Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सरकार र नेकपा (ने.क.पा.) हल्लाएको माधव नेपालको भाषण

नेपाल रिडर्स नेपाल रिडर्स
अशोज १८, २०७५
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सम्माननीय सभामुखज्यू,

    संसदको यो बैठकमा सम्भवतः म पहिलो चोटी रोष्ट्रममा उभिएर बोल्ने जमर्को गर्दैछु। म यहि रोष्ट्रममा उभिएर पहिले बोलेको कुरा सम्झँदैछु। मैँले भनेको थिएँः “मेरो देश डुब्न लाग्यो किनारा लगाईदेउ, माझी छौ की कोही किनारा लगाई देश, देशै डुब्न लाग्यो देशै बचाई देउ।

    आज पनि बिभिन्न ठाउँमा घटिरहेका घटना प्रति सबैको ध्यान आकृष्ट गराउन चाहान्छु।यो प्रश्न सबै ठाउँमा उठिरहेको छ। कञ्चनपुरकी निर्मला पन्त, रौतहटकी एसिड पीडित सम्झनाको मृत्यु भएको छ। बलात्कार र एसिडबाट हत्या भैरहेका छन्।भ्रष्टाचार रोक्ने कुनै अंग छ की छैन्? कोहि गिरफ्तार भयो की छैन? कसै विरुद्ध मुद्धा चल्यो की छैन्? मान्छे हेर्न चाहान्छन् काम, मान्छे हेर्न चाहान्छन् परिणाम। परिणाम दिईसकेपछि बल्ल हाम्रो पनि शिर ठाडो हुनेथियो। यो कानले सुन्नुपर्ने थिएन की जुन जोगी आएपनि कानै चिरेको। म सरकारको, मन्त्रीज्यूहरुको र राज्यका सबै निकायहरुको ध्यानाकर्षण गराउन चाहान्छु।

    सम्माननीय सभामुखज्यू,

    मैले यस पटक रजगज पढेँ। त्यो पढ्दै गर्दा मलाई यो देशको कहालीलाग्दो अवस्थाले चिन्तित बनायो। त्यसका सबै तथ्यहरु सत्य नहोलान् तर सोधखोज गरेर ल्याएको जस्तो देखियो। राज्यका बिभिन्न निकायहरुको भ्रष्ट स्वरुपको त्यसमा उदांगो स्वरुप चित्रण गरिएको छ। अरु पनि यस्ता धेरै किताब होलान्, मन्त्रीज्यूहरु एक पटक पढ्नुस्।भ्रष्टहरुलाई प्रश्रय दिनेहरु जिल्लाबाट पुनरावेदन हुँदै सर्वोच्च अदालतमा पुगेका छन्। भ्रष्ट शाखा अधिकृतहरु उपसचिव हुँदै माथि–माथि आउने क्रम कहिले रोकिन्छ? दुनियाले भ्रष्टाचारी भनेको व्यक्ति पुरस्कृत भैरहँदा हाम्रो शिर निहुरिन्छ। यो कहिले रोकिने?

    यो अधिवेशनमा माननीयहरुले यस्ता धेरै कुरा उठाउनु भएको छ। बाटो घाटोमा हिड्दा, बसमा यात्रा गर्दा, पैदल हिड्दा वा पसलमा बस्दा कान थुन्नुपर्ने अवस्था छ।कमसे कम जनताले के भन्छन् भन्ने कुरा ख्याल गर्नुस्। कहाँ रह्यो त्रुटि खोज्ने, समस्या पत्ता लगाउने र समाधान गर्ने आँट देखाउनु पर्छ। राम्रो काम गर्नुस, नेकपाको मात्रै होइन सिंगो संसदको समर्थन मिल्छ। संसदको मात्रै होइन सम्पुर्ण नेपाली जनताको समर्थन रहनेछ।नेपालीलाई चाहिएको छ सुशासन, भ्रष्टाचार मुक्त प्रशासन र छिटो छरिटो काम। र जनतालाई चाहिएको छ उनीहरुको समस्याको अन्त्य। जनताले गाँस, बाँस, आवास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा खोजेका छन्। आफ्ना समस्याप्रति सम्वेदनशीलता खोजेका छन् जनताले।

