करीब ६० वर्षपछि क्युबाको नेतृत्व क्यास्त्रो परिवारबाट बाहिर जाने भएको छ । मिगेल डियाजले अब क्युबाको सत्ता सम्भाल्ने छन् । यसअघि उनी उपराष्ट्रपति थिए । उनी क्यास्त्रो परिवार भन्दा बाहिर र जनवादी क्रान्तिकारीपछि जन्मिएका नेता हुन ।
क्यूबाको संसदले मिगेल डियाज कनेललाई नयाँ नेता चुनी सकेको छ । उनले ८६ वर्षीय राहुल क्यास्त्रोलाई विस्थापन गर्ने छन् ।
जनवादी क्रान्तिबाट १९५० को दशकको अन्त्यतिरबाट क्यूबाको नेतृत्व लिएक क्रान्तिकारी नेता फिडेल क्यास्त्रोले उमेर स्वास्थ्यका कारण सन २००६ मा सत्ताबागडोर भाई राहूल क्यास्त्रोलाई हस्तान्तरण गरेका थिए ।
क्यूबाको नेशनल एसम्बलीमा मतदान भएपछि डियाज नयाँ राष्ट्रपति बन्नेमा कुनै शंका नभएको बताइनछ । राष्ट्रपतिमा डियाज चुनिएपछि उनी साम्यवादी क्यूबाको प्रभावशाली व्यक्ति बन्ने छन् ।तर सन २०२१ मा कम्यूनिष्ट पार्टीको राष्ट्रिय अधिवेशनसम्म भने पार्टीको अध्यक्षमा राहुल क्यास्त्रो नै रहने छन् ।
को हुन् डिआस कनेल ?
सन् २०१३ मा क्युबाको काउन्सिल अफ स्टेटको उपराष्ट्रपतिमा नियुक्त हुँदा तुलनात्मक रूपमा डिआस कनेल खासै चर्चित व्यक्तित्व थिएनन्।
तर त्यसपछि उनी राष्ट्रपति क्यास्ट्रोका नजिकका सहयोगी भए। विगत पाँच वर्षयता डिआस कनेललाई भावी राष्ट्रपति पद र सत्ता सम्हाल्नका लागि तयार पारिँदै थियो। तर उपराष्ट्रपति पदका लागि पहिलो पटक नाम चयन गरिनुअघि पनि ५७ वर्षीय डिआस कनेलसँग लामो राजनीतिक अनुभव थियो। फिडेल क्यास्ट्रोले पहिलो पटक प्रधानमन्त्रीका रूपम शपथ लिनु केही समयअघि सन् १९६० को एप्रिलमा डिआस(कनेल जन्मिएका हुन्।
इलेक्ट्रिकल इञ्जिनियरिङ पढेका डिआस कनेलले २० वर्षको उमेरमा यङ कम्युनिष्ट लिगको एक सदस्यका रूपमा राजनीति शुरू गरेका हुन्।
वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले डिआस कनेलको सिद्धान्तप्रतिको निष्ठाको प्रशंसा गर्ने गरेका छन्।