Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपाली को हो ? हामी गोर्खाली – श्रृङ्खला  ३

महेन्द्र पी लामा महेन्द्र पी लामा
साउन १२, २०७४
- रिडर्स डिस्कोर्स, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्मरणार्थ :  पाठकहरुलाई अवगत नै छ,  हामीले ‘नेपाली को हो ?’ बारे छलफल गर्दै आएका छौँ र अझै केही श्रृङ्खलामा गर्नेछौँ। यस तेस्रो श्रृङ्खलामा हामीले भारतीय नेपाली महेन्द्र पी लामाको धारणा प्रस्तुत गरेकाछौँ। यसभन्दा अघि नेपाल रिडर्सको तर्फबाट नेपालीको साझा पहिचानको खोजी –  विषय प्रवेश र राजनीतिकशास्त्री हरि शर्माको धारणा (नेपाली को हो?- श्रृङ्खला१) लाई प्रस्तुत गरेका थियौँ। दोस्रो श्रृङ्खलाका रुपमा जनसंख्याशास्त्री बालकृष्ण मावुहाङ्गका धारणा (नेपाली को हो?- श्रृङ्खला२) थियो। यस पटकदेखि अर्थात् तेस्रो श्रृङ्खलादेखि भारत र अन्य मुलुकमा रहेका नेपाली मूलका विद्वानहरुका धारणाहरु प्रस्तुत गर्नेछौँ। यस विषयमा विद्वतजनहरुबीच व्यापक र गहन छलफल हुने आशा राखेका छौँ।-(सम्पादक)

    नेपालमा बस्ने जति पनि नेपालका नागरिकहरु छन्, उनीहरुका लागि ‘नेपाली’ भन्नु एकदमै सुविस्ता हो, आनन्द हो। किनभने ‘नेपाली’ भनेपछि राष्ट्रियता, नागरिकता, संस्कृति, भाषा, समाज पनि बोध हुन्छ। तर नेपालदेखि बाहिर जन्मेका, अन्य देशको नागरिक भएकाहरुले, नेपाली शब्दको प्रयोग गर्न अलिकति मिल्दैन। विशेषगरी हामी भारतमा बस्ने जति पनि गोर्खाहरु छौं, त्यसका लागि यो शब्दको प्रयोग गर्न अलिकति मिल्दैन।

    Sikkim_Nepalese

    नमिल्नुका दुई कारण छन्। एउटा खुला सीमा भएको कारणले गर्दा नेपालबाट जति पनि नेपाली नागरिक वा नेपाली राष्ट्रियता भएका मानिसहरु भारतमा आउँछन् वा हामी भारतका नागरिक भएकाहरु (गोर्खाहरु) लाई नबुझ्ने वा नजान्ने अबोधहरुले, दुवैलाई नेपाली हो भनेर एउटै डोकोमा हालिदिन्छन्। हामीले सबैलाई के बुझाउन सक्दैनौ भने हामी भारतीय नेपाली हौं, उनीहरु चाँही नेपालका नेपालीहरु हुन्। हामीसँग त्यो बुझाउने समय पनि छैन र साधन पनि छैन, त्यो बुझाउने संस्था पनि छैन।

    नेपालको सरहद भएका नेपालीको पहिचानसँग उत्तरपूर्वी वा भारतका अन्य स्थानमा बस्ने गोर्खाबीच फरक हुनै पर्छ। त्यो नभएको खण्डमा राजनीतिकदेखि अन्य आधिकारिक विषयमा समस्या आछन्। त्यसैले हामीले यस विषयलाई सोचविचार, स्पष्टसँग र परिस्कृत ढंगले राख्दै आएका छौं। यही सोच राखेर नै हो हामीले त्यहाँ धेरै काम गर्न सकेको। किनभने भारत एउटा यस्तो देश हो त्यहाँ प्रतिस्पर्धा निकै कडा हुन्छ। प्रतिस्पर्धा गर्दा सबैभन्दा ठूलो वा पहिलो विषय यो भारतीय नागरिक हो की होइन भनेर वा बनेर आउछ।

    यसप्रकारको सोचले भारतमा जन्मेको नेपाली अर्थात् भारतीय राष्ट्रियता भएका गोर्खालीहरु वा नेपालबाट गएका नेपालीहरुलाई एउटै डोकोमा हालिदिँदा, धेरै समस्याहरु सिर्जना भएका छन्। जस्तै नेपाली नागरिकले भारतमा कुनै प्रकारको अनौठो कुरा गरेको खण्डमा, कुनै प्रकारको असामाजिक काम गरेको खण्डमा, कुनै प्रकारको अपराधिक काम गरेको खण्डमा प्रहरीले पक्राउ गर्दा, नेपालीलाई खेद्नु पर्छ भन्दा, त्यहाँका जनताले सबैलाई एउटै डोकोमा हालेर खेद्दा रहेछन्। त्यस समयमा बुझाउन के समस्या हुन्छ भने एउटा चाँही सन् १९५० को शान्ति तथा मैत्री सन्धीको व्यवस्थाअनुसार सहज आवागमन भएको कारण बसोबास गर्दै आएको नेपाली नागरिक हो र अर्को नेपाली भारतमै जन्मेको, दशौं पुस्ता त्यही बसेको हो गोर्खा अर्थात नेपालीमूलको भारतीय हो। भारतमा बस्ने जति गोर्खालीहरु छौं हाम्रो भाषा चाँही नेपाली हो, जात चाँही गोर्खा हो भनेर भन्दछौं। हामी भारतमा जति पनि गोर्खाहरु छौ सुगौली सन्धीभन्दा अघिदेखिका हौं। हामी २ सय वर्षभन्दा पुरानो हौ। खोज्दै जाँदा कहाँ कहाँ अझै पर पुगिन्छ होला।

    हामी भारतीय नागिरकहरु हाम्रो देशमा तीन वटा पहिचान लिएर वा अस्मिता लिएर बसेका छौं। एउटा कुनै बंगाली छ भने उसको राष्ट्रियता भारतीय, जाति चाँही बंगाली, त्यो जात भित्र पनि कोही भट्टाचार्य, सेन, गुप्ता, रे आदि पर्दछ। हामी पनि यस्तै भन्दछौं, अन्य जातिहरु पनि यस्तै भन्दछन्। बिहारी, राजस्थानी, तमिल, वा पञ्जावी आदि यस्तै हुन्छ। राष्ट्रियता भारतीय, जात बिहारी र त्यसपछि पनि कोही मिश्र कोही के भन्ने हुन्छ। गोर्खाहरुको पनि भारतीय नागरिकता वा राष्ट्रियता भयो, जाति चाँही गोर्खा र गोर्खाभित्र धरै विविधता छ। बाहुन, क्षेत्री, तामाड, राई, लिम्बु, दमाई वा कामी आउने भए। हामीले यस्तै पहिचानको आधारमा नै भारत सरकारलाई र विभिन्न राज्य सरकारहरुलाई हामीले पाउनु पर्ने सुविधा कसरी व्यवस्था गर्नुपर्छ भनेर भन्दै आएका छौं।

    नेपाली भाषीले भारतमा पहिचानको कारण नभै शिक्षा नभएर दुःख पाएका छन्। शिक्षा पाएको भए पहिचान बनाउने थिए। भारतबाट खेदिइनेमा किन धनी नेपाली पर्दैन? किन पढेको नेपालीलाई खेदिइदैनन्?  किन राजनीतिक नेपालीलाई खेदिदैन ? किन गरिब दुःखी नेपाली मात्र लखेटिएका छन्। गाईबाख्रा पाल्ने, खेतीबारी गर्ने, नपढेको कारण आफ्नो अधिकार के हो भनेर थाहा नपाएका, राजनीति के हो भनेर नजान्ने, प्रशासन थाहा नपाउनेले, कसैले दुःख दिएको खण्डमा कहाँ गएर कराउनु पर्छ नजान्नेको कारण त्यस्तो भएको हो। यो कुरा नेपालीको मात्रै होइन बिहारीको पनि यही हालत छ, नपढ्ने अरुको पनि हालत यही छ।

    हामीले भारतीय संविधानको आठौ अनुसूचीमा नेपाली भाषालाई मान्यता दिलाउन खुबै लड्यौं। करिब ४० वर्ष लडेपछि सन् १९९२ मा,  भारतको संविधानमा नेपाली भाषालाई समावेश गरियो। हामी गोर्खालाई भारतीय सरकारले अरु जात – जातिलाई जस्तै कसैलाई अनुसूचित जाति, कसैलाई अनुसूचित जनजातिमा हाल्यो, कसैले पिछडावर्गमा हाल्यो। कोही नेपाली मुख्यमन्त्री छ, कोही, कोही जिटिए(गोर्खाल्यान्ड टेरिटोरिएल एड्मिनिस्ट्रेसन) चलाउने अध्यक्ष बनेका छन् भने कोही सभामुख बनेका छन्। त्यसैले भारतमा हाम्रो पहिचान अलग्गै छ। हामी यो पहिचानलाई निकै अलग्गै राख्न चाहान्छौ र माग पनि गर्दछौं। त्यस्तैले नेपालका नेपालीको पहिचानदेखि अलग्नै राख्न चाहान्छौं।

    नेपालको सरहद भएका नेपालीको पहिचानसँग उत्तरपूर्वी वा भारतका अन्य स्थानमा बस्ने गोर्खाबीच भिन्नता हुनै पर्छ। त्यो नभएको खण्डमा राजनीतिकदेखि अन्य आधिकारिक विषयमा समस्या आँउछन्। त्यसैले हामीले यस्तो भिन्नतालाई सोचविचार, स्पष्टसँग र परिस्कृत ढंगले राख्दै आएका छौं। यही सोच राखेर नै हो हामीले त्यहाँ धेरै काम गर्न सकेको हो। किनभने भारत एउटा यस्तो देश हो त्यहाँ प्रतिस्पर्धा निकै कडा हुन्छ। प्रतिस्पर्धा गर्दा सबैभन्दा ठूलो वा पहिलो विषय यो भारतीय नागरिक हो की होइन भनेर वा बनेर आउँछ। देश प्रजातान्त्रिक भएकोले सबैले खेल्ने मौका पाउँछ। खेल्न सक्नु र गोल गर्न सक्नु फरक कुरा हो। गोल गर्न सक्ने त्यो आफूमा भर पर्ने विषय हो। हामी कतिले मिहिनेत गरेर वा काम गरेर कहीकतै पुग्यौं।

    जब म नेपालमा आएर नेपाली नागरिकलाई हेर्छु र भारतमा भारतीय गोर्खाहरुलाई हेर्छु हामी शिक्षामा निकै पछि पर्‌यौै भन्ने लाग्छ। ठूला ठूला मानिस अघि बढी हाले तर कैयन अझै कमजोर अवस्थामा निकै पछि रहेका छन्। शिक्षा प्राप्त गर्न नसकेको कारणले यस्तो भएको हो। ज्ञानमा हामी कमी भयौं र म जहाँ पनि कमान, बस्ती वा गाउँघरतिर जाँदा वा मैले चुनाव लड्दा पनि सधै एउटै कुरा गरेको थिए। उखु, स्कुस, धानको खेतिसँगसँगै ज्ञानको खेति पनि लगाउनु पर्छ। शिक्षाको पनि खेति गर्नुपर्छ। पहिले पहिले त्यस्तो भन्दा सबैकुरा घरमा राख्नुपर्छ फ्रिज, टिभीसँगसँगै एक ठेली पुस्तक पनि राख्नु पर्छ भन्दाभन्दा बल्ल शिक्षामा ध्यान दिन थालेका छन्।

    परम्परागत ज्ञानको हिसाबले हामी निकै सशक्त हौं। बाजे बराजुसँग ज्ञान लेखापढी नभएकाले त्यस्तो ज्ञानको हामीले उपयोग गर्न सकेनौं। सिक्किम विश्वविद्यालय बनाउँदा मौखिक इतिहास भनेर शुरु गर्‍यौं। जसले जे बोल्यो त्यसलाई लिपिवद्ध गर्ने काम हुन्थ्यो। ओखतीमूलोदेखि सबै विषयमा मानिसले के भन्दछन् त्यसलाई लेखेर राख्थ्यौं।

    देश प्रजातान्त्रिक भएकोले सबैले खेल्ने मौका पाउँछ। खेल्न सक्नु र गोल गर्न सक्नु फरक कुरा हो। गोल गर्न सक्ने त्यो आफूमा भर पर्ने विषय हो। हामी कतिले मिहिनेत गरेर वा काम गरेर कहीकतै पुग्यौं।

    हाम्रो संघर्ष हाम्रो देश भारतमा आफ्नै प्रकारको छ। हाम्रो संघर्ष भनेको अझै अरु भारतीयहरुसँगसँगै र उनीहरुसँग प्रतिस्पर्धा गरेर के कति पाउन सक्छौ भन्ने विषयमा छ। हाम्रो नानीहरुलाई आइएस अफिसर्स, टेक्नोक्र्याट बनाउनु पर्नेछ। हाम्रो प्रयास त्यसैतर्फ नै छ। तर दुःखलाग्दो कुरा के हो भने भारतमा हामी गोर्खाहरुको राजनीतिक नेतृत्व अति नै सोचनीय छ। त्यो राजनीतिक नेतृत्वलाई जाति,  क्षेत्र,  समाज,  भाषा,  संस्कृति र विकाससँग केही सम्बन्ध छैन। उनीहरुको ध्याउन्न भनेकै कसरी राजनीतिक सत्तामा बसौं भन्ने मात्रै रहेको छ। त्यसका लागि लडाएर हुन्छ, जाति फुटाएर हुन्छ वा कुटेर हुन्छ, पिटेर हुन्छ त्यो काम गर्ने गरिएको छ। जस्तो सिक्किममा जाति फुटाएर टुक्राटुक्रा पारिएको छ। क्षेत्री बाहुन एकातिर, तामाड लिम्बु अर्कोतर्फ, राई र गुरुड एकातिर, कामी दमाइ अर्कोतिर भएका छन्। हाम्रोमा यस्तो अवस्था आउनुमा हाम्रो राजनीतिक नेतृत्व अनपढ भएर भएको हो। सिक्किमका मुख्यमन्त्री हुन् की दार्जीलिडको जिटिएका अध्यक्ष हुन्। तीन वा चार कक्षा पढेका छन्। उनीहरुले जतिनै चाहे पनि जतिकै सिके पनि के चाँही गर्न सक्छन् र?

    उत्तर पूर्वी भारतमा हामी नेपाली भाषी गोर्खाहरुले धेरै काम गरेका छौं। साहित्यमा काम गरे, प्रशासनमा गए, राजनीतिमा गए, उनीहरुले धेरै योगदान गरे। तर उनीहरुले गर्न नसकेको एउटै कुरा हो आफ्नो समाज र आफ्नो जातिलाई एकत्रित गरेर अघि बढाउन सकेनन्। कोही प्रहरीको प्रमुख भएका छन्, कोही मन्त्री बने, कोही विश्वविद्यालयका प्राध्यापक बने, एकत्रित बनाएर कसैले पनि अघि बढाउन सकेनन्। ती सबै छरपष्टै बसे। हाम्रो जमर्को सधै के हुने गरेको छ भने भारतीय गोर्खाहरु सबैलाई लिएर एउटा छाता संस्था बनाउनु पर्छ। अहिलेको भारतीय गोर्खा परिसंघ साथीहरुले चलाउन थालेको धेरै वर्ष भयो। तर अझै व्यापक रुपमा सबै गोर्खा जातिलाई एकत्रित राखेर राष्ट्रिय मुलधारमा कसरी ल्याउनु पर्ने भन्ने कुरामा चाँही विचार विमर्श राम्ररी हुन सकेको छैन। तर जब संकट आउछ, तब एकत्रित हुने गरेको छ। भाषा मान्यताको एउटा संकटको संघर्ष थियो, हामी सबै एक भयौं। सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीदेखि दार्जीलिड, सिक्किमको मात्रै होइन देहरादुनतिर सबैका सबै एकै ठाउँमा आयौं। जब दार्जीलिङमा गोर्खाल्यान्ड बनाउने कुरा उठ्यो सबै एकत्रित भयौं। तर सबैभन्दा ठूलो अभाव भनेको नेताको देखियो। नेताहरु विक्री हुने भए। हाम्रो अहिलेको कोसिस भनेको नेतृत्वलाई कसरी बलियो बनाएर भारतको संसद वा अन्य निकायहरुमा गएर वौद्धिक टक्कर दिने भन्ने छ।

    भारतमा बस्ने नेपाली भाषीहरुले गोर्खा भन्नुको दुई कारण छन्। एउटा नेपाली भन्ने शब्ददेखि टाढा बसौँ भनेर हो। नेपाली भन्नासाथ सन् ५० को सन्धीको कारण आउने जाने गरेका नेपाली र पुस्तौदेखि त्यही बसोबास भएकाबीच फरक होस् भनेर हो।  अर्को कारण गोर्खाको विश्वमा आफ्नै प्रकारको पहिचान छ। एउटा जाति जसमा साहस छ। तर अहिले हामी त्यो साहसको पहिचानलाई बन्दुक मात्रै चलाउने नभएर कलम चलाउने साहस भएको पहिचान बनाउने कोसिसमा छौं ।

    हालसम्म हामीहरुले सामाजिक, सांस्कृतिक र साहित्यिक कुरा गर्दै आएका छौं तर हाम्रो एउटा राजनीतिक आवाज चाँही भएन। एउटा मुख्यमन्त्री छन् जब भारतमा नेपाली भाषी गोर्खाहरुको चिनारीको प्रश्न आउछ बोल्दैनन् अनि भागी हिड्छन्। बोले पनि स्थानीय सञ्चार माध्यममा बोल्छन्, राष्ट्रिय स्तरमा बोल्नै सक्दैनन्। हाम्रो देश यस्तो देश हो जसले बोल्न सक्छ त्यसले नै जित्छ, नरेन्द्र मोदीले बोलेरै जितेका हुन्।

    उत्तर पूर्व भारतमा नेपाली भाषा साहित्यको राम्रो विकास भएको छ। हरिप्रसाद गोर्खा राई, गोपीनारायण प्रधान, केभी नेपाली, गीता उपाध्याय, लिलबहादुर क्षेत्रीहरु जति पनि छन्, नेपाली साहित्यको क्षेत्रमा निकै राम्रो काम गर्नुभएको छ। धेरैले साहित्य अकादमी पुरस्कार पनि पाउनु भएकोछ। अहिले पनि उहाँहरु लेखपढकै क्षेत्रमा हुनुहुन्छ, भाषा संस्कृतिलाई जगेर्ना गर्ने काममा हुनुहुन्छ। तर अफ्ठ्यारो कुरा के हो भने उहाँहरु व्यक्तिगत रुपमा निकै अघि बढ्नु भयो तर संस्थागत रुपमा भने काम गर्नु भएन। त्यसले गर्दा उहाँहरुले गरेका कामहरु पछि गएर सबै नास हुने हुन् की ? हराउने हुन् की? बहुसंख्यक जातिले थिच्ने, मिच्ने हो की?

    दार्जीलिड र  सिक्किममा हामी बहुसंख्यक गोर्खाहरु नै छौं, हामीलाई थिच्ने, कुट्ने, पिट्ने वा हराउने कुरा भएन। तर जहाँ बहुसंख्यक छैनन्, जस्तै देहरादून, लखनउ, इलाहवाद, पटना, अासाम, मेघालय त्यहाँ चाँही समस्या पर्ने हो की ? हामीलाई डर छ। यसै भनेर नै हामीले एउटा राष्ट्रव्यापी संस्था होस्, जसको अरु थोक नभएपनि राजनीतिक आवाज चाँही होस्। हालसम्म हामीहरुले सामाजिक, सांस्कृतिक र साहित्यिक कुरा गर्दै आएका छौं तर हाम्रो एउटा राजनीतिक आवाज चाँही भएन। एउटा मुख्यमन्त्री छन् जब भारतमा नेपाली भाषी गोर्खाहरुको चिनारीको प्रश्न आउछ बोल्दैनन् अनि भागी हिड्छन्। बोले पनि स्थानीय सञ्चार माध्यममा बोल्छन्, राष्ट्रिय स्तरमा बोल्नै सक्दैनन्। हाम्रो देश यस्तो देश हो जसले बोल्न सक्छ त्यसले नै जित्छ, नरेन्द्र मोदीले बोलेरै जितेका हुन् ।

    नेपाली भाषीले भारतमा पहिचानको कारण नभै शिक्षा नभएर दुःख पाएका छन्। शिक्षा पाएको भए पहिचान बनाउने थिए। भारतबाट खेदिइनेमा किन धनी नेपाली पर्दैन? किन पढेको नेपालीलाई खेदिइदैनन् ?  किन राजनीतिक नेपालीलाई खेदिदैन ? किन गरिब दुःखी नेपाली मात्र लखेटिएका छन्। गाईबाख्रा पाल्ने, खेतीबारी गर्ने, नपढेको कारण आफ्नो अधिकार के हो भनेर थाहा नपाएका, राजनीति के हो भनेर नजान्ने, प्रशासन थाहा नपाउनेले, कसैले दुःख दिएको खण्डमा कहाँ गएर कराउनु पर्छ नजान्नेको कारण त्यस्तो भएको हो। यो कुरा नेपालीको मात्रै होइन बिहारीको पनि यही हालत छ, नपढ्ने अरुको पनि हालत यही छ। आदिवासीहरुको अवस्था त्यस्तै छ। कतिपय अवस्थामा पहिचानको आधारमा खेदिएको पनि हुनसक्छ– यी सबै नेपालबाट आएका त हुन् नी भनेर। यही कारणले नै हामीले नेपाली होइन गोर्खा हौ भनेर भन्दछौं। नेपालबाट आएका नेपालीलाई खेदेको खण्डमा उसको नेपालमा घर छ, परिवार र समाज, सबै थोक छ। तर गोर्खालाई खेद्यो भने उँ कहाँ जान्छ ? आफ्नो राज्य भए आफ्नो राज्यमा आउछ। जस्तो वंगालीलाई खेद्यो बङ्गालमा आयो, बिहारीलाई खेद्यो बिहारका मुख्यमन्त्री बोल्यो, तमिललाई खेद्यो तमिलका मुख्यमन्त्री बोल्यो “खबरदार छो त” भनेर। हाम्रो त भएको एउटा मुख्य मन्त्री पनि बोल्दैन, बोल्न सक्दैन किनभने बोल्न उसँग आँट नै छैन, नैतिक शक्ति र बौद्धिक तागत छैन।

    (वार्तामा आधारित)

     

    नेपाली को हो ? – श्रृङ्खला १ हरि शर्मा

    नेपाली काे हाे ? – श्रृङ्खला २ बालकृष्ण मावुहाङ

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: उत्तरपूर्व भारतगोर्खालीनेपाल बाहिरका नेपालीनेपालीनेपाली पहिचानमहेन्द्र पी लामा
      महेन्द्र पी लामा

      महेन्द्र पी लामा

      प्राध्यापक महेन्द्र पी लामा जवाहरलाल नेहरु विश्वविद्यालयको इन्टरनेसनल स्टडिजअन्तर्गतको सेन्टर फर साउथ एशिया स्टडिजका प्रमुख हुन्। सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति लामा क्षेत्रीय सहकार्य र एकीकरण, उर्जा, व्यापार, लगानी, आप्रवास, सुरक्षा र सीमा अध्ययन साथै भारतको उत्तर पूर्वी क्षेत्रको विषयमा चासो राख्छन्।

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      लोकसंस्कृति र मादीका विशिष्टता

      लोकसंस्कृति र मादीका विशिष्टता

      झलक सुवेदी
      बैशाख ७, २०८१

      विषय प्रवेश/परिभाषा मान्छे आफ्ना इच्छाहरूभन्दा स्वतन्त्र रहेका उपलब्ध भौतिक साधनहरूको प्रयोग गर्दै उत्पादन कार्यमा संलग्न हुन्छ, परिभाषित पद्धतिमा आबद्ध भएर...

      ओझेल परेको समताको जलवायु न्याय

      ओझेल परेको समताको जलवायु न्याय

      डा. विमल रेग्मी
      चैत्र २५, २०८०

      जलवायु परिवर्तनको त्रासदीबाट विश्वलाई जोगाउन भनी अधिकांश राष्ट्रहरूले सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिलाई पारित गरेका थिए। तर २०२३...

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      नेपाल रिडर्स
      चैत्र २२, २०८०

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल https://youtu.be/itG0btnpZUo

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      झलक सुवेदी
      चैत्र १२, २०८०

      विद्यमान उत्पादन पद्धतिमा भूमिको प्राकृतिक क्षमताको पूर्ण उपयोग भइसकेको छ। त्यही भएर पनि के कुरा अनौठो होइन भने सार्वजनिक भूमिको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.