गते डा. बलराम जोशी राष्ट्रिय ज्ञानविज्ञान पुरस्कार प्रदान गरिएको थियो । डा. देवकोटाको जन्म भने १९५४ मा गोरखामा भएको थियो । उनका तीन छोरी र श्रीमती छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेरि डेस्क
नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।