Monday, April 12, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सलार्इ, थाहापाउनुहाेस् कसले कति पुरस्कार पाए?

by नेपाल रिडर्स
July 16, 2018
- समाचार
विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सलार्इ, थाहापाउनुहाेस् कसले कति पुरस्कार पाए?
Share on FacebookShare on TwitterEmail

फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्दा फाइनलमा पहिलो पटक पुगेको क्रोएसियाले भने उपाधि उचाल्ने राम्रो अवसर गुमायो ।फ्रान्सलाई उपाधि दिलाउन एन्टोइनी ग्रिजम्यान, किलियन एमबाप्पे र पाउल पोग्बाले गोल गरे भने एक गोल उपाहार स्वरुप पाएको थियो ।खेलको ६९औं मिनेटमा मारियो मान्डजुकिकले गोल गर्दै क्रोएसियालाई ४–२ गोलको स्थितिमा पुर्याएका थिए । फ्रान्सका किपरको गल्तिको फाइदा उठाउँदै मारियोले गोल गरेका थिए । फ्रान्सका लागि किलियन एमबाप्पेले खेलको ६५औं मिनेटमा गोल गर्दै ४–१ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५९औं मिनेटमा पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाएका थिए । पोग्बाले प्रहार गरेको बल क्रोएसियाका खेलाडीले रोकेका थिए । दोस्रो पटक प्रहार गरेको बल गोलमा परिणत भएको हो ।यसअघि पहिलो हाफमा फ्रान्सले २–१ गोलको अग्रता बनाएको थियो । खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गरेका थिए । यसअघि क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए ।१–० गोलले पछि परेको अवस्थामा क्रोएसियाले खेलको २८औं मिनेटमा गोल गर्दै बराबरी बनाएको थियो । क्रोएसियाका लागि पेरिसिकले उत्कृष्ट गोल गरे । यसअघि क्रोएसियाले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो ।

२० वर्षपछि फ्रान्स फेरि विश्व विजेता बनेको हो । यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि उचालेको थियो।  फ्रान्सले यसअघि सन् १९९८ मा आफ्नै भूमिमा पहिलो पटक विश्वकप फुटबलको उपाधि जितेको थियो । फ्रान्सले उपाधिसँगै १८ क्यारेट सुनको ट्रफीसँगै ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ । यसअघि सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले बेलायतलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियोे । क्रोएसिया अनपेक्षित परिणाम निकाल्दै फाइनलमा पुगेको थियो । युरोपको सानो राष्ट्र क्रोएसिया भने पहिलो पटक उपाधिका लागि भिडेको हो।

कसले कति पाए ?
रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको छ । यसअघि ब्राजिल विश्वकप सन् २०१४ को विश्वकप तुलनामा ४० प्रतिशत अर्थात ३० लाख डलर बढी पुरस्कार रहेको हो । ब्राजिलको विश्वकपमा कुन पुरस्कार राशी ५७६ मिलियन डलर थियो भने २०१० मा दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा यो रकम ४२० मिलियन डलर थियो ।

स्पेनमा १९८२ भएको विश्वकपमा २० मिलियन डलर, मेक्सिकोमा १९८६ मा २६ मिलियन डलर, इटालीमा १९९४ मा ५४ मिलियन डलर, अमेरिकामा १९९४ मा ७१, फ्रान्समा १९९८ मा १०३, दक्षिण कोरिया र जापानको संयुक्त आयोजनामा २००२ मा भएको विश्वकपमा १५६.६ र जर्मनीमा २००६ मा सम्पन्न खेलमा २६६ डलर पुरस्कार थियो । उपाधिसँगै फ्रान्सले ३९ मिलियन डलर पारे भने दोस्रो भएका क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ । यस्तै चौथो भएको इंल्याण्डले २२ मिलियन डलर पाएको छ।

यसैगरी क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६–१६ मिलियन डलरका दरले पुरस्कार पाएका छन् । क्वार्टरफाइनलबाट उरूग्वे, ब्राजिल, रसिया र स्विडेन बाहिरिएका थिए ।यस्तै प्रिक्वाटरफाइनलबाट पोर्चुगल,अर्जे्न्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विटजरल्याण्ड र कोलम्बियाले बाहिरिएका थिए उनीहरुले १२–१२ मिलियन अमेरिकी डलरका दरले पाए । यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८–८ मिलियन डलर पाए ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

4 years ago
युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.