Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना भाइरस: कोभिड-१९ निको भइसकेका पुन: सङ्क्रमित हुने वा भाइरस सार्ने सम्भावना कति

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
मंसिर ४, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एक पटक सङ्क्रमित भएर निको हुँदैमा पुनः सङ्क्रमित नहुने र अरूलाई कोरोनाभाइरस सङ्क्रमण सार्न नसक्ने अवस्था नदेखिएको भन्दै विज्ञहरूले सजग गराएका छन्।

    कोभिड-१९ रोग लागेर निको भएकाहरूमा पनि व्यक्ति एवम्‌ उमेर समूह अनुसार एन्टीबडी अर्थात्‌ रोगसँग लड्ने क्षमता फरकफरक हुने गरेको अध्ययनबाट देखिएको भाइरोलोजिस्ट र जनस्वास्थ्यविद्‌हरू बताउँछन्।नेपालमा बुधवारसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख १० हजारभन्दा बढी पुग्दा एक लाख ७६ हजारभन्दा बढी निको पनि भइसकेका छन्।

    तर निको भए पनि त्यस्ता व्यक्तिले पनि अरू मानिसले जस्तै जनस्वास्थ्यसम्बन्धी मापदण्डहरू कडाइका साथ पालना गर्नुपर्ने विज्ञहरूको सुझाव छ।उसो भए निको भइसकेका व्यक्तिले सक्रिय सङ्क्रमितसँग कुरा गर्दा वा नजिक रहँदा तेस्रो व्यक्तिलाई कोरोनाभाइरस सार्ने सम्भावना कति रहन्छ?

    निको भएका मानिसमा एन्टीबडी केही समय रहने भए पनि बाह्य माध्यमले सक्रिय सङक्रमित व्यक्तिसँगको सम्पर्कले तेस्रो व्यक्तिमा रोग सार्न सक्ने सम्भावना भने रहने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन बताउँछन्।”सास फेर्दा आफैँमा भाइरस छिरेर सार्ने होइन कि थुकको छिट्टा वा सक्रिय सङ्क्रमितसँग हात मिलाएर अनि अर्को मानिसलाई छोयो भने सार्ने सम्भावना रहन्छ।”

    सङ्क्रमण भएको नौ दिनपछि कुनै व्यक्तिको आरएनए पोजिटिभ देखिए पनि त्यो आरएनए सङ्क्रमण गर्ने खालको नहुने देखिएको भाइरोलोजिस्ट डा. लुना भट्ट शर्मा बताउँछिन्।

    रोगप्रतिरोधी क्षमता कति दिन रहन्छ?
    “निको भएका व्यक्तिमा बढीमा दुई महिनासम्म एन्टीबडी रहने अध्ययनहरूबाट देखिएको छ। त्यसपछि ती व्यक्तिलाई फेरि कोरोनाभाइरस सङ्क्रमण हुने सम्भावना रहन्छ,” भट्टले थपिन्।जनस्वास्थ्यविद्‌ डा. सुरेश तिवारीका अनुसार कोरोनाभाइरस सङ्क्रमण भएर निको भएका व्यक्तिमा ठ्याक्कै रोगप्रतिरोधी क्षमताले कति समय काम गर्छ भन्ने निष्कर्षहरू प्रारम्भिक मात्रै हुन्।

    “किङ्ग्स कलेज लन्डनले गरेको एउटा अध्ययनले सङ्क्रमण भएर निको भएको ९० दिनपछि एन्टीबडीको क्वालिटी र क्वान्टिटी ह्रास हुँदै गएको देखाएको छ।””त्यो भनेको एन्टीबडी तीन महिनाभन्दा बढी समयसम्म रहँदैन कि भन्ने प्रारम्भिक सङ्केत हो,” उनले थपे।

    विगतका उदाहरण हेर्दा मध्यपूर्वमा देखिएको मेर्स भाइरसबाट सङ्क्रमित भएका व्यक्तिहरूले तीन-चार वर्षपछि रोगप्रतिरोधी क्षमता विकास गरेको डा. तिवारी बताउँछन्।

    ‘स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्छ’
    एक पटक सङ्क्रमित भएर निको भएको भन्दै कोरोनाभाइरसविरुद्ध आजीवन प्रतिरोधी क्षमता विकास भएको रूपमा बुझ्न नहुने विज्ञहरूको सुझाव छ।”एकचोटि भएर निको भइसकेपछि म नै कोरोनाभाइरसको औषधि भएँ भन्ने सोच राख्नुभएन,” डा. तिवारीले भने।

    “निको भएका व्यक्तिले पनि मास्क लगाउने र सामाजिक दूरी कायम गर्नेजस्ता मापदण्डको उत्तिकै पालना गर्नुपर्ने हुन्छ।”भाइरोलोजिस्ट डा. शर्मा पनि निको भइसकेका व्यक्तिले पनि कोरोनाभाइरसलाई हल्का रूपमा लिन नहुने सुझाउँछिन्।”एकचोटि म सङ्क्रमित भएँ अब मलाई जिन्दगीभरि भाइरसले छुदैन, ममा रोगप्रतिरोधी क्षमताको विकास भयो भनेर सोच्नु गलत हो,” उनले थपिन्। – बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.