    राष्ट्रियता माथि प्रश्न उठिरहेको छ। भौगोलिक अखण्डतामाथि खुलेआम चुनौती दिने गरिएको छ। हिजो मैले एउटा भिडियो देखेँ। त्यो मन्त्रीहरुले हेर्नु भएको छ की छैन? गृहमन्त्री कहाँ हुनुहुन्छ? उहाँले देख्नु भएको छ की छैन्? खुलेआम देश टुक्राउँछु भन्नेहरुलाई जोगाउने नेपालका बिभिन्न निकायहरु लागेका छन्। गृह प्रशासन भन्ने चिज छ की छैन यहाँ?

    सरकारले राम्रा कामहरु पनि गरेको छ। मौलिक हक सम्बन्धी १६ वटै बिधेयक पारित गरेकोमा बिषयगत समिति, प्रतिपक्षी र सरकार सबैलाई धन्यवाद दिन चाहान्छु। सरकारप्रति आशा पनि छन्। राम्रा काम पनि भएका छन्। बेला बेलामा तदारुकता पनि देखाउने गरिएको छ। जनताले पनि अहिलेसम्मको अनुभवबाट सिकेर काम गर्न सुझाएका छन्। अरुका कुरा सुनेर, अनुभवीहरुका कुरा लिएर, छलफल गरेर अघि बढ्नुपर्छ। धेरै भन्दा धेरैका अनुभवहरु बटुलेर अघि बढ्दा सबैलाई राम्रो हुन्छ। अघि बढ्नुस्, राम्रो काम गर्नु भयो भने हाम्रो पनि साथ रहन्छ। राम्रो काम गर्नु भएन भने रहँदैन्। जता गयो खाली आलोचना, बिरोध र खिसिटिउरा बाहेक केहि छैन। यस्तो अवस्थाले हामी सबैलाई पोल्नुपर्ने हो।

    सरकारले बजेट निर्माणदेखि अहिलेसम्मका सबै कामहरुको समिक्षा गरोस्। अर्को अधिवेशनमा आउँदा आशा जगाउने गरि, शिर ठाडो हुने गरि सबैको मन जित्ने गरि सरकार अघि बढोस्। साँखुदेखि चावहिलको बाटोका बारेमा त एउटा गीत नै बनेको रहेछ। यो बाटोको बेहालको बारेमा भिडियो छ, मान्छे र गाडीहरुको बेहाल छ। म आफैं त्यहाँ चार पटक अनुगमनका लागि पुगेँ। हामी जानु भन्दा अघि ठेकेदारले पाँच गाडी बालुवा हाल्ने रहेछ। त्यसपछि वेपत्ता हुने रहेछन्। मन्त्री कहाँ हराउने, सचिव, डिजी र इञ्जिनियर कहाँ हराउने हुन् ? ठेकेदारले त्यस्तो गरेवापत दण्डित पनि हुनुनपर्ने। र त्यस्ता कम्पनी कालोसूचिमा नपर्ने रहेछन्। कालो सूचिमा परेकाहरु त झनै पुरस्कृत हुनुपर्ने अवस्था रहेछ। जति कालो सूचिमा पर्नुस, त्यति पुरस्कृत हुने। जति धेरै अपराध गर्नुस, त्यति पुरस्कृत हुँदै जानुहुन्छ भन्ने अवस्था देखिँदैछ।

    त्यसकारण अब यहि सरकारमाथी जनताको आशा छ, यसले नै देशलाई भ्रष्टाचार उन्मुलन गर्न सक्छ। सुशासनको प्रत्याभुति दिन सक्छ। नेकपाकै सरकार माथि जनताको आशा छ। भ्रष्टाचार गर्दिन भनेर होइन, नगरेर देखाउन सकोस्। भ्रष्टाचारीलाई दण्डित गरेर देखाओस्। सुशासनको प्रत्याभूति दिलाउन सकोस्। छोराछोरी, श्रीमति, नातागोता, पिए लगाएर घुमाएर केहि गर्ने तरिकाहरु छन् भने त्यसको अन्त्य गरियोस्।

