Wednesday, April 14, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

सरकार र डा. केसीबीच सहमति, डा. केसीले २७ दिन लामो अनसन तोडियो(सहमतिपत्र/भिडियाेसहित)

by नेपाल रिडर्स
July 27, 2018
- समाचार
सरकार र डा. केसीबीच सहमति, डा. केसीले २७ दिन लामो अनसन तोडियो(सहमतिपत्र/भिडियाेसहित)
Share on FacebookShare on TwitterEmail

काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौ बुँदे सहमतिसँगै चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले बिहीबार राति अनशन तोडेका छन् । तीन दिनदेखिको दुवै पक्षलाई मिलाउने मध्यस्थता गरिरहेका नेकपा नेता एवं पूर्वसभामुख सुवास नेम्वाङ र त्रिविका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमाले सहमतिपत्रमा हस्ताक्षर भएलगत्तै केसीलाई जुस खुवाएका थिए । त्यसपछि केसीलाई थप उपचारका लागि आईसीयूमा भर्ना गरिएको छ ।

सहमतिअनुसार अब १० वर्षसम्म उपत्यकामा नयाँ कलेज खोल्ने आशयपत्र प्रदान गरिनेछैन तर यसअघि नै आशयपत्र प्राप्त गरी पूर्वाधार तयारी गरिसकेका कलेजका हकमा भने सरकारले मुआब्जा दिएर किन्न सक्नेखालको सहमति भएको छ । त्यस्ता कलेजले सरकारलाई बिक्री नगर्ने तर उपत्यकाभन्दा बाहिर जान चाहेमा सरकारले प्रोत्साहन सुविधा उपलब्ध गराउने गरी चिकित्सा शिक्षा विधेयक संशोधन गर्ने सहमति छ ।

‘यो ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा मेडिकल, डेन्टर र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान गरिनेछैन’ सहमतिमा छ तर आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेका शिक्षण संस्थाका हकमा निम्नानुसार गरिने उल्लेख छ । ‘सम्बन्धित शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा नेपाल सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्नेछ,’ सहमतिमा भनिएको छ, ‘यस्ता शिक्षण संस्थाले आयोगले प्राथमिकता तोकेका क्षेत्रमा स्थानान्तरण गर्न चाहेमा नेपाल सरकारले प्रोत्साहन सुविधा उपलब्ध गराउनेछ ।’

भिडियाेः

https://youtu.be/pExrXOAhYu0

सहमतिअनुसार यसअघि आशयपत्र पाएका मनमोहन मेडिकल कलेजलगायतले अब १० वर्षसम्म पर्खिनुपर्नेछ । नभए सरकारलाई बेच्न वा सरकारबाट सुविधा लिएर उपत्यकाबाहिर जान सक्नेछन् ।

एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजका लागि सम्बन्धन नदिने सहमति भएको छ । यसअघि नै सम्बन्धन दिइसकेका शिक्षण संस्थामा भने यो प्रावधान लागू हुनेछैन । काठमाडौंबाहिर खोल्ने शिक्षण संस्थाका लागि अब बन्ने चिकित्सा शिक्षा आयोगले नीति निर्माण गरी निर्णय गरेबमोजिम हुने उल्लेख छ ।

मेडिकल कलेजहरूले ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने र यो सुविधा वृद्धि गर्दै लैजानुपर्ने पनि सहमति भएको छ । मेडिकल कलेज सञ्चालन गर्नेहरूले तीन वर्षसम्म आफ्नै अस्पताल सञ्चालन गरेको हुनुपर्नेछ ।

डा. केसीले अनशनमा उठाएका मुख्य मागहरू करिब सम्बोधन भएका छन् । जनताको सार्वभौम संसद्बाटै कानुन निर्माणको विषयलाई टुंग्याउनुपर्ने सरकारको अडान पनि विधेयक संशोधनको प्रक्रियाबाटै अघि बढ्ने सहमतिले सम्बोधन भएको छ ।‘सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिमूलक संस्था संघीय संसद् नै सबै समस्या समाधान गर्ने थलो हो भन्ने स्थापित भएको छ । संसदकै प्रक्रियाबाट डा. केसीलगायतका जुनसुकै समस्या समाधान गर्न सकिन्छ भन्ने स्पष्ट भएको छ,’ नेम्बाङले भने, ‘डा. केसीले पुन: अनशन बस्न नपर्ने गरी सहमति कार्यान्वयन गर्नुपर्छ ।’

केसी पक्षले यो सहमतिबाट अधिकांश माग पूरा भएको बताएको छ । ‘चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ल्याइएको थियो,’ केसी पक्षका वार्ता टोली संयोजक डा। अभिषेकराज सिंहले भने, ‘अब पुरानो अध्यादेशकै रूपमा विधेयक फर्किनेछ ।’ दुई पक्षको सहमतिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने सम्बन्धमा कार्यदल बनाउने, चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्‍याएका पदाधिकारीहरूलाई आयोगको सिफारिसबमोजिम २ महिनाभित्र कारबाही प्रक्रिया सुरु गर्ने सहमति छ । विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति गर्ने मापदण्ड निर्धारणका लागि १५ दिनभित्र कार्यदल गठन गर्ने सहमति छ ।

भिडियाेः

https://youtu.be/jZuPWB68N1k

बिहीबार भएको सहमतिलाई शिक्षा मन्त्रालयले प्रस्तावका रूपमा मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि त्यसलाई विधेयकमा संशोधनको प्रक्रियाबाट अघि बढ्नेछ ।

केसीले असार १६ गतेबाट जुम्लामा अनशन थालेका थिए । त्यहाँ उनको स्वास्थ्य बिग्रिने र जुनसुकै बेला आईसीयूमा भर्ना गर्नुपर्ने सुझावपछि सरकारले एक साताअघि केसीलाई राजधानी ल्याएको थियो । त्यस क्रममा जुम्लामा झडपको स्थितिसमेत आएको थियो । राजधानी ल्याएपछि शिक्षा सचिव खगराज बराल नेतृत्वको वार्ता टोलीलाई निर्णय गर्ने अधिकार नरहेको भन्दै केसीले केही दिन वार्ता गर्न मानेका थिएनन् । त्यसपछि प्रधानमन्त्री केपी ओलीले अनौपचारिक रूपमा पार्टीका नेता सुवास नेम्वाङलाई सहमति खोज्ने गरी केसीको टोलीसँग कुरा गर्न परिचालन गरेका थिए । तीन दिनदेखि नेम्वाङ, त्रिविका उपकुलपति केदारभक्त माथेमालगायतले सरकार र केसीबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए । प्रधानमन्त्री, शिक्षामन्त्री, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठलगायत समेत केसीसँगको सहमतिका लागि सक्रिय भएका थिए । बुधबार राति २ बजेसम्म अनौपचारिक छलफल भएको थियो । त्यसपछि बिहीबार पनि पटक पटक वार्ता भयो । राति करिब साढे १० मा दुवै पक्षबीच हस्ताक्षर भएको थियो ।

केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दै २०६९ असार २१ गते पहिलो आमरण अनशन सुरु गरेका थिए । १५ औं पटकसम्म आउँदा उनी १८८ दिन अनशन बसेका छन् । १५ औं अनशन बिहीबार २७ औं दिनमा टुंगिएको हो । यो केसीको हालसम्मकै लामो अनशन हो ।कान्तिपुरकाे सहयाेगमा ।

यस्ताे छ सहमतिपत्र

https://youtu.be/CijgfgvGxw8

 

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

1 year ago
युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.