Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारत-चीन को बलियो?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ ५, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारत र चीनको जनसंख्या जोड्दा साढे दुई अर्बभन्दा बढी हुन्छ। त्यसमा पाकिस्तानको २० करोड जनसंख्या जोड्दा विश्वको कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी यी तीनवटा देशमै हुन आउँछ।

    यी तीनवटै देश परमाणु शक्तिसम्पन्न राष्ट्र हुन र तीनवटै मुलुकबीच युद्धको अवस्था बेलाबखत देखिन्छ। यदि यी मुलुकहरु परमाणु युद्धमा गए भने विश्वको ४० प्रतिशत जनसंख्या समस्यामा पर्नेछ। विशेषज्ञहरुका अनुसार चीन-भारतबीच युद्ध भएमा पाकिस्तान तटस्थ नबस्न सक्छ।

    पहिला प्रयोग नगर्ने नीति

    यस्तो अवस्थामा उसको भूमिका महत्त्वपूर्ण हुन सक्छ। परमाणु सिद्धान्त अन्तर्गत भारत र चीनले परमाणु अस्त्र पहिले प्रयोग नगर्ने नीति मान्दछन्। यसको अर्थ यीमध्ये एउटा मुलुकले परमाणु अस्त्रको प्रयोग गर्‍यो भने अर्कोले पनि गर्नेछ।

    पाक

    यद्यपि गत वर्षको नोभेम्बरमा भारतका तत्कालीन रक्षामन्त्री मनोहर पर्रिकरले भारतले परमाणु अस्त्रबारे ‘नो फर्स्ट युज’ अर्थात् पहिले प्रयोग नगर्ने नीतिबारे पुनर्विचार गर्नुपर्ने बताएका थिए। पर्रिकरले भनेका थिए, भारत एउटा जिम्मेवार परमाणु शक्ति सम्पन्न देश मुलुक हो र त्यसको उपयोग गैरजिम्मेवार ढंगले गर्नेछैन। यद्यपि पहिले प्रयोग नगर्ने नीतिबारे पुनर्विचार गर्नुपर्ने धारणा व्यक्तिगत भएको उनले बताएका थिए।

    भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला उनले त्यस्तो धारणा राखेका थिए। गत जुन महिनाको १६ तारिखदेखि दोक्लाम सीमालाई लिएर चीन र भारतबीच विवाद चलिरहेको छ। दुई मुलुकबीच वाकयुद्ध जारी छ।

    चिनियाँ शहरलाई निशाना

    भारतले गत डिसेम्बरमा अग्नि-पाँच क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो। त्यो अन्तरमहादेशीय क्षेप्यास्त्र हो। उक्त क्षेप्यास्त्रले ५५०० देखि ५८०० किलोमिटर दूरीसम्म मार हान्न सक्छ। त्यसको तौल ५० हजार किलोग्राम र लम्बाई साढे १७ मिटर छ। उक्त क्षेप्यास्त्रले परमाणु अस्त्र बोक्न सक्छ र चीनका कैयौँ शहरलाई निशाना बनाउन सक्छ।

    क्षेप्यास्त्र

    चीनसँग पहिल्यैदेखि त्यस्तो प्रकृतिको क्षेप्यास्त्र छ। दुई देशबीच जसरी तनाव जारी छ र उनीहरुसँग जस्ता अस्त्र छन् त्यसबाट युद्धले निम्त्याउने अवस्थाबारे सजिलै अनुमान गर्न सकिन्छ।

    ‘फेडेरेशन अफ अमेरिकन’ को प्रतिवेदन अनुसार शीतयुद्धपछि परमाणु अस्त्रको संख्यामा भारी गिरावट आएको छ। उसको प्रतिवेदन अनुसार सन् १९८६ मा विश्वमा करिब ७० हजार ३०० परमाणु अस्त्र थिए जुन संख्या घटेर सन् २०१७ मा १४ हजार ९०० मा सीमित भएको छ। सरकारहरुले विद्यमान अस्त्र नियन्त्रण सम्झौता अनुसार संख्या बताउने गर्छन्।

    परमाणु अस्त्र तम्तयार अवस्थामा

    सन् १९९० को दशकदेखि परमाणु अस्त्रको संख्यामा गिरावट आएको हो। शीतयुद्ध परमाणु अस्त्रको संख्यामा कमी आएपनि अहिले पनि १४,९३० वटा परमाणु अस्त्र कम होइन। अहिले विश्वमा करिब ९४०० परमाणु अस्त्र भण्डारणमा छन्।

    तीमध्ये ३,९०० वटा परमाणु अस्त्र तैनाथ गरिएको अवस्थामा छन्। अमेरिका, रुस, ब्रिटेन र फ्रान्सका १,८०० परमाणु अस्त्र तम्तयार अवस्थामा राखिएका छन् र एउटा सानो सूचनापछि तिनीहरुले विध्वंश निम्त्याउन सक्छन्।

    विश्वका कुल परमाणु अस्त्रमध्ये ९३ प्रतिशत रुस र अमेरिकासँग छ। रुस र अमेरिकाको भण्डारणमा ४,००० देखि ४,५०० वटा परमाणु अस्त्र छन्।फेडेरेशन अफ अमेरिकन साइंटिस्टको प्रतिवेदन अनुसार अमेरिका, रुस र ब्रिटेनले आफ्नो परमाणु अस्त्रमा कटौती गरिरहेका छन् तर पछिल्लो २५ वर्षको तुलनामा त्यो गति निकै सुस्त छ।

    फ्रान्स र इजरेलसँग परमाणु अस्त्रको संख्या लगभग स्थिर छ। उक्त प्रतिवेदन अनुसार चीन, पाकिस्तान, उत्तर कोरिया र भारतले परमाणु अस्त्र बढाउनेतर्फ सक्रिय छन्। सो प्रतिवेदनमा जनाइएअनुसार परमाणु शक्ति सम्पन्न सबै देश परमाणु अस्त्रको आधुनिकीकरणमा लागिपरेका छन्। वास्तवमा कुन देशसँग कतिवटा परमाणु अस्त्र छन् त्यो निकै गोप्य हुन्छ।

    उक्त पृष्ठभूमिमा निकै सावधानीपूर्वक ऐतिहासिक विवरण, बेलाबखत हुने गरेका सूचना चुहावट र अनुमानका आधारमा विश्लेषण गरी परमाणु अस्त्रको संख्याबारे निष्कर्षमा पुगिएको सो संस्थाले बताएको छ।

    कोसंग कति?

    विशेषज्ञहरुका अनुसार चीन र भारतबीच युद्ध भए त्यो आधुनिक प्रकृतिको नै हुनेछ। स्थल युद्धमात्रै हुनेछैन, जल र आकाशमा पनि लडाइँ हुनेछ। क्षेप्यास्त्र र लडाकु विमानको प्रयोग गरी आकाशमा लडाइँ हुनेछ। कतिपय विशेषज्ञहरुका अनुसार समुद्रमा भारतको प्रभुत्व छ जसका कारण चिनियाँ अर्थ व्यवस्थामा असर पर्न सक्छ।

    आफ्नो भौगोलिक स्थितिका कारण जल मामिलामा भारत मजबुत अवस्थामा रहेको बताइन्छ। आर्म्स कन्ट्रोल असोसिएशनका अनुसार विश्वमा नौवटा मुलुकहरु अमेरिका, रुस, ब्रिटेन, फ्रान्स, इजरेल, पाकिस्तान, भारत, चीन र उत्तर कोरियासँग परमाणु अस्त्र छन्।

    विश्वमा सबैभन्दा पहिले अमेरिकाले परमाणु अस्त्रको विकास गरेको थियो र सन् १,९४५ मा दोस्रो विश्वयुद्धका बेला जापानको नागासाकी र हिरोशिमामा प्रयोग गरिएको थियो।

    अस्त्र बनाउने होडबाजी

    त्यसपछि विश्वभर परमाणु अस्त्र निर्माणको होडबाजी शुरु भयो। त्यस्तो होडबाजी अमेरिका र तत्कालीन सोभियत संघबीच तीव्र रुपमा अघि बढेको थियो। आजको मितिमा ती दुवै देशसँग नै सबैभन्दा बढी र खतरनाक परमाणु अस्त्र छन्।

    क्युबा क्षेप्यास्त्र संकटका बेला परमाणु युद्धको आशंका प्रबल हुन गएको थियो। त्यसको आठ वर्षपछि परमाणु अप्रसार सन्धि लागू भएको थियो। उक्त सन्धि अनुसार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्य अमेरिका, चीन, फ्रान्स, ब्रिटेन र रुसलाई परमाणु शक्ति सम्पन्न देश मानिन्छन्।

    अरु देशलाई परमाणु प्रविधिको प्रयोगको अनुमति वैज्ञानिक अनुसन्धान लागि मात्रै छ। पाँच मुलुकबाहेक अरु मुलुकले परमाणु अस्त्रको विकास गर्न पाउँदैनन्। इजरेल, भारत र पाकिस्तानले परमाणु अप्रसार सन्धिमा हस्ताक्षर गरेका छैनन्।

    हुनत इजरेल आधिकारिक रुपमा परमाणु शक्ति सम्पन्न राष्ट्र होइन तर उसँग कम्तीमा ८० वटा परणमाणु अस्त्र भएको बताइन्छ। उत्तर कोरियाले परमाणु अप्रसार सन्धिमा हस्ताक्षर गरेको थियो तर सन् २००३ मा ऊ सो सन्धिबाट बाहिरियो। – बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.