    त्यसकारण देशको अखण्डता जोगाउने कुरामा, राष्ट्रहितको अभिवृद्धि, सार्वभौम सत्ताको रक्षा गर्ने, प्रदेशको सम्वेदनशीलता प्रति सबै गम्भिर बनौं। लोकतन्त्र आएको छ, गणतन्त्र ल्याएका छौं। जनतालाई थप अधिकार सम्पन्न बनाऔं। समाजका विसंगति र विकृतिहरु हटाउन सबैलाई सक्रिय बनाऔं। त्यस अर्थमा बेरोजगारी, निरक्षरता अन्त्यका लागि जुटौं।

    सभामुख महोदय,

    सुन्नमा आएको छ, ब्रिटिस सेनामा नेपाली महिलाहरुलाई भर्ना गर्ने कुरा आएको छ। यसलाई रोकिसकिएको छ भने ठिकै भयो। नत्र यो भन्दा लाज र सर्मको कुरा अरु केहि हुनै सक्दैन। भोलि गएर त्यहाँ नेपाली महिलाको सम्मान हुने विश्वास छैन हामीलाई। भोलि खाडी मुलुकले पनि भर्ना गर्ला, इण्डियाले पनि भर्ना गर्ला। त्यतिबेला हाम्रो शिर निहुरिनेछ।

    विदेशी सेनामा नेपाली जाने कुराहरुको उहिलेदेखि नै बिरोध भैरहेको छ। महिलालाई पठाउने कुरा सोच्न पनि सकिन्न। पूर्व बेलायती सेनाको अधिकार, गैर–आवाशीय नेपालीहरुको सवालमा पनि सरोकारवालाहरुको ध्यान जाओस्। सबैका आ आफ्ना स्वार्थ हुन्छन्, जायज स्वार्थ र नाजायज स्वार्थ छुट्याउनु पर्छ। सरकारले मात्रै सबै गर्न सक्दैन, पार्टीको, संसदको र विपक्षीको पनि साथ चाहिन्छ।

    अहिले निजगढ विमानस्थलका नाममा ठुलो परिचर्चा छ। नेकपा भित्रै पनि बिरोध भैरहेको छ भन्ने मैले सुनेँ। यहाँ राम्रो काम गर्ने आडमा कसैले स्वार्थ पुरा गर्न खोजेको त होइन भन्ने हाम्रो चासो हो। राम्रो गर्ने नाममा आफ्नो स्वार्थ पुरा गर्न खोजिएको त होइन्? भन्ने प्रश्न हो।

    २० बर्षदेखि विकल्पहिन थियो, अर्को विमानस्थल कहाँ बनाउने भनेर आयोगहरु बने, प्रतिवेदन आए। त्यसकै आधारमा मैले २०६७ सालमा निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेको थिएँ।

    सबै हिसाबले सोँच विचार गरेर निर्णय गरेको हुँ। तर सबै रुख काट्न आवश्यक छ की छैन ? भएका जति सबै रुख काटेर दारी खौरिए जसरी रुख काट्ने हाम्रो चलन छ। त्यो गलत भो। जति चाहिन्छ, त्यो भन्दा एउटा पनि बढी रुख काट्न पाइँदैन। घरै बनाइन्छ भने घरको बीचमा रुख रोप्नुपर्छ। भारतको सिमलामा घरका बीचमा, पर्खालमा रुख रोपेको देखिन्छ। मैले पनि बुझ्दा खेरी जति रुख काट्ने भनेर हल्ला गरिएको छ, त्यति रुख काट्ने योजना छैन। विकल्पमा कति रुख रोप्ने हो त्यति रोप्नुपर्छ।

