Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ ३१, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मिर्गौला झिकिएपछि पनि दलालले प्रतिबद्धताअनुसार रकम नदिएपछि बोले पीडित

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ। मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो। यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरिरहेको छ।

    २० पुस ०७३ मा म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको मिर्गौला निकालेर बिक्री गरिएको हो। गोरखा घर भएका शम्भुलाल श्रेष्ठमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। कागजी प्रक्रिया पूरा गर्न दलालहरूले खत्रीको नक्कली नागरिकता बनाएका थिए।

    पोखरामा घर निर्माणको काम गर्ने खत्रीलाई स्थानीय नारायण जिसीले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, ऋणमा गाडी र जागिर उपलब्ध गराउने आश्वासन दिएर काठमाडौं ल्याएका थिए। जिसीले उनलाई भक्तपुरका प्रकाश बस्नेतको जिम्मा लगाए। उनले मृगौला प्रत्यारोपण गरिएका शम्भुलालसँग चिनजान गराए। मृगौला झिकिनुअघिको चार महिना खत्री उनकै घरमा बसे। तर, सहमतिअनुसार तस्कर समूहले रकम नदिँदा एक वर्षपछि खत्रीले घटना बाहिर ल्याएका हुन्। सुरुमा आफुलाई मिगौला निकालिने जानकारी नै नभएको, अन्तिम समयमा थाहा पाउँदा मृगौला निकाल्न नदिए ज्यान मार्ने धम्की समेत तस्करहरुको समुहले दिएको उनको दाबी छ।

    अप्रेसन गरेपछि तस्कर श्रेष्ठले नवीनलाई एक लाख २५ हजार रुपैयाँ दिएका थिए। सहमतिअनुसार पैसा नदिए मिडियामा जाने चेतावनी दिएपछि खत्रीले पुनः पाँच लाख पाएका थिए। उनी ‘पोखरामा घर बनाउने काम गर्दै आएको थिएँ। खाजा खाने क्रममा पोखराका नारायण जिसीसँग चिनजान भयो। नजिकिँदै जाँदा उनले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, गाडी र जागिर उपलब्ध गराउने भन्दै काठमाडौं लिएर आए,’ खत्रीले भने।

    फर्जी नागरिकता बनाएर मिर्गौला निकालियो

    रक्त समुह मिलेमा परिवारका सदस्यबीच मात्रै मिर्गौला प्रत्यारोपण गर्न पाइने कानुनी प्रावधान छ। परिवार बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भएकाले दलालहरुले खत्रीको नक्कली नागरिकता बनाएर अस्पतालमा पेस गरेका थिए। जसमा अस्पतालका कर्मचारीहरु धनबहादुर गुरुङ र कुमार खनालले पनि उनीहरुलाई सघाएको आशंका छ।

    मिर्गौला निकालिएको विषयमा शम्भुलाल श्रेष्ठ र प्रकाश बस्नेतलाई फोन गर्दा उनीहरू सम्पर्कमा आउन चाहेनन्। शिक्षण अस्पतालले खत्रीलाई २३ र शम्भुलाललाई २५ पु’स ०७३ मा डिस्चार्ज गरेको थियो।

    मिर्गौला निकाल्न नदिए मार्छु भन्ने धम्की आयो

    म पोखरामा घर बनाउने काम गर्थेँ। सोही क्रममा नारायण जिसी भन्ने व्यक्ति सम्पर्कमा आउनुभयो। उहाँले ‘तपाईंको शरीरमा एउटा स्याउ छ, मलाई दिनुस्, म १० लाख, ऋणमा एउटा गाडी र जागिर दिन्छु’ भन्नुभयो। मलाई स्याउ भनेको थाहा भएन। मिर्गौला होला भन्ने पनि सोचिनँ। स्याउ दिँदा यति ठूलो रकम पाउने भएपछि दिउँ न त भन्ने लाग्यो। जिसीले मलाई काठमाडौं ल्याएर भक्तपुरका प्रकाश बस्नेतलाई जिम्मा लगाए। उनले मलाई काठमाडौंकै शम्भुलाल श्रेष्ठसँग भेट गराए। मैले चार महिना श्रेष्ठकै घरमा बसेर काम गरेँ। समय–समयमा स्वास्थ्य परीक्षण पनि भयो।

    अप्रेसन गर्ने वेला चिकित्सकहरूको बोर्ड बैठक बस्दोरहेछ, त्यसवेला मात्र मैले थाहा पाएँ मेरो मिर्गौला निकालिँदै छ भनेर। यो थाहा पाएपछि भाग्ने सोच बनाएँ। त्यही वेला प्रकाश भन्ने दलालले फोन गरेर मलाई धम्क्यायो। ‘भाग्यो भने मार्छु’ भन्नेसम्मको धम्की आएपछि बोल्न सकिनँ र बाध्य भएर मिर्गौला निकाल्न दिएको हुँ।

    उनीहरुले सुरुमा मलाई एक लाख २५ हजार दिए, अहिले मिडियामा जान्छु भनेपछि पाँच लाख थप दिएका छन्। तर, हामी कानुनी प्रक्रियामा जाने तयारीमा छौैँ। सिआइबीले बाहिर मिल्नुस्, हामीसँग कुनै सम्बन्ध छैन भनेकाले कानुनी रूपमा जान समस्या देखिएको छ। मेरो नागरिकता नै मिल्दैन। हामी फरक–फरक जातका मानिस भएकाले उनीहरूले दाजुभाइ देखाउन मेरो नक्कली नागरिकता बनाएका रहेछन्, तर मैले त्यो नागरिकता देख्न पाएको छैन। अर्जुन अधिकारी/नयाँ पत्रिका

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.