Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘व्यापार युद्ध वास्तविकतामा परिणत भइसक्यो’

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
साउन ६, २०७५
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जी(ट्वान्टी भनिने ठूलो अर्थतन्त्र भएको विश्वका २० देशका मन्त्रीहरू शिखर बैठकका लागि आर्जेन्टिनामा भेला भइरहँदा फ्रान्सका अर्थमन्त्री ब्रुनो ल मेयरले व्यापार युद्ध अहिले एउटा वास्तविकता भइसकेको बताएका छन्। एकतर्फी रुपमा कर लगाउने अमेरिकी व्यापार नीति ‘जङ्गली कानूनमा आधारित’ रहेको उनले आरोप लगाए। तर अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले अमेरिकी करको बचाउ गर्दै युरोपेली संघ र चीनलाई स्वतन्त्र प्रतिस्पर्धाका लागि आ-आफ्नो बजार खुल्ला राख्न आग्रह गरे। गत हप्ता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले व्यापारका लागि इयु एउटा शत्रु भएको बताएका थिए।

    त्यसपछि ट्रम्पले अमेरिका पुग्ने ५०० अर्ब डलर बराबरका सबै चिनियाँ सामानमा कर लगाउने धम्की दिए।अमेरिकाले २८ सदस्य राष्ट्र भएको इयु र चीन दुवैसँगै ठूलो व्यापार घाटा बेहोर्दै आएको छ।ब्वेनोस आइरिजमा दुई दिन चल्ने वार्ताका लागि ठूलो अर्थतन्त्र भएको विश्वका २० देशका अर्थमन्त्री तथा ब्याङ्करहरू भेला भएका हुन्।फ्रान्सका अर्थमन्त्री ल मेयरले समाचार संस्था एएफपीलाई भने, ‘विश्व व्यापार जंगली कानूनमा आधारित हुनसक्दैन र एकतर्फी रुपमा कर वृद्धि गर्नु जङ्गली कानून हो।”जङ्गली कानून, सक्नेका लागि कानून, विश्व व्यापार सम्बन्धको भविष्य यो हुनसक्दैन।’ ल मेयरले थपे, ‘जङ्गली कानूनले वृद्धिलाई कमजोर तुल्याउनेछ, कमजोर मुलुकहरूलाई गाह्रो पार्नेछ र त्यसको भयावह राजनीतिक परिणाम निस्कनेछ।’


    उनले व्यापार युद्ध अहिले वास्तविकतामा परिणत भइसकेको बताउँदै अमेरिकाले स्टील र एलुमिनियममा लगाएको कर फिर्ता नलिएसम्म इयुले उसँग स्वतन्त्र व्यापारबारे वार्ता गर्न नसक्ने उल्लेख गरे।अमेरिकी अर्थमन्त्री मनुसिनले इयु र चीनसँगको व्यापारबारे ट्रम्पको अडानलाई समर्थन गर्दै ती दुवैले आ-आफ्नो बजार खुल्ला गर्नुपर्ने बताए। उनले भने, ‘मेरो सन्देश बिल्कुल स्पष्ट छ। हाम्रा राष्ट्रपतिले गत महिना जी सेभेन शिखर बैठकमा दिएकै सन्देश हो।’ ‘यदि युरोप स्वतन्त्र व्यापारमा विश्वास गर्छ भने हामी विना कुनै कर, आयात निर्यातमा विना कुनै निषेध र विना कुनै सहुलियत स्वतन्त्र व्यापार सम्झौता गर्न तयार छौँ।’चीनको चर्चा गर्दै मनुसिनले बेइजिङविरुद्ध कडा कर लगाउने विषय ‘एउटा वास्तविक सम्भाव्यता’ भएको बताए।उनले थपे, ‘हामी हाम्रा उद्देश्यबारे एकदम स्पष्ट छौँ।’बीबीसीकाे सहयाेगमा

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.