Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कृषिमा अपेक्षाकृत परिवर्तन आउन कम्तीमा तीन वर्ष लाग्छ – मन्त्री भूसाल

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक २९, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भूसालले कृषिमा अपेक्षाकृत परिवर्तन आउन कम्तीमा तीन वर्ष लाग्ने बताएका छन् ।

    आफू मन्त्री भएपछि कृषि उत्पादन बढाउने गरी योजना बनाइरहेको र अबको तीन वर्षपछि योजना अनुसारको प्रतिफल देखिन थाल्ने उनले बताए । मन्त्री भूसालले उत्पादन बढाउन व्यक्ति छनोट गरेर अनुदान दिने प्रवृत्ति हटाइएको पनि बताएका छन् ।

    लुम्बिनी विशिष्टिकृत सहकारी संघको शुक्रबार रुपन्देहीको तिलोत्तमामा सम्पन्न प्रारम्भिक साधारण साभामा बोल्दै मन्त्री भूसालले आफ्ना मान्छेलाई दिँदा कृषि अनुदान अनुत्पादक क्षेत्रमा गएकाले व्यक्ति छानेर अनुदान दिने परिपाटी हटाइएको बताए । उनले मल, बीउ, कृषि औजा, बिजुली, पानी जस्ता कुरामा भने सरकारले अनुदानको व्यवस्था गरेको जानकारी दिए ।

    मन्त्री भूसालले विगतमा विदेशीको भरपर्दा नेपालको कृषि क्षेत्र फस्टाउन नसकेको बताए । विदेशीले देला र कृषि उत्पादन बढाउँला भन्ने सपना पनि देख्न नहुने उनको भनाइ छ । ‘कृषिको विकासमा विदेशीको भरपर्ने मानसिकता हटाउन जरुरी छ’ उनले भने । आर्थिक समृद्धिको मूल आधार कृषि भएकाले कृषिको विकासका लागि कृषि मन्त्रालय अन्तर्गतको बजेट तल्लो तहमा पठाइएको मन्त्री भूसालले जानकारी दिए ।

    ‘सिंहदरबारमा उत्पादन हुँदैन, त्यसैले बजेट तल पठाइएको छ, सहकारी क्षेत्रमार्फत पनि कृषि उत्पादन बढाउने गरी बजेट खर्च गर्न सकिन्छ’–उनले भने । संसारमै कृषि गाह्रो पेशा भएको बताउँदै मन्त्री भूसालले कृषि विकासका लागि पुँजी व्यवस्थाको निर्माण गर्नुपर्नेमा जोड दिए । कृषिलाई राज्यले संरक्षण गर्नुपर्ने बताउंँदै उनले कृषि उत्पादनमा सहकारीहरुको भूमिका महत्वपूर्ण रहने बताए ।

    उनले अबको तीन वर्षभित्र खोरेत रोग उन्मुलन गर्ने गरी मन्त्रालयले योजना बनाएको बताउँंदै धानको उन्नत खालको वीउ उत्पादन गर्न ६ वर्ष लाग्ने बताए । मन्त्री भूसालले अबको ३ वर्षमा धान, गहुँ, मकै, कोदो, फापर लगायत कृषिजन्य वस्तु न्यूनतम बचत हुने गरी भण्डारण गर्न सकिने गरी उत्पादन हुने दावी गरे ।

    लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानलाई सहकारीको माध्यमबाट निव्र्याजी ऋण दिने गरी प्रदेश सरकारले सहकारी कोषको व्यवस्था गरेको बताइन् । उनले तिलोत्तमामा बन्न लागेको दुग्ध परियोजनामा प्रदेश सरकारल सहयोग गर्ने समेत बताइन् । अनलाइखबर, २८ कात्तिक,२०७७ मा प्रकाशित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.