Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख रुपैयाँ बराबरका कागजी नोट जलाइयो, २ अर्ब १९ करोड थान नोट बजारमा

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
मंसिर २८, २०७४
- समाचार
A A
0
  •  share
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालमा कागजी नोट सुरु भएको ७२ वर्षमा नेपाल राष्ट्र बैंकले ३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख रुपैयाँबराबरका नोटहरू जलाएको छ । चलनचल्तीमा रहेका कागजी नोटको सरदर आयु २ देखि ५ वर्षसम्म रहने राष्ट्र बैंकको भनाइ छ । आर्थिक वर्ष ०७३-७४ मा मात्र विभिन्न दरका २५ अर्ब ७५ करोड ४२ लाखबराबरका नोट जलाएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू फिर्ता ल्याएर जलाउने गर्छ । बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणसँग रहेका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू आफ्नो नोटकोषमार्फत फिर्ता ल्याएर समय–समयमा जलाउने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार साना मूल्यका नोटको आयु सरदर २ वर्ष र ठूला मूल्यका नोटको आयु सरदर ५ वर्ष हुन्छ ।

    ४ खर्ब ३ अर्बको नोट चलनचल्तीमा

    अर्थतन्त्रको आकारसँगै बजारमा चलनचल्ती हुने नोटको परिमाणसमेत बढ्दै गएको छ । हाल नेपालमा ४ खर्ब ३० अर्ब रुपैयाँबराबरका नोट चलनचल्तीमा छन् । यो अघिल्लो वर्षको भन्दा ११.६१ प्रतिशतले बढी हो । नोटको मूल्य र परिमाण दुवै बढेको राष्ट्र बैंकको तथ्यांक छ । ०७३ असारसम्म विभिन्न दरका ३ खर्ब ८६ अर्ब १६ करोड रुपैयाँबराबरका नोटहरु चलनचल्तीमा रहेका थिए । ०७४ असारमा आइपुग्दा नोटको परिमाण ११.६१ प्रतिशतले बढेर ४ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँबराबर पुगेको हो ।

    अर्थतन्त्रको आकार, आर्थिक वृद्धि, मूल्य वृद्धि, बजारमा हुने कारोबारको प्रवृत्तिलगायतले नोटको आवश्यकता निर्धारण गर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले बताए । ‘सामान्यतः अहिले हाम्रो अर्थतन्त्रको आकार तथा आर्थिक गतिविधि बढ्दै जाँदा बजारमा नगद प्रवाह पनि बढ्दै गएको छ,’ उनले भने, ‘सोहीकारण चलनचल्तीमा हुने नोटको मात्रा बढेको हो ।’ निष्कासित नोटका लागि सुरक्षणबापत विदेशी मुद्राहरू र विदेशी सुरक्षणपत्र राख्ने गरिन्छ ।

    २ अर्ब १९ करोड थान नोट बजारमा

    अहिले बजारमा विभिन्न दरका २ अर्ब १९ करोड थान नोट चलनचल्तीमा छन् । राष्ट्र बैंकले आर्थिक वर्ष ०७३-७४ मा १ हजार दरको २० करोड थान, १ सय दरको १२ करोड थान, ५० दरको १५ करोड थान र २० दरको ५ करोड ५० लाख थान नोटहरू छपाइ गरी बैंकको ढुकुटीमा दाखिला गरिसकेको छ । त्यस्तै, ५ दरको नोट २६ करोड थान, १० दरको २४ करोड थान छपाइका लागि सम्झौता भइसकेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष ०७-७४ मा विभिन्न दरका ३८ करोड २१ लाख ५० हजार थान नोट चलनचल्तीका लागि निष्कासन गरेको हो । यो ८९ अर्ब ४ करोड २ लाख रुपैयाँबराबरको नोट हुन् । उक्त अवधिमा नोट छपाइ खर्च ९३ करोड ८७ लाख भएको उनले बताए ।

    ७७ नोटकोषबाट नोट आपूर्ति

    राष्ट्र बैंकले आफ्ना शाखा तथा सरकारी कार्यालयका शाखाहरूमार्फत नोटको आपूर्ति गर्दै आएको छ । ती शाखा कार्यालयमार्फत चलनचल्तीका लागि योग्य नभएका नोटहरू खिच्ने (फिर्तालिने) पनि गरिन्छ । नेपालभरि नेपाली मुद्राको आपूर्ति व्यवस्था सरल, सहज र प्रभावकारी रूपमा कार्यान्वय गर्न र नेपाल सरकारको साधारण र पुँजीगत खर्चका लागि आवश्यक पर्ने रकम ७५ वटा नोटकोषबाट उपलब्ध गराइरहेको उनले बताए । राष्ट्र बैंकले आफ्ना ८ शाखा (उपत्यकाभित्र र बाहिरसमेत गरी), राष्ट्रिय वाणिज्य बैंकका ४३ र नेपाल बैंकका २४ वटा शाखा कार्यालयसमेत गरी ७७ वटा नोटकोषहरूमार्फत नेपाली नोटको आपूर्ति गर्ने तथा चलनचल्तीमा पठाउन योग्य नभएका नोटहरू खिच्ने कार्य हुँदै आएको छ ।

    यसरी साट्न सकिन्छ नोट

    सर्वसाधारणले आफूसँग भएका चलनचल्तीका लागि अयोग्य नोटहरू राष्ट्र बैंकको काठमाडौं उपत्यकाको एउटा र उपत्यकाबाहिर रहेका ७ वटा शाखाबाट सटही गर्न सक्छन् । त्यस्तै, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट समेत नोट सटही गर्न सकिन्छ । राष्ट्र बैंकले आफ्नो शाखा र नेपाल बैंक तथा वाणिज्य बैंकका शाखासमेत गरी ७७ वटालाई नोटकोष तोकेको छ । ती नोटकोषबाट ‘नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली,२०५९’ अनुसार नोट साट्न सकिन्छ । नोटको दर र पुरा नम्बरसहित पचास प्रतिशतभन्दा बढी भाग भएको र दोहोरो सट्टा भर्ना जान नसक्ने यकिन भएमा नोट कोषले नयाँ नोट साटिदिन्छन् । तर, जोडा नमिलेको, सच्याइएको, मनोमानी लेखेको नोटको भने सट्टा भर्ना हुनेछैन । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    •  share
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.