    नेपालमा कहीँ पनि काम गर्न नदिने तत्वहरु लागेको देखिन्छ। उद्योग धन्दा खोल्न नदिने, नदिनालाको उपयोग गर्न नदिने, विजुली उत्पादन गर्न नदिने, विमानस्थल बन्न नदिने, देशलाई आत्मनिर्भर बन्न नदिने षडयन्त्रभित्र हामी फस्ने खतरा छ। म मन्त्री र अधिकारीहरुलाई भन्न चाहान्छु। त्यसकारण यो काम कुनै हालतमा रोकिनुहुन्न। विकास रोक्ने षडयन्त्रमा सरकार फस्नु भएन।

    विमानस्थल बनाउने र फास्ट ट्रयाक समयमै बनाउन सरकार चुक्नु हुन्न। रोक्नेहरुलाई पन्छाउन सरकारले कानुनै संसोधन गर्ने वा नियमावली संसोधन गर्नु परेपनि गरोस्। काम नगर्ने ठेकेदारलाई कानुन संसोधन गरेरै भएपनि पन्छाउनुपर्छ। कालोसूचिमा परेकाहरुले मात्रै काम पाईरहने अवस्था किन आयो? के ती बाहेक अरु मान्छे योग्य नै छैनन् त? त्यसको कारण खोजियो भने के जवाफ दिने? प्रश्न उठेको छ कतै यस्तै मान्छेहरुको विगबिगी हुने त होइन देशमा? त्यसकारण अब मुलुकलाई विधीको शासनमा लैजानु पर्छ। सरकार यसमा सचेत बनोस्। विधी र प्रक्रियामा मुलुकलाई कसरी लैजाने? पारदर्शी काम कसरी गर्ने भन्ने बारेमा सरकार सचेत हुनुपर्छ।

    व्यक्तिको मूल्यांकन कसरी गर्ने ? इमानदार, पवित्र भावना भएका, देशभक्तहरुलाई हुर्काउन प्रोत्साहित गर्ने, विदेशमा गएका नेपालीहरुको ज्ञान, शिप र प्रविधीलाई कसरी सदुपयोग गर्ने भन्नेबारे पनि हामीले सोच्नु आवश्यक छ। त्यसकारण राम्रा मान्छेहरु छान्नु पर्छ।

    अहिले एउटा अवसर आएको छ, जनताले विश्वास गरेर दुई तिहाई बहुमत दिएका छन्। अब गुनासो गर्ने अधिकार छैन। राम्रो काम गरेपछि जनतो स्याबास भन्नेछन्। देशको इञ्जत बढ्दा प्रतिपक्षीले पनि बिरोध नगर्ला।

    सरकारले कतिपय राम्रा कामहरुको नेतृत्व पनि लिएको छ। मौलिक हक अन्तर्गतका कानुनहरु बनाएको छ। अब विनियमहरु निर्माण होस्। राम्रा मानिसहरुले जिम्मेवारी पाउन्। राजदुतहरु यथासक्य चाँडो नियुक्ति होस्। सम्वैधानिक निकायमा चाँडै नियुक्त गरियोस्।
    जिम्मेवारी दिइने मान्छेहरुको विगत र वर्तमानको अध्ययन गर्नु पर्छ। हामीसँग अनुभवहरुको कमी छैन। धेरै मन्त्री र पूर्व प्रधानमन्त्री छन्। उनीहरुसँग सल्लाह र परामर्श गरियोस्। सरकारसँग जनताको ठुलो आशा छ। सरकारको सफलताको कामना गर्दै दशैं, तिहार, छठ, न्हुदया भिन्तुना लगायतका सबै पर्वहरुको अग्रिम शुभकामना दिन चाहान्छु। नेपालीहरुले दुःख कष्ट, महंगी र अभावमा बाच्नु नपरोस्, आनन्दका साथ चाडपर्व मनाउन्। सुखी नेपाली, समृद्ध नेपालको नाराले सार्थकता पाओस्। धन्यवाद!

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.