Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

शिखर वार्ताका लागि ट्रम्प र किम सिङ्गापुरमा, विश्व समुदाय भन्छ: सकारात्मक प्रयास

नेपाल रिडर्स नेपाल रिडर्स
जेष्ठ २८, २०७५
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिङ्गापुर पुग्नुभएको छ ।  उहाँहरु दुवैजना आइतबार सिङ्गापुर पुगेको समाचार विश्वका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बनेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

    शिखर वार्तामा सहभागिताका लागि उत्तर कोरियाली नेता किम जोङ उन सिङ्गापुरतर्फ लागेदेखि नै विश्वका मिडियाले उहाँको समाचारलाई बडो प्राथमिकता दिएका थिए । त्यसपछि उहाँ सिङ्गापुर पुगेपछि यो ठूलो समाचार बनेको छ ।  यतिखेर सिङ्गापुरमा विश्वका कैयौँ सञ्चारमाध्यम पुगेका छन् । ती सञ्चारले उहाँ कहाँ बस्नुभएको भन्नेदेखि लिएर उहाँले आइतबार सिङ्गापुरका राष्ट्रपतिसँग भेटवार्ता गर्नेसम्मको अवस्थालाई आफ्ना क्यामेरामा कैँद गर्न निकै चासो देखाएका बताइएको छ ।  त्यसैगरी यस वार्ताका अर्का प्रमुख पात्रका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पर्नुभएको छ । उहाँ पनि आइतबार नै सिङ्गापुर पुग्नुभएको हो ।  उहाँहरूबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय बढी केन्द्रित हुने सहजै अनुमान लगाउन सकिन्छ, यद्यपि दुवै तर्फबाट वार्ताएको एजेण्डा भने आएको छैन ।

    यही नै प्रमुख मुद्दा हुनेछ भन्ने अनुमान धेरैलाई छ । जसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले पनि शान्तिका लागि ‘एक पटकको प्रयास’ भन्नुभएको छ । पहिलो प्रयासले नै धेरै कुरा देखाउने उहाँको पहिल्यै देखिको भनाई रही आएको छ ।  कोरियाली प्रायद्वीपमा हाल युद्धविराम छ । लामो समयदेखि घोषणा गरिएको यो युद्धविरामलाई दिगो रुपमा नै शान्तिमा परिणत गर्ने प्रयत्न अमेरिकाको हुने पनि उहाँको भनाई रही आएको छ ।

    कोरियाली नेता किम एअर चाइनाको उडानमार्फत सिङ्गापुर उत्रिनुभएको थियो । सिङ्गापुर शहरभरिको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । तर पनि फोटो पत्रकारहरुले भने उहाँका हरेक क्रियाकलापहरुलाई पछ्याएका थिए ।  उहाँले त्यहाँ पुगेपछि सिङ्गापुरको प्रसंशा गर्नुभयो । यदि सम्मेलन सफल भयो भने दुई नेतालाई भेट गराउने सिङ्गापुरको प्रयास ठूलो र ऐतिहासिक बन्नेछ उहाँले भन्नुभएको छ ।  उता अमेरिकी राष्ट्रपति ट्रम्प पनि क्यानाडामा जारी रहेको औद्योगिक राष्ट्रहरूको समूह जी–७ को बैठकमा सहभागी भएर आइतबार नै सिङ्गापुर आइपुग्नुभएको छ ।

    उहाँलाई स्वागत गर्न सिङ्गापुर वरिष्ठ अधिकारीहरु विमानस्थल पुगेका थिए । सिङ्गापुर अवतरण गरेपछिको अति संक्षिप्त कुराकानीमा ट्रम्पले सम्मेलनले कोरियाली प्रायद्धीप र सिंगो संसारलाई नै सकारात्मक सन्देश दिएको बताउनुभयो । दुई नेतालाई फरक होटलमा राखिएको छ भने उहाँहरुको बसाई वरिपरिको सुरक्षा नगरको अरु क्षेत्रको भन्दा थप र निकै नै कडा पारिएको अधिकारीहरुले बताएका छन् ।  उहाँहरुबीचको महत्वपूर्ण शिखर वार्ता जुन १२ अर्थात् भोलि मङ्गलबार हुनेछ । वार्ताको सम्पूर्ण तयारी पूरा भएको सिङ्गापुर, अमेरिका र उत्तर कोरियाले बताएका छन् ।

    उत्तर कोरियाको ‘सिङ्गापुर एजेण्डा’ तयार

    यसैबीच यस शिखर वार्ताका लागि उत्तर कोरियाले ‘सिङ्गापुर एजेण्डा’ तयार पारिएको जनाएको छ । तर सो एजेण्डामा के छ भन्ने बारेमा भने उसले केही बताएको छैन ।  तर सो एजेण्डामा विशेषतः उत्तर कोरियाले गर्दै आएको आणविक क्षेप्यास्त्रको उत्पादन र यसको परीक्षणको बारेमा समेटिएको बताइएको छ ।  साथै विश्व समुदायबाट कूटनीतिक तथा अन्य हिसाबले पनि एक्लिएको उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघसँग पनि केही गुनासोहरु वा उसमाथि लगाइएको नाकाबन्दी खोल्ने विषयमा पनि केही मागहरु राख्न सक्ने अनुमान विश्लेषकहरुको छ ।  तर यस विषयमा अमेरिका वा उत्तर कोरियाले पनि केही नबताएको त्यहाँबाट प्राप्त समाचारहरुमा जनाइएको छ ।

    वार्ताको खर्च डेढ करोडः सिङ्गापुर

    यसैबीच प्राप्त अर्को एक समाचारअनुसार सिङ्गापुरले आयोजना गरेको यस बैठकका लागि करिब एक करोड ५० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको सिङ्गापुरले जनाएको छ ।  सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले आइतबार मात्र उक्त खर्चको बारेमा जानकारी दिँदै सो कुरा बताउनुभएको हो ।  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच यही मङ्गलबार हुने शिखर वार्ताका लागि सिङ्गापुरले एक करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने योजना बनाएको उहाँले सुनाउनुभयो ।

    खर्चको करिब पचास प्रतिशत त सुरक्षा प्रबन्धमा नै लगाइएको छ-उहाँले भन्नुभयो । उहाँले सिङ्गापुरले शान्तिका लागि आफ्नो देशले प्रयत्न गरेको तर यहाँको खर्चको विवरणका लागि निकै चासोका साथ प्रश्नहरु उठेकोले मा उक्त खर्चको कुरा गरेको हो भन्नुभयो ।

    सकारात्मक प्रयासः विश्व समुदाय

    यसैबीच सिङ्गापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाको यस शिखर वार्ता निकै नै सकारात्क प्रयास भएको विश्व समुदायले प्रतिक्रिया दिएको छ ।  विश्व समुदायले यस प्रयासबाट विश्वमा शान्ति स्थापना होस् भन्ने कामना पनि गरेको छ । आणविक अस्त्रको होडभन्दा यसरी वार्तामा बसेर सकारात्मक रुपमा आफ्ना विचार राख्नुले विश्वमा नै शान्ति र सौहार्दताको सन्देश जाने उनीहरुको ठहर छ ।  यस वार्ताले कोरियाली प्रायद्धीप, एसिया तथा यतिमात्र नभएर सिंगो विश्वमा नै शान्ति स्थापनाको मार्ग खोल्न सकोस भन्ने कामना पनि विश्वका नेताहरु, विभिन्न संघ संस्था र देशले गरेका छन् । रासस